Friday, February 21, 2014

ब्लड प्रेसरका रोगीले यस्तो भोजन गरौं - onlinekhabar





शहरिया जीवनशैलीले अचेल रक्तचाप रोगीको संख्या निकै बढ्दै छ । रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यहाँ केही टिप्स छन्, जुन रक्तचाप रोगीको लागि निकै उपयोगी हुन सक्छ ।

१) एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ ।

२) भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ ।

३) लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ ।

४) भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ ।

५) नुनको सेवन कम गर्नु पर्दछ ।

६) चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन नियन्त्रित गर्नुपर्दछ ।

७) दिनमा कम्तिमा १०/१२ गिलास पानी पिउनु पर्दछ ।

८) जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ ।

९) काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खानुपर्दछ ।

१०) तरकारीमा लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन फाइदाजनक छ ।

११) जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ ।

१२) मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदि फलको नियमित गर्नु पर्दछ ।

१३) दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचाप रोगीको लागि गुणकारी मानिन्छ ।