११ पुस, काठमाडौं । नेपाललाई सनातन धर्म
सापेक्ष हिन्दू राष्ट्र बनाउन माग गर्दै राप्रपा नेपालले गरेको बृहत
रथयात्रा बुधबार सम्पन्न भएको छ ।
पुस २ गते विवाह पञ्चमीको दिन जनकपुरबाट सुरु भएको रथयात्रा लुम्बिनी, पोखराको हुँदै पशुपति बनकालीमा आएर समापन भएको हो ।
मंगलबार राति काठमाडौंको थानकोटमा
आइपुगेको रथयात्रा कलंकी, कालिमाटी, कुलेश्बर, बल्खु, लखनखेल जाबलाखेल
हुँदै खुल्लामञ्चमा पुगेको थियो । खुलामञ्चबाट कलस यात्रासहित पशुपति पुगेर
रथ यात्रा सम्पन्न भएको छ ।
त्यसक्रममा विभिन्न धार्मिक स्थलबाट ल्याइएको जल पशुपतिनाथ मन्दिरमा चढाइएको राप्रपा नेपालले जनाएको छ ।