काठमाडौं । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको तलव एक करोड
रुपैयाँभन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०६७/६८ को वित्तीय विवरण
सार्वजनिक गरेका १२ बैंकका सिइओको तलवभत्ता र अन्य सुविधा जोड्दा वार्षिक
एक करोड रुपैयाँभन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०६६/६७ मा नेपालमै
सबैभन्दा बढी तलव लिनेमा पृथ्वीबहादुर पाण्डे एक करोड ७५ लाख ३० हजार
रुपैयाँ थियो । तर यसपटक उनको यो ताज खोसिएको आन्तरिक राजस्व विभाग स्रोतले
जानकारी दियो । आर्थिक वर्ष २०६७/६८ मा पनि उनको तलव एक करोड ७५ लाखकै
हाराहारीमा छ तर उनीभन्दा बढी तलव खानेको सूचीमा अर्कै व्याक्ति आएका छन् ।
यसपटक नेपाली भूमिमा विदेशी व्याक्तिले सबैभन्दा बढी तलव सुविधा लिएका
छन्, त्यसको अन्तिम विवरण तयार हुँदैछ, आन्तरिक राजस्व विभाग स्रोतले
जानकारी दियो । अहिलेसम्म प्राप्त विवरणमा सबैभन्दा बढी तलव मेगा बैंकका
प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको छ ।

अनिलकेशरी शाहः सबैभन्दा चल्तापूर्जा सिइओ अनिलकेशरी शाहले अघिल्लो आर्थिक वर्षमा एक करोड ६२ लाख ६० हजार रुपैयाँ तलव भत्ता लिएका थिए । उनले तलववापत एक करोड ४७ लाख रुपैयाँ, भत्तावापत १२ लाख २५ हजार रुपैयाँ, इन्धन सुविधावापत तीन लाख ३५ हजार रुपैयाँ लिएका थिए । त्यसबाहेक कम्पनीले उनलाई गाडी सुविधा, चालक, सुरक्षा गार्ड, दुर्घटना÷औषधोपचार बिमा तथा मोबाइल बिल खर्च प्रदान गर्ने गरेको छ ।

अनिल ज्ञवालीः नेपालमा सबैभन्दा बढी मुनाफा कमाउने नबिल बैंकका सिइओ अनिल ज्ञवालीको तलव भने नविल छाडेर गएका अनिलकेशरी शाहको भन्दा कम छ । अनिल ज्ञवालीले नबिल बैंकबाट एक करोड २० लाख रुपैयाँ तलव ११ लाख ४० हजार रुपैयाँ भत्ता लिने गरेका छन् । यसबाहेक बैंकले उनलाई बैंकको नीति अनुसारका थप सुविधा प्रदान गर्ने गरेको छ । बैंकले व्यवस्थापन तहका कर्मचारीलाई अघिल्लो आर्थिक वर्षमा १८ करोड ४५ लाख ७४ हजार रुपैयाँ बराबरको खर्च व्योहोरेको थियो ।

राजनसिंह भण्डारीः नेपाल बैंकर्स संघका अध्यक्ष समेत बनेका सिटिजन्स बैंकका सिइओ राजनसिंह भण्डारीको तलव वार्षिक ९६ लाख ६३ ६८० रुपैयाँ छ । उनले वार्षिक तलववापत ५३ लाख ७४ हजार दुई सय रुपैयाँ भत्तावापत ३१ लाख २० हजार रुपैयाँ, दशैंभत्ता र उपहारका लागि छ लाख ७३ हजार चार सय रुपैयाँ र सञ्चयकोष योगदानवापत चार लाख ९६ हजार रुपैयाँ लिएका थिए । यसबाहेक उनले बोनस ऐन अनुसार बोनस, इन्धन, टेलिफाने, पत्रपत्रिका,गाडी र बीमा सुविधा लिने गरेका छन् ।

किशोर महर्जनः हालैमात्र आइपिओ जारी गरेको सिभिल बैंकका सिइओ किशोर महर्जनले मासिक तलव १२ लाख रुपैयाँ बुझ्ने गरेका छन्, यसहिसावमा उनले वार्षिक एक करोड ४४ लाख रुपैयाँ तलव बुझ्ने गरेका छन् । त्यसबाहेक बैंकले उनलाई दशैं खर्च, बोनस, सञ्चयकोष सुविधा, गाडी, मेडिकल र दुर्घटना बीमा सुविधा दिएको छ ।

पिके मोहपात्रः वार्षिक नाफा अर्ब नघाउने अर्को बैंक एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतको तलव सुविधा भने ज्यादै न्युन छ । उनले वार्षिक ६१ लाख २७ हजार ५३९ रुपैयाँ तलवभत्ता बुझेका थिए । उनी पञ्जाव नेशनल बैंकको प्रतिनिधीका रुपमा यहाँ खटाइएका हुन् । त्यसाबहेक बैंकमा कार्यरत २३ जना प्रवन्धक तथा माथिका कर्मचारीले वार्षिक पाँच करोड २१ लाख आठ हजार रुपैयाँ तलवभत्ता लिएका थिए ।

सुधिरबाबु खत्रीः ग्राण्ड बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिरवावु खत्रीले वार्षिक एक करोड ११ लाख ३० हजार रुपैयाँ तलवसुविधा लिएका छन् । उनले तलववापत ६३ लाख ६० हजार रुपैयाँ, भत्तावापत ३१ लाख ८० हजार रुपैयाँ, दशैंभत्ता वापत सात लाख ९५ हजार र विदा भत्तावापत सात लाख ९५ हजार रुपैयाँ लिएका थिए । उनले एक करोड ११ लाख रुपैयाँमध्ये ४४ लाख १४ हजार रुपैयाँ आयकर नै तिरेका थिए । यसबाहेक बैंकले उनलाई बोनसलगायतका सुविधा दिने गरेको छ ।

ज्ञानेन्द्र ढुङ्गानाः एनबी बैंक सुधारको जिम्मा लिएका ज्ञानेन्द्र ढुङ्गानाले चालु आर्थिक वर्षका कात्तिकसम्म ३१ लाख रुपैयाँ तलव लिएका छन् । आर्थिक वर्ष २०६७/६८ मा बैंकको सिइओमा गोविन्दबाबु तिवारी कार्यरत थिए । उनले तलववापत २१ लाख ३५ हजार रुपैयाँ र भत्तावापत ५७ लाख ८० हजार रुपैयाँ बुझेका थिए । चालु आर्थिक वर्षको कात्तिकसम्म ढुङ्गानाले तलववापत १४ लाख ५५ हजार रुपैयाँ र भत्तावापत १६ लाख ७४ हजार रुपैयाँ बुझेका छन् ।

आलोककुमार शर्माः नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत आलोककुमार शर्माले भने तलव नेपालबाट पाउँदैनन् । उनले भारतको एसबीआई बैंकबाटै तलव पाउने गरेका छन् । नेपालमा एसबीआईबाट खटिई आएका पदाधिकारीहरुको आवासभाडा तथा औषधोपचार खर्चवापत वार्षिक ४२ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । बैंकको कर्मचारी खर्च २८ करोड ९० लाख रुपैयाँ छ ।

विजय पन्तः जनता बैंकका सिइओ विजय पन्तले अघिल्लो आर्थिक वर्षमा एक करोड ४३ लाख ९७ हजार रुपैयाँ तलवभत्ता लिएका थिए । उनले तलवभत्तावापत ६० लाख ३० हजार, दशैंखर्च वापत पाँच लाख, सञ्चयकोषवापत छ लाख, बोनस वापत सात लाख २६ हजार, टेलिफोन सुविधावापत ३१ हजार र इन्धनवापत दुई लाख ८४ लाख रुपैयाँ सुविधा बैंकबाट लिएका थिए । त्यसबाहेक उनले बैंकबाट गाडी सुविधाका लागि ५० लाख रुपैयाँ लिएका थिए ।

शोभनदेव पन्तः लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले तलव भत्ता तथा अन्य सुविधावापत वार्षिक एक करोड १६ लाख १० हजार रुपैयाँ लिएका थिए ।

उपेन्द्र पौडेलः एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले वार्षिक ९६ लाख चार हजार रुपैयाँ तलवभत्ता लिएका छन् । उनले तलववापत ५० लाख ४० हजार भत्तावापत ३३ लाख ६० हजार, दशैं खर्च सात लाख र सञ्चयकोषवापत पाँच लाख चार हजार रुपैयाँ पाएका थिए ।

नारायणदास मानन्धरः प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले तलववापत ५७ लाख ६० हजार भत्ता वापत ३८ लाख ४० हजार, दशैंभत्ता चार लाख ८० हजार, सञ्चयकोष पाँच लाख ७६ हजार रुपैयाँ लिएका थिए । उनले बोनसवापत ६५ लाख नौ हजार रुपैयाँ पाएका थिए । यसवापत उनले वार्षिक एक करोड ७१ लाख ६५ हजार रुपैयाँ पाएका थिए । त्यसबाहेक सवारी, मोवाइल र इन्धन सुविधा बैंकले दिएको थियो ।
देशको सबैभन्दा ठूलो करदाताका रुपमा रहेको नेपाल टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंह भने वार्षिक ११ लाख ८४ हजार रुपैयाँ तलव बुझछन् । टेलिकम देशको सबैभन्दा बढी कर तिर्ने कम्पनी मात्र नभएर बढी मुनाफा गर्ने कम्पनी पनि हो । देशमा सबैभन्दा बढी कर तिर्ने निजी क्षेत्रको कम्पनी सूर्य नेपालका प्रमुख कार्यकारी अधिकृत सञ्जिव केसावाले वार्षिक एक करोड २१ लाख रुपैयाँ तलव बुझ्ने गरेका छन् । आर्थिक वर्ष २०६७र६८ मा केसावाले तलववापत ५१ लाख रुपैयाँ र भत्तावापत ७० लाख २९ हजार रुपैयाँ तलव बुझेका थिए ।