अवैध धन्दाबाट अकुत सम्पत्ति कमाएका १६ भन्दा बढी डनको सम्पत्ति रोक्का
भएको छ । सम्पत्ति शुद्धीकरण विभागले डनसहित उनका सहयोगी र आफन्तको समेत
बैंकखाता, जग्गा तथा सवारीसाधन रोक्का गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीले सुरुमा नाम चलेका केही डनमाथि मात्र अनुसन्धान गरेको थियो । दोस्रो चरणमा गुन्डागर्दीमा संलग्न अन्य व्यक्ति पनि अनुसन्धानमा तानिएका छन् ।
पहिलो चरणमा गणेश लामा, दीपक मनाङे -राजीव गुरुङ), चक्रे मिलन, पर्शुराम बस्नेत, अभिषेक गिरी र ज्ञानेन्द्र श्रेष्ठ 'बाबा'को सम्पत्ति रोक्का गरिएको थियो । पहिलो चरणमा छानबिन सुरु गरिएकाहरूको अनुसन्धान अन्तिम चरणमा पुगेको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)का एसएसपी उत्तम कार्कीले जानकारी दिए । 'एक-डेढ महिनामा हामी अनुसन्धान पूरा गर्छाैं होला,' उनले भने ।
दोस्रो चरणमा अजय श्रेष्ठ, कविन शाक्य, बलराम सापकोटा 'बले'को पनि सम्पत्ति रोक्का गरिएको छ । उनीहरू तीनैजनाको सम्पत्ति अनुसन्धान गर्न शुद्धीकरण विभागले अनुसन्धान अधिकृतसमेत तोकिसकेको छ । अर्का दुई डन कुमार घैंटे र साजन महर्जनको पनि सम्पत्ति रोक्का भइसकेको छ । तर, उनीहरूमाथि अनुसन्धान सुरु हुन सकेको छैन ।
गणेश लामा, दीपक मनाङे, पर्शुराम बस्नेत र चक्रे मिलनको बयान भने अन्तिम चरणमा पुगिसकेको स्रोत बताउँछ । उनीहरूसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)ले बयान लिइरहेको छ । 'दोस्रो चरणको बयान चलिरहेको छ,' सिआइबी स्रोतले भन्यो, 'बयान सकिनासाथ रायसहित हामी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मिसिल बुझाउँछौँ ।'
अनुसन्धान पूरा हुने भएकाले बयान सकिएपछि विभागले उनीहरूमाथि मुद्दा चलाउनेछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विश्वप्रकाश सुवेदीले पनि अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगिसकेको जानकारी दिए ।
पहिलो चरणमा अनुसन्धान थालिएकामध्ये बाबा भनिने ज्ञानेन्द्र श्रेष्ठको भने बयान भएको छैन । क्यासिनोका लगानीकर्ता उनी श्रीलंकामा बस्दै आएका छन् । श्रीलंकामै उनको क्यासिनो रहेको स्रोतको भनाइ छ । तर, उनको नेपालको सम्पत्ति सबै रोक्का भइसकेको छ । प्रहरीले अनुसन्धान सुरु गरेयता पक्राउ पर्ने डरले उनी नेपाल आएका छैनन् । प्रहरीले उनको परिवारको सम्पत्तिमाथि पनि अनुसन्धान गरिरहेको छ ।
दोस्रो चरणमा अनुसन्धान थालिएकाहरूमा क्यासिनोका लगानीकर्ता धेरै छन् । बलराम सापकोट क्यासिनो किङका रूपमा चिनिन्छन् । उनले पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहले सञ्चालन गरेको रोयल क्यासिनोमा लगानी गरेका छन् ।
त्यस्तै, कविन शाक्य पनि क्यासिनोमा पैसा लगाउने व्यक्ति हुन् । अजय श्रेष्ठले पनि क्यासिनोबाटै १० करोडभन्दा बढी कमाएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनी कांग्रेस नेता ओमकार श्रेष्ठका भाञ्जा हुन् ।
विभागले काजी शेर्पा, दिनेश अधिकारी 'चरी', राजु गोर्खाली, बाघबहादुर लामा बाघे, मीनकृष्ण महर्जन, रोज राणालगायतको सम्पत्तिमा अनुसन्धान थालेको छैन । घैंटे र साजन महर्जनको सम्पत्ति रोक्का भए पनि अनुसन्धान भने अघि बढ्न सकेको छैन । सम्पत्तिसमेत रोक्का नभएकाले उनीहरूले वकिलहरूको सल्लाहमा सम्पत्ति लुकाउन थालेको स्रोत बताउँछ ।
काभ्रेली समूहका पनि दावा लामा, विष्णु लामा, तीर्थ लामा, रमेश सुनुवारलगायतको सम्पत्ति छानबिन भएको छैन । विभागका प्रवक्ता तथा निर्देशक विश्वप्रकाश सुवेदीले कर्मचारी अभावमा सबैको एकैपटक अनुसन्धान हुन नसकेको बताए ।
राजनीतिक दबाबका कारण पनि सम्पत्ति शुद्धीकरण प्रभावकारी हुन नसकेको स्रोतको भनाइ छ । राजनीतिक दबाबकै कारण सम्पत्ति शुद्धीकरणमा अनुसन्धान विभागमा महानिर्देशकलगायतका अधिकारी पटक-पटक फेरिँदै आएका छन् । विभाग गठन भएको १७ महिना अवधिमा चारजना महानिर्देशक फेरिइसकेका छन् । हालै मात्र विभागमा सूर्यप्रसाद आचार्य महानिर्देशक भएका छन् ।
गणेश लामाको सम्पत्ति अनुसन्धानको काम विभाग गठन हुनुभन्दा पहिलेदेखि नै सुरु भएको थियो । तर, पनि हालसम्म पूरा हुन सकेको छैन । दबाबकै कारण अनुसन्धान ढिला भएको स्रोतले बतायो ।
सिआइबीले करिब ६ महिनाअघि अनुसन्धानमा तानिएका सबै डनलाई पक्राउ गरी बयान लिने तयारी गरेको थियो । तर, विभागका अधिकारीले डराएर पक्राउ नगरी बयान लिने निर्णय गरेको स्रोतको भनाइ छ ।
प्रहरीले पैसाकै लागि गुन्डागर्दी हुने र सम्पत्ति नै अनुसन्धान गरी कारबाही गरेपछि गुन्डागर्दी नियन्त्रण हुने भन्दै गुन्डागर्दीका नाइकेहरूको सम्पत्तिको छानबिन थालेको हो । हाल अनुसन्धानमा रहेका गुन्डागर्दीका नाइकेमाथि मुद्दा चल्नेमा प्रहरी अधिकारीले नै शंका गर्न थालेका छन् । गुन्डागर्दीका सबैजसो नाइके पार्टीमा आबद्ध भइसकेकाले राजनीतिक दबाबमा प्रहरी र विभाग पछि हट्ने आशंका अनुसन्धानमा भएको ढिलाइले पनि देखाएको छ ।
प्रहरी स्रोतका अनुसार दीपक मनाङेका दुई श्रीमतीको बयान हालै सकिएको छ । मनाङेका प्रमुख सहयोगी उमेश लामासमेत छानबिनमा तानिएका छन् ।
पर्शुराम बस्नेतका सहयोगी मुकेश बुढाथोकी पनि अनुसन्धानमा तानिएका छन् । त्यस्तै, चक्रेका भाइ तेजेन्द्र गुरुङ र श्रीमतीसँग पनि प्रहरीले बयान लिइसकेको छ । बारम्बार ताकेता गरेपछि चक्रे एकपटक मात्र बयान दिन गएका छन् । त्यस्तै, गणेश लामाका भाइ राकेश लामासहित श्रीमती र परिवारका सदस्यसँग समेत प्रहरीले सम्पत्तिबारे बयान लिइसकेको छ ।
सम्पत्तिको स्रोत खुलाउन नसक्दा भारतीय अपराधी नीरञ्जन होजाईसँग बिहे गरेकी सरिता गिरीको सम्पत्ति अनुसन्धान गर्दा प्रहरीले उनका परिवारका सम्पूर्ण सदस्यलाई पक्राउ गरी मुद्दा चलाएको थियो । त्यस्तै, डनका परिवार र सहयोगीलाई समेत विभागले स्रोत खुलाउन नसके मुद्दा दायर गर्नेछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीले सुरुमा नाम चलेका केही डनमाथि मात्र अनुसन्धान गरेको थियो । दोस्रो चरणमा गुन्डागर्दीमा संलग्न अन्य व्यक्ति पनि अनुसन्धानमा तानिएका छन् ।
पहिलो चरणमा गणेश लामा, दीपक मनाङे -राजीव गुरुङ), चक्रे मिलन, पर्शुराम बस्नेत, अभिषेक गिरी र ज्ञानेन्द्र श्रेष्ठ 'बाबा'को सम्पत्ति रोक्का गरिएको थियो । पहिलो चरणमा छानबिन सुरु गरिएकाहरूको अनुसन्धान अन्तिम चरणमा पुगेको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)का एसएसपी उत्तम कार्कीले जानकारी दिए । 'एक-डेढ महिनामा हामी अनुसन्धान पूरा गर्छाैं होला,' उनले भने ।
दोस्रो चरणमा अजय श्रेष्ठ, कविन शाक्य, बलराम सापकोटा 'बले'को पनि सम्पत्ति रोक्का गरिएको छ । उनीहरू तीनैजनाको सम्पत्ति अनुसन्धान गर्न शुद्धीकरण विभागले अनुसन्धान अधिकृतसमेत तोकिसकेको छ । अर्का दुई डन कुमार घैंटे र साजन महर्जनको पनि सम्पत्ति रोक्का भइसकेको छ । तर, उनीहरूमाथि अनुसन्धान सुरु हुन सकेको छैन ।
गणेश लामा, दीपक मनाङे, पर्शुराम बस्नेत र चक्रे मिलनको बयान भने अन्तिम चरणमा पुगिसकेको स्रोत बताउँछ । उनीहरूसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)ले बयान लिइरहेको छ । 'दोस्रो चरणको बयान चलिरहेको छ,' सिआइबी स्रोतले भन्यो, 'बयान सकिनासाथ रायसहित हामी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मिसिल बुझाउँछौँ ।'
अनुसन्धान पूरा हुने भएकाले बयान सकिएपछि विभागले उनीहरूमाथि मुद्दा चलाउनेछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विश्वप्रकाश सुवेदीले पनि अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगिसकेको जानकारी दिए ।
पहिलो चरणमा अनुसन्धान थालिएकामध्ये बाबा भनिने ज्ञानेन्द्र श्रेष्ठको भने बयान भएको छैन । क्यासिनोका लगानीकर्ता उनी श्रीलंकामा बस्दै आएका छन् । श्रीलंकामै उनको क्यासिनो रहेको स्रोतको भनाइ छ । तर, उनको नेपालको सम्पत्ति सबै रोक्का भइसकेको छ । प्रहरीले अनुसन्धान सुरु गरेयता पक्राउ पर्ने डरले उनी नेपाल आएका छैनन् । प्रहरीले उनको परिवारको सम्पत्तिमाथि पनि अनुसन्धान गरिरहेको छ ।
दोस्रो चरणमा अनुसन्धान थालिएकाहरूमा क्यासिनोका लगानीकर्ता धेरै छन् । बलराम सापकोट क्यासिनो किङका रूपमा चिनिन्छन् । उनले पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहले सञ्चालन गरेको रोयल क्यासिनोमा लगानी गरेका छन् ।
त्यस्तै, कविन शाक्य पनि क्यासिनोमा पैसा लगाउने व्यक्ति हुन् । अजय श्रेष्ठले पनि क्यासिनोबाटै १० करोडभन्दा बढी कमाएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनी कांग्रेस नेता ओमकार श्रेष्ठका भाञ्जा हुन् ।
सम्पत्ति लुकाउँदै अन्य डन
सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीले अनुसन्धानमा विवेक पुर्याउन नसक्दा अनुसन्धानको घेरामा नतानिएका अन्य गुन्डागर्दीका नाइकेले भने धमाधम सम्पत्ति लुकाउन थालेका छन् । विभागले गुन्डागर्दीका केही नाइकेको मात्र सम्पत्ति अनुसन्धान गर्दा अन्यले पहिले नै लुकाउने अवसर पाएका हुन् ।विभागले काजी शेर्पा, दिनेश अधिकारी 'चरी', राजु गोर्खाली, बाघबहादुर लामा बाघे, मीनकृष्ण महर्जन, रोज राणालगायतको सम्पत्तिमा अनुसन्धान थालेको छैन । घैंटे र साजन महर्जनको सम्पत्ति रोक्का भए पनि अनुसन्धान भने अघि बढ्न सकेको छैन । सम्पत्तिसमेत रोक्का नभएकाले उनीहरूले वकिलहरूको सल्लाहमा सम्पत्ति लुकाउन थालेको स्रोत बताउँछ ।
काभ्रेली समूहका पनि दावा लामा, विष्णु लामा, तीर्थ लामा, रमेश सुनुवारलगायतको सम्पत्ति छानबिन भएको छैन । विभागका प्रवक्ता तथा निर्देशक विश्वप्रकाश सुवेदीले कर्मचारी अभावमा सबैको एकैपटक अनुसन्धान हुन नसकेको बताए ।
राजनीतिक दबाबका कारण पनि सम्पत्ति शुद्धीकरण प्रभावकारी हुन नसकेको स्रोतको भनाइ छ । राजनीतिक दबाबकै कारण सम्पत्ति शुद्धीकरणमा अनुसन्धान विभागमा महानिर्देशकलगायतका अधिकारी पटक-पटक फेरिँदै आएका छन् । विभाग गठन भएको १७ महिना अवधिमा चारजना महानिर्देशक फेरिइसकेका छन् । हालै मात्र विभागमा सूर्यप्रसाद आचार्य महानिर्देशक भएका छन् ।
गणेश लामाको सम्पत्ति अनुसन्धानको काम विभाग गठन हुनुभन्दा पहिलेदेखि नै सुरु भएको थियो । तर, पनि हालसम्म पूरा हुन सकेको छैन । दबाबकै कारण अनुसन्धान ढिला भएको स्रोतले बतायो ।
सिआइबीले करिब ६ महिनाअघि अनुसन्धानमा तानिएका सबै डनलाई पक्राउ गरी बयान लिने तयारी गरेको थियो । तर, विभागका अधिकारीले डराएर पक्राउ नगरी बयान लिने निर्णय गरेको स्रोतको भनाइ छ ।
प्रहरीले पैसाकै लागि गुन्डागर्दी हुने र सम्पत्ति नै अनुसन्धान गरी कारबाही गरेपछि गुन्डागर्दी नियन्त्रण हुने भन्दै गुन्डागर्दीका नाइकेहरूको सम्पत्तिको छानबिन थालेको हो । हाल अनुसन्धानमा रहेका गुन्डागर्दीका नाइकेमाथि मुद्दा चल्नेमा प्रहरी अधिकारीले नै शंका गर्न थालेका छन् । गुन्डागर्दीका सबैजसो नाइके पार्टीमा आबद्ध भइसकेकाले राजनीतिक दबाबमा प्रहरी र विभाग पछि हट्ने आशंका अनुसन्धानमा भएको ढिलाइले पनि देखाएको छ ।
सहयोगी र आफन्त पनि फन्दामा
सम्पत्ति शुद्धीकरण ऐनमा अनुसन्धान गरिएका व्यक्तिको आफन्त र सहयोगीहरूको समेत सम्पत्ति छानबिन हुने प्रावधान छ । सोहीअनुसार गुन्डागर्दीमा संलग्न नाइकेका परिवारका सदस्य मात्र नभई साथीहरूको समेत प्रहरीले सम्पत्ति रोक्का राखी उनीहरूको बयान लिइरहेको छ ।प्रहरी स्रोतका अनुसार दीपक मनाङेका दुई श्रीमतीको बयान हालै सकिएको छ । मनाङेका प्रमुख सहयोगी उमेश लामासमेत छानबिनमा तानिएका छन् ।