उपत्यकामा एक वर्षअघिदेखि जारी सडक विस्तार अब काठमाडौंको मध्य र भित्री
सडकमा केन्दि्रत हुने भएको छ । उपत्यकामा सर्वाधिक सवारी जाम हुने क्षेत्र
जमल, पुतलीसडक, बागबजार, सोह्रखुट्टे, पुरानो बानेश्वर, सिनामंगल,
मैतीदेवीलगायतका क्षेत्रमा बाटो फराकिलो पार्न लागिएको हो ।
बाटो विस्तारका लागि उपत्यका विकास प्राधिकरणले मुख्य तीन सडकखण्ड छनोट गरेर चिनो लगाएको छ । कुन क्षेत्रमा कहिले विस्तार गर्ने भन्नेबारे कार्यतालिका बनाए पनि प्राविधिक कारणले सार्वजनिक गर्न नमिल्ने प्राधिकरणले जनाएको छ । विस्तार गरिनुपूर्व सबै ठाउँमा माइकिङ गरेर आफैँ हटाउन आग्रह गरिने र कतिपय स्थानमा माइकिङसमेत भइरहेको प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त डा. भाइकाजी तिवारीले बताए ।
तत्काल विस्तार गर्नेगरी प्राधिकरणले छनोट गरेका तीन खण्डमा सोह्रखुट्टे-लैनचौरखण्ड, सेतोपुल -मैतीदेवी)देखि सिनामंगल चौतारो र कालिकास्थान -अनामनगर)देखि चारखाल -डिल्लीबजार) हँुदै पुतलीसडक चोकसम्म रहेका छन् । यी तीन सडकखण्ड विस्तार गर्दा उपत्यकाको मध्यभागमा हुने सवारी जाम निक्कै हलुका हुने ट्राफिक प्रहरीको भनाइ छ ।
विस्तारको पहिलो सूचीमा राखिएको सोहखुट्टे-लैनचौर सडकखण्ड २२ मिटर चौडा हुनुपर्नेमा हाल करिब १६ मिटर मात्रै रहेको प्राधिकरणले जनाएको छ । सोखण्डमा तीनतारे होटल मल्ल, अमृत साइन्स कलेज, संयुक्त राष्ट्रसंघीय बालकोष -युनिसेफ), भारतीय सेनाको पेन्सन क्याम्प, शान्ति विद्यागृह माविलगायतले सडक मापदण्डअनुसारको जग्गा नछाडी संरचना बनाएको प्राधिकरणले जनाएको छ ।
होटल मल्लले आफ्नो भवन साढे तीन मिटर सडक मिचेर बनाएको पाइएको प्राधिकरणका एक वरिष्ठ इन्जिनियरले नयाँ पत्रिकालाई जानकारी दिए । उनका अनुसार सडकको केन्द्रभागबाट दुवैतर्फ ११/११ मिटर हुनेगरी विस्तार गर्दा मल्ल होटलको क्यासिनो भेनसको अघिल्लो भाग पूरै भत्कनेछ । यस्तै, अस्कल, सरस्वती क्याम्पस र शान्ति विद्यागृहको पनि गेट र कम्पाउन्ड पूरै सडक क्षेत्रमा पर्नेछ । शान्ति विद्यागृहको भने पहिला नै भवन बनेकाले सरकारले क्षतिपूर्ति दिने जिल्ला आयुक्त तिवारीले बताए ।
सडक विस्तारको अघिल्लो सूचिमा राखिएको हात्तीसार सडकखण्डमा खेतान समूहको लक्ष्मी बैंकलगायत सिद्धार्थ बैंक, साखः भवन, ठेकेदार कम्पनी आइसिटिसी, गल्फ एयर, सुन्दर भवन तथा चिनियाँ समाचार एजेन्सी, सिन्ह्वाको कार्यालयलगायत करिब डेढ दर्जन भवन सडक मापदण्डविपरीत बनेकाले चिनो लगाइएको प्राधिकरणले बताएको छ । सो सडकखण्ड पनि २२ मिटर चौडाको हो । हात्तीसार मोडमा रहेको जयनेपाल हलले दुई दशमलव तीन मिटर, त्यसकैविपरीत रहेको सुन्दर भवनले तीन मिटर, गल्फ एयर रहेको भवनलगायत त्यसका लहरैका भवनले करिब साढे तीन मिटर सडकको जग्गा मिचेको प्राधिकरणका वरिष्ठ इन्जिनियरले जनाए ।
यसैगरी, खेतान समूह लक्ष्मी बैंक, गोर्खा ब्रुअरीलगायतका कम्पनी रहेको भवनले पाँच दशमलव दुई मिटर जग्गा मिचेको पाइएको छ । सो भवनको विपरीत रहेको ठेकेदार कम्पनी आइसिटिसीको भवनले साढे सात मिटर तथा सिन्ह्वाको कार्यालय रहेको भवनले करिब पाँच मिटर सडक मिचेको पाइएको छ । सिद्धार्थ बैंक आफैँले बनाएको भवनले पनि दुई दशमलव चार मिटर सडकको जग्गा मिचेको ती इन्जिनियरले जानकारी दिए । सबै ठाउँमा छानबिन गरेर चिनो लगाइसकिएको र अब माइकिङ गरेर डोजर चलाइने उनले बताए । सोखण्डमा रहेका अधिकांश भवनले टुकुचा खोलामाथि समेत संरचना निर्माण गरेको प्राधिकरणको दाबी छ ।
प्राधिकरणले उपत्यकामै सर्वाधिक सवारी जाम हुनेमध्येको एक क्षेत्र पुरानो बानेश्वर-मैतीदेवी क्षेत्रमा पनि विस्तारका लागि चिनो लगाएको छ । स्थानीयको दबाबका कारण पटकपटक रोक्दै आएको सो क्षेत्रमा सडक विस्तारका लागि सेतोपुलदेखि सिनामंगल पिपलचौतारोसम्म चिनो लगाएर जानकारी गराइएको हो । सो सडकखण्डअन्तर्गत सेतोपुलदेखि सिनामंगल पुलसम्म विस्तार गरेर १४ मिटर चौडा पारिने तथा पुलदेखि चौतारोसम्म २२ मिटर पारिने प्राधिकरणले जनाएको छ । स्थानीयबाट विरोध हुनसक्ने आशंकामा प्राधिकरणले प्रहरीको सहयोगमा सो क्षेत्रमा चिनो लगाएको थियो ।
पुतलीसडक क्षेत्रमा हुने सवारी जाम हटाउन प्राधिकरणले डिल्लीबजार-पुतलीसडकखण्डलाई सडक विस्तारको पहिलो सूचिमै समेटेको छ । डिल्लीबजार कालिकास्थानदेखि पुतलीसडक चोकसम्मको सडक विस्तार गरी १४ मिटर चौडा बनाइने काठमाडौं आयुक्त तिवारीले बताए ।