Tuesday, March 6, 2012

यसरी समातिए नेपालका पर्यटनमन्त्री अबुधावीमा बुधबारमात्रै जर्मनी जाने - nagariknews

फलोअपः २३, फागुन, अबुधावी । छाप नलगाएको भिषा लिएर जर्मनी जान लागेका नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्टमगर संयुक्त अरव इमरेट्सको अबुधावी बिमानस्थलमा समातिएका छन् ।
जर्मनीमा बुधबारदेखि सुरु हुन लागेको पर्यटन मेलामा भाग लिन सोमबार साँझ पत्नीसहित अबुधावी पुगेका मन्त्री बिष्ट त्यहाँको अध्यागमनद्वारा समातिए हुन् । कुटनीतिक पासपोर्ट प्रयोग गरि जर्मनी जान लागेका मन्त्री बिष्ट केही घण्टा ट्रान्जिटपछि जर्मनी जाने कार्यक्रम थियो । तर उनको पासपोर्टमा लगाइएको भिसामा नेपालस्थित जर्मन दूतावासले छाप नलगाएका कारण उनलाई जर्मन पठाउन अबुधावी अध्यगमनले मानेन् । जसका कारण मन्त्री बिष्ट करिव ४८ घण्टा अबुधावीको बिमानस्थलमा बिताउनुपर्ने भएको छ ।
युएईका लागि कार्यवाहक नेपाली राजदूत दीपक अधिकारीका अनुसार मन्त्री बिष्ट अहिले अबुधावीको ट्रान्जिट होटलमा आराम गरिरहनुभएको छ । उहाँको भिषामा छाप लगाउनका लागि दुवईस्थित नेपाली दूतावासका अधिकारीले पहल गरिरहेका छन् ।’आज कार्यलय समयमा भिषा लिन सकिएन’- अधिकारीले भन्नुभयो- ‘सम्भवत भोली हामी भिषा लिन्छौ र मन्त्री ज्यू भोली साँझ नै जर्मनीतिर लाग्नुहुन्छ ।’ कार्यालय समय २ बजे नै सकिने भएकाले आजै त्यहाँस्थित जर्मन दूतावासमा भिषा लिन नसकिएको अधिकारीको भनाई छ । अबुधावीकै ट्रान्जिट भिसा पनि लिन समय पुगेन’- अधिकारीले भन्नुभयो- ‘भोलीसम्म उहाँ एअरभित्रै रहेको ट्रान्जिट होटलमा रहनुहुनेछ ।’ मन्त्री कार्यक्रममा भाग लिन जर्मनीनै जाने योजनामा रहेको भन्दै अधिकारीले आजै नेपाल र्फकने कार्यक्रम नरहेको अधिकारीले बताउनुभयो ।
के भएको थियो ?
पत्नीसहित कार्यक्रममा भाग लिन इत्तिहाद एअरलाइन्सको बिमानबाट अबुधावी प्रस्थान गरेका मन्त्री नेपाली समयअनुसार साँझ ७ बजेतिरै त्यहाँ पुगेका थिए । केही घण्टाको ट्रान्जिटपछि अर्को बिमानबाट उनी आजै बिहान जर्मनी पुग्ने कार्यक्रम थियो ।
मन्त्रीलाई स्वागत गर्न बिमानस्थल पुगेका जर्मनीका लागि नेपाली राजदूतले बिमानस्थलमा मन्त्री नभेटेपछि काठमाण्डौंस्थित परराष्ट्र मन्त्रालय र दुवईस्थित नेपाली दूतावासमा सोधीखोजी गरे । मन्त्रीबारे कुनै जानकारी प्राप्त नभएपछि दुवईस्थित नेपाली दूतावासका अधिकारी घटनाबारे जानकारी लिन अबुधावी बिमानस्थलतर्फ गए । त्यति नै बेला नेपालमा भने पर्यटनमन्त्री कतारको दोहा बिमानस्थलमा थुनिएको हल्ला चल्यो । परराष्ट्र मन्त्रालयका अधिकारीले पनि दोहा बिमानस्थलमै मन्त्री अड्कीएको जानकारी संचार माध्यमलाई दिए ।
‘हामीलाई बिहान स्थानीय समयअनुसार पौनै १० बजेतिर खवर आयो’-अधिकारीले अनलाइनखबरसित भन्नुभयो- हामी बिमानस्थलमा जाँदा मन्त्रीज्यू ट्रान्जिट होटलमा भेटिनुभयो ।’ मन्त्रीलाई किन जर्मनी जान दिइएन भन्नेबारे दूतावासका अधिकारीले त्यहाँका अध्यागमन अधिकारीसँग जानकारी लिए । ‘म्याडम-मन्त्रीपत्नी)को भिषामा छाप थियो तर मन्त्रीज्यूको भिषामा छाप नलगाएको भेटियो- अधिकारीले भन्नुभयो- ‘म्याडमा भिषामा छाप हुनु तर मन्त्रीज्यूकोमा नहुनुमा मन्त्रीज्यूको कमजोरीका कारण हैन् । मन्त्रीलाई सम्मानजनक ब्यबहार गरिएको र होटलमा राखिएको भन्दै अधिकारीले भन्नुभयो- ‘उहाँलाई पुलिसले हिरासतमा लिएको भन्ने कुरा सत्य हैन, उहाँलाई सम्मानजनक ब्यबहार भएको छ ।’
गल्ती कसको ?
सामान्यतया कुनैपनि दूतावासले छाप नलगाई भिसा जारी गर्दैन । अनि छापै नलागेको भिसा लिएर कुनैपनि अध्यागमनबाट अर्को देशमा जाने अनुमति पाइदैन् । यसमा पहिलो लार्पवाही देखिन्छ मन्त्री बिष्टलाई भिसा जारी गर्ने काठमाण्डौंस्थित जर्मन दूतावासको । जसले मन्त्रीजस्तो बिशिष्ट ब्यक्तिलाई जारी गरेको भिसामा छापै लगाउन बिर्सियो ।
स्वयं मन्त्री, उनको स्वकीय सचिवालय र मन्त्रालयका अधिकारीले पनि कस्तो भिसा र कुन आधारमा मन्त्री जर्मनी पुग्न सक्छन भन्ने ख्यालै गरेनन् ।
सवैभन्दा लार्पवाही देखियो त्रिभुवन बिमानस्थलस्थित अध्यागमन कार्यालयको । जसले मन्त्रीको पासपोर्टमा लगाइएको भिसा निरिक्षण गर्ने आबश्यकता नै ठानेन् । जसले गर्दा मन्त्री खुरुखुरु बिमान चढेर अबुधावी पुगे तर त्यहाँबाट अघि बढ्न सकेनन् । यी सवैको लार्पवाहीले अन्ततः मन्त्री ४८ घण्टासम्म बिदेशी बिमानस्थलमा रोकिनुपर्‍यो, नेपालको अन्तराष्ट्रिय बेइज्यत भयो ।