नेपालीहरुको औसत तलब कति होला। सामान्य लेखपढ गरेका, एसएलसीसम्म पास गरेकाहरुको तलब कति होला ? पाँच अङ्कको तलब…त्यो पनि १० हजार हैन ३६ हजारसम्म! राष्ट्रिय दैनिक कान्तिपुरमा छापिने विज्ञापनहरु हेर्ने हो भने नेपालीहरुको तलबमा अस्वभाविक वृद्धि भएको देखिन्छ। हेरौँ त हिजो छापिएका केही विज्ञापनहरु र त्यसमा उल्लेख गरिएका तलबहरु-
तर के साँच्चै यति तलब पाइन्छ ? त्यसो भए विदेशमा किन गइरहनु पर्यो। विदेशमा पनि कति न कमाइने हो र। त्यही पत्रिकाका अरु पेजमा विदेशमा कति तलब पाइन्छ, त्यसको विज्ञापन पनि हेर्न पाइन्छ त।
यो विदेशमा जाने नेपालीले पाउने तलब-
देख्नुभो त ? भनेपछि विदेशमा जाने नेपालीले पाउने तलब र यहीँ पाइने तलब झण्डै उस्तै रहेछ त। त्यसो हो भने किन मरी मरी काम गर्न विदेशतिर जानु पर्यो त ?
कुरो यति सजिलो छैन।
सबैभन्दा पहिला ३६ हजारसम्म तलब दिने फूँइ देखाउने कम्पनीहरुको नाम हेर्नुस् त। कसैले आफ्नो कम्पनीको गतिलो नामै दिन सकेका छैनन्। कुनैले एनजीओ भनेका छन्। एनजीओ भन्दैमा एउटा कर्मचारीलाई त्यत्रो हजारौँ रुपियाँ तलब दिनसक्ने हैसियत हुन्छ उनीहरुको ? कुनैले प्रतिष्ठित कम्पनीहरुको नामसँग जोडेर सीजी, एलजी कम्पनी रे। अधिकांशको फोन नम्बर मात्रै छ सम्पर्क ठेगाना।
अब यी हजारौँ तलबको धमास दिने कम्पनीहरुको आर्थिक हैसियत हेरौँ। एकैजनालाई यत्रो तलब दिनसक्ने कम्पनीको आर्थिक पक्ष निकै बलियो हुनुपर्छ। त्यसैले उनीहरुले राम्रा मान्छे पाउन विज्ञापन पनि राम्रै पैसा दिएर राम्रै ठाउँमा दिनुपर्ने हो। तर हेर्नुस् हालत, यी विज्ञापनमा उनीहरुले २०० देखि दुई तीन हजार रुपियाँसम्म मात्र खर्च गरेका देखिन्छन्। अनि छाप्न पनि सबैभन्दा सस्तो वर्गीकृत विज्ञापनका साना अक्षर रोजेका छन्। यस्तो ठाउँमा विज्ञापन छाप्न लाग्ने पैसा यति मात्रै हो-
छैन त राम्रो व्यापार ? एक शब्दको २५ रुपियाँ मात्र तिरे पुग्ने विज्ञापन छाप्यो, मान्छेलाई झुक्यायो, ठग्यो- मोज गर्यो। यति थोरै पैसामा र्याल चुहाएर पत्रिकाले ठगीलाई प्रश्रय दिइरहेको छ।
अगरबत्ती कम्पनीहरुको विज्ञापन पनि तपाईँले देख्नुभएको होला माथि। त्यसमा भने अर्कै हुन्छ। त्यहाँ जाने एक गृहिणीले बताए अनुसार सुरुमा त २ हजार रुपियाँ लिएर ‘तालिम’ दिइन्छ। त्यसपछि अगरबत्ती बनाउ भनेर सामान दिएर पठाउँछन्। हात दुख्ने गरेर अगरबत्ती बनायो, एक किलोको ५० रुपियाँ हो कि कति मात्र दिने। भन्नलाई भने दिनमा यति किलो बनाउन सकिन्छ, यति रुपियाँ आउँछ भनेर लोभ देखाउने रहेछन्।
ठू्ल्ठूला ठगीमा सबैको आँखा गए पनि यसरी स-साना स्तरमा हुने ठगीलाई कसैले वास्ता गरिरहेको छैन। त्यसैले यस्तो धन्दा दिनप्रतिदिन बढ्दैछ।
तर के साँच्चै यति तलब पाइन्छ ? त्यसो भए विदेशमा किन गइरहनु पर्यो। विदेशमा पनि कति न कमाइने हो र। त्यही पत्रिकाका अरु पेजमा विदेशमा कति तलब पाइन्छ, त्यसको विज्ञापन पनि हेर्न पाइन्छ त।
यो विदेशमा जाने नेपालीले पाउने तलब-
देख्नुभो त ? भनेपछि विदेशमा जाने नेपालीले पाउने तलब र यहीँ पाइने तलब झण्डै उस्तै रहेछ त। त्यसो हो भने किन मरी मरी काम गर्न विदेशतिर जानु पर्यो त ?
कुरो यति सजिलो छैन।
सबैभन्दा पहिला ३६ हजारसम्म तलब दिने फूँइ देखाउने कम्पनीहरुको नाम हेर्नुस् त। कसैले आफ्नो कम्पनीको गतिलो नामै दिन सकेका छैनन्। कुनैले एनजीओ भनेका छन्। एनजीओ भन्दैमा एउटा कर्मचारीलाई त्यत्रो हजारौँ रुपियाँ तलब दिनसक्ने हैसियत हुन्छ उनीहरुको ? कुनैले प्रतिष्ठित कम्पनीहरुको नामसँग जोडेर सीजी, एलजी कम्पनी रे। अधिकांशको फोन नम्बर मात्रै छ सम्पर्क ठेगाना।
अब यी हजारौँ तलबको धमास दिने कम्पनीहरुको आर्थिक हैसियत हेरौँ। एकैजनालाई यत्रो तलब दिनसक्ने कम्पनीको आर्थिक पक्ष निकै बलियो हुनुपर्छ। त्यसैले उनीहरुले राम्रा मान्छे पाउन विज्ञापन पनि राम्रै पैसा दिएर राम्रै ठाउँमा दिनुपर्ने हो। तर हेर्नुस् हालत, यी विज्ञापनमा उनीहरुले २०० देखि दुई तीन हजार रुपियाँसम्म मात्र खर्च गरेका देखिन्छन्। अनि छाप्न पनि सबैभन्दा सस्तो वर्गीकृत विज्ञापनका साना अक्षर रोजेका छन्। यस्तो ठाउँमा विज्ञापन छाप्न लाग्ने पैसा यति मात्रै हो-
छैन त राम्रो व्यापार ? एक शब्दको २५ रुपियाँ मात्र तिरे पुग्ने विज्ञापन छाप्यो, मान्छेलाई झुक्यायो, ठग्यो- मोज गर्यो। यति थोरै पैसामा र्याल चुहाएर पत्रिकाले ठगीलाई प्रश्रय दिइरहेको छ।
के हुन्छ यस्ता ठाउँमा ?
यस्ता ठाउँमा जब कोही बेरोजगारले थुप्रो तलबको लोभमा फोन गर्छन्, उनीहरुलाई फोनबाटै सबै कुरा बताइँदैन। उनीहरुलाई सम्पर्क कार्यालयमा आउन प्रेरित गरिन्छ। त्यहाँ कार्यालयको ढोङ रचिएको हुन्छ। उनीहरुलाई एउटा फाराम भर्न भनिन्छ र त्यसवापत् केही रकम लिइन्छ। केही हजार रुपियाँ आवेदन शुल्क लिएपछि उनीहरुलाई अन्तर्वार्ताका लागि बोलाइने भनिन्छ। केहीलाई अन्तर्वार्ता लिएको नाटक गरिन्छ, केहीलाई त त्यही पनि गरिँदैन। अन्तर्वार्ता लिएका मान्छेहरुलाई भने पछि लौ, तपाईँ छनौट हुनुभएन भनेर जानकारी गराइन्छ।अगरबत्ती कम्पनीहरुको विज्ञापन पनि तपाईँले देख्नुभएको होला माथि। त्यसमा भने अर्कै हुन्छ। त्यहाँ जाने एक गृहिणीले बताए अनुसार सुरुमा त २ हजार रुपियाँ लिएर ‘तालिम’ दिइन्छ। त्यसपछि अगरबत्ती बनाउ भनेर सामान दिएर पठाउँछन्। हात दुख्ने गरेर अगरबत्ती बनायो, एक किलोको ५० रुपियाँ हो कि कति मात्र दिने। भन्नलाई भने दिनमा यति किलो बनाउन सकिन्छ, यति रुपियाँ आउँछ भनेर लोभ देखाउने रहेछन्।