Monday, March 5, 2012

आखिर फन्दामा परे, यसरी पड्काएका रहेछन् तीन निर्दोषको ज्यान जाने गरी बम - mysansar



अन्ततः एक हप्ता मै प्रहरीले काठमाडौँको बबरमहलमा तीन जनाको ज्यान जाने गरी बम पड्काउनेहरु को रहेछन् पत्ता लगाई त्यसमा संलग्न ६ जनालाई गिरफ्तारसमेत गरेको दावी गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले ६ जनालाई सार्वजनिक पनि गर्‍यो। बम पड्काउने पापीहरु यी रहेछन्-


पत्रकार सम्मेलनमा बाँडिएको प्रेस विज्ञप्ति जस्ताको तस्तै-
OPERATION “NIGAM”
घटना विवरण 
मिति २०६८।११।१५ गते का.जि.का.म.न.पा.वडा नं.११ बबरमहल स्थित नेपाल आयल निगमको प्रवेश द्वारमा अं.१३:१० बजेको समयमा बम विष्फोटन हुँदा ३ जनाको मृत्यु हुनको साथै ७ जना घाईते भएको । घटनाको जिम्मेवारी संयुक्त जातिय मुक्ति मोर्चा विश्वक्रान्ति समूहले लिएको । प्रारम्भीक अनुसन्धानमा खुले अनुसार बिष्फोटनमा HIGH EXPLOSIVE DETONATION WITH DELAY MECHANISM IMPROVISED IN METAL PIPE को प्रयोग भएको पाईएको ।
पक्राउ मानिसहरु:-
१) नाम:- भिम बहादुर तामाङ

उपनाम:- बिश्वदिप
पेशा:- केन्द्रिय सदस्य, सं.जा.मु.मो.
उमेर:- ३५ वर्ष
ठेगाना:- ओखरपौवा ६ ठूलोचित्रे, नुवाकोट
जिम्मेवारी:- घटनाको योजनाकार एवं नुवाकोटमा २०६६ सालमा पाण्डु
लामालाई कर्तव्य गरी मारेको मुद्धामा फरार अभियुक्त
२) नामः- निमा दोर्जे तामाङ

उपनाम:- आबिष्कार तामाङ
पेशा:-Alliance Academy College को Discipline In charge
उमेर:- ३० वर्ष
ठेगाना:- गोस्वारा २, दर्गा, रामेछाप हाल थापागाउँ चोक, नयाँ बानेश्वर, काठमाण्डौं
जिम्मेवारी:- घटनाको योजनाकार तथा बिगतमा सं.जा.मु.मो. द्वारा गराईएका
बिष्फोटनका घटनाहरुमा संलग्न
३) नाम:- बुद्धि बहादुर गोले

पेशा:- बबिता वास गार्मेन्ट, शान्तिनगरमा काम गर्ने
उमेरः- ६० वर्ष
ठेगाना:- हेटौडा पदमपोखरी ४, मकवानपुर हाल शान्तिनगर, काठमाण्डौं
जिम्मेवारी:- घटनाको योजनाकार तथा स्थान छनौट गर्ने, बम बनाउने सामाग्री
जुटाउने एवं योजनालाई अन्तिम रुप दिने व्यक्ति
४) नाम:- प्रेम तामाङ्ग

उपनाम:- प्रितम
पेशा:- केन्द्रिय सदस्य, सं.जा.मु.मो.
उमेर:- २८ वर्ष
ठेगाना:- छत्रे ७, दमदमी, धादिङ्ग
जिम्मेवार:- बम बनाउने, बम राख्ने तथा रेकी गर्ने
५) नाम:- सागर लामा

उपनाम:- रमेश
पेशा:- केन्द्रिय सदस्य, सं.जा.मु.मो. तथा सहचालक
उमेर:- २० वर्ष
ठेगाना:- नौबिसे ८ धुसेली धादिङ्ग
जिम्मेवारी:- बम बनाउने, बम राख्ने तथा रेकी गर्ने
६) नाम:- सुरेश लामा

पेशा:- बबिता वास गार्मेन्ट, शान्तिनगरमा काम गर्ने
उमेर:- २० वर्ष
ठेगाना:- तसरपुर ६, धादिङ हाल शान्तिनगर, काठमाण्डौं
जिम्मेवारी:- बम बनाउने, बम राख्ने तथा रेकी गर्ने
फरार मानिसहरुः-
१) देवराज लामा “विश्वक्रान्ति” अध्यक्ष, सं.जा.मु.मो. (मूख्य योजनाकार)

२) संयुक्त जातिय मूक्ति मोर्चाका अन्य सदस्यहरु तथा सहयोगीहरु
अनुसन्धानमा खुलेका कुराहरु:-
१) संयुक्त जातिय मूक्ति मोर्चाका प्रवक्ता विश्वक्रान्ति, प्रेम तामाङ्ग, सुरेश तामाङ्ग, सागर लामाको प्रत्यक्ष संलग्नतामा घटनाको केही हप्ता पहिले काठमाण्डौंको कपनमा बसी काठमाण्डौं उपत्यकाका केही स्थानहरुलाई चयन गरी बिष्फोटन गराउने योजना तय गरेको ।
२) आफ्नो मोर्चालाई आम जनसमुदाय बिच परिचित बनाउन एवं आर्थिक संकलनमा समेत सहयोग पुग्ने उद्देश्यका साथ बम बिष्फोटन गराउने निर्णय।
३) Explosion Site Selection गर्दा बर्तमान समस्या (ईन्धनको अभाव) लाई केन्द्रबिन्दुमा राखेर Public Sympathy & Publicity Stunt को रुपमा नेपाल आयल निगमको कार्यालय परिसर छनौट गरीएको ।
४) बिष्फोटनको योजना बनेपछि मिति २०६८।१०।२४ गते देखि नै Site Selection गर्न बुद्धि बहादुर गोले सक्रिय रहेका ।
५) बुद्धि बहादुर गोलेको सिनामंगल स्थित डेरा कोठामा नै बिष्फोटमा संलग्न व्यक्तिहरु भेला जम्मा भई योजनालाई मूर्त रुप दिन छलफल गर्ने एवं बम बनाउने कार्य सम्पन्न गरेको ।
६) घटनाको दिन बिहान ०९:०० बजे देखि नै सुरेश लामा, सागर तामाङ्ग, प्रेम तामाङ्ग मिलेर वानेश्वर, अनामनगर क्षेत्र एवं राधा कम्प्लेक्समा भेला जम्मा भई घटनास्थलको निरन्तर रुपमा रेकी गरेको ।
७) घटनाको दिन Time Delay Mechanism सहितको Explosive Device बिष्फेट हुनु भन्दा करीब आधा घण्टा पहिले नै Blast Site मा Plant गरेको ।
कार्य बिभाजन तथा योजनाः-

बिगतमा संयुक्त जातिय मुक्ति मोर्चाद्वारा घटाईएका घटनाहरु:-
१) मिति २०६६।०८।१३ गते धादिङ्गको नौबिसे गा.बि.स.कार्यालयमा बम बिष्फोट ।
२) मिति २०६६।०९।०४ गते धादिङ्गको छत्रेदेउराली स्थित भञ्ज्याङ्गपोखरीमा बम राखेको ।
३) मिति २०६६।१०।०७ गते धादिङ्गको नौबिसे ८ स्थित त्रिभुवन राजपथमा बम बिष्फोट ।
४) मिति २०६६।११।१० गते नौबिसे ४ कानाकोटमा बिष्फोटन ।
५) मिति २०६६।१२।२८ गते छत्रेदेउराली गा.बि.स.मा बम राखेको ।
६) मिति २०६७।०२।१६ गते नौबिसे गा.बि.स.मा बिष्फोटक पदार्थ राखेको ।
७) मिति २०६७।०४।०४ गते तसर्पु ९ दामेचौर धादिङ्गमा गाडिमा तोडफोड तथा लुटपाट ।
८) मिति २०६७।०५।२० गते थाक्रे धादिङ्गमा ट्रिपरमा आगजनी ।
९) मिति २०६८।११।१२ गते Ncell धादिङ्गको टावरमा बम बिष्फोटन
राजावादीको सहयोगमा माओवादी पूर्व लडाकुको काम?
‘केही राजावादीको आर्थिक सहयोग र उक्साहटमा’ संयुक्त जातीय मुक्ति मोर्चाले बबरमहल विस्फोट गराएको निस्कर्ष प्रहरी अनुसन्धान समितिले निकालेको छ। निक्षेशम्शेर राणाको नेतृत्वमा रहेको राष्ट्रिय एकता परिषद्का केही पदाधिकारी र पञ्चायतकालीन पृष्ठभूमिका दरबारनिकट केही व्यक्तिले उक्त मोर्चालाई आर्थिक सहयोग गर्ने गरेको फेला परेको प्रहरी स्रोतले जनाएको छ। प्रहरी अनुसन्धानसँग निकट स्रोतका अनुसार ती व्यक्तिले विस्फोटअगाडि मुख्य योजनाकार देवराज लामा भनिने ‘विश्वक्रान्ति’सँग नियमित टेलिफोन सम्पर्क गर्ने गरेको पाइएको छ। प्रहरीको अनुसन्धान समितिले आइतबार पत्रकार सम्मेलन गर्दा बबरमहल विस्फोट ‘संक्रमणकालीन अवस्थाको फाइदा उठाउन सक्रिय समूहको उक्साहट’मा उक्त मोर्चाले गरेको औपचारिक निस्कर्ष दिएको थियो। प्रहरीले विस्फोटमा संलग्न भनिएका ६ जनालाई शनिबार पक्राउ गरेको छ भने मुख्य योजनाकार विश्वक्रान्तिसहित तीन जना फरार छन्। पक्राउ परेकामध्ये दुई जना पूर्व माओवादी छन् भने विश्वक्रान्तिलाई सहयोग गर्नेमा माओवादीका अयोग्य लडाकु, प्रहरी र सेनाका भगौडा छन्