अरुण बराल
संविधानसभामा सबैभन्दा ठूलो दलका रुपमा स्थापित एकीकृत नेकपा माओवादीमा फुटको संकेत देखिएको छ । तर, पार्टी विभाजन हुँदा प्रचण्ड-बाबुराम वा वैद्य पक्षमध्ये कसको पल्ला भारी होला ?
यो कुरामा कुनै विवाद छैन कि कांग्रेस, एमाले, पूर्वराजावादी, मधेसवादी तथा सबै विदेशी ‘प्रतिक्रियावादी’ शक्तिहरुले यतिबेला माओवादी पार्टी फुटोस् भनरे धूप हालिरहेका छन् । र, आफ्ना विरोधीहरुको यही चाहना पूरा गर्ने उद्देश्यले यतिबेला मोहन वैद्य, वादल, देव गुरुङ्ग, सीपी गजुरेल र विप्लवलगायतका नेताहरु हिजोका वामदेव गौतम र सीपी मैनालीको जस्तो भूमिका खेल्न तयार भएर सडकमा र सदनमासमेत ओर्लिइसकेका छन् । वैद्य, गजुरेल र गुरुङ्गजस्ता ‘क्रान्तिकारी’हरुले नै माओवादी पार्टी फुटाउन सुरु गरिसकेपछि अरु कुनै ‘चैते’ले रोकेर रोकिन पनि सक्दैन ।
हिजो सीपी मैनाली र वामदेवहरुले चर्का क्रान्तिकारी र राष्ट्रवादी कुरा गरेर बहुमतीय सरकारमा जाने हैसियत बनाइसकेको एमालेलाई कांग्रेसभन्दा सानो बनाइदिएका थिए । अहिले वैद्यपक्षले यस्तै क्रान्तिकारी र राष्ट्रवादी कुरा गरेर अर्को पक्षलाई ‘राष्ट्रघाती’को आरोप लगाउँदै एमालेकै पालाको कार्ड खेल्न थालेको छ । यस्तो स्थितिमा अब भगवानले मात्रै माओवादीलाई फुटबाट जोगाउने आशा गर्न सकिन्छ ।
माओवादी पार्टी फुट्यो भने ५०/५० प्रतिशतका दुईवटा टुक्रा बन्लान् भन्ने धेरैको अनुमान छ, तर त्यो गलत हो । धोबीघाट गठबन्धनका बेला डेढसय सदस्यीय केन्द्रीय केन्द्रीय कमिटीमा वैद्य-बाबुराम पक्षको जम्माजम्मी मत ७४ थियो भने प्रचण्डपक्षको मत ८५ भन्दा बढी थियो । किरण पक्षकै गणितअनुसार धोबीघाटबाट बाबुरामपक्षको १८ मत निकालेर प्रचण्डपक्षमा जोड्ने हो भने डेढसय सदस्यीय कमिटीमा वैद्य पक्षको मत ५६ को हाराहारीमा हुनेछ । यो अवस्थामा आगामी असोज १३ मा डाकिएको बैठकमा प्रचण्ड-बाबुारमकै बहुमत पुग्ने र वैद्य पक्षले बहिस्कार वा नोट अफ डिसेन्ट लेख्नेबाहेक अर्थोक केही गर्न सक्ने देखिँदैन । त्यसबेला वैद्य पक्षले कि त ‘जनवादी केन्द्रीयता’को सिद्धान्तअनुसार बहुमतको निर्णय मान्नैपर्ने हुन्छ, नमान्ने भए अर्को पार्टी गठन गरेर व्यवस्थापिकामा नयाँ दल दर्ता गराउनुपर्ने हुन्छ । त्यसो गर्दा एउटा पौने सयको र अर्को सवासयको गरी दुईवटा माओवादी पार्टीको अभ्युदय हुनेछ ।
एकीकृत माओवादी पार्टी फुट्यो भने तल्लो तहका करिब ३० प्रतिशत कार्यकर्ता निराश र निश्त्रिmय भई घर या अरबतिर लाग्ने छन् । उनीहरु वैद्य र प्रचण्ड दुबै समूहलाई सराप्दै या त घरैमा बस्नेछन्, या त मात्रिका यादव समूह, एमालेको युथफोर्समा पर्शुराम बस्नेतहरुसँगै संरक्षण खोज्नतिर लाग्ने छन् । त्यसपछि बाँकी रहेको ७० प्रतिशतलाई सय प्रतिशत मानेर वैद्य र संस्थापन पक्षवीचको हिसाब गर्नुपर्ने हुन्छ । अझ त्यसपछि पनि वैद्य पक्षमा लागेर चर्को क्रान्तिकारी कुरा गर्ने को को हुन् र को चाँहि इमान्दार क्रान्तिकारी हुन् भन्ने ‘पुनर्वर्गीकरण’ शुरु हुने छ र आधासरो जंगल पस्न डराउनेहरु शहरतिरै संस्थापन पक्षमा ओत लाग्ने छन् । अन्तिममा जंगलै जाने शक्ति चाँहि लगभग मात्रिका यादवसमूहकै हाराहारीमा, वा त्यो भन्दा अलिकति ठूलो झण्ड बाँकी रहने छ ।
चारबुँदेलाई गाली गरेका कारण पार्टी फुटाएपछि वैद्य समूहले मधेसमा बास पाउन निकै गाह्रो छ । पहाडमा पनि उसले गाउँगाउँमा आफ्नै पूर्वकार्यकर्ता र लडाकूहरुसित बहस गर्दैमा जुनी कटाउनुपर्ने हुन्छ । हिजोजसरी छापामार बनाएर एक्सन गर्दै हिँडौंला, सरकारले वार्तामा बोलाउला र फेरि नयाँ प्रचण्ड- बाबुराम बनौंला भन्ने विप्लवजस्ता महत्वाकांक्षी मानिसहरुको सपना मणि थापासित मिलेर गीत रेकर्ड गर्दै बस्नुपर्ने स्थितिमा पनि हुन सक्दछ ।
त्यसर्थ, अहिले जतिसुकै ताइँफाइँ गरे पनि वैद्य पक्षले शान्ति प्रक्रियालाई लत्याएर पार्टी फुटाउने प्रयास गरेमा उसका साथमा ५० प्रतिशत वा त्यो भन्दा बढी शक्ति जाला भन्ने कसैले देखेको छ भने त्यो भ्रममात्रै हो ।
विचारकै कुरा गर्ने हो भने पनि वैद्य पक्षले चावी प्रकरणको विरोध गरे पनि सैद्धान्तिकरुपमा सेना समायोजनबारे असहमति जनाएको छैन । यस्तो अवस्थामा वैद्य पक्षले पार्टी विभाजन गरेमा न सेना समायोजन सहज हुन्छ, न उसले जनयुद्धलाई नै निरन्तरता दिने नीति लिने छ । रणबहादुर शाहले जंगबहादुरविरुद्ध सेना प्रयोग गर्न खोज्दा एक्लिएझैं वैद्य पक्षका नेताहरु सेनाविहीन सेनापति हुने खतरा बढी देखिन्छ । वैद्यको लाइन भनेको न शान्ति, न क्रान्तिको उभयलिङ्गी लाइन हो ।
पहिले चाबी प्रकरणको मात्रै विरोध गर्दै आएको वैद्य पक्षले अहिले माओवादी र मधेसीवीच सम्पन्न चारबुँदे सम्झौताकै विरोध गर्न थालेको छ, यसले उसलाई मधेसी समुदामयबाट पूरै एक्ल्याउने छ । । कांग्रेस, एमाले र ‘मण्डले’ हरुकै भाषामा वैद्यपक्षले मधेसी दलका एजेण्डाहरुको विरोध गर्न थालेको छ । विगतमा जातीय, भाषिक र क्षेत्रीय अधिकारको कुरा उठाउँदै आएका माओवादी नेताले यसरी मधेसी समुदायलाई घीनलाग्दो स्वरमा निन्दा गर्नुले भोलि पार्टी विभाजन भएमा वैद्य पक्षलाई मधेसी र जनजाति समुदायले कमै विश्वास गर्ने प्रष्ट छ ।
विगतमा जनजाति र पिछडिएको समुदायको हितको कुरा गरेर नेता भएका देव गुरुङ्गले बुधबार जनआस्था साप्ताहिकलाई दिएको अन्तरवार्तामा मधेसी मूलका मानिसलाई रक्षा र गृहमन्त्रालय दिँदा राष्ट्रिय सुरक्षामा नकारात्मक असर पर्ने जस्तो साम्प्रदायिक तर्क गरेका छन् । वैद्य समूहको यस्तो तर्कका कारण उनीहृरु आफैं नागिंने संकेत मिल्छ ।
नेपाली जनता यतिवेला हिंसा र क्रान्तिका चर्का कुरा हैन, शान्ति र संविधान चाहिरहेका छन् । यस्तो बेलामा जसले हिंसा र विद्रोहको कुरा गर्छ, यसलाई जनताले साथ दिने छैनन् । तर, के वैद्य पक्षले हिंसाको कुरा गरेको हैन ? यदि हैन भने उसले शान्ति र सेना समायोजनको विरोध गर्दै आफ्नै सरकारविरुद्ध सदन र सडक तताउनु अनि शत्रु हँसाउनुको कारण के ? वैद्य पक्षसित जनता र माओवादी कार्यकर्ताले पार्टी फुटाएको भोलिपल्ट विहानदेखि अवश्यै जवाफ खोज्न थाल्ने छन् ।
माओवादी पार्टी फुटेन भने बाबुराम भट्टराईको राजीनामापछि कांग्रैस, एमालेको सरकार बन्न असम्भव छ । किनभने कांग्रैस एमालेले अहिले मधेसी र माओवादीलाई यतिधेरै द्धिढ्याएका छन् कि यिनीहरु अलोकतान्त्रिक, अपवित्र भनिरहेका छन् । यसको प्रतिफलस्वरुप कांग्रेस एमालेलाई भोलि यी ‘अवपवित्र’हरुले सत्तामा पुर्याएर पवित्र बनाइदिन गाह्रो छ । तर, माओवादी पार्टी फट्यो भने चाँहि भोलि मधेसी मोर्चा र प्रचण्ड-बाबुराम पक्षले साथ नदिए पनि मोहन वैद्यको नयाँ पार्टी, कांग्रेस, एमाले, सीपी मैनालीको माले र अन्य केही साना दललाई फकाएर कांग्रेस एमालेको सरकार बन्न सक्छ । त्यही भएर यतिबेला कांग्रेस एमाले र भारतसमेत के चाहन्छ भने माओवादीलाई दुई टुक्रामा विभाजित गरौं, जसले गर्दा आफ्नो पक्षकालाई मिलाएर बहुमतीय सरकार बनाउन सफलता मिलोस् ।
आखिर वैद्य पक्षको पनि ‘अर्जुन-दृष्टि’ जनयुद्ध होइन, सिंहदरबार नै हो भन्ने कुरा कांग्रेस-एमाले र भारतले राम्रैसित बुझेको हुनुपर्छ ।