भ्रष्टाचारीलाई किरा परोस् भन्ने नाराका सर्जक एक स्तम्भ लेखकलाई अर्का स्तम्भ लेखकले गएको साता यस्ता नयाँ नारा सुझाए-
• ‘चेली बेपारीको टाउको चिरा परोस्,’
• ‘म्यानपावरको मानव तस्कर तातो तावामा पोलिओस्’
• ‘व्यभिचारीलाई बाघले खाओस्,’
• ‘ढाँट जिब्रो कुहेर शेष होस्’
• ‘शोषक सातो गएर सकियोस्’
किरा पर्ने नाराको सहायक हुने गरी चिरा पर्ने नारा उठान गर्दा ती लेखक दङ्ग पर्लान् भनेको त बिच्किए पो। ती नारालाई “असान्दर्भिक र अनावश्यक गालीको उत्पादन” को संज्ञा दिँदै उनले अर्को लेख लेखे।
मलाई भने ती नाराहरु कतै पनि असान्दर्भिक र गाली लागेन। हाम्रो देश भ्रष्टाचारले मात्र पीडित त हैन नि। गाउँका गाउँ सखाप हुने गरी चेलीबेटी बेचिएका छन्, आफन्तले समेत बेच्न लगेका छन्, बेचिएकाहरु नारकीय जीवन बिताउन बाध्य छन्। उनीहरुलाई त्यस्तो जीवन बिताउन बाध्य पार्ने चेली व्यापारीको टाउको चिरा परोस् भन्नु कसरी असान्दर्भिक हुन सक्छ ? कसरी यो गाली हुनसक्छ ?
म्यानपावरका मानवतस्करहरुले सपना देखाएर हाम्रा सोझासाझा दाजुभाइहरुलाई अरबको तातो हावा खान बाध्य बनाएका छन्। दिदीबहिनीहरु घरेलु कामदारका रुपमा गए पनि यौन दासी बनाइन्छन्। घरखेत धितो राखेर लिएको ऋण पच गरिदिन्छन्। त्यस्ता म्यानपावरका मानव तस्करलाई तातो तावामा पोलिओस् भन्नु कसरी असान्दर्भिक हुनसक्छ, कसरी अनावश्यक गाली हुनसक्छ ?
यदि भ्रष्टाचारीलाई किरा परोस् भन्ने शब्द गाली, सराप र असभ्य हैन भने यी नाराहरु मात्र कसरी गाली भए ? कसरी असान्दर्भिक भए ? आखिर दुवैको उद्देश्य त्यही हो। किरा पर्ने नाराका सर्जक रवीन्द्र मिश्रका अनुसार “हामीले घरघरमा भ्रष्टाचार भनेको घृणित, गर्नै नहुने अपराध हो भन्ने भावना र विश्वास जगाउनु परेको छ”। त्यही भएर भ्रष्टाचारीलाई किरा परोस् नारा उचित छ। त्यसो हो भने हामीले घरघरमा चेलीबेटी बेच्ने, मानव तस्करी गर्ने, व्यभिचार गर्नेलाई पनि पनि घृणित, गर्नै नहुने अपराध हो भन्ने भावना र विश्वास जगाउनु परेको छैन र। ती नाराले पनि त भ्रष्टाचार जतिकै गम्भीर ती अपराधहरुलाई गर्नै हुन्न भन्ने भावना र विश्वास जगाउँछ। किरा परोस् भनेर तर्साएरै वा ‘ह्युमिलिएट फिल’ गराएरै भ्रष्टाचारीलाई तह लगाउन सकिन्छ भन्ने भावना पाल्ने हो भने चिरा परोस् भनेर तर्साएर पनि त चेलीबेटी बेचबिखन रोक्न सकिन्छ नि। तातो तावामा पोलिओस् भनेर पनि त मानव तस्करलाई तह लगाउन सकिन्छ नि।
तर हैन, कानुनको राज चाहने र सभ्य समाजमा यस्ता नारा असभ्य र अस्वीकार्य हुन्छन्। यो तथ्य रवीन्द्रजी आफैले ‘चेली बेपारीको टाउको चिरा परोस्,’ ‘म्यानपावरको मानव तस्कर तातो तावामा पोलिओस्’ जस्ता नारालाई “असान्दर्भिक र अनावश्यक गालीको उत्पादन” भनेबाट पुष्टि हुन्छ। नत्र किरा पर्दा चैँ राम्रो हुने चिरा पर्दा चैँ नराम्रो हुने भन्ने पनि कहीँ हुन्छ ?
“प्रभाव पर्छ” किरा परोसवालाहरु यस्तो तर्क दिन्छन्। प्रभाव भनेको भ्रष्टाचार गर्नेको दिमागमा पार्ने हो। भ्रष्टाचार गर्नेलाई भ्रष्टाचार गर्नु हुन्न भन्ने कुरा राम्रैसँग थाहा हुन्छ। त्यसैले किरा पर्ने डरले भ्रष्टाचार कम हुन्छ भन्नु वाहियात तर्क हो। यो कुनै पुराणको कथा हैन, जसमा सराप दिएपछि ठ्याक्क ठ्याक्कै लाग्छ। यदि किरा पर्ने डरले भ्रष्टाचार कम हुन्छ भन्ने तर्क गर्ने हो भने हाम्रा अनेकौँ पुराणमा पापीहरुका लागि निकै डरलाग्दा परिणाम उल्लेख गरिएका छन्, त्यसैबाट मान्छे डराउनु पर्ने हो र समाजमा नराम्रा काम केही नभई राम्रैराम्रा काम मात्र हुनुपर्ने हो। गरुड पुराणमा रगत र पीपको कुण्डमा डुब्ने, तातो तेलको कराहीमा उमाल्ने, आरीले काट्ने जस्ता भयावह कामहरुको वर्णन छ फलानो गलत काम गरे फलानो फल भन्दै। यो सुनेपछि त कसैले पनि त्यस्ता काम नगर्नुपर्ने हो। तर गरिरहेका छन्।
अझ यो हाम्रो दुई दिनको चोला हो, लोभ गर्नुहुन्न, क्रोध गर्नुहुन्न भन्ने कुरा पनि सबैलाई थाहा छ। आर्यघाटमा चिनेजानेका वा आफन्तको लाश जलाउँदा सबैभन्दा बढी त्यस्तो महसूस हुन्छ मान्छेलाई। तर गौशाला आइपुग्दानपुग्दै फेरि लोभ र क्रोध सुरु भइहाल्छ। त्यसैले भ्रष्टाचार गर्नु हुन्न भन्ने थाहा पाएकाहरुले गरेको भ्रष्टाचार पनि सरापको डरले कम हुने हैन।
किरा पर्ने सराप पोत्दैमा वा झुण्ड्याउँदैमा वा छातीमा लेखेर हिँड्दैमा भ्रष्टाचार कम हुने भए भारतमा अन्ना हजारेले त्यत्रो सत्याग्रह आन्दोलन गर्नु पर्दैन थियो। ‘किडे पडेँ भ्रष्टाचारियोँको’ भन्दै भारतभर नारा पोत्न लगाए हुन्थ्यो, गञ्जी छापेर लगाउन दिए हुन्थ्यो। आखिर उनको एक इशारामा त्यस्तो गर्नेहरु लाखौँ छँदै थिए। तर उनले नारामा हैन, काममा जोड दिए। भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउनु पर्ने उनको अडान अझै कायमै छ।
भ्रष्टाचारको विरोधमा जनमत छ। त्यसैले देशका विभिन्न भागमा युवाहरु अरु विकल्पको अभावमा किरा परोस् नाराको समर्थनमा उत्रिए। यसमा उनीहरुको कुनै दोष छैन। मासलाई गाइड गर्ने काम ओपिनियन लिडरको हो। ओपिनियन लिडरले गाइड गरे चिरा परोसका नारा पनि बन्छन्। यहाँ सोच्नुपर्ने ओपिनियन लिडरले हो। भ्रष्टाचारका विरोधमा केही गरी देखाउने कि नेताहरुले नारामा भुलाए जस्तो किरा परोसको नारामा भुलाइराख्ने ?
• ‘चेली बेपारीको टाउको चिरा परोस्,’
• ‘म्यानपावरको मानव तस्कर तातो तावामा पोलिओस्’
• ‘व्यभिचारीलाई बाघले खाओस्,’
• ‘ढाँट जिब्रो कुहेर शेष होस्’
• ‘शोषक सातो गएर सकियोस्’
किरा पर्ने नाराको सहायक हुने गरी चिरा पर्ने नारा उठान गर्दा ती लेखक दङ्ग पर्लान् भनेको त बिच्किए पो। ती नारालाई “असान्दर्भिक र अनावश्यक गालीको उत्पादन” को संज्ञा दिँदै उनले अर्को लेख लेखे।
मलाई भने ती नाराहरु कतै पनि असान्दर्भिक र गाली लागेन। हाम्रो देश भ्रष्टाचारले मात्र पीडित त हैन नि। गाउँका गाउँ सखाप हुने गरी चेलीबेटी बेचिएका छन्, आफन्तले समेत बेच्न लगेका छन्, बेचिएकाहरु नारकीय जीवन बिताउन बाध्य छन्। उनीहरुलाई त्यस्तो जीवन बिताउन बाध्य पार्ने चेली व्यापारीको टाउको चिरा परोस् भन्नु कसरी असान्दर्भिक हुन सक्छ ? कसरी यो गाली हुनसक्छ ?
म्यानपावरका मानवतस्करहरुले सपना देखाएर हाम्रा सोझासाझा दाजुभाइहरुलाई अरबको तातो हावा खान बाध्य बनाएका छन्। दिदीबहिनीहरु घरेलु कामदारका रुपमा गए पनि यौन दासी बनाइन्छन्। घरखेत धितो राखेर लिएको ऋण पच गरिदिन्छन्। त्यस्ता म्यानपावरका मानव तस्करलाई तातो तावामा पोलिओस् भन्नु कसरी असान्दर्भिक हुनसक्छ, कसरी अनावश्यक गाली हुनसक्छ ?
यदि भ्रष्टाचारीलाई किरा परोस् भन्ने शब्द गाली, सराप र असभ्य हैन भने यी नाराहरु मात्र कसरी गाली भए ? कसरी असान्दर्भिक भए ? आखिर दुवैको उद्देश्य त्यही हो। किरा पर्ने नाराका सर्जक रवीन्द्र मिश्रका अनुसार “हामीले घरघरमा भ्रष्टाचार भनेको घृणित, गर्नै नहुने अपराध हो भन्ने भावना र विश्वास जगाउनु परेको छ”। त्यही भएर भ्रष्टाचारीलाई किरा परोस् नारा उचित छ। त्यसो हो भने हामीले घरघरमा चेलीबेटी बेच्ने, मानव तस्करी गर्ने, व्यभिचार गर्नेलाई पनि पनि घृणित, गर्नै नहुने अपराध हो भन्ने भावना र विश्वास जगाउनु परेको छैन र। ती नाराले पनि त भ्रष्टाचार जतिकै गम्भीर ती अपराधहरुलाई गर्नै हुन्न भन्ने भावना र विश्वास जगाउँछ। किरा परोस् भनेर तर्साएरै वा ‘ह्युमिलिएट फिल’ गराएरै भ्रष्टाचारीलाई तह लगाउन सकिन्छ भन्ने भावना पाल्ने हो भने चिरा परोस् भनेर तर्साएर पनि त चेलीबेटी बेचबिखन रोक्न सकिन्छ नि। तातो तावामा पोलिओस् भनेर पनि त मानव तस्करलाई तह लगाउन सकिन्छ नि।
तर हैन, कानुनको राज चाहने र सभ्य समाजमा यस्ता नारा असभ्य र अस्वीकार्य हुन्छन्। यो तथ्य रवीन्द्रजी आफैले ‘चेली बेपारीको टाउको चिरा परोस्,’ ‘म्यानपावरको मानव तस्कर तातो तावामा पोलिओस्’ जस्ता नारालाई “असान्दर्भिक र अनावश्यक गालीको उत्पादन” भनेबाट पुष्टि हुन्छ। नत्र किरा पर्दा चैँ राम्रो हुने चिरा पर्दा चैँ नराम्रो हुने भन्ने पनि कहीँ हुन्छ ?
किराले प्रभाव पार्छ त ?
परोस्, गरोस्, होस् जस्ता शब्दहरु इच्छावाचक हुन्। अर्थात् यस्तो भइदिए हुन्थ्यो भन्ने कामनालाई बुझाउँछ यी शब्दले। राम्रा कामना भए त्यो आशीर्वाद हुन्छ, जस्तै प्रगति होस्, उन्नति गरोस्, राम्रो जागिर परोस्। नराम्रो कामना भए त्यो सराप हुन्छ, जस्तै किरा परोस्, चिरा परोस्, टाउको फुटोस्, महारोगी होस्। भ्रष्टाचारीलाई किरा परोस् भन्ने वाक्य एउटा सराप हो। भ्रष्टाचार नहोस्, सर्वसाधारणले दुःख नपाउन् भन्ने उद्देश्य यसमा निहीत हुन्छ। भ्रष्टाचारको विरोध पक्कै पनि गर्नुपर्छ। भ्रष्टाचारलाई पक्कै पनि हटाउनु पर्छ। तर के यस्ता सरापले भ्रष्टाचार कम हुन्छ त ?“प्रभाव पर्छ” किरा परोसवालाहरु यस्तो तर्क दिन्छन्। प्रभाव भनेको भ्रष्टाचार गर्नेको दिमागमा पार्ने हो। भ्रष्टाचार गर्नेलाई भ्रष्टाचार गर्नु हुन्न भन्ने कुरा राम्रैसँग थाहा हुन्छ। त्यसैले किरा पर्ने डरले भ्रष्टाचार कम हुन्छ भन्नु वाहियात तर्क हो। यो कुनै पुराणको कथा हैन, जसमा सराप दिएपछि ठ्याक्क ठ्याक्कै लाग्छ। यदि किरा पर्ने डरले भ्रष्टाचार कम हुन्छ भन्ने तर्क गर्ने हो भने हाम्रा अनेकौँ पुराणमा पापीहरुका लागि निकै डरलाग्दा परिणाम उल्लेख गरिएका छन्, त्यसैबाट मान्छे डराउनु पर्ने हो र समाजमा नराम्रा काम केही नभई राम्रैराम्रा काम मात्र हुनुपर्ने हो। गरुड पुराणमा रगत र पीपको कुण्डमा डुब्ने, तातो तेलको कराहीमा उमाल्ने, आरीले काट्ने जस्ता भयावह कामहरुको वर्णन छ फलानो गलत काम गरे फलानो फल भन्दै। यो सुनेपछि त कसैले पनि त्यस्ता काम नगर्नुपर्ने हो। तर गरिरहेका छन्।
अझ यो हाम्रो दुई दिनको चोला हो, लोभ गर्नुहुन्न, क्रोध गर्नुहुन्न भन्ने कुरा पनि सबैलाई थाहा छ। आर्यघाटमा चिनेजानेका वा आफन्तको लाश जलाउँदा सबैभन्दा बढी त्यस्तो महसूस हुन्छ मान्छेलाई। तर गौशाला आइपुग्दानपुग्दै फेरि लोभ र क्रोध सुरु भइहाल्छ। त्यसैले भ्रष्टाचार गर्नु हुन्न भन्ने थाहा पाएकाहरुले गरेको भ्रष्टाचार पनि सरापको डरले कम हुने हैन।
सरापेर बस्ने कि केही गर्ने ?
भ्रष्टाचारीलाई किरा परोस् भन्ने नारा र ब्यानर सडक र भित्तामा टाँस्दैमा र त्यस्तो सराप छापिएका गञ्जीहरु लगाएर हिँड्दैमा भ्रष्टाचार कम हुन्छ भन्नु र त्यस्तो सोच्नु असहायपनाको चरम रुप हो। अरु केही गर्ने आँट नभएका हुतिहाराहरुले लौ न यस्तो भइदिए हुन्थ्यो भनी अलौकिक शक्तिलाई गर्ने कामना हो। तर विडम्बना, किरा परोस् नाराको पछाडि भ्रष्टाचारबारे छानबिन गरी कारबाही गर्नुपर्ने जिम्मा बोकेको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत लाग्यो। आयोगको काम भ्रष्टाचारको छानबिन र कारबाही हो कि लौ भगवान्, हाम्ले केइ गर्न सकेनौँ, प्रभो किरा पारिदेऊ भनेर भन्ने हो ?किरा पर्ने सराप पोत्दैमा वा झुण्ड्याउँदैमा वा छातीमा लेखेर हिँड्दैमा भ्रष्टाचार कम हुने भए भारतमा अन्ना हजारेले त्यत्रो सत्याग्रह आन्दोलन गर्नु पर्दैन थियो। ‘किडे पडेँ भ्रष्टाचारियोँको’ भन्दै भारतभर नारा पोत्न लगाए हुन्थ्यो, गञ्जी छापेर लगाउन दिए हुन्थ्यो। आखिर उनको एक इशारामा त्यस्तो गर्नेहरु लाखौँ छँदै थिए। तर उनले नारामा हैन, काममा जोड दिए। भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउनु पर्ने उनको अडान अझै कायमै छ।