अमेरिकी कम्पनी आइफोन बोक्नेहरु होशियार हनुपर्ने संकेत आईटि एक्सपर्ट तथा ह्याकरहरुले दिएका छन् । आइफोनको सुचना अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीले सजिलै लिन सक्ने विशेषज्ञलाई उदृत गर्दै दि इकोनोमिक टाइम्सले जनाएको छ ।
‘फोन अनलाइन नभएको बेला पनि अमेरिकी सुरक्षा निकायले यसको मोनिटर गर्न सक्छन,’ जर्मनीमा आयोजित ह्याकर कन्फ्रेन्समा पत्रकार तथा सुरक्षाविज्ञ ज्याकोब अपेलबौमले भने, ‘अमेरिकाले विकास गरेको राडार वेभ प्रणालीको माध्यमबाट विश्वको जुनसुकै स्थानमा प्रयोग भैरहेको आईफोनको सुचना लिन सकिन्छ ।’ जर्मनीको हामबर्गमा भेला भएका ह्याकरलाई सम्बोधन गर्दै उनले भने, ‘व्यक्तिगत सूचना लिने अमेरिकाको क्षमता कल्पनासमेत गर्न नसकिने छ ।’ उनका अनुसार, फोनको माध्यमबाट अमेरिकाले संकलन गरेका जानकारी बारे विगत छ महिनामा आएका समाचार अमेरिकी क्षमताको सानो अंश मात्र हो । बोकेर हिडन सकिने वेभ डिभाइसले फोन वा कम्प्युटरको किको मुभमेन्टबाट मात्र पनि जानकारी एकत्रित गर्न सक्छन् । ‘यसको लागि कुनै अनलाइन कनेक्सन् चाहिदैन,’ उनले भने । नाइटस्ट्याण्ड भन्ने सानो डिभाइसले १३ किलोमिटर टाढै बसेर फोन र कम्प्युटरको सबै सुचना लिन सक्छ । ‘नेसनल सेक्युरिटी एजेन्सीले आईटिका विभिन्न उपकरणबाट सुचना संकलन गर्ने नीति लिएको छ । यसरी संकलन गरिएको सुचनाबाट अमेरिकी सुरक्षामा आउन सक्ने आँच विश्लेषण गरिन्छ,’ उनले भने । अमेरिकामा निमार्ण भएकोले अरु स्मार्टफोन भन्दा आइफोन नेटवर्कमा पस्ने क्षमता अमेरिकासँग बढी छ । अपेलबौमको सम्वन्ध अमेरिकी गुप्तचर सुचना चुहाएर चर्चामा आएका एडवर्ड स्नोडेनसँग भएको जर्मनी र फ्रान्सका सञ्चार माध्यमले विश्वास गर्छन । यसअघि उनले दिने जानकारी स्नोडेनबाट आएको मानिन्थ्यो । तर, ह्याकर सम्मेलनमा सोमबार र मंगलबार उनले दिएको जानकारी स्नोडेनबाटै आएको हो होइन केही बताइएको छैन ।