लण्डन । तेह्र महिना अघि, फेसबुकका मालिक मार्क जुकेरवर्गले स्न्यापचाटका इभान स्पिन्जेललाई इमेल पठाए, ‘हामी मेन्लो पार्कमा भेटौ ।’ यो भेटको उद्देश्य स्न्यापचाटको बढदो लोकप्रियता थियो । जुकरवर्ग स्न्यापचाट जस्तो एप्स बनाउनेलाई ललाई–फकाई आफ्नो कम्पनीमा ल्याउन चाहन्थे । नसके धोकादिन सम्म उनी तयार थिए, तर, भेट हुन सकेन ।
जुकेरवर्ग पनि किन हिम्मत हार्थे ? पुगे स्पिन्जेलको गृह नगर लस एन्जल्स । अति गोप्य स्थानमा, गोप्य भेटको व्यवस्था मिलाए । एक्लै आउन भनिएका २३ वर्षिय स्पिन्जेल आफ्ना साथी तथा स्न्यापच्याटका प्रमुख प्रविधी अधिकृत बबी मर्फीलाई लिएर पुगे । जुमेरवर्ग आत्तिएनन, अर्को एजेण्डा झिके । उनले स्न्यापचाट र फेसबुकको साझेदारीको कुरा गरे अनि फेसबुकले नयाँ ल्याएको पोक देखाए । स्न्यापचाटको फोटो अदृश्य हुने प्रणाली नक्कल गरेर पोक बनाइएको थियो । पोक सन् २०१२ को डिसेम्बर २१ मा सार्वजनिक भएको थियो ।
जुकेरवर्गसँगको भेटपछि स्पिन्जेल र मर्फी अफिसमा फर्के र आफु लगायत छ जना कर्मचारीका लागि द आर्ट अफ वार किताव किने । त्यो घटनाले फेसबुक र स्न्यापचाटबीच दुस्मनी बढाएको थियो । वास्तवमै स्न्यापचाट फेसबुकको अस्तित्व मै संकट ल्याउन सक्ने देखिएको थियो । कम्तिमा जुगेरवर्गले यस्तो महशुस गरेका थिए ।
फोब्र्सको अनुमानअनुसार, अहिले स्न्यापचाटका पाँच करोड प्रयोगकर्ता छन् । यो फेसबुकको भन्दा निकै थोरै हो, तर युवाको झुकाव स्न्यापचाटमा छ । स्न्यापचाट प्रयोगकर्ताको औषत उमेर १८ वर्ष छ भने फेसबुक बुढाबुढीको सामाजिक सञ्जाल बन्दै गएको छ । फेसबुक प्रयोग गर्नेको औषत उमेर ४० वर्ष छ ।
पोक सार्वजनिक भएको दिनै आईफोनको एप्सस्टोरमा सार्वधिक डाउनलोड हुनेमा पहिलो भयो । दुर्भाग्य, तीन दिनपछि डिसेम्बर २५ मा फेसबुकको पोक ३० औं नम्बरबाट बाहिरियो । यसको कारण थियो, स्न्यापचाटको बजारीकरण । सायद, नयाँ वर्ष र क्रिसमसले स्न्यापचाटलाई आर्शीवाद दिएको थियो ।
मार्क जुकेरवर्गको स्पिन्जेललाई आत्मसमपर्ण गर्न लगाउने कदम असफल भयो । फेसबुक सम्वद्ध अधिकारीका अनुसार, स्न्यापचाट किन्न फेसबुक करिव तीन अर्ब अमेरिकी डलर तिर्न तयार थियो । त्यसबेला दुई वर्षमात्र भएको त्यो एप्सले कुनै आम्दानी गरेको थिएन् । फोब्र्सका अनुसार, यदि एप्सको मूल्य तीन अर्ब डलर मान्ने हो भने अहिले स्पिन्जेल र मर्फीसँग स्न्यापचाटको २५/२५ प्रतिशत अर्थात ७५ करोड डलर बराबरको सेयर हुने थियो ।
द आर्ट अफ वार पुस्तकलाई आधार मान्ने हो भने प्रतिस्पर्धीले कुनै कम्पनी त्यसबेला मात्र किन्छ जुनबेला उसको अस्तित्व नै खतरामा देख्छ वा कम्पनी निकै कम मूल्यमा किन्न सकिन्छ । स्न्यापचाटको सन्दर्भमा जुगेरवर्गले फेसबुकलाई खतरा देखेका थिए । किनकीः गत डिसम्बरमा यसको मूल्य दुई अर्ब मात्र पुगेको छ । अझै तीस वर्ष नकाटेका र बाबुको घरमा बसीरहेका स्पिन्जेल र मर्फी प्रत्येकसँग एकतिहाई अर्ब डलर छ ।
जुकेरवर्ग जस्तै स्पिन्जेल पनि सम्पन्न र शिक्षित परिवारमा हुर्केका हुन । उनकी आमा मेलिसाले हावर्ड विश्व विद्यालयबाट स्नातक गरेकी छन् भने बाबु जोन यले विश्व विद्यालयबाट कानुनमा स्नातक छन् । उनले छ कक्षामै पढ्दा पहिलो कम्प्युर प्रविधी फोटोसप बनाएका थिए ।
स्ट्याण्डफोर्ड विश्व विद्यालयको ल्यावमा कम्प्युटर सम्वन्धि अनुसन्धान गर्ने क्रममा स्पिन्जेलको भेट बबी मर्फीसँग सन् २०१० मा भयो । गणित र कम्युटर विज्ञान पढिरहेका मर्फी पनि सँधै ल्यावको एक कुनामा देखिन्थे । उनीहरुबीच परिचय भयो र ‘कुल’ एप्स बनाउने योजना बन्यो । ‘हामी कुल थिएनौ, तर कुल काम गर्ने चाहना भने अवश्य थियो,’ उनले भने ।
यसैबीच स्कट कुकसँग स्पिन्जेलको भेट भयो । उनको कम्पनी इन्टरपियनरसीप एण्ड क्यापिटलले वेववेस्ड टेक्स एसएमएस बनाइ रहेको थियो । स्पिन्जेल व्यस्त भैरहेको बेला मर्फीले फ्युचर फ्रेसम्यान सफ्टवेयर बनाए । यसले बाबुआमा, शिक्षक र विद्यालय व्यवस्थापकलाई विद्यार्थी व्यवस्थापनको काममा सहयोग गथ्र्यो ।
सामाजिक सञ्जाल सि—स्न्याप २ को अवधारणामा रेगि ब्राउनसँग काम गर्ने क्रममा स्पिन्जेललाई स्न्यापचाटको आईडिया आयो । यसले स्न्यापचाटको स्वमित्वमा विवाद पनि ल्यायो । ब्राउनसँग छलफल भएपछि स्पिन्जेलले अलग भएर स्न्यापचाट बनाए । यससम्वन्धि विवाद अझै पनि अदालतमा चलिरहेको छ ।
स्न्यापचाटको पहिलो संस्करण पिकाबु आईओएस स्टोरमा सन् २०११ जुलाई १३ मा रिलिज गरियो । पहिलो दिन नै यो एप्स २५ हजार डाउनलोड भएको थियो । अगस्ट १६ मा ब्राउनले स्पिन्जेल र मर्फीसँग ३० प्रतिशत हिस्सा माग गरे । उनीहरुले दिएनन् । ब्राउन अदालतको शरणमा पुगे । अदालतमा मुद्दा परेपछि पिकाबुको नाम परिर्वतन गरी स्न्यापचाट बनाइएको थियो ।
अप्रिल १२ मा स्न्यापचाटको मूल्यांकन चारलाख ८५ हजार अमेरिकी डलरबाट ४२ लाख ५० हजार अमेरिकी डलर पुगेको लाइटस्पिडले जनाएको थियो । स्न्यापचाट अहिले पनि सानै कम्पनी हो । यसमा केवल ३५ जना कर्मचारी छन् । अहिलेको कार्यालय पनि सबैको माझमा परिचित छैन । पुरानो आर्ट स्टुडियो झुण्डाइएको सानो लोगोले मात्र कम्पनीको उपस्थिती बुझ्न सकिन्छ । यसअघि कम्पनी स्पिन्जेलको बाबुको ग्यारेजमा सिमिति थियो ।
फेसबुकमा आफ्ना बाजेहरु रमाइरहेको देख्ने अमेरिकी नयाँ पुस्तालाई स्न्यापचाटले तानेको छ । केही रमाइलो र सूचना समेत पस्किन सकियोस भनेर स्न्यापचाट बनाइएको थियो । त्यो उद्देश्यमा यो सफल पनि भएको छ । स्न्यापचाटमा पठाइएको फोटो, भिडियो सन्देश हेर्न केवल फोन नम्बरमा औला राखे पुग्छ । वयस्क युवा युवती यसमा रमाइरहेका छन् ।
अहिले प्रत्येक दिन चार करोड फोटो र भिडियो स्न्यापचाटबाट सेयर हुन्छ भन्ने विश्वास गरिन्छ । यो संख्या फेसबुक र इस्टाग्राममा दैनिक सेयर हुने फोटो र भिडियो बराबर नै हो । स्न्यापचाटको भविष्य उज्जवल छ भन्ने धेरै छन् । एशियामा समेत यसले तहल्का मच्चाउन सक्छ, तर स्न्यापचाटलाई इनबिल्ट एप्समा राख्नु पर्छ । स्मार्टफोन निर्मातासँगको साझेदारीमा यसो गर्न सके कम्पनीले लाखौ नयाँ प्रयोगकर्ता भेट्टाउने छ ।
चीनको विचाट, कोरियाको काकाओटक र जापानको लाइनभन्दा उत्कृष्ट भएकोले स्न्यापचाट लोकप्रिय हुनेमा शंका छैन । एशियालीले मनपराउने स्टिकर, मोबाईल वालेट, इमोसन जस्ता कुरा स्न्यापचाटमा अटाउन नसक्दा भने उनीहरुको मन खिन्न होला । तर, यो सबै स्न्यापचाटलाई अरुभन्दा फरक बनाउने कुरा हुन भनेर बुझ्नु पर्छ ।
स्न्यापचाटले उपभोक्तालाई आर्कषित गर्ने विषय भनेको विज्ञापन हो । गोप्यता कायम रहने र अपलोड गरेको फोटो, भिडियो अदृश्य गराउने कारण यसप्रति आर्कषण हुन सक्छ । तर, प्रयाप्त विज्ञापन भने हुनैपर्छ ।
फेसबुकले जस्तै ब्राण्डिङ एकाउन्टको सुविधा दिएर पनि व्यापार बढाउन सकिन्छ । अहिले नै अकुरा, टाको बेल र न्यु ओर्लियन्स सेन्टले नयाँ एप्स बनाउन स्न्यापचाटको प्रविधी प्रयोग गरिरहेका छन् । अनलाइन रिटेलर कर्मालुपले यसको प्रयोग गरेर क्लिप्स पठाउने, मूल्यको जानकारी दिने काम गरिरहेको छ । गत सेप्टेम्बरमा स्न्यापचाट सामसुङ ग्यालेक्सी स्मार्टवाचमा समेत प्रयोग भएर आएको छ । स्मार्टवाचमा प्रयोग भए वापत सामसुङले स्न्यापचाटलाई पाँच करोड अमेरिकी डलर भुक्तानी गरेको छ ।
फब्र्सबाट साभार