पूर्वराजा वीरेन्द्रका तत्कालीन मूल पुरोहित रमेशप्रसाद पाण्डे (८८
वर्ष)को घरमा छौँ हामी । ज्ञानेश्वर चोकमा रहेको पेट्रोलपम्पको ठीक पछाडिको
एकदमै पुरानो डिजाइनको घर उनको हो भने पेट्रोलपम्प उनका छोराको हो ।
पाण्डेका अनुसार यो घर उनीभन्दा बूढो (९५ वर्ष) छ । अढाईतले घरको दोस्रो
तलाको बैठक कोठाभित्र उनले हामीलाई स्वागत गरे । यो एउटा सामान्य बैठक कोठा
मात्र नभएर कुनै संग्रहालय जस्तो थियो ।
०००
१८ वर्षसम्म दरबारका मूल पुरोहित भएर काम गरेका थिए पाण्डेले । ०४० सालदेखि ०५८ सालसम्म निरन्तर दरबारमा काम गर्दाका सयौँ स्मृति उनको मानसपटलमा ताजै छन् । तत्कालीन राजा वीरेन्द्रको मृदु मुस्कानले अहिले पनि उनलाई पछयाइरहन्छ ।
त्यसो त वीरेन्द्रलाई सम्झिने अरू पनि थुप्रै सामग्री छन् उनीसित, जसलाई उनले आफ्नो बैठक कोठामा जतनले सजाएर राखेका छन् । ती सामग्री उनले दानस्वरूप पाएका थिए । पाण्डेको बैठक कोठामा वीरेन्द्रको कोट, टोपी, चस्मा, घडी, डायरीदेखि लिएर खुकुरी, कलम र परफ्युमसम्म छन् । वीरेन्द्रको निधन भएपछि राजपरिवारले उनलाई ती सामान दान दिएका थिए ।
पाण्डेका लागि ती सबै सामग्री बहुमूल्य छन् । यदि चाहेको भए महँगोमा बिक्थे पक्कै पनि, तर उनलाई यसबाट पैसा कमाउनु छैन । उनी आगन्तुकलाई खुसीसाथ आफूले सोकेसमा सजाएर राखेका सबै सामग्री देखाउँछन् र वर्णन पनि गर्छन् ।
एकपटक दुईजना जर्मन नागरिक आफ्नो घरमा आएर वीरेन्द्रले प्रयोग गर्ने सामान खरिद गर्न खोजेको पाण्डेले बताए । ‘तपाईले जति मूल्य भन्नुहुन्छ, हामी दिन तयार छौँ भनेका थिए, तर मैले मानिनँ,’ उनले सुनाए, ‘कुनै मोलतोलै नभईकन उनीहरू फर्के ।’ विदेशीलाई सामान नबेचेकोमा उनलाई कुनै पछुतो छैन । आफ्नो भावी पुस्तालाई पनि ती सामान बिक्री नगर्न सम्झाइसकेको उनले बताए । पाण्डे भन्छन्, ‘ती सामान वीरेन्द्रका नासो हुन्, त्यसैले छोरानातिलाई पनि सुरक्षित राख्नु भनेको छु । उनीहरूले पनि हुन्छ भनेका छन् ।’
०००
वीरेन्द्रले प्रयोग गर्ने सामान कस्तो अवस्थामा छन् त ? हामीले नियालेर हेर्यौँ । ढाकाटोपी च्यातिएको देखियो । टोपीको घेरा उध्रिएको छ र अलि मैलो पनि छ । यसैगरी जुत्ताको कुर्कुच्चाको भाग धेरै खिइएको छ । घडी, चस्मा, डायरीलगायत अरू सामान पनि सामान्य खालका देखिन्छन् । आमनागरिकले प्रयोग गर्नेजस्ता ।
‘जर्मन नागरिकले वीरेन्द्रका सामान हेरेपछि त चकितै भए । राजाले पनि यस्ता थोत्रा सामान प्रयोग गर्छन् र भनेर मलाई सोधेका थिए,’ पाण्डेले भने । पाण्डेका अनुसार त्यहाँ रहेको वीरेन्द्रको कोट उनले इटली भ्रमण जाँदा लगाएका थिए ।
०००
मूल पुरोहित पाण्डेलाई दरबार हत्याकाण्डमा दीपेन्द्रको हात रहेकोमा कत्ति विश्वास छैन । ‘दीपेन्द्र साह्रै भलादमी हुनुहुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘बाबुको त भक्त नै हुनुहुन्थ्यो । उहाँबाट यस्तो कुकर्म कसरी भयो होला र ? मलाई त पक्कै यसमा षड्यन्त्र छ जस्तो लाग्छ ।’ पाण्डेको भनाइ मान्ने हो भने दीपेन्द्र जति ढिला घर आउँदा पनि बाबुआमालाई ढोग नगरीकन सुत्न जाँदैनथे ।
‘हुन त दीपेन्द्रलाई कसैले बाबुलाई मार्यौ भने तिमी राजा हुन्छौ भनेर उक्साएका पनि हुन सक्छन्,’ पाण्डे अगाडि भन्छन् । उनी आमा ऐश्वर्यासित भने खुबै डराउँथे रे † ‘दीपेन्द्रले मसित भन्नुहुन्थ्यो, बुुबासँग डर लाग्दैन, मुमासँग त अति डर लाग्छ । हुुन पनि व्यवहारमा राजा निकै सोझा र रानी निकै कडा हुनुहुन्थ्यो ।’
दरबारकाण्डको सम्झना पाण्डेको स्मृतिमा आलै छ । उनी यसरी सम्झिन्छन्, त्यो जेठ १९ लाई । ‘वीरगञ्जको एक साथीले राति ११ बजे बिबिसी सुनेर मलाई फोन गर्यो । तर, उसले भन्दा मैले सुरुमा पत्याइनँ । तर, उसले फोन गरेको १० मिनेटभित्रै दरबारबाट मलाई फोन आयो । तुरुन्तै आउन निर्देशन भयो । त्यसपछि म सरासर नारायणहिटी गएँ । त्यहाभित्र त हेर्नै नसकिने दृश्य रहेछ ।’ नारायणहिटी पुगेपछि अरूसँगै उनी पनि छाउनी अस्पताल पुगे । रातभर त्यहीँ बसे ।
०००
वीरेन्द्रसँग त्यसवेला उनको दिनहुँजस्तो भेट हुन्थ्यो । वीरेन्द्र मर्निङ वाक सकेर एउटा कुकुर डोर्याउँदै दरबारको प्रांगणभित्र रहेको पूजाकोठानजिकै आउँथे । पाण्डेलाई सोध्थे, ‘आज केके काम छ ? केके पूजा छ ?’
एउटा प्रसंग उनले सम्झे, ‘म आउनुभन्दा पहिले पूजामा बस्दा वीरेन्द्र सरकारले एकैपटक एकै ठाउँमा पूजाका सबै सामान चढाउने गर्नुहुन्थ्यो । अगाडिका पुरोहितले डराएर भन्न सकेका रहेनछन् । तर, मैले आँट गरेर बिन्ती चढाएँ– सरकार एकैपटक प्ूजाका सबै सामग्री चढाउन मिल्दैन । मैले जे भन्छु त्यही त्यही नै चढाइबक्स्योस् । उहाँले मलाई एकपटक पुलुक्क हेर्नुभयो । मलाई डर लाग्यो । मेरो जागिर जाने हो कि भन्ने भयो । तर, त्यस्तो केही भएन । उहाँले सहज रूपमा लिनुभयो । त्यसपछिका सबै पूजामा म जेजे भन्थेँ, उहाँले त्यसरी नै चढाउने गर्नुहुन्थ्यो ।’
दीपेन्द्रसँग पनि उनको यस्तै सम्झना रहेछ । ‘पूजाकोठामा आउँदा दीपेन्द्रले एकैपटक १६ वटा सिक्का माथिबाटै चढाउनुहुन्थ्यो । यो कुरा मलाई चित्त बुझेन । मैले सम्झाएँ– सरकार यसरी एकैपटक माथिबाट १६ वटा सिक्का चढाउनु राम्रो होइन । यसबाट पूजा सामग्री फुट्न सक्छन् । उहाँले पनि मलाई एकपटक घुरेर हेर्नुभयो । तर, केही बोल्नुभएन । त्यसपछि दीपेन्द्र सरकारले पनि मैले भनेजस्तै गर्नुभयो । पूजाकोठामा आफैँ बसेर सबै ठाउँमा एकएक गरेर सिक्का चढाउनुभयो ।’
०००
पाण्डेले नै दीपेन्द्रको व्रतबन्ध गराएका थिए । यति ठूलो कार्जे गर्दा उनले दरबारबाट जम्मा १४ रुपैयाँ मात्र दक्षिणा पाए । खासमा दरबारको चलनै यस्तै रहेछ । सानाठूला हरेक पूजामा १४ रुपैयाँ दक्षिणा दिने । ‘अझ पहिला त पाँच रुपैयाँ दिने गरिन्थ्यो रे । पछि बढाएर १४ रुपैयाँ पुर्याइएको रहेछ,’ पाण्डेले भने ।
थोरै दक्षिणा पाए पनि पाण्डेलाई कुनै गुनासो छैन । खुसी यसैमा छ कि उनले दरबारको पुरोहित भएर काम गर्ने सौभाग्य पाए । पाण्डे मूल पुरोहित हँुदा दरबारमा चारजना पुरोहित थिए । अन्य पुरोहितको खटनपटन उनले गर्थे । पूर्वराजपरिवार सहभागी भएका पूजामा उनी आफैँ प्रत्यक्ष संलग्न हुन्थे ।
पाण्डेका हजुरबुबा ज्ञानेश्वरप्रसाद पाण्डे पनि दरबारका मूल पुरोहित थिए । त्यसैले दरबारमा पुरोहित भएर काम गर्ने उनको पनि सानैदेखिको इच्छा थियो । आफू दरबार छिर्दाको क्षण सम्झिँदै उनी भन्छन्, ‘त्यसवेला सिंहराज पाण्डे मूल पुरोहित हुनुहुन्थ्यो । उहाँ स्वर्गीय हुनुभन्दा पहिले एकपटक दिल्ली जानुभएको थियो । उहाँ दिल्ली गएको वेला काजी हंसमान पाण्डेले मलाई बेलाएर तिमी मूल पुरोहित हुन्छौ भनेर साध्नुभयो ? मैले तत्कालै स्विकारेँ ।’
त्यसवेला उनी सानोठिमी क्याम्पसको मूल पुरोहितका रूपमा काम गरिरहेका थिए । एकैपटक दरबारको मूल पुरोहित हुनु उनका लागि ठूलो अवसर थियो । ‘मैले हुन्छ भनेपछि उहाँले दरबारमा निवेदन हाल्न सुझाब दिनुभयो । मैले पनि निवेदन चढाएँ । सिंहराज दिल्लीबाट फर्केर आएको केही समयपछि ०४० वैशाखमा उहाँको निधन भयो । त्यसपछि काजी हंसमानले मलाई फेरि बेलाउनुभयो । ०४० भदौमा मलाई मूल पुरोहितको नियुक्ति दिइयो,’ पाण्डेले सुनाए ।
मूल पुरोहितमा नियुक्ति भएपछि उनले वीरेन्द्र र ऐश्वर्यालाई दुई रुपैयाँ दाम चढाएर पहिलोपटक दर्शन भेट पाए । ‘म दरबारमा नियुक्ति हुनुपहिले असर्फी राखेर दर्शन गर्ने चलन थियो । मैले पनि असर्फी बोकेर दरबार गएको थिएँ । तर, त्यसवेला भने त्यो चलन हटिसकेको रहेछ । दरबारका कर्मचारीले असर्फी चाहिँदैन भनेपछि दुई रुपैयाँ दाम चढाएर दर्शन गरेँ ।’
वीरेन्द्रको वंश नाश भएको दुई वर्षसम्म पाण्डेले नारायणहिटीको मूल पुरोहित भएर काम गरे । ०६० सालमा अवकाश लिए ।
प्रस्तुति : भुवन शर्मा
तस्बिर : सतीश पोखरेल