साना नानीहरु यति सुन्दर हुन्छन कि देख्नासाथ उनीहरुसँगै खेलुँखेलुँ लागिहाल्छ । उनीहरुको अमूल्य मुस्कान र अबोध अनुहारका तस्वीर हेर्दा मनै प्रसन्न हुन्छ । साना नानीहरुको यही सुन्दरतालाई तस्वीर उतार्न हालै एक फोटोग्राफरले अनौठो तरिका अपनाएकी छिन् ।
चुलबुले नानीहरुलाई एकैचोटी आरामको निद्रा ल्याइदिन उनले हेयर ड्रायरको आवाजको सहयोग लिइन् जसले गर्दा उनीहरु छिनभरमै घुर्न थाले । मोबाइल एपको सहयोगमा उनले यस्तो आवाज निकालेकी थिइन् ।
उनीहरु निदाएको मौका छोपेर ४६ बर्षिय फोटोग्राफर करिन ह्वीलसायरले नानीहरुलाई बिभिन्न पोजमा सेट गरिन र मनमोहक तस्वीर खिचिन् । उनले खिचेका तस्वीरले ‘स्टुडियो चिल्ड्रेन फोटोग्राफी’मा अवार्ड प्राप्त गरेका छन् ।










