विश्वमा धनाढ्यहरुका लागि धेरै कुरा छ । पैसा खर्च गर्न सक्ने अति धनीबीच लोकप्रिय विश्वका सात प्रमुख विदा मनाउने स्थलको सूची डेली मेलले तयार पारेको छ । लाखौ अमेरिकी डलर खर्च गर्नु पर्ने यस्ता बिदा मनाउने स्थानमा जिन प्यालेसदेखि विश्वकै उत्कृष्ठ बिएण्डबिसम्म छन् । यहाँ ती उत्कृष्ट सात स्थानका विषयमा जानकारी दिइएको छ, ती सात स्थानमा एक साताका दरले बस्दा करिव २२ लाख डलर (२२ करोड रुपैयाँ)सम्म खर्च हुन्छ । यदि तपाईंमा यति धेरै खर्च गर्न सक्नु हुन्छ भने तपाई स्की चालेटदेखि क्यारेवियन द्वीपमा रहेको निजी टापुमा विदा मनाउन सक्नु हुन्छ ।
लाखौ डलर खर्च हुने यस्ता स्थल कतिको चाहना हुन सक्छ भने कतिले सोचेकोसम्म पनि नहुन सक्छ । तर तपाई करोडौं डलरको मालिक हुनुहुन्छ भने यी उत्कृष्ट पर्यटकीय स्थल तपाईका लागि बनेका हुन ।
स्टेरोइडस्थित जीन प्यालेस
जीन प्यालेसमा पाँचजना चढनसक्ने डुंगा र सवमरिनको सुविधा छ । सवमरिनबाट निस्केर क्यारेवियन समुद्रको निर्मल पानीमा गोता लगाउन सकिन्छ ।
तपाईको प्रत्येक क्रियाकलाप रेकर्ड गरिन्छ र अविस्मरणीय बनाउन तपाईलाई दिइन्छ । सार्कसँग खेल्दाको क्षण होस वा वाटर स्लाइड, ट्रम्पोलिन होस वा जीम यहाँको मज्जा नै बेग्लै छ ।
यहाँ डुंगामै सुत्ने वा पेन्टहाउसमा सुत्ने रोजाई तपाईको हुन्छ, तर त्यसका लागि चारलाख ४१ हजार पाउण्ड खर्च गर्ने क्षमता भने हुनुपर्छ ।
अल्टिमेट सफारी
अफ्रिकाको जंगल सफारी विश्वमै प्रख्यात छ । तर, तान्जानियाको सिङगिटा सेरेनगिटी हाउसमा जंगली जनावर नै तपाईलाई खोज्न आईपुग्छन् । जनवरीमा यो बाटो भएर हुलका हुल जंगली जनावर बसाईसराई गर्छन ।
सुन्दर र शान्त प्राकृतिक वातावरणमा जंगली जीवनको आनन्द यहाँ लिन सकिन्छ । अल्टिमेट सफारीको आनन्द लिन ५२ हजार पाउण्ड खर्च गर्नु पर्ने हुन्छ ।
प्राइभेट प्याराडाइज आईल्याण्ड
फ्रान्सेली परिवार कोहेनले ५० एकडमा फैलिएको ग्रेनाडाको दक्षिण किनारमा रहेको यो द्वीप १० करोड पाउण्डमा सन् २००० मा किनेका हुन् । उनले त्यत्ति नै पैसा यसको विकासमा लगाए । विगत केही वर्षदेखि यसलाई भाडामा दिन थालियो । यसको एकसाताको भाडा तीनलाख पाउण्ड छ ।
यहाँ ५० जना मानिस आरामले अटाउन सक्छन् तर केवल २० वटा मात्र बेड छ । यहाँ क्लासिकल डिजाइनर ओस्कर डेला रेन्टाले डिजाइन गरेको बाथरुम, पर्सियन रंग र इजिप्टियन कटनको प्रयोग भएको छ । यहाँ प्रत्येक दिनका लागि एक बीच र वाटर स्पोर्टसको व्यवस्था छ ।
बुलेट प्रुफ चालेट
अस्ट्रेलियन एल्पको नजिकै रहेको अंग्रेजी अक्षर एन आकारको बुलेट प्रुफ चालेट एकसाता भाडामा लिनका लागि दुईलाख ३० हजार पाउण्ड खर्च पर्छ । गत वर्षको यही सिजनमा गायिकाद्वय टिना टर्नर र रिहानाले यहाँ समय बिताएका थिए ।
यहाँ आगन्तुकलाई उनीहरुको नामको पहिलो अक्षर कुदिएको तकिया दिइन्छ, यसको अर्थ यहाँको बसाई आरामदायी र अविस्मरणीय होस भन्ने हो । यहाँ वाटरम्युजिक सिस्टम रहेको छ जुन तपाईको मुड अनुसारको संगित दिन सक्षम छ । यहाँका ११ कोठामा २४ जनासम्म सुत्न सक्ने व्यवस्था रहेको छ ।
वल्र्ड पोसेस्ट बिएण्डबि
किङ अफ क्यासल नामले परिचित भारतको राजस्थानस्थित महाराजा प्यालेसमा तीन रात बेग्लाबेग्लै होटलमा बिताउने व्यवस्था छ । यहाँ एकजना र एउ सय २० जना साथि भए पनि तपाईले तीन रातको २२ लाख पाउण्ड तिर्नु पर्छ ।
यो होटलमा प्राइभेट जेटको पनि सुविधा छ । त्यसमा उडेर भारतका विभिन्न शहरमा जान सकिन्छ तर थप पैसा भने तिर्नुपर्छ । तपाईको बसाईको सुरु उदयपुरस्थित लेक प्यालेसबाट हुन्छ । अर्को दिन उम्मिदभवन प्यालेस जोधपुर लगिन्छ । अन्तिम दिन जयपुरका महाराजाको दरबार रहेको रामबाग प्यालेस आथित्यता प्रदान गरिन्छ ।
दि जेट जस्ट फर यु
विमानस्थलमा यात्रुको घुइचो होला तर तपाई सबै कुरा छाडदै अगाडि बढन सक्नु हुन्छ, किनकी दि जेट जस्ट फर युले तपाईलाई कुरिरहेको छ । यो २० दिने जेट यात्रामा तपाईको यात्रा घर नजिकको विमानस्थलबाट सुरु हुन्छ र सिडनीमा अन्त्य हुन्छ ।
विश्वका इजिप्टको अबुसबेल मन्दिर, भारतको ताजमहल र लुआन परेवाङ जस्ता आश्चर्यजनक स्थलको अवलोकन गराउने यो जेट यात्राको खर्च पाँचलाख ९० हजार पाउण्ड पर्छ ।
दि इको मिलिनियर रिट्रिट
तपाई निजी जीवनमा कसैको दख्खल नहोस भन्ने चाहनु हुन्छ भने फिजीको लौकाला द्वीप तपाईलाई उपयुक्त हुन्छ । यहाँका २५ भिल्लामा ६० जना अटाउन सक्छन् । छ वर्ग माईलमा फैलिएको यो द्वीपका मालिक रेड बुलका उत्पादक डाइट्रिच मात्सिज हुन । यो होटलको आफ्नै ब्राण्डको तरकारी, मह, पानी र फलफुल छ । पाहुनाहरुलाई त्यहीं उत्पादन गरिएको अर्गानिक खाने कुरा दिइन्छ । बेलायतको लण्डनबाट निजी बिमानमा यहाँ पुर्याएको, सात दिन बसेको र फर्केको खर्च १० लाख पाउण्ड तिर्नुपर्दछ ।
प्रस्तुती/यादवराज जोशी