प्रस्तुतिः याम संगीत
कतिपय शिक्षा नबुझेका, तर समाजसेवामा लागेका व्यक्तिलाई पनि प्लस टुमा ल्याएर विज्ञापन गरिएको छ । यसले शिक्षा क्षेत्रमा विकृति बढाएको छ । विश्वविद्यालयमा रहेका व्यक्ति पनि निजी प्लस टुतिरै आकषिर्त हुनु शिक्षा बजारु बन्नु हो । अब शिक्षा बजारु र उपभोक्तावादी भइसक्यो । यो बजारमुखी र पैसामुखी मात्रै भयो ।
कतिपय शिक्षा नबुझेका, तर समाजसेवामा लागेका व्यक्तिलाई पनि प्लस टुमा ल्याएर विज्ञापन गरिएको छ । यसले शिक्षा क्षेत्रमा विकृति बढाएको छ । विश्वविद्यालयमा रहेका व्यक्ति पनि निजी प्लस टुतिरै आकषिर्त हुनु शिक्षा बजारु बन्नु हो । अब शिक्षा बजारु र उपभोक्तावादी भइसक्यो । यो बजारमुखी र पैसामुखी मात्रै भयो ।
रमेशप्रसाद भट्टराईसहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय
नेपालको उच्च माध्यमिक शिक्षा तल्लो स्तरको जनताको पहुँचभन्दा बाहिर रह्यो र निजी क्षेत्रको शिक्षा एककिसिमले सम्पत्ति आर्जन गर्ने माध्यमजस्तो भयो । जसकारण यसको गुणस्तरबारे अहिलेसम्म राज्यले पनि सोचेको छैन । उच्च माध्यमिक तहको शिक्षाको गुणस्तर कस्तो हुने, त्यसले कस्तो जनशक्ति उत्पादन गर्ने, त्यो जनशक्तिले राज्यलाई कसरी सहयोग गर्ने भन्ने विषयमा राज्य नै मौन छ । जसले गर्दा उच्च माध्यमिक तहको शिक्षा परम्परागत शिक्षा प्रणालीभन्दा पनि खत्तम भएको छ भन्ने मैले अनुभव गरेको छु ।
त्रिविमा प्राध्यापन गरेर नाम कमाएका कतिपय प्राध्यापक पनि दाम कमाउन निजी प्लस टुमा संलग्न छन् । यसलाई कसरी हेरिरहनुभएको छ ?
यसले ठूलो विकृति ल्याएको छ । जो शिक्षण सिकाइका अत्याधुनिक प्रविधिबाट पर पुगेका छन्, जो शिक्षाको अहिलेको विश्वव्यापीकरण र त्यसलाई नेपाली समाजअनुकूल समायोजन गर्नुपर्ने सन्दर्भसँग परिचित छैनन्, जो नयाँ जनमुखी शिक्षा प्रणाली बुझ्दैनन्, तिनै मान्छेलाई जबर्जस्ती ल्याएर पि्रन्सिपल बनाउने र फोटो टाँस्ने होड अहिले चलेको छ । कतिपय शिक्षा नबुझेका, तर समाजसेवामा लागेका व्यक्तिलाई पनि प्लस टुमा ल्याएर विज्ञापन गरिएको छ । यसले शिक्षा क्षेत्रमा विकृति बढाएको छ । विश्वविद्यालयमा रहेका व्यक्ति पनि निजी प्लस टुतिरै आकषिर्त हुनु शिक्षा बजारु बन्नु हो । अब शिक्षा बजारु र उपभोक्तावादी भइसक्यो । यो बजारमुखी र पैसामुखी मात्रै भयो ।
प्लस टु तहको पाठ्यक्रम नेपाली समाज सुहाउादो छैन भनिन्छ नि ?
समग्रमा हाम्रो उच्च शिक्षाको पाठ्यक्रम नै अत्यन्तै अव्यावहारिक छ । जस्तो, विज्ञान पढाउनु भनेको विज्ञानलाई जीवनमा बोध गर्ने कुरा हो । तर, हामीकहाँ खाली सैद्धान्तिक ज्ञान मात्रै छ । हाम्रो पाठ्यक्रम एकदमै ज्ञानमुखी छ, सीपमुखी र अभिवृद्धिमुखी छैन । कोरा ज्ञानवाला शिक्षाले कहिल्यै पनि विद्यार्थीको जीवनशैलीलाई परिवर्तन गर्दैन । हाम्रो शिक्षामा विद्यार्थी रट्न सक्ने त भए, तर त्यसलाई जीवनमा लागू गर्न सक्ने भएनन् । रूख पढाऊ भन्यो भने किताबको रूख पढाउने वा कालोपाटीमा चित्र पढाउने, तर साँच्चैको रूखको अवलोकन नगराउने खालको छ । व्यवहारमुखी र सीपमुखी शिक्षा छैन । पाठ्यक्रम त्यसरी नै डोरिएको छ । सिंगो शिक्षा प्रणालीले एउटा मान्छेलाई कसरी रूपान्तरण गर्ने भन्ने प्रश्नको जवाफ हाम्रो पाठ्यक्रमले दिँदैन ।
नेपाली विषयको पाठ्यक्रम निर्माणमा तपाईं आफँै पनि संलग्न हुनुहुन्थ्यो । तर, तपाईंहरूले ल्याएको नयाँ नियम नै सबैभन्दा बढी विवादमा छ नि ?
भाषा शिक्षणका नवीनतम विधिलाई नबुझ्नेहरूले नेपाली विषयको नयाँ पाठ्यक्रम स्विकार्न नसकेका हुन् । अहिलेसम्मको हाम्रो भाषा शिक्षण सिकाइ भाषिक सीप सिकाइभन्दा पनि विधा सिकाइजस्ता भए । हाम्रा कक्षामा बहुभाषी विद्यार्थी हुन्छन्, उनीहरूले नेपाली भाषा राम्रोसँग सिक्न सकेनन् । हामीले नेपालका विभिन्न भाषाभाषीलाई सम्बोधन गर्नेगरी पाठ्यक्रम निर्माण गर्नुपर्छ । कक्षाकोठाभित्र नेपालभित्रैका अरू भाषाभाषीको प्रयोग हुन्छ । त्यसकारण बहुभाषी कक्षामा नेपाली भाषा कसरी पढाउने भन्ने कुरा मान्छेलाई थाहै छैन । बहुभाषी कक्षामा नेपाली पढाउनका लागि चारवटै सीप -सुनाइ, बोलाइ, पढाइ, लेखाइ) र व्याकरणात्मक संरचनालाई शिक्षण गर्नेगरी हामीले पाठ्यक्रम परिवर्तन गर्यौँ । त्यसैले यो अति व्यावहारिक छ । तर, हामीकहाँ परम्परागत तरिकाले शिक्षण गर्ने चलन छ । हामीले विद्यार्थीलाई पढ्ने बानीबाट टाढा राखेका छौँ । नयाँ पाठ्यक्रमले पढ्ने बानीको विकास गर्छ । तर, यसमा शिक्षकले भने मिहिनेत गर्नुपर्छ । शिक्षकले मिहिनेत गरेन भने ठीक ढंगले सिकाउँदैन । नेपाली भाषा शिक्षणको विधि आगमनात्मक भएकाले यसलाई सन्दर्भगत हिसाबले पढाउने हो । व्याकरण मात्रै पढाएर विद्यार्थीले भाषा सिक्दैनन् । त्यसकारण विधाहरू साहित्य सिकाउनका लागि होइन, भाषा सिकाइका माध्यम मात्रै हुन् भनेर हामीले यो पाठ्यक्रम बनाएका हौँ ।
वर्णविन्यासमा नयाँ के गर्नुभयो ?
नेपाली भाषा संघीयतामा जाँदा विभिन्न संघको पनि भाषा हुन सक्छ । त्यस्तो अवस्थामा पनि यसको वर्णविन्यास सरल किसिमको हुनुपर्छ । हामीले नयाँ कुरा केही गरेका छैनौँ । एउटा, तद्भवलाई ह्रस्वीकरण गर्ने भन्ने हिजोकै सिद्धान्तलाई लागू गरेका हौँ । तिस, बिस, फुल जस्ता शब्द ह्रस्व लेख्ने भन्ने हो । दोस्रो, कम्प्युटरलगायत नयाँ प्रविधिसँग भाषालाई जोड्ने विषयमा पदयोगलाई पद वियोग गरेका हौँ । संयुक्त क्रिया पद वियोग गरेपछि विद्यार्थीमा कुनै भ्रम रहँदैन । जस्तै ः 'गरिसकेको' लाई 'गरि सकेको', 'खानुपर्ने' लाई 'खानु पर्ने' आदि बनाइएको हो । के जोड्ने, के नजोड्ने भनेर विद्यार्थीमा भ्रम पर्ने भएकाले सबै संयुक्त क्रियालाई हामीले छुट्टयाएका हौँ ।
तपाईंहरूले शब्द टुक्रयाएर खत्तम पार्नुभयो, नेपाली परम्परा बिगारेर हिन्दीको हिज्जे पछ्याउनुभयो, भन्ने आरोप पनि छ नि ?
त्यो एकदम गलत कुरा हो । अहिले नेपाली विषयको नयाँ पाठ्यक्रमबारे गलत ढंगले दुष्प्रचार गरिएको छ । यद्यपि, नेपाली र हिन्दी दुवै भाषाको संरचना पद वियोगात्मक नै हो । पहिले संस्कृतमा पदयोग थियो, नेपालीमा आउँदा पद वियोग भएको हो । तर, हिन्दी र नेपाली उस्तै बनाइयो भन्ने कुरा गलत छ । हिन्दीले विभक्ति छुट्टयाउँछ, हामी जोड्छौँ । हामीले त नेपाली भाषालाई अलि सरलीकरण गर्न मात्रै खोजेको हो । समासमा डिकोले अर्थ दिन्छ भन्ने जुन कुरा छ, त्यो गलत हो । अर्थ भनेको सन्दर्भले निर्धारण गर्छ । तसर्थ डिको दिनु र नदिनुको कुनै अर्थ छैन । धेरै शब्द एकै ठाउँमा जोड्ने कुराले विद्यार्थीलाई समस्या मात्रै दिन्छ । शिक्षण सिकाइमा सरलीकरण आओस्, नेपाली भाषा विदेशीले सिक्दा पनि सजिलो होस्, नेपाली भाषा सबै भाषाभाषीले पढ्दा पनि सरल लागोस्, भनेर हामीले यो परिवर्तन गरेका हौँ ।
सरलीकरण गर्नै खोज्दा पनि किन यस्तो आलोचना भएको होला ?
साठी वर्षअघिको भाषाको कुरा र अहिलेको भाषाको कुरा एउटै कसरी हुन्छ ? साठी वर्षअघिको सिकाइ पद्धति र अहिलेको सिकाइ पद्धतिमा फरक आइसकेको छ । साठी वर्षअघिको पाठ्यपुस्तक निर्माणको पद्धति र अहिलेको पद्धतिमा पनि धेरै फरक आइसकेको छ । सञ्चारमूलक र कार्यमूलक भाषा सिकाइको पद्धति हिजो थिएन । उहाँहरूले त्यही कुरा बुझ्नुभएन । उहाँहरूले परम्परागत रूपमा विधालाई भाषा सिकाउने पद्धति मान्नुभयो, हामीले नयाँ विधिको प्रयोग गर्दा उहाँहरूलाई अप्ठ्यारो लागेको हो । यो आलोचना र विरोध नबुझेर भएको हो, बुझ्ने हो भने हुँदैन ।
व्याकरण र वर्णविन्यासबाहेक रचनामा कस्तो परिवर्तन गर्नुभएको छ ?
रचनामा हामीले धेरै परिवर्तन गर्न त सकेका छैनौँ । तर, महिला, जातजाति, विचारधारा आदि सबै हिसाबले अलिकति समावेशी बनाउने प्रयास गरेका छौँ । ०६२/६३ को जनआन्दोलनले वैचारिक समावेशीकरण पनि अबको लोकतन्त्रको मूल सौन्दर्य हो भनेको छ । स्रष्टाहरूको विचारको समावेशीकरण, लिंगको समावेशीकरण, जातजातिको समावेशीकरण, क्षेत्रीय समावेशीकरण सबैलाई हामीलाई सन्तुलनमा राख्ने प्रयास गरेका छौँ । शिक्षण सिकाइ प्रक्रियालाई मात्रै होइन, समग्र तल्लो वर्गको पहिचानगत प्रतिनिधित्व पनि यो पाठ्यक्रममा परेको छ ।