Monday, July 25, 2011

सुडान भ्रष्टाचारः कसलाई कति धरौटी ? - mysansar

सुडान प्रहरी मिसनको लागि एपीसी सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा अभियुक्तहरुलाई कति कति धरौटी माग गरियो, यी भ्रष्टाचारका आरोपीहरुका लागि कुन-कुन बैँक जमानी बसेर उनीहरुलाई थुनामुक्त गराए ? सोमबारसम्मको विवरण हेर्नुस्।
धरौटी लाखमा होस् कि करोडमा, धमाधम बुझाएर उनीहरु थुनामुक्त भइरहेका छन्। नेताहरुलाई यो मुद्दामा कतै छुन सकिएको छैन। आरोपीहरुले नै पोल्लान् कि भनेको, त्यो पनि अहिलेसम्म हुन सकेको छैन। ठूलाठूला पदका मानिसहरु करोडौँ धरौटी तिरेर, बैँक जमानी बसेर थुनामुक्त भइरहेका छन्। उनीहरुको यो सम्पतिले नै उनीहरु भ्रष्टाचारी भएको भन्दै औँला ठड्याउनेहरु सडकमा देखिएका छन्। तर केही यस्ता पनि छन्, जो केही लाख धरौटी तिर्न नसकेर थुनामै छन्।
पूर्व आइजीपी ओमविक्रम राणा
धरौटी मागः १५ करोड रुपैयाँ
स्थितिः बुझाउन नसकेकोले थुनामा।
पूर्व आईजीपी रमेशचन्द ठकुरी
धरौटी मागः ७ करोड
स्थितिः सिभिल बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त


के हो सुडान भ्रष्टाचार ?


युद्धग्रस्त देश सुडान। त्यहाँ शान्ति स्थापना गर्न स‌ंयुक्त राष्ट्र संघअन्तर्गत जाने नेपाली सुरक्षाकर्मीहरु। कति जोखिम हुन्छ त्यस्तो ठाउँमा जाँदा, त्यो भनिरहनु पर्ने कुरा हैन। त्यही जोखिम मोल्नेहरुका लागि हतियार र उपकरण सम्बन्धित देशले नै किनेर बिल युएनलाई बुझाए युएनले त्यसको भर्पाइ दिने व्यवस्था थियो। यसैमा देखे अपराधीहरुले मोटो कमिसन। कस्तासम्म अपराधी हेर्नुस् त, ५० करोड रुपैयाँको सामान किन्दा ३४ करोड त घोटाला गरेछन्। शायद विश्व कै अनौठो भ्रष्टाचार कान्ड हुनुपर्छ यो। युद्धभूमिमा जाने नेपाली सुरक्षाकर्मी दाजुभाइलाई कामै नलाग्ने सामान भिडाएर ज्यान जोखिममा पार्ने अपराध उनीहरुले गर्न खोजे। त्यति मात्र हैन, त्यस्तो खटारे सामान देखेपछि युएनले त्यसलाई प्रयोगै गर्न दिएन, जसका कारण विश्वमा नेपालको नाम बदनाम हुन पुग्यो। अख्तियार दुरुयोग अनुसन्धान आयोगले सुडान घोटाला कान्डमा ३४ प्रहरी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो। तत्कालीन प्रहरी महानिरीक्षकहरु तीन जनालाई यसमा मुद्दा ठोके पनि राजनीतिक दबाबका कारण उनीहरुभन्दा माथि अर्थात् गृहमन्त्रीहरुसम्म भने अख्तियार पुग्न सकेको छैन। जबकि संसदको राज्यव्यवस्था समितिले उनीहरुलाई पनि नैतिक र कानुनी दायित्वबाट उन्मुक्ति दिन नमिल्ने ठहर

पूर्व आइजीपी हेमबहादुर गुरुङ
धरौटी मागः ५ करोड
स्थितिः ग्लोबल बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त
एसपी कृष्णप्रसाद गुरागाई
धरौटी मागः १५ लाख
स्थितिः धरौटी नबुझाएकोले थुनामै
एसपी विद्याराज श्रेष्ठ
धरौटी मागः १५ लाख
स्थितिः धरौटी नबुझाएकोले थुनामै
एआइजी मदन खड्का
धरौटी मागः ५० लाख
स्थितिः सिद्धार्थ बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त
एआइजी दीपेन्द्रबहादुर विष्ट
धरौटी मागः एक करोड
स्थितिः इन्भेस्टमेन्ट बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त
डीएसपी प्रकाश अधिकारी
धरौटी मागः १५ लाख
स्थितिः श्रीमतीको नाममा रहेको बौद्धस्थित साढे ९ आना जग्गाको जेथा जमानी राखेर रिहा
डीएसपी दिनेश केसी
धरौटी मागः ३५ लाख
स्थितिः बानेश्वरको जग्गा जेथाजमानीमा राखेर रिहा
एसएसपी श्यामबहादुर खड्का
धरौटी मागः ७० लाख
स्थितिः सिद्धार्थ बैँक ग्यारेन्टी बसेपछि थुनामुक्त