डा. भारत रावत, डा. अभिनव वैद्य- नेपालमा उच्च रक्तचापको समस्या बढ्दै गएको
छ। दुई दशकमा यो समस्या तीन गुणा बढेको हालैको एक अध्ययनले देखाएको छ।
नेपालमा प्रत्येक पाँचजना प्रौढमध्ये एकजनामा उच्च रक्तचापको समस्या रहेको
पटक-पटक गरिएको अध्ययनले देखाएको छ। नेपालका करिब ४० लाख प्रौढहरूमा उच्च
रक्तचापको समस्या छ।
दुर्भाग्य भनूँ, उच्च रक्तचापका अधिकांश बिरामी आफ्नो अवस्थाबारे सचेत छैनन्। सचेत हुनेमध्ये पनि थोरैले मात्र उचित रूपमा रक्तचाप नियन्त्रण गरेको पाइन्छ। विकसित मुलुकमा पनि करिब ४० प्रतिशतजतिले मात्र यसको उपचार गराउँछन्। १४ वर्षदेखि नर्भिक हस्पिटलले मुलुकका विभिन्न भागमा यससम्बन्धी शिविर आयोजना गर्दै आएको छ। नेपालका सहरी क्षेत्रका मानिसहरूमध्ये १८ देखि २० प्रतिशतमा उच्चरक्तचापको समस्या देखिएको छ।
उच्च रक्तचापको मुख्य कारणमध्ये खानामा बढी नुन, धुमपान, निष्त्रि्कयता र मोटोपना हुन्। यस्ता कुराहरु नियन्त्रण गर्न सके उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ। स्वस्थ जीवनका लागि कस्तो खानेकुरा खाने र कस्तो शारीरिक क्रियाकलाप गर्ने भन्नेबारे सामान्य सिफारिस गर्न सकिन्छ। तर, नेपालको सन्दर्भमा विभिन्न जातीय समुदायको खानपानको शैली, खैनी सुर्ती सेवन आदिले रक्तचाप बढाउन मद्दत गरिरहेको छ। उदाहरणका लागि हिमाली क्षेत्रका शेर्पाहरुले नुन र नौनी राखेको चिया धेरै मात्रामा खान्छन्। त्यसैगरी तराईका मारवाडी समुदायले मिठाइ, घिउ र धेरै नुन राखेको अचार दैनिक रुपमा उपभोग गर्छन्। मध्यपहाडी भागमा बसोबास गर्ने राई, मगर समुदायले अत्यधिक बोसो भएको सुँगुरको मासु सेवन गर्छन्।
उपत्यकाका नेवारहरूको धार्मिक तथा सांस्कृतिक पर्वमा रक्सी अनिवार्यजस्तै हुन्छ। नेपाली समाजको स्वास्थ्यसम्बन्धी व्यवहार सामाजिक सांस्कृतिक तथा धार्मिक विश्वाससँग गहिरो रुपमा जोडिएको छ। फेरि यस्तै खालका चलनलाई समाजले प्रोत्साहन गरेको हुन्छ। यस्तो खाले व्यवहारलाई न्यूनीकरण वा निर्मूल गर्न धेरै गाह्रो हुन्छ। पौष्टिक खानेकुरा अभाव, न्यून आम्दानी र निरक्षरताले पनि मानिस खानपानलाई सुधार्न अप्ठ्यारो भएको छ। पर्याप्त खेलमैदान, पार्क र पैदलयात्रीको लागि सुरक्षित सडक नहुँदा प्रशस्त शारीरिक क्रियाकलाप हुन सकेको छैन।
उच्च रक्तचापबारे जान्नैपर्ने तथ्य
१. यो खतरनाक तथा उच्च तनावसँग सम्बन्धित हुन्छ
उच्च रक्तचापले अकस्मात वा क्रमिक रुपमा मुटु, मिर्गौला, मस्तिष्क र आँखालाई नोक्सान पुर्याउँछ। हृदयघात भएका ५० प्रतिशतभन्दा बढी बिरामीको उच्च रक्तचाप रहेको पाइएको छ। लामो समयसम्म उच्च रक्तचाप भएमा मिर्गौलामा जटिल समस्या देखिने गरेको छ।
२. पूर्व उच्च रक्तचापको संकेत
सामान्यतः मानिसको रक्तचाप १२० र८० वा त्यसभन्दा तल हुनसक्छ। रक्तचाप १२० देखि १४० तथा ८० देखि ९० सम्म रहनुलाई पूर्वउच्चरक्तचापको अवस्था मानिन्छ। यो अवस्थामै जीवनशैली परिवर्तन गरे उच्चरक्तचापबाट बच्न सकिन्छ। यदि एक पटक रक्तचाप १८० र९० वा त्योभन्दा माथि पुग्यो भने उच्चरक्तचापले जरो गाँड्न सक्छ र यस्तो अवस्थामा जीवनभर औषधी खानुपर्ने स्थिति पनि आउँछ।
३. एकपटक औषधी खाएमा सधैंभरि औषधी
अधिकांश अवस्थामा यो लागू हुन्छ। मूलतः उच्च रक्तचाप शरीरको प्रवृत्ति हो, जुन शरीरमा रहिरहन्छ। थोरै मानिसले मात्र खानपान, शारीरिक व्यायाम, योग आदि गरेर रक्तचापलाई ठिक अवस्थामा राखेका हुन्छन्। यदि शरीरको रक्तचाप १२० र ८० मा झर्यो भने डाक्टरसँग सल्लाह गरेर औषधीको डोज बिस्तारै घटाउनुपर्छ। रक्तचाप सामान्य रह्यो भने सदाका लागि औषधी छुटाउन सकिन्छ। स्मरणीय कुरा के हो भने शरीरको रक्तचाप कति पुग्यो भनेर नियमित जाँच गर्नु अत्यन्त जरुरी छ।
४. औषधीको साइडइफेक्ट हुन्छ?
धेरैजसो उच्च रक्तचापका औषधी सुरक्षित हुन्छन्। तर, केही औषधी जस्तो : अम्लोडिपाइन सेवन गर्दा खुट्टा अलिअलि सुनिन सक्छ। त्यसैगरी, एनालाप्रिल, लिजिनोप्रिल, रामिप्रिललगायत औषधी खाएपछि सुख्खा खोकी लाग्न सक्छ। औषधी खाएपछि साइड इफेक्ट देखियो भने डाक्टरकहाँ गएर जचाइहाल्नुपर्छ। यी साइडइफेक्टहरू सामान्य हुन्छन्। खोकी लाग्ने तथा खुट्टा सुन्निने भएमा पनि औषधी सेवन गर्न छाड्नु हुँदैन।
५. औषधी कुन बेला खाने?
सामान्यतः उच्च रक्तचाप घटाउने औषधी बिहान सबेरै खानुपर्छ। किनकि, त्यो समय हाम्रो शरीरको रक्तचाप अत्यधिक हुन्छ। यदि रक्तचापको एउटाभन्दा बढी औषधी सेवन गर्नुपर्ने भएमा राति सुत्ने बेलामा अर्को औषधी खान सकिन्छ। यसले बिहान उठ्नासाथ रक्तचाप नियन्त्रणमा राख्न सहयोग पुर्याउँछ।
६. शरीरको रक्तचाप कहिले कहिले परीक्षण गराउने?
प्रत्येक दुई सातामा एकपटक रक्तचाप परीक्षण गराउनुपर्छ। यदि रक्तचाप अनियन्त्रित भयो वा डाक्टरले औषधीको डोज परिवर्तन गरिदिए भने यसभन्दा बढी पटक पनि परीक्षण गराउन सकिन्छ।
७. सबैभन्दा उत्तम खानेकुरा के हो?
चिल्लो कम भएको खानेकुरा खानुपर्छ। चिल्लो पदार्थमा २० प्रतिशतभन्दा कम क्यालोरी छ भने त्यस्तो खाने कुराले तौल ठिक राख्न तथा रक्तचाप नियन्त्रण राख्न मद्दत गर्छ। धेरै मात्रामा सागसब्जी तथा फलफूल खानुपर्छ। अल्कोहल सेवन दिनदिनमा एक वा दुई पेगभन्दा बढी गर्नुहुँदैन।
८. योग र ध्यान सहयोगी हुन्छ?
स्वस्थ जीवनका लागि योग र ध्यानले महŒवपूर्ण भूमिका खेल्छ भन्ने शताब्दियौंदेखि प्रमाणित तथ्य हो। कुनै पनि व्यक्तिको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न योग तथा ध्यानले काम गरेको हुन्छ भन्नेमा कुनै शंका छैन। यदि कसैले उच्च रक्तचाप घटाउन औषधी खाइरहेको छ भने योग तथा ध्यान सुरु गर्नेबित्तिकै औषधी खान रोक्नु हुँदैन।
९. कस्तो व्यायाम, कति गर्ने?
प्रत्येक दिन ४५ मिनेटदेखि एक घन्टा समय लगाएर ४-५ किलोमिटर हिँड्दा राम्रो हुन्छ। लोडसेडिङका बेलामा बिजुलीबाट चल्ने उपकरणको सहायताले शारीरिक व्यायाम गर्नु उचित हुँदैन। योगा र ध्यान स्वास्थ्यको लागि एकदमै राम्रो हो। तर, शारीरिक व्यायाम पनि उत्तिकै आवश्यक छ।
१०. रक्तचाप दुरुस्त छ कि छैन कसरी जान्ने?
रक्तचाप जीवनशैलीमा भर पर्छ। यदि रक्तचाप १४० /९० भन्दा धेरै भयो भने औषधी खानुपर्ने हुनसक्छ। शरीरको रक्तचाप १२०/८० एमएमएचजी राखेको खण्डमा उपयुक्त हुन्छ।
११. आफैं रक्तचाप परीक्षण
उपकरणको सहायताले घरमै पनि आफ्नो आफैले परीक्षण गर्न सकिन्छ। अहिले बजारमा आएका धेरै उपकरण विद्युतीय छन्। त्यसैले स्टेथेस्कोप हुनैपर्छ भन्ने छैन। घरमा राखिएको उपकरण ठिक छ कि छैन भनेर बेलाबेला डाक्टरलाई देखाएर निश्चिन्त बन्नुपर्छ। पाखुरामा राखिने उपकरण रक्तचाप परीक्षणका लागि उपयुक्त हुन्छ।
१२. न्यून रक्तचाप
चक्कर लाग्यो, कमजोरी महसुस भयो भने त्यस्तो अवस्थामा शरीरको रक्तचाप ९०/६० एमएमएचजी हुन्छ। यो न्यून रक्तचापको अवस्था हो। यस्तो बेलामा अस्थायी कमजोरीपना देखिन्छ र यसलाई आराम गरेर वा प्रशस्त झोलपदार्थ खाएर समाधान गर्न सकिन्छ। वास्तवमा भन्ने हो भने दीर्घकालीन न्यून रक्तचापजस्तो रोग अरु हुँदैन। यसका लागि कुनै उपचार पनि आवश्यक छैन। रक्तचाप बढाउने कुनै औषधी पनि छैन।
निष्कर्षमा, उच्च रक्तचाप स्वास्थ्यको प्रमुख जोखिम हो। यसलाई नियन्त्रण गरिएन भने विभिन्न खाले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। राम्रो पक्ष के भने रक्तचाप सजिलै परीक्षण गरेर उपचार गर्न सकिन्छ।
(लेखकद्वय नर्भिक इन्टरनेसनल अस्पतालमा कार्यरत छन्।)