विश्व साइकल यात्रामा निस्केका नेपालीहरू यूएई आएर फर्केपछि कहाँ जान्छन्
थाहै हुँदैन। यूएईमा साइकल यात्री पुष्कर शाह, देवेन्द्र कार्की, रेसप्रसाद
दाहाल, उनका सहयोगी वविन बस्नेत र भरखरै सौरभ दाहाल आए। यहाँ लामो समय
कामदार भएको हुनाले उनीहरूको भ्रमणबारे धेरथोर जानकारी पाउने अवसर मलाई पनि
मिल्यो। मार्च २००९ मा पुष्कर यहाँ आएको खबर पाएँ। पहिलोपल्ट विश्व साइकल
यात्रीसँग भेट भयो। दुवईबाट करिब १ सय ५० किमि अबुधाबीसम्म साइकलमै आए।
अबुधाबी आएपछि भेट भयो तर कहिल्यै उनले मलाई सहयोग गर्नुपर्यो भनेनन्। न त
उनलाई एनआरएनले सहयोग गरेको थियो न त यहाँका संघसंस्थाहरूले बृहत् स्वागतै
गरेका थिए। उनले कहिल्यै पनि कसैले सहयोग गरेन, यस्तो गर्नुपर्यो उस्तो
गर्नुपर्यो भनेनन्।
त्यसपछि आए देवेन्द्र। दुई दिन साइकल कुदाए, यूएईमा साइकल हरायो भने। दुई–चार दिन घुमे।
अलि–अलि सहयोग लिए अनि कता कुलेलम ठोके, थाहै भएन। गत वर्ष फेरि विरेसप्रसाद र उनका
सहयोगी वविन भित्रिए। नेपालका पहिला उल्टो साइकल यात्री रे। सुन्दैमा अचम्म लाग्यो, दुबई
अबुधावीमा एक दुईवटा कार्यक्रम भयो। दुई चारवटा संघसंस्थाले तामझाम गरी स्वागत गरे।
अलि–अलि दाम उठाए, अहिले कुन ठाउँमा उल्टो साइकल कुँदाउँदै छन् थाहा छैन। अर्का फुर्तेम्वा
शेर्पा, करिब ८२ देशको भ्रमणका क्रममा विश्वका एउटा कुनै देशमा साइकलमा कुद्दै छन्। उनी
यूएई आउँछन् आउन्नन् भविष्यमै थाहा होला। प्रसंग भने भर्खरै यूएई आएका अर्का विश्व
साइकल यात्री सौरभ दाहालको। यहाँ आउनुअघि कतारमा धुमधामसाथ सम्मान अनि भव्य स्वागत
भयो उनको। नेपालका विशिष्ट व्यक्तिहरूलाई झैं वरिपरि स्कटिङ गर्दै कतारका केही गल्लीमा
साइकल कुदाए उनले। कतारका नेपालीबाट मनग्य सयहोग पनि भयो। चाहिएको जस्तो
साइकल पनि प्राप्त गरे। करिब दुई साता मिडियामा छाइरहे। फेसबुकका वालहरूमा उनकै
मात्र पोस्ट आइरहे। कतारबाट सम्पर्क भयो, यूएई आउन सहयोग गर्नुपर्यो भनेर। उनलाई दुई
हप्ताका लागि निम्ता गरियो।
अप्रिल १० राति करिब ३ बजे उनलाई दुबईको एयरपोर्टमा एनआरएन एनसीसीका अध्यक्ष चन्द्र
रोकाहाले रिसिभ गरे। अनि दुबईमा बस्ने व्यवस्था गरे। अप्रिल ११ बिहानै फोन आयो, म सौरभ
दाहाल, स्वागत छ यूएईमा भने। अनि उनले भन्न थाले, ‘यो त केटारी खेलाई स्वागत भयो, कस्तो
तामझामसाथ यूएई आउने विचार थियो। यस्तो हुन्थ्यो भने त म आउने थिइनँ। एनआरएनले
सहयोग गर्छु त भन्यो तर खै, खाना छैन, बस्न राम्रो छैन।’
खाडी राष्ट्रहरूमा प्रायः नेपाली रोजीरोटीका लागि नै भित्रेका हुन्छन् र बिहानै मिर्मिरेमा
ड्युटीमा जानुपर्ने वाध्यता हुन्छ। उनलाई कस्तो खालको सम्मान चाहिएको हो, उनी आफै जानुन्।
‘मलाई कतारमा यस्तो गरेका थिए, नेपालीहरू फूल माला लिएर एयरपोर्टसम्म लिन र छोड्न
आएका थिए। एक दिन पनि नेपालीहरूले मलाई साथ छोडेनन्, सम्मान त कति हो कति,
साइकलिङ गर्दा पनि वरिपरि गाडीले स्कटिङ गरेको थियो, आर्थिक सहयोग धेरै भयो। लन्डन,
जापान, फिलिपिन्स आदिमा पनि यस्तै खालका सहयोग भए, खै यूएईमा?’ उनी यसो भन्थे।
दाहालले भने, ‘मलाई सम्मान गर्दा प्रशंसापत्र र खादाले होइन आर्थिकले सम्मान गर्नुपर्छ, मेरो
लागि त्यो नै सम्मान हो।’ दुई दिन दुबईको बसाइमा फोनमा कुराकानी हुँदा प्रायः आफूले
यूएईमा सम्मान नपाएको गुनासो मात्र पोखे। आएको दुई दिन भाको छैन, यूएईका नेपालीहरूले
डिउटी गर्ने कि उनलाई सम्मान तथा आर्थिक सहयोग गर्न जाने। बेलुका दुबईमा पत्थरी युवा
समाजले सम्मान गर्यो, उनले भने ‘यहाँ त सम्मान गर्यो तर कस्तो खालको सम्मान मलाई
नै थाहा भएन। खादा ओढाइदियो प्रमाणपत्र मात्र, मलाई यो चाहिएको होइन।’
अर्को दिन अबुधाबीमा कार्यक्रम हुँदै थियो। उनलाई अबुधाबी आउन जोड गरें। १२ बजे
दुबईबाट ट्याक्सीमा अबुधाबी आए। ताकि दुबईबाट ठूलाठूला दुबई ट्रान्सपोर्टका बसहरू
लाग्छन्। अनुरोध गरेको भए अवश्य उनीहरूले साइकल बसको डिक्कीमा राखिदिन्थे। २५
दिराम्समा हुने काम उनले १५० दिराम्स खर्च गरी अबुधाबी आए। उनलाई बसपार्कबाट साइकलमा
डोराउँदै नेपाली राजदूतावाससम्म लगें। साइकल चलाउनुभन्दा ‘अहिले गर्मी छ अलि मिल्दैन’ भने।
बीचमा यसरी डोराएर जान नसुहाएको भन्दै साइकल कुदाउन लगाएँ। जब साइकल कुदाउन
थाले ‘फोटो खिचिहाल्नुहोस् त फेसबुकमा अपडेट गरिहाल्नुपर्छ,’ भन्थे।
दाहालसँगै म पनि राजदूत धनन्जय झाको कक्षमा गएँ। दाहालले कुरा निकाले, ‘म विश्व
साइकल यात्री, नेपाललाई चिनाउन विश्वमा हिँडेको, बुद्ध नेपालमा जन्मेका हुन् आदि इत्यादि।’
राजदूतले सोधे, ‘कसरी नेपाललाई विश्वमा चिनाउनुहुन्छ? नेपाल त आफैं चिनिएको छ नि।’
‘होइन धेरै देशमा नेपाल भनेको कहाँ हो थाहा छैन, म नेपाल भनेको यस्तो देश हो भनेर
चिनाउँछु,’ दाहालले भने। राजदूतले भने, ‘आधुनिक युगमा साइकलमा डुल्दै नेपाल चिनाउनु जरुरत
छैन।’ उनले भने, ‘वास्तवमा म विश्व साइकल यात्री पनि होइन, साइकल मेरो माध्यम मात्र हो।’
अप्रिल १३ शुक्रबार यूएईको राजधानीमा प्रवासी नेपाली संघको कार्यक्रम हुँदै थियो। कार्यक्रमलाई
सम्बोधन गर्न केपी ओली आउँदै थिए। उक्त कार्यक्रममा दाहाल पनि पुगेका थिए। त्यहाँ
ओलीले उनको भव्य प्रशंसा गरिदिए। आयोजक साथीहरूलाई त्यहाँ उपस्थित भएका नेपालीबाट
सयहोगका लागि अनुरोध गरिदिए। एकैक्षणमा करिब ४० हजार नेपाली रुपैयाँ जम्मा भयो।
ओलीको हातबाट पैसा हस्तान्तरण पनि भयो। कार्यक्रम सकिएपछि उनलाई लिएर कोठामा
गएँ। भोलिपल्ट बेलुकी ५ बजे करैले साइकल लिएर घुम्न जाउँ्क भनी साथीहरूसँग कर्निस
गयौं। साथीहरूले फोटो खिच्न खोजे। दाहालले भने सडकको छेउमा उभिएर साइकल चलाएजस्तै
गरी फोटो खिच्न भने। कर्निसको साइकल कुदाउने रोड करिब २० किलोमिटर थियो। उनले
कहीं कुदाउने मनै गरेनन्। ४५ वटा राष्ट्र भ्रमण गर्दा कसरी ६८ हजार किलो मिटर पुग्छ? धेरै
ठाउँमा त प्लेनबाटै रहेछ यात्रा? हामीले सोध्यौं। उनले भने, ‘भारतमा सबैभन्दा बढी किलोमिटर
यात्रा गरेको छु। लगभग सबै प्रान्तहरू डुलेको हुनाले यति धेरै हुन आएको हो।’
साँझ ८ बजे सबैजना कोठामा फिर्ता गयौं। आइतबार डिउटी भएको हुनाले म बिहानै गएँ।
साथीहरूले फोन गर्दै भन्न थाले, ‘कस्ता खालका साइकल यात्री हुन्, वाक्क लगाइसके। विश्व
साइकल यात्री साइकल त कुदाउने हैन रहेछ बोकाउने रैछन्।’ चार दिन बसेर दुबई फर्कने
बेला ट्याक्सीमै गए। त्यही दिन बेलुका साइकल ट्याक्सीमै राखी विश्वको अग्लो टावर बुर्ज
खलिफा, दुबई मल पुगेछन्। अर्को दिन दुबईको पार्कमा साइकल लिएर निस्केछन्। चितवन
समाजले नेपाली ४ हजार सहयोग गरेछ। त्यही दिन एकता समाजले सम्मान गर्यो। थाहा थियो
मलाई, उनले ती सबै कुरा भन्नेछन् भनेर। भोलिपल्ट फोन गरे, ‘कस्तो खालको सहयोग हो
यो? कतारमा एनआरएनले करिब ५ हजार सहयोग गर्यो। यूकेलगायत देशमा एनआरएनले
धेरै सहयोग गर्यो। तर खै यहाँको एनआरएनले कागजको खोस्टा मात्र दिएर सम्मान गर्ने हो
कि? आर्थिक पनि?’
यूएईका एनआरएन अध्यक्षले ओमानका अध्यक्षसँग भिसाको बारेमा कुरा चलाउँदै थिए,
दाहालले बारम्बार भन्दै थिए भिसा खै। २३ अप्रिल उनको अन्तिम दिन थियो। २२ बिहानसम्म
ओमानको भिसा निस्केको थिएन, प्रक्रियामै थियो। २२ अप्रिल १२ बजे नेपाल जाने टिकट
खरिद गरे। एनसीसी अध्यक्ष चन्द्र रोकाहा र ट्राभल्सका एकेन्द्र थापाले टिकट लिइदिए।
दाहालले रोकाहालाई धम्कीपूर्ण तरिकाले च्याट गर्दै भनेछन्, ‘मलाई सहयोगको जरुरत पर्दैन,
ओमानमा कुराकानी गर्नुभएको भए पनि क्यान्सिल गर्नुहोला। अब के—के गर्नुपर्छ, म गर्नेछु। नेपाल
गएर कान्तिपुरलगायत अन्य मिडियामा यहाँको एनआरएनले सहयोग नगरेको बारेमा बोल्नेछु।
यहाँ जस्तो मैले कुनै देशमा पनि भोगेको थिइनँ। यस्तो थाहा पाएको भए आउने थिइनँ।’
२३ अप्रिल बिहान १० बजे ओमानको भिसा निस्कियो। उनलाई यो खबर गर्दा धेरैपटक ‘सरी’
भनिरहे। रोकाहाले नेपालमै भिसा पठाइदिन्छु भने। उनी १२ बजे नेपाल लागे। नेपाल जाने
टिकट नलिएको भए अहिले उनी ओमानमा हुन्थे होला। जाने बेलामा धन्यवाद दिएर त गए तर
उनको २ हप्ते यूएई बसाइ म र धेरैलाई ‘यातना’ नै भयो। अहिले पनि साथीहरू सोध्छन्, ‘तिम्रो
विश्व साइकल यात्री कहाँ छन्?’ अनि, सबैले यो पनि भन्छन्, ‘उनलाई सहयोग गर्नुभन्दा आपत
विपतमा परेका नेपालीलाई सहयोग गरेको भए पुण्य हुने रहेछ।’
प्रथम प्रकाशितः कान्तिपुर प्रवास साप्ताहिक, २८ वैशाख २०६९
(लेखक एनआरएन युएइका मिडिया संयोजक हुन्)