पूर्वसभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न रहेको आरोपमा आज हककी पत्नी नुरजहाँलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलीले कल्याणपुर गाविस–२
स्थित हकको घरबाट ५० वर्षीया नुरजहाँलाई पक्राउ गरेको हो।
यसअघि हिजो मात्र प्रहरीले हककी छोरी १९ वर्षीया रुवेदा खातुनलाई
कल्याणपुर गाविस–२ स्थित घरबाट र हत्यामा प्रत्यक्ष संलग्न सिरहाको चतरी
गाविस–६ घर भई लहान नगरपालिका–५ पानीट्याङ्की बस्ने ४० वर्षीय अब्दुल
रउफलाई लहानबाट पक्राउ गरेको थियो।

हत्यामा संलग्न रुवेदाका प्रेमी लहान–५ का ३७ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३२ वर्षीय एनुल शेख भने फरार रहेका छन्।
रुवेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहे पनि बुबा हकको
सहमति नभएपछि प्रेममा बाधक बनेको ठानेर दुवैले मिली हकको हत्या गरेको
अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले बरामद गरेको पूर्वसभासद् हकको मोबाइल, सिमकार्ड र पकेट चक्कुका
आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी सफल भएको बताइएको छ।
अभियुक्तहरुले पाँच महिनाअघि हकको हत्या गर्ने योजना बनाएको र घटनाभन्दा १५
दिनअघि योजनालाई तीव्रता दिएका थिए। योजनाअनुरुप छोरी रुवेदाले बुबाको
हरेक गतिविधिबारे पे्रमी जमिरुललाई खबर गर्ने गरेको अनुसन्धानले देखाएको
छ।
अनुसन्धानका क्रममा जेठ ५ गते बिहान ६ बजे सिरहाको भगवानपुरको
गम्हरियास्थित एनुलको ससुराली घरमा बनेको योजनअनुरुप जमिरुल, एनुल र रउफ
अपराह्न कल्याणपुर आए पनि अनुकूलता नमिलेपछि राति १ बजे लहान फर्केका थिए।
जेठ ६ गते राति पूर्वसभासद् हक पेट्रोलपम्पमा एक्लै सुतेको खबर छोरी
रुवेदाबाट उनीहरुले पाएपछि राति ९ः३० बजे लहानबाट मोटरसाइकलमा आई
पेट्रोलपम्पमा उनीहरुले हकको हत्या गरेको प्रहरीनायब महानिरीक्षक खत्रीले
बताए ।
प्रहरीले आज कर्तव्यज्यान मुद्दा दर्ता गर्दै अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने जनाएको छ।
- - अन्दाजि १ बर्ष पहिला मोहम्मद जमिरुल शेख मृतकको जेठी छोरीको उपचारको लागि मृतकको घरमा आए पश्चात माहिली छोरी रुबेदा खातुनसँग सम्पर्कमा रहेको ।
- - मोहम्मद जमिरुल शेखसँग रुबेदा खातुनले घर परिवारको जानकारीबिना २०६९ फाल्गुण महिनामा रौतहटमा गइ निकाह गरेको ।
- - मृतक शदरुल हक उक्त कुरामा सहमत नभई रुबेदा खातुनको अन्य ब्यक्तिसँग बिवाह गर्ने कुरा गर्नुको साथै निज छोरीलाई गाली गर्ने गरेको ।
- - मृतकको श्रीमती नुरजहांसँग पनि आर्थिक कुरामा पनि बेला बेलामा झगडा हुने गरेको ।
- - करिब ५ महिना अगाडि देखि रुबेदा खातुन, नुरजहां र मोहम्मद जमिरुल शेख मिलेर शदरुल मिया हक को हत्या गर्ने योजना बनाएको ।
- - हत्या योजना कार्बान्यन गर्नको लागि भारतबाट पेशेवर अपराधि ल्याउने जिम्मा मोहम्मद जमिरुल शेखले लिएको ।
- - करिब १५ दिन अगाडि श्रीमती नुरजहांसंग झगडा पश्चात मृतक घरमा नसुति नजिकै रहेको पेट्रोल पम्पमा सुत्ने गरेको ।
- - मृतकको गतिबिधि सम्बन्धमा रुबेदा खातुनले मोहम्मद जमिरुल शेख लाई जानकारी दिने गरेको ।
- - हत्याको करिब १५ दिन अगाडि देखि मोहम्मद जमिरुल शेखले एनुल शेख र अब्दुल रउफलाई सम्पर्क गरि हत्याको लागि सहमत गरेको ।
- - हत्याको करिब ५ दिन अगाडि देखि लगातार मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ कल्याणपुरमा आई निजको घर, पेट्रोल पम्प तथा इट्टा भट्टाको भौगोलिक अवस्थाको जानकारी लिएको ।
- - मिति २०६९/०२/०५ गते बिहान सिराहाको भगवानपुर गमरिया स्थित एनुल शेख बस्ने गरेको निजको ससुरालिको घरमा गै सोहि राति शदरुल मिया हकको हत्या गर्ने योजना गरेको ।
- - योजना मुताविक मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ बेलुकिको अन्दाजि ६ बजे कल्याणपुरमा आई बसेकोमा अनुकुल समय नमिलेपछि रातको अन्दाजि १ बजे लहान तर्फ फिर्ता भएको ।
- - पुन भोलिपल्ट मिति २०७०/०२/०६ गते शदरुल हक पेट्रोल पम्पमा सुत्नको लागि गएपछि रुबेदा खातुनले मोहम्मद जमिरुल शेखलाइ रातको अन्दाजि २१.१० बजे जानकारि दिएपश्चात निजहरु २१.३० बजे लहान बाट मोटरसाइकलमा कल्याणपुरमा आएको
- - रातको अन्दाजि २२.३० बजे निजहरु पेट्रोल पम्पमा प्रबेश गरि अन्दाजि ००.३० सम्ममा निज शदरुल मिया हकको हत्या गरेको
- - हत्या पश्चात शदरुल मिया हकको दुईवटै मोबाईल फोन लिएर निजहरु अन्दाजि ०१.४५ बजे लहान तर्फ फर्केको
- - अनुसन्धान पश्चात मिति २०७०/०२/२३ गते अब्दुल रउफलाई पक्राउ गरि निजको घरबाट मृतकको रातो रंगको Nokia c2 00 mobile बरामद गरिएको ।
- - मिति २०७०/०२/२३ गते नै मृतकको छोरी रुबेदा खातुनलाई पक्राउ गरिएको ।
- - मिति २०७०/०२/२४ गते मृतकको श्रीमती नुरजहांलाई पक्राउ गरिएको ।