बाह्र वर्षअघि ०५८ साल जेठ १९ गते राति नारायणहिटीमा भएको राजा वीरेन्द्रको वंश विनासको घटना अहिले पनि रहरस्यमय रहेको बताइने गरेको छ । घटनामा तत्कालीन युवराज दीपेन्द्रको संलग्नता रहेको चश्मदीतहरुले बताए पनि जनस्तरबाट अनेकन शंका गरिँदै आएको छ । त्यतिबेलाको घटनाबारे अन्य सत्यतथ्य फेला नपरे पनि तत्कालीन प्रधानन्यायधीश केदारनाथ उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटको छानविन समितिले धेरै तथ्यहरु संकलन गरेको थियो । तीमध्ये घटनास्थलमा खिचिएका तस्वीर पनि उल्लेखनीय छन् ।

घटनामा तत्कालीन युवराज दीपेन्द्रले प्रयोग गरेको भनिएका हतियार, उनले आत्महत्या गरी पोखरीमा फालेको भनिएको पेस्तोल, सिँढीमा रानी ऐश्वर्यको रगत, वीरेन्द्रको चश्मा, टोपी र कपडा लगायत विभिन्न सामाग्रीहरुको तस्वीर छानविन समितिले लिएको थियो । त्यसैगरी घटनाबारे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सेनापति, प्रहरी प्रमुख, दीपेन्द्रकी प्रेमिका देवयानीका पिता पशुपति समशेर समेतको छानविन समितिले वयान लिएको थियो । दरबार हत्याकाण्डबारे छानविन समितिले खिचेका केही दृश्य यस्ता छन् :

दीपेन्द्रले फालेको भनिएको हतियार पोखरीबाट निकालिँदै
घटनामा प्रयोग भएको स्वचालित हतियार
घटनाबारे ज्ञानेन्द्रपत्नी कोमलसँग अस्पतालमै बयान लिंदै समिति सदस्य तारानाथ रानाभाट
समितिलाई बयान दिंदै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
समितिलाई बयान दिंदै देवयानीका बुबाआमा
समितिलाई बयान दिंदै तत्कालिन प्रधानसेनापति प्रज्वलसमशेर जबरा
समितिलाई बयान दिंदै तत्कालिन राजपरिषद् स्थायी समिति सभापति केशरजंग रायमाझी
तस्वीर सौजन्य : श्रीप्रसाद पण्डित/ उच्चस्तरीय छानविन समिति