फोटो पत्रकार शैलेन्द्र खरेलको तस्बिर फोटो अफ दी इयर २०६९ घोषित भएको छ । फोटो पत्रकार क्लबले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०६९ मा खरेलको तस्बिर उत्कृष्ट भएको हो ।
फोटो पत्रकार क्लबले आयोजना गरेको फोटो प्रतियोगिता २०६९ मा फोटोपत्रकार शैलेन्द्र खरेलको तस्बिरले फोटो अफ दी इयर २०६९को उपाधि हात पारेको छ। उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । खरेलले फोटो स्टोरी र शिखर सु न्युज विधाको पनि उपाधि जिते ।
यसपालि शैलेन्द्र खरेलले तीनवटा उपाधि जितेका छन्। अन्य विधालाई पछि पार्दै 'दैनिक जनजीवन' बिधामा शैलेन्द्र खरेलले दर्ता गराएको फोटो फोटो अफ दी इयर' घोषित भएको छ। उनैले फोटो स्टोरी र न्युज विधाको पनि उपाधि जिते।
यसैगरी दैनिक जनजीवनमा सुरज श्रेष्ठको फोटोले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेको छ भने पद्यमसागर कक्षपतिको फोटो दोस्रो तथा दिवाकर मास्केको फोटो तेस्रो भएको छ। 'संस्कृति तथा पर्यटन' मा संजोग मानन्धरले उपाधि जित्दा विशाल गौतमको फोटो दोस्रो तथा रजेन्द्र केसीको फोटोले तेस्रो स्थान हासिल गरेको छ।
'नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर'मा दीपेन्द्र महर्जनको फोटो विजेता बन्दा यात्रा थुलुङको फोटो उपविजेता भयो भने दिनेश गोलेको फोटो तेस्रो भयो। 'शिखर सु न्यूज फोटो'मा शैलेन्द्र खरेल विजेता, अशोक दुलाल उपविजेता तथा नीरञ्जन श्रेष्ठको फोटो तेस्रो भए। 'स्पोर्टस'मा पार्वती लामाको फोटोले उपाधि जित्दा सञ्जिवकुमार मोक्तानको फोटो दोस्रो तथा मनिश पौडेलको फोटो तेस्रो भए। नेपाल स्माईलमा सिजन कार्कीको फोटोले उपाधि जित्यो भने निश्चल ओलीको फोटो दोस्रो तथा नारायण महर्जनको फोटो तेस्रो भयो। त्यस्तै 'फोटो स्टोरी'मा शैलेन्द्र खरेलका फोटोहरु विजेता बन्दा वीरेन्द्र बज्राचार्यका फोटो उपविजेता तथा किरण पाण्डेका फोटोहरु तेस्रो भए। मुख्य उपाधिसँगै दुई विधामा उपाधि जित्ने शैलेन्द्र यो वर्षका एकमात्र प्रतियोगी हुन।
निर्णायक चरणबाट छानिएका १ सय ५१ फोटोलाई काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ। फोटो अफ द इयर विजेताले नगद १ लाख रुपैया“ पुरस्कार पाउनेछन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन्। काठमाडौंमा यही असार २६ देखि ३० गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ।
नेपाल फोटो प्रतियोगितामा समावेश सात विधाअन्तर्गत दैनिक जनजीवनमा १ हजार ७ सय ३५, संस्कृति तथा पर्यटनमा १ हजार ६ सय ३, नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचरमा १ हजार ५ सय ४१, न्यूज फोटोमा ३ सय ८५,स्पोर्टसमा ३ सय ३७, नेपाल स्माईलमा ९ सय ९८ र मा ९ सय ५० फोटो प्रतिस्पर्धामा थिए।
देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरण दक्षिण एसियाकै वरिष्ठ फोटोपत्रकार भारतका रघु राईको उपस्थितिमा बिहीबार काठमाडौंमा भएको थियो। प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ७ हजार ५ सय ४९ फोटो प्राप्त भएका थिए। दुई दिन चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ५१ फोटो छानिएका छन्। छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिएको छ भने सर्वोत्कृष्ट एक फोटोलाई फोटो अफ दी इयर' चयन गरिएको हो ।
देशभरबाट यसपालीको प्रतियोगितालाई ९ सय ३८ व्यवसायिक र एमेच्योर फोटोग्राफरले ७ हजार ५ सय ४९ फोटो पठाएका थिए। वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार अध्यक्ष रहेको निर्णायक मण्डलमा भारतका वरिष्ठ फोटोपत्रकार रधु राई, बरिष्ठ फोटोग्राफर मणी लामा, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र फोटो पत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा थिए।
फोटो अफ द इयर :शैलेन्द्र खरेल
कल्चर एण्ड टुरीजम विधामा पहिलो हुने फोटो : संजोग मानन्धर
कल्चर एण्ड टुरीजम विधामा दोस्रो हुने फोटो । तस्विर :बिशाल गौतम
कल्चर एण्ड टुरीजम विधामा तेस्रो हुने फोटो । तस्विर :रजेन्द्र केसी
दैनिक जीवन विधामा पहिलो हुने फोटो । तस्विर : सुरज श्रेष्ठ
दैनिक जीवन विधामा दोस्रो हुने फोटो । तस्विर : पद्मसागर कक्षपती
दैनिक जीवन विधामा तेस्रो हुने फोटो । तस्विर : दिवाकर मास्के
दैनिक जीवन विधामा तेस्रो हुने फोटो । तस्विर : दिवाकर मास्के
प्रकृति र वन्यजीवन विधामा पहिलो हुने फोटो । तस्विर: दिपेन्द्र महर्जन
प्रकृति र वन्यजीवन विधामा दोस्रो हुने फोटो । तस्विर: यात्रा थुलुङ
नेपाल स्माइलमा पहिलो स्थान पाउने फोटो : सिजन कार्की
प्रकृति र वन्यजीवन विधामा तेस्रो हुने फोटो । तस्विर: दिनेश गोले
नेपाल स्माइलमा दोस्रो स्थान पाउने फोटो : निश्चल ओली
नेपाल स्माइलमा तेस्रो स्थान पाउने फोटो : नारायण महर्जन
फोटो कथा विधामा पहिलो स्थान प्राप्त फोटो । तस्विर: शैलेन्द्र खरेल
फोटो कथा विधामा दोस्रो स्थान प्राप्त फोटो । तस्विर: विरेन्द्र बज्राचार्य
फोटो कथा विधामा तेस्रो स्थान प्राप्त फोटो । तस्विर: किरण पाण्डे
खेलकुद विधामा पहिलो हुने फोटो । तस्विर: पार्वती लामा
खेलकुद विधामा दोस्रो हुने फोटो । तस्विर: सञ्जिबकुमार मोक्तान
खेलकुद विधामा तेस्रो हुने फोटो । तस्विर: मनिष पौडेल
समाचारविधामा पहिलो हुने फोटो । तस्विर: शैलेन्द्र खरेल
समाचारविधामा दोस्रो हुने फोटो । तस्विर: अशोक दुलाल
समाचारविधामा तेस्रो हुने फोटो । तस्विर: निरञ्जन श्रेष्ठ