मानिस मानिससँग मात्र होइन जनावरसँग पनि
खुबै रमाउँछ । बलिउड नायक अमिताभ बच्चनको साथी पनि मानिस नभई कुकुर थियो ।
घरमा रहदा अमिताभ कुकुरसँग धेरै पल बिताउँथे । घर भित्र अमिताभ उक्त
कुकुरको खुबै स्याहार पनि गर्थे ।
तर
अब उनका लागि यो विगत भएको छ । भारतिय संचारमाध्यहरुका अनुसार अमिताभ
बच्चनको निक्कै नजिकको साथी कुकुरको निधन भएपछि उनी चिन्तित छन् । आफ्नो
ब्लगमा अमिताभले कुकरसँग रमाएका थुप्रै क्षणका तस्बिहरु प्रकाशित गर्दै
आएका छन् । सात बर्षको यो कुकुरको नाम पिराना डेन ब्रीड के शेनाँक हो ।
शेनाँक बलिउडका थुप्रै कलाकारका लागि पनि पि्रय थियो ।

शेनाँकको निधन भएपछि अमिताभ स्तब्ध भएका
छन् । अहिले बलिउडमा शेनाँकको निधनले चर्चा पाएको छ । अमिताभ बच्चनले छोरा
अभिषेक बच्चनलाई सन् २००६ मा शेनाँक गिफ्ट दिएका थिए ।