आईपिएल फिक्सिङ्ग विवादको घेरामा रहेका राज कुन्द्राको जीवनकहानी कुनै
परिको कथाभन्दा कम छैन्, जम्मा १८ वर्षको उमेरमा व्यापारमा प्रवेश गरेका
कुन्द्रा अहिले अर्बपती छन्, बेलायत, दुवई, भारत, अफ्रिकासम्म व्यापार
विस्तार गरेका छन्, तिनै कुन्द्राको व्यवसायिक जीवन भने नेपालबाट सुरु भएको
थियो । कुन्द्राका पिता लण्डनमा बसका सहचालक थिए, उनले एउटा सानो पसलको
सुरुवात गरे, आमाले त्यही पसलमा सहायकको रुपमा काम गरिन् । कुन्द्रा आफैले
१२ कक्षाभन्दा बढी पढ्ेनन् । कक्षाबाट ‘ड्रपआउट’ भएपछि सन् १९९० मा उनी
दुवई र नेपालको यात्रामा आए ।
उनको वेवसाइटलाई आधार मान्ने हो भने, कुन्द्राले नेपालमा पश्मिना सलको ‘डिस्कभरी’ गरे, उनले केही थान पश्मिना लिएर लण्डन गए, त्यहाँका ठूला स्टोरमा पश्मिनाको स्याम्पल देखाए । ठूला स्टोरबाट पश्मिनाको माग बढ्न थाल्यो, उनको लण्डन–नेपाल यात्रा अब व्यवसायिक बन्यो ।
ठीक त्यही बेला बेलायतको राजपरिवारमा पश्मिनाको क्रेज देखिन थाल्यो, पश्मिना सल ओडेका बेलयाती राजपरिवारको तस्वीरहरु स्थानीय पत्रिकामा छापिन थाल्यो । नेपाली पश्मिना हाते तानबाट मेशिनरी उत्पादन बन्न थाले । युरोपमा बढ्दो क्रेजले नेपालमा पश्मिनाको व्यापार दिन दुई गुणा, रात चार गुणा हुन थाल्यो ।
स्याम्पलका लागि केही पिस पश्मिना लगेका राजले अब नेपालबाट कन्टेनरका कन्टेनर पश्मिना मगाउन थाले, उनले लाख होइन्, करोड होइन, अर्बौं रुपैयाँ कमाए । कुन्द्रा पश्मिनाको व्यापारसँगै हिराको व्यापारमा जोडिए, उनको कारोवार बेल्जियम पुग्यो, रुसमा विस्तार भयो ।
नेपालबाट पश्मिना खरिद गरेर बेलायतमा विक्री गर्ने कुन्द्रा एउटा यस्ता प्रवासी भारतीय बने जसले १८ वर्षको उमेरमा व्यापारमा प्रवेश गरेर र अर्को एक दशकमा भारतबाट लण्डन पुग्ने दुई सय धनीको सूचीमा नाम बनाए । सन् २००४मा बेलायतको ‘सक्सेस’ पत्रिकाले एसियाली मूलका सबैभन्दा धनीको १ सय ९८ औं स्थानमा उनको नाम राखेको थियो, त्यतिवेला २९ वर्षका राज धनीको सूचीमा सबैभन्दा युवा थिए ।
अहिले उनी दर्जन ठूला कम्पनीका मालिक बनेका छन्, उनको घरजग्गा कारोवार गर्ने गु्रपको डेभलपर्स कम्पनी छ, यो कम्पनी भारतका आठ ठूला शहरमा कारोवार गर्छ, उनको अर्को कम्पनी अश्विनी स्टिलले कवाडी सामानबाट स्टिल बनाउँछ । टिएमटि ग्लोबल कम्पनी सेयर बजारको मूल्य प्रक्षेपण गर्दछ ।
इसेन्सियल स्पोर्टस एण्ड मिडिया खेलसम्वन्धि वस्तुको उत्पादन र विक्रीमा संलग्न छ, आइकोनिक इन्भेष्टमेन्टले इक्विटी बजारमा निजी फण्ड ट्रेडिङ्गको काम गर्दछ । गोल्ड गेट ट्रेडिङ्ग दुवईमा आधारित व्यापार र लगानीसम्वन्धी कुन्द्राको कम्पनी हो । कुन्द्रा राजस्थान रोयल्स मात्र होइन सुपर फाइट लिगका समेत मालिक हुन् । यसबाहेक उनको दुवईस्थि बु्रज खालिफामा सम्पत्ती छ । लण्डन र मुम्बईमा बंगलाहरु छन्, उनी पछिल्लो तीन वर्षदेखि फिल्मकार अमिताभ बच्चनको छिमेकी बनेर समुद्री तटमा फर्किएको बंगलामा बस्छन् । कुनै बेला कुन्द्राको घरको इन्टेरियर सुसाने रोशनले गरेकी थिइन्, अहिले उनले त्यसका लागि कुन्द्रा एण्ड कुन्द्रा फर्म खोलेका छन् । तिव्र गतिका कारका सौखिन राजसँग लम्र्बोगिनी गाडी समेत छ ।
मैले यसरी नेपालबाट कमाएँ पैसाः राजको वेवसाइटबाट राखिएको जानकारी
तर तिनै कुन्द्रा अहिले इन्डियन प्रिमियर लिग(आइपिएल)मा सट्टा लगाएपछि विवादमा तानिउका छन् । कुन्द्रा बलिउड नायिका शिल्पा सेठ्ठीका पति हुन्, प्रहरीले उनको पासपोर्ट समेत जफत गरिसकेको छ । दिल्ली पुलिस प्रमुख निरज कुमारले कुन्द्रा र सेठ्ठी मिलेर आफ्नो टिमलाई नै सट्टेवाजीमा प्रयोग गरेको जानकारी दिएका छन् तर उनीहरु दुवैले यो आरोपको खण्डन गरिरहेका छन् ।
राजस्थान रोयल्सले कुन्द्रा दोषी भए उनको सेयर जफत गरेर उनीहरुलाई निष्कासन गरिने जानकारी दिइसकेको छ । सन् २००७ मा उनले पहिलो पत्नी कवितासँग डिभोर्स गरे, बेलायतको टेलिभिजन शो विगबद्ररमा भाग लिन गएकी सिल्पासँग कुन्द्राको त्यति वेलै भेट भयो । यो भेटले उनीहरुको सम्वन्धलाई जोड्यो । सन् २००९मा शिल्पा र कुन्द्रावीच विवाह भयो र उनीहरुले राजस्थान रोयल्सको ११ दशमलब ७ प्रतिशत हिस्सा किने । कुन्द्राको एक छोरा छन् भने उनले शिल्पा सेठ्ठी फाउन्डेसनबाट सामाजिक काम पनि गर्दै आएका छन् ।
कुन्द्राको वेभसाइट र अन्य अनलाईनको सहयोगमा