क. डिपोजिटरी प्रणाली
१. डिपोजिटरी भनेको को हो ?
डिपोजिटरी भन्नाले धितोपत्र बजारमा सूचिकृत भएका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने, वितरण वा बाँडफाँड भएका धितोपत्र वा उपकरणहरु सम्बन्धित धितोपत्रधनीबाट आफ्नो जिम्मामा लिई धितोपत्रधनीहरुको धितोपत्र सम्बन्धी हितग्राही खाता खोल्ने तथा धितोपत्र वा उपकरणहरुको नामसारी वा खातामा अभिलेख राख्ने कम्पनी हो ।
२. सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससि) कस्तो कम्पनी हो ?
सिडिएससि कम्पनी ऐन २०६३ अन्तर्गत वि.सं. २०६७ सालमा धितोपत्रहरुको अभौतिकीकरण सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको नेपालको एक मात्र डिपोजिटरी कम्पनी हो । नेपाल स्टक एक्स्चेन्ज लि.को पूर्ण स्वामित्व भएको यस कम्पनीको अधिकृत पूँजी रु. ५० करोड र जारी पूँजी रु. ३० करोड रहेको छ ।
३. सिडिएससिको उद्देश्य के हो ?
सिडिएससिको मुख्य उद्देश्य धितोपत्रहरु (शेयर, अग्राधिकार शेयर, डिबेन्चर, बण्ड, सरकारी ऋणपत्रहरु आदि) अभौतिकीकरण गर्ने र खरिदकर्ताहरुको नाममा निक्षेप गरी कारोबारको अभिलेख राखी अद्यावधिक सेवा उपलब्ध गराउने रहेको छ ।
४. सिडिएससिले प्रदान गर्ने सेवाहरु के–के हुन् ?
- सिडिएससिले देहाय बमोजिमका सेवाहरु प्रदान गर्छ:
- धितोपत्रहरुको निक्षेप, भुक्तानी र हस्तान्तरण गर्ने,
- प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रहरु हितग्राहीको खातामा प्रत्यक्ष रुपमा अभौतिकीकरण गरी जम्मा गर्ने,
- हितग्राहीहरुका धितोपत्रहरुलाई विद्युतीय रुपमा सुरक्षित साथ राख्ने र पुस्तकीय प्रविष्टिको आधारमा सम्बन्धित हितग्राही खातामा डेबिट/क्रेडिट गरी हिसाब खाता तयार गर्ने,
- निष्काशनकर्ताहरुलाई प्राथमिक निष्काशन (IPO) र संस्थागत गतिविधि तथा लाभहरुको छिटो छरितो वितरण गर्ने,
- हितग्राहीहरुलाई धितोपत्रको धितो बन्धकी राख्न तथा बन्धकी रोक्का फुकुवाको सेवा प्रदान गर्ने,
- निष्काशनकर्ताहरुको धितोपत्रको हिसाबमिलान (Reconciliation) सेवा प्रदान गर्ने र अद्यावधिक विवरण उपलब्ध गराउने ।
अभौतिकीकरण (डिम्याट्) भन्नाले कागजी अवस्थामा रहेको भौतिक धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख राख्ने कार्य हो ।
६. डिम्याट् खाता खोल्नुका उद्देश्यहरु के–के हुन् ?
डिम्याट् खाता खोल्नुका उद्देश्यहरु देहाय बमोजिम छन्:
- भौतिक धितोपत्रहरुलाई विद्युतीय पद्घतिमा परिवर्तन गर्न,
- नेपाल स्टक एक्स्चेन्ज लि.मा भएका धितोपत्रहरुको खरिद/बिक्री कारोबारहरुलाई अभौतिक रुपमा प्राप्त÷हस्तान्तरण गर्न,
- IPO बाट प्राप्त धितोपत्रहरु वा संस्थागत गतिविधि जस्तैः हकप्रद निष्काशन, बोनस निष्काशन, मर्जर इत्यादिलाई अभौतिक रुपमा जम्मा गर्न,
- डिम्याट् खातामा ग्रहण गरेका अभौतिक धितोपत्रहरुको खाताको फाँटवारी प्राप्त गर्र्न,
- डिम्याट् खातामा भएका धितोपत्रहरुको धितो बन्धकी राख्न,
- डिम्याट् खातामा भएका धितोपत्रहरुको पुनःभौतिकीकरण गर्न ।
७. हितग्राही को हुन् ?
हितग्राही भन्नाले DP मार्फत् सिडिएससिमा धितोपत्र वा उपकरण निक्षेप गर्न हितग्राही खाता खोलेका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र वा उपकरण ग्रहण गरेका व्यक्ति हुन् ।
८. निक्षेप सदस्य को हुन् ?
निक्षेप सदस्य भन्नाले नेपाल धितोपत्र बोर्डबाट दर्ता प्रमाणपत्र लिई सिडिएससिसंग सदस्यता लिएका धितोपत्र व्यवसायी वा संगठित संस्था हुन् ।
निक्षेप सदस्य हुनको लागि देहाय बमोजिमको योग्यता पूरा गरेको हुनुपर्छ:
क) बैंक वा वित्तीय संस्था, धितोपत्र दलाल, रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि, कस्टोडियन वा अन्य यस्तै नेपाल धितोपत्र बोर्डबाट समय समयमा तोकिएका निकाय रहेको,
ख) नेटवर्थ कम्तीमा एक करोड रुपैयाँ रहेको,
ग) कर्जा सूचना केन्द्रको कालो सूचिमा नरहेको ।
९. DP ले कुन–कुन सेवाहरु प्रदान गर्दछ ?
- DP ले देहाय बमोजिमका सेवाहरु प्रदान गर्दछ:
- हितग्राही खाता (डिम्याट् एकाउन्ट) खोल्ने,
- अभौतिकीकरण गर्ने,
- पुनःभौतिकीकरण गर्ने,
- विद्युतीय रुपमा रहेका धितोपत्रहरुको व्यवस्थित रुपमा अभिलेख राख्ने,
- हितग्राहीका खातामा धितोपत्रहरु हस्तान्तरण गरी कारोबारहरुको फछ्र्यौट गर्ने,
- स्टक एक्स्चेन्ज भन्दा बाहिर हितग्राहीहरु बीच भएका बाह्य बजार कारोबारहरुको फछ्र्यौट गर्ने,
- निष्काशनकर्ताहरुले IPO वा अन्य तरिकाले बाँडफाँड गरेका धितोपत्रलाई हितग्राहीको डिम्याट् खातामा जम्मा गर्ने,
- निष्काशनकर्ताहरुले हितग्राहीलाई दिने गैह्र मौद्रिक संस्थागत लाभहरु (बोनस, हकप्रद शेयर आदि) लाई हितग्राहीका डिम्याट् खातामा जम्मा गर्ने,
- अभौतिकीकरण गरिएका धितोपत्रहरुको बन्धकी राख्ने कार्यमा सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
१०. ISIN भनेको के हो ?
ISIN (International Securities Identification Number) भनेको निष्काशनकर्ताका धितोपत्रहरु डिपोजिटरी प्रणालीमा सूचिकृत गर्दा ती धितोपत्रहरुलाई दिइने १२–अंकको पृथक (Unique) अक्षर र अंकको मिश्रित संकेत (Alphanumeric Code) हो ।
उदाहरणः
११. BOID भनेको के हो ?
हितग्राहीले सिडिएससिमा डिम्याट् खाता खोल्नका लागि DP मार्फत् सम्पूर्ण विवरणहरु प्रणालीमा प्रविष्टि गरेपछि प्रणालीबाट उत्पन्न हुने १६–अंकको पृथक परिचय नम्बर नै हितग्राही परिचय नम्बर (BOID) हो । BOID भविष्यमा गरिने सबै कारोबारहरुमा उल्लेख गर्नु पर्दछ । BOID नक्कल गर्न सकिंदैन । अर्थात् दुई हितग्राहीहरुको समान BOID हुन सक्दैन । जसले गर्दा गलत खातामा धितोपत्रहरु हस्तान्तरण हुन सक्दैन ।
उदाहरणः
१२. सिडिएससि प्रणालीमा निष्काशनकर्तालाई हुने फाईदाहरु के–के हुन् ?
सिडिएससि प्रणालीमा निष्काशनकर्तालाई हुने फाईदाहरु देहाय बमोजिम छन्:
क) अभौतिक धितोपत्रहरुलाई हस्तान्तरण गर्दा लाग्ने समय र लागत न्यूनतम हुन्छ ।
ख) अभौतिकीकरण गरिएका धितोपत्रहरु हराउने, चोरी हुने, च्यातिएर नष्ट हुने र दुरुपयोग हुने जस्ता जोखिमहरुलाई हटाउने भएकाले कम्पनीलाई अनावश्यक मुद्दामामिला, लामो पत्राचार र उजुरी सम्हाल्ने झन्झटबाट मुक्त गराउँछ ।
ग) सबै प्र्रकारका गैह्र मौद्रिक संस्थागत गतिविधि तथा IPO लाई बिना झन्झट छिटो छरितो रुपमा डिम्याट् पद्घतिमा व्यवस्थित गराउँछ ।
घ) सिडिएससिको केन्द्रीकृत तथ्याङ्कको सहायताले कुनै पनि धितोपत्रको स्वामित्व ढाँचामा भएको परिवर्तनको जानकारी निष्काशन कम्पनीले सजिलै संग तुरुन्तै प्राप्त गर्न सक्छ । तसर्थ स्वामित्वमा भएको परिवर्तनलाई प्रभावकारी ढंगले अनुगमन तथा निगरानी गरी कुनै प्रकारका अनुचित कार्यको बारेमा कम्पनी समयमै सतर्क रहन्छ ।
ङ) निष्काशनकर्ताले शेयर विभागको व्यवस्थापनमा लाग्ने समयलाई उल्लेख्य रुपमा बचत गर्न सक्दछ । यसले सो विभागको कार्यभारलाई न्यूनिकरण गर्दछ र बढी भएका मानवीय श्रोतलाई अन्य उत्पादनमूलक विभागमा प्रयोग गर्नका लागि व्यवस्थापनलाई सहयोग पुग्छ ।
ख. डिम्याट् खाता खोल्ने सम्बन्धी
DP मार्फत् सिडिएससिमा खाता खोल्ने प्रक्रिया धेरै सरल छ । यो प्रक्रिया बैंक खाता खोले सरह नै छ । डिम्याट् खाता खोल्ने प्रक्रिया देहाय बमोजिमको हुन्छ:
१४. डिम्याट् खाता खोल्दा हितग्राहीलाई हुने लाभहरु के–के हुन् ?
देहाय बमोजिमका लाभहरुका कारणले सबै वर्गका हितग्राहीहरुलाई डिम्याट् खाता अत्यावश्यक भएको छः
- भौतिक प्रमाणपत्रहरुमा भएका जोखिम हटाउने: धितोपत्रहरुलाई विद्युतीय रुपमा सञ्चित गरी राख्ने हुँदा भौतिक प्रमाणपत्रहरुमा हुने विविध जोखिमहरु जस्तैं: प्रमाणपत्रहरु ओसार प्रसार गर्दा प्रमाणपत्रमा हुने क्षति, प्रमाणपत्रहरु च्यातिने÷नष्ट हुने डर, प्रमाणपत्रहरुको चोरी तथा प्रमाणपत्रहरुको नक्कल प्राप्त गर्दा लाग्ने लागत जस्ता समस्याहरु हटाउँदछ ।
- धितोपत्रहरुको तुरुन्तै हस्तान्तरण: जब कुनै हितग्राहीले धितोपत्रहरु खरिद गर्दछ, त्यस्ता धितोपत्रहरुलाई हितग्राहीको खातामा तुरुन्तै जम्मा गरिन्छ र खरिद गर्ने हितग्राहीले ती धितोपत्रहरुको वैधानिक रुपमा स्वामित्व प्राप्त गर्दछ । धितोपत्रहरुको स्वामित्व हस्तान्तरण गराउनका लागि RTA समक्ष पठाउनु पर्ने कुनै आवश्यकता हुँदैन । साथै RTA को पुस्तिकामा भएका धितोपत्रहरुको वैधानिक स्वामित्व प्राप्त व्यक्ति हुनका लागि लामो समय सम्म प्रतिक्षा गर्नु पर्दैन ।
- शीघ्र फछ्र्यौट चक्र: धितोपत्रहरुलाई कारोबार भएको ३ दिन (T+3) को फछ्र्यौट चक्र अवधिमा अभौतिक रुपमा फछ्र्यौट गरिन्छ र फछ्र्यौट चक्र अवधिको अन्तिम दिनमा खरिदकर्ताको खातामा जम्मा गरिन्छ जसले गर्दा फछ्र्यौट चक्र शीघ्र हुने कुरा निश्चित हुन्छ ।
- IPO द्धारा वितरित शेयरहरुको शीघ्र वितरण: सिडिएससिमा खाता भएका हितग्राहीहरुलाई प्राथमिक निष्काशन कम्पनीले वितरण गरेका धितोपत्रहरु वितरण गर्नासाथ सम्बन्धित हितग्राहीको खातामा तुरुन्तै जम्मा गरिन्छ । जसले गर्दा हितग्राहीले निष्काशन कम्पनीबाट प्रमाणपत्र प्राप्त गर्न प्रतिक्षा गर्नु पर्दैन । यसले धितोपत्रहरुलाई स्टक एक्स्चेन्जमा शीघ्र सूचिकृत गर्नमा सहयोग पु¥याउँछ ।
- पोर्टफोलियो व्यवस्थापनमा सहजताः हितग्राहीलाई खाताको विवरण आवधिक रुपमा प्रदान गरिने हुनाले आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न तथा आफ्नो धितोपत्रको बारेमा विस्तृत जानकारी सहज रुपमा प्राप्त गर्न सक्षम गराउँदछ ।
- ठेगाना परिवर्तनको समस्याको निदान: हितग्राहीको ठेगाना परिवर्तन भएको अवस्थामा आफूले ग्रहण गरेका धितोपत्रहरुको बारेमा प्रत्येक निष्काशनकर्ता कम्पनीलाई छुट्टा छुट्टै रुपमा पत्राचार गरी जानकारी गराईरहनु पर्ने आवश्यकता हुँदैन । हितग्राहीले परिवर्तन भएको ठेगाना DP समक्ष दर्ता गरे पुग्छ । ठेगाना परिवर्तन भएको कुराको जानकारी DP द्धारा हितग्राहीले धितोपत्र ग्रहण गरेका सबै कम्पनीहरुमा उपलब्ध गर्ने व्यवस्था गरिन्छ ।
- धितोपत्रहरुको बन्धकीमा सहजता: अभौतिक रुपमा परिणत गरिएका धितोपत्रहरु बन्धकी राखिएको अवस्थामा त्यस्ता धितोपत्रहरुको बन्धकी खाता रोक्का गरिन्छ र धितोपत्रहरुको बन्धक राख्ने बेलामा बन्धकी राख्ने वा बन्धकी लिने कसैले पनि धितोपत्रहरुको स्थानान्तरण गर्नु पर्दैन ।
१५. के डिम्याट् खाता सोझै सिडिएससिमा खोल्न सकिन्छ ?
डिम्याट् खाता सोझै सिडिएससिमा खोल्न सकिंदैन । DP को माध्यमबाट मात्र सिडिएससिमा डिम्याट् खाता खोल्न सकिन्छ ।
१६. सबै धितोपत्रहरु एउटै डिम्याट् खातामा अभौतिकीकरण गर्न सकिन्छ ?
सिडिएससिमा सूचीकृत सबै धितोपत्रहरु एउटै हितग्राहीको नाममा दर्ता भएको अवस्थामा एउटै डिम्याट् खातामा अभौतिकीकरण गरेर राख्न सकिन्छ ।
१७. विभिन्न कम्पनीहरुका धितोपत्रहरु एउटै डिम्याट् खातामा राख्दा सबै एकै ठाँउमा मिसिन सक्छन् ?
विभिन्न धितोपत्रहरुलाई एक आपसमा छुट्टाउनका लागि छुट्टै ISIN प्रदान गरिएको हुन्छ । त्यसकारण धितोपत्रहरु मिसिने कुनै प्रश्नै उठ्दैन ।
१८. हितग्राहीले आफ्नो डिम्याट् खातामा धितोपत्रहरुको कुनै न्यूनतम मौज्दात ९द्यबबिलअभ० कायम गर्नु पर्छ ?
डिम्याट् खाता बिना कुनै मौज्दात वा शून्य (Zero) ब्यालेन्समा खोल्न र व्यवस्थित गरी राख्न सकिन्छ ।
१९. धितोपत्रहरुको स्वामित्वमा कुनै समस्या आएको खण्डमा के गर्नु पर्छ ?
धितोपत्रहरुको स्वामित्वमा कुनै समस्या वा अवरोध आएको खण्डमा हितग्राहीले तुरुन्त आफ्नो DP लाई सम्पर्क गर्नु पर्छ । यदि सो समस्या समाधान हुन नसकेमा हितग्राहीले सिडिएससिमा सम्पर्क गर्नु पर्छ ।
२०. हितग्राहीले आफ्नो विवरण हराएमा के गर्नु पर्छ ?
हितग्राहीले आफ्नो विवरण हराएको कुरा DP लाई तुरुन्त जानकारी गराउनु पर्छ र विवरणको प्रतिलिपि जारी गर्नका लागि निवेदन पेश गर्नु पर्छ ।
ग. धितोपत्रहरुको अभौतिकीकरण
धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ ले निष्काशनकर्ताहरुलाई आफ्नो धितोपत्र निक्षेप गराउन तथा हितग्राहीहरुलाई धितोपत्र बजारमा कारोबार गर्नको लागि आफ्नो स्वामित्वमा भएका धितोपत्रहरुलाई अभौतिकीकरण गर्न अनिवार्य गरेको छ ।
२२. अभौतिकीकरणका प्रक्रियाहरु के–के हुन् ?
२३. प्रमाणपत्रको रुपमा भएका सबै धितोपत्रहरु जुनसुकै नाममा पनि अभौतिकीकरण गर्न सकिन्छ ?
कुनै एक व्यक्तिको नाममा दर्ता भएका धितोपत्रका प्रमाणपत्रहरु मात्र अभौतिकीकरण गर्न सकिन्छ । त्यस बाहेक त्यस्ता धितोपत्रहरु सिडिएससिमा अभौतिकीकरणका लागि सूचीकृत भएका धितोपत्रहरुको सूचीमा अनिवार्य रुपमा हुनु पर्छ ।
२४. कुनै हितग्राहीले सिडिएससिमा सूचीकृत नभएका धितोपत्रहरु अभौतिकीकरण गर्न चाहेमा के गर्नु पर्छ ?
यस्तो अवस्थामा हितग्राहीले उक्त कम्पनीलाई धितोपत्रहरु सिडिएससिमा सूचीकृत गर्नका लागि अनुरोध गर्नु पर्छ र ती धितोपत्रहरु सूचीकृत भइसकेपछि हितग्राहीले अभौतिकीकरण गर्न सक्छ ।
२५. कुनै व्यक्तिले आफ्नो नाममा भएका धितोपत्रहरु मध्ये केहीलाई अभौतिक रुपमा र केहीलाई भौतिक प्रमाणपत्रको रुपमै पनि राख्न सक्छ ?
हितग्राहीले आफ्ना धितोपत्रहरु भौतिक या अभौतिक दुवै रुपमा राख्न सक्छ । तर कारोबार गर्न धितोपत्रहरु अभौतिक रुपमा नै हुनु पर्छ ।
२६. निर्देशन पुर्जी भनेको के होे ?
निर्देशन पुर्जी भनेको सिडिएससिमा खाता खोलेका व्यक्ति वा संस्थाले आफ्नो खातामा धितोपत्र जम्मा गर्न (क्रेडिट) वा आफ्नो खाताबाट धितोपत्र घटाउन (डेबिट) दिईने आदेश हो । यस पुर्जीमा हरेक हितग्राहीको आ–आफ्नो BOID नम्बर र निर्देशन पुर्जी नम्बर अग्रिम रुपमा छापिएको हुन्छ ।
२७. निर्देशन पुर्जीको सम्बन्धमा हितग्राहीलाई के कस्ता कुराहरुको जानकारी हुनु पर्छ ?
- निर्देशन पुर्जीका सम्बन्धमा हितग्राहीहरुलाई देहाय बमोजिमका कुराहरुको जानकारी हुनु पर्छ:
- निर्देशन पुर्जी पुस्तिका DP ले नै जारी गर्छ भन्ने कुराको हितग्राहीहरुमा जानकारी हुनु पर्छ,
- निर्देशन पुर्जी नम्बर अग्रिम रुपमा छापिएको हुन्छ,
- डिम्याट् खाता नम्बरको छाप अग्रिम रुपमा लगाएको हुन्छ,
- सम्पूर्ण विवरण हितग्राहीेले निर्देशन पुर्जीमा राम्रोसंग भर्नु पर्छ,
- छुट्टा छुट्टै निर्देशन जस्तैं: आन्तरिक बजार, बाह्य बजार, हस्तान्तरण ईत्यादीका लागि छुट्टा छुट्टै निर्देशन पुर्जी जारी गर्नु पर्छ,
- DP ले छाप लगाई स्वीकार गरेको निर्देशन पुर्जीको प्रतिलिपि हितग्राहीले सुरक्षित साथ राख्नु पर्छ,
- निर्देशन पुर्जी प्रयोग नभएको अवस्थामा सुरक्षित साथ राख्नु पर्छ । यदि निर्देशन पुर्जी हराएमा हितग्राहीले आफ्नो DP लाई तुरुन्तै जानकारी गराउनु पर्छ,
- रिक्त निर्देशन पुर्जीमा हस्ताक्षर गरी कहिले पनि राख्नु हुँदैन ।
घ. पुनःभौतिकीकरण
पुनःभौतिकीकरण (रिम्याट्) भन्नाले विद्युतीय प्रणालीमा राखिएको धितोपत्रको अभिलेखलाई कागजी अवस्थामा परिवर्तन गर्ने कार्य हो ।
२९. के धितोपत्रहरुलाई विद्युतीय रुपबाट पुनःभौतिक रुपमा परिवर्तन गर्न सकिन्छ ?
यो कार्य पुनःभौतिकीकरणको माध्यमबाट गर्न सकिन्छ ।
३०. पुनःभौतिकीकरणका प्रक्रियाहरु के–के कुन् ?
ङ. धितोपत्रहरुको बन्धकी
३१. के डिम्याट् गरिएका धितोपत्रहरु बन्धकी राख्न सकिन्छ ?
डिम्याट् गरिएका धितोपत्रहरु बन्धकी राखी वित्तीय संस्थाहरुबाट ऋण प्राप्त गर्न सकिन्छ । साथै धितोपत्रहरु बन्धकी राख्ने प्रक्रियाहरु पनि सहज छन् ।
३२. धितोपत्रहरु बन्धकी राख्ने प्रक्रिया के हो ?
वर्तमान अवस्थामा बन्धकी लिने र दिने दुवैको सिडिएससिमा हितग्राही खाता अनिवार्य रुपमा हुनु पर्छ । बन्धकी राख्ने प्रक्रियाहरु देहाय बमोजिम छन्:
३३. सिडिएससि प्रणालीमा धितोपत्रको बन्धकी फुकुवा गर्ने प्रक्रियाहरु के–के हुन ?
सिडिएससि प्रणालीमा धितोपत्रको बन्धकी फुकुवा गर्ने प्रक्रियाहरु देहाय बमोजिम छन्:
३४. बन्धकी राखिएका धितोपत्रहरु कसरी जफत गरिन्छ ?
बन्धकी राखिएका धितोपत्रहरु जफत गर्ने प्रक्रियाहरु देहाय बमोजिम छन्:
३५. IPO भनेको के हो ?
संगठित संस्थाले आफ्नो पूँजी वृद्घि गर्नका लागि थप धितोपत्र जारी गर्न सर्वसाधारण समक्ष विवरणपत्र प्रकाशन गरी राखेको प्रस्तावलाई IPO भनिन्छ ।
३६. IPO बाट बाँडफाँड गरिएका धितोपत्रहरु विद्युतीय रुपमा प्राप्त गर्ने प्रक्रियाहरु के–के हुन् ?
IPO बाट बाँडफाँड गरिएका धितोपत्रहरु प्राप्त गर्ने प्रक्रियाहरु देहाय बमोजिम छन्:
३७. मौद्रिक संस्थागत लाभ कसले भुक्तानी गर्छ ?
मौद्रिक संस्थागत लाभ निष्काशनकर्ता/RTA ले सोझै हितग्राहीलाई भुक्तानी गर्छ । हितग्राहीको बैंक खातामा मौद्रिक लाभहरु निष्काशनकर्ता/RTA ले सोझै जम्मा गर्न सक्ने सुविधा सिडिएसिले प्रदान गर्न सक्छ ।
३८. गैह्र मौद्रिक संस्थागत लाभ कसले भुक्तानी गर्छ ?
गैह्र मौद्रिक संस्थागत लाभ सिडिएससिले हितग्राहीको डिम्याट् खातामा वितरण गर्छ ।
३९. हकप्रद र बोनस शेयरहरु सोझै डिम्याट् खातामा जारी गर्न सकिन्छ ?
हकप्रद र बोनस शेयरहरु सोझै हितग्राहीको डिम्याट् खातामा जम्मा गर्न सकिन्छ ।
च. अभौतिक धितोपत्रहरुको घरायसी तथा मृत्यु नामसारी
४०. धितोपत्रहरुको घरायसी तथा मृत्यु नामसारी भनेको के हो ?
मृत्यु भएका व्यक्तिहरुको खातामा भएका धितोपत्रहरु कानूनी हकवाला वा इच्छाएको व्यक्तिको खातामा हस्तान्तरण गर्ने कार्यलाई धितोपत्रहरुको घरायसी तथा मृत्यु नामसारी भनिन्छ । भौतिक धितोपत्रहरुको हकमा कानूनी हकवाला/इच्छाएको व्यक्तिले धितोपत्रको स्वामित्व भएका प्रत्येक कम्पनीमा पत्राचार गर्नु पर्दछ । तर डिम्याट् खातामा भएका धितोपत्रहरुको हकवालामा नामसारीका लागि DP लाई आवश्यक कागजातहरु पेश गरी सहजै नामसारी गर्न सकिन्छ ।
४१. मृत्यु भएका हितग्राहीहरुको हकवाला व्यक्तिले डिम्याट् खाताका धितोपत्रहरुको हकदावी कसरी गर्नु पर्छ ?
हकवाला व्यक्तिले नामसारी निवेदन फारम (Transmission Request Form - TRF) का साथ देहाय बमोजिमका कागजात संलग्न गरी DP लाई निवेदन पेश गर्नु पर्छ:
- मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- मृतकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- हकवालाको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- नाता प्रमाणित प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- हकवालाको मञ्जुरीनामा ।
४२. अंशबंडाबाट प्राप्त धितोपत्रहरुको हकदावीको नामसारी कसरी गर्नु पर्छ ?
हकवाला व्यक्तिले TRF का साथ देहाय बमोजिमका कागजात संलग्न गरी DP लाई निवेदन पेश गर्नु पर्छ:
- लिने दिनेको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- मालपोत कार्यालयबाट पास भएको लिखित प्रमाणित प्रतिलिपि,
- माग गरिएको अन्य आवश्यक प्रमाणित कागजात ।
४३. एकाघर परिवार भित्रको तीन पुस्ता भित्र घरायसी नामसारी कसरी गर्नु पर्छ ?
एकाघर परिवार भित्रको तीन पुस्ता भित्र घरायसी नामसारी गर्नका लागि देहाय बमोजिमका कागजात संलग्न गरी DP लाई निवेदन पेश गर्नु पर्छ:
- शेयर नामसारी गरी लिने तथा शेयर नामसारी गरी दिने दुवैको निवेदन,
- तीन पुस्ता भित्रको परिवार देखिने कागजात,
- शेयर लिने तथा दिने दुवैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- शेयरको सक्कल प्रमाणपत्र,
- शेयर लिने तथा दिने बीचको नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि ।
४४. अदालतको फैसलाबाट हक हुने आउनेका धितोपत्रहरुको नामसारी कसरी गर्नु पर्छ ?
अदालतको फैसलाबाट हक हुने आउनेका धितोपत्रहरुको नामसारीका लागि TRF का साथ देहाय बमोजिमका कागजात संलग्न गरी DP लाई निवेदन पेश गर्नु पर्छ:
- फैसलाको प्रमाणित प्रतिलिपि,
- हककायम गराई ल्याउनेको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- अदालतको चलान पुर्जी ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकोको वेभसाइटमा जान यहाँ क्लिक गर्नुहोस्