Tuesday, February 18, 2014

थोत्रा ल्यापटप सदुपयोग गर्ने १० तरिका - onlinekhabar

केही पाटपूर्जा बिग्रिएर दैनिक काम नदिने भएपछि हामी ल्यापटप रिप्लेस गर्छौं । नयाँ ल्यापटप लिएपछि पुरानोको प्रयोग हुँदैन । जसले गर्दा हामी फोहोरका रुपमा ब्यबहार गरिरहेका हुन्छौं ।
नेपालमा लोडसेडिङसँगै निजी तथा कार्यायल प्रयोजनका लागि ल्यापटपको प्रयोग बढ्दो छ । तर, दुई तीन बर्षमै ल्यापटपका किबोर्ड, स्क्रिन, हार्डडिस्क लगायतमा समस्या आई राम्रोसँग काम गर्न सक्दैनन् । यस्तो अबस्थामा तपाईले पुराना ल्यापटपलाई केही सिर्जनशील काममा लगाउन सक्नुहुन्छ । ल्यापटप बिग्रियो भन्दैमा तपाईको पुरै पैसा खेर जाँदैन् ।
आज हामी तपाईलाई केही यस्ता सिर्जनशील तरिकाबारे जानकारी दिँदैछौं जसले तपाईलाई पुराना ल्यापटप फेरि नयाँ भएजस्तो खुसी पाउनुहुनेछ ।
१. ल्यापटपमा कुनै समस्या आएर प्रयोगविहीन भएको हुन सक्छ । पहिलो विकल्प, यसको मर्मत सम्भार गर्नुहोस् । पार्टपूर्जा मर्मत, परिवर्तन गर्नुपर्ने हुन सक्छ । सफट्वेयर अपडेट र क्लिन अप गरेर पनि उपयोगी बनाउन सकिन्छ । त्यसैले पहिलो प्राथमिकता केही पाटपुर्जा परिवर्तन गरेर भएपनि त्यसलाई चलाउने बिधि अपनाउनुहोस् । त्यसो गर्न सकिएन भने पनि चिन्ता नलिनुहोस । किनकी ल्यापटपमका कुनै न कुनै भागलाई पुर्नप्रयोग गर्न सकिन्छ ।
laptop9
२. अर्को ल्यापटप चलाउन थालिसक्नु भएको छ भने पुरानो ल्यापटपको स्क्रिनलाई निकालेर भित्तामा झुण्डाउने डिस्प्ले बनाउनुहोस् । स्क्रिन डिजिटल फोटो टाँस्न तथा किचेन वा रेष्टुरेन्टको मेनु डिस्प्ले गर्न उपयोगी हुन सक्छ । बाँकी रहेका पाटपुर्जाहरु जस्तै किबोर्ड, टच प्याड, सिडी ड्राइभ आदि पार्टपूर्जाहरु अन्य ल्यापटपमा प्रयोग गर्न सकिन्छ ।
laptop8
३. थोत्रा ल्यापटप ‘वायरलेस’ वा ‘वाईफाई हटस्पट’ बनाउन काम लाग्छ । घरको कतिपय कुनामा वाईफाई सिग्नल राम्रो नटिप्ने समस्या हुन सक्छ । पुराना ल्यापटप जडान गरी तपाईले बलियो नेटवर्क बनाउन सक्नुहुन्छ ।
laptop7
४. स्क्रिन निकालिसकेको ल्यापटपको बाँकी भागलाई तपाई डीभीडी प्लेयरका रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । भित्तामा रहेको स्त्रिmनमा वा पुरानो टीभीमा जोडेर तपाईले डीभीडी प्लेयरको आनन्द बिग्रेको ल्यापटपबाट लिन सक्नुहुन्छ ।
फ्ल्याट स्क्रीनको विकल्पमा स्लिम ल्यापटप जडान गरी भित्तामा राख्नुहोस् । यसबाट ठाउँ बचत, पैसा बचत र कोठाको आकर्षण बढ्ने छ ।
laptop6
५. पुरानो ल्यापटप डेस्कटप पीसी वा साइलेन्ट सर्भरको रुपमा परिमार्जन गर्न सक्नु हुनेछ । यदि स्क्रिन काम गर्न सक्ने अबस्थामा छ भने त्यसलाई अर्को कुनै डेस्कटपमा जडान गर्न सक्नुहुन्छ । स्क्रीनमा समस्या छ भने यसको पार्टपूर्जा अर्को डेस्कटप स्त्रिmनमा जडान गर्न सक्नु हुनेछ ।
laptop5
६. कतिपय ल्यापटपले ट्याब्लेटको जस्तै कार्य क्षमता देखाउन सक्छन् । साधारण लेखपढको लागि तपाईंले पुराना ल्यापटप प्रयोग गर्न सक्नु हुनेछ । यसबाट तपाईंले ट्याब्लेटको लागि तत्काल खर्च गर्नु पर्ने बाध्यता टर्न सक्छ ।
laptop4
७. पुराना ल्यापटप बाह्य मनिटरको रुपमा उपयोग गर्न सकिन्छ । यसबाट मनिटरको कार्यक्षमता बढाउन सकिन्छ । एउटा सिपियूबाट दुईवटा मनिटर चलाउन सकिन्छ, त्यो पनि अतिरिक्त खर्चविना ।
laptop3
८. पुराना ल्यापटपको हार्ड ड्राइभ पुनः प्रयोग गर्न सकिन्छ ।
laptop2
९. यदि पुरानो सामान चलाउने इच्छा छैन भने यसमा निहित केही पार्टपूर्जा पुनः बेच्न सक्नु हुनेछ । वा बिग्रिएको अन्य ल्यापटपमा उपयोग गर्न सक्नु हुनेछ ।
laptop1