बिहानै उठेँ। छतमा गएर घर वरिपरि हेरेँ, मर्निङवाक गएँ। साथीहरुलाई उसैगरी भेटेँ। हिजो भन्दा खास्सै परिर्वतन थिएनन।
तर मलाई अनौठो लागिरहेको थियो। ‘यो पृथ्वीमा अन्तिम दिन। अब जम्मा १३ घण्टामात्र बस्छु। त्यसपछि जिन्दगीको स्वेच्छिक अवकास।’
‘मान्छेले आफू बाँच्नका लागि अपराध गर्छ, अर्काको हत्या गर्छ, चोरी डकैती, ठगी... तर किन?’ मनमनमा सोच्दै थिएँ।
दोबाटो आएछ।
साथीहरुसँग हाँस्दै छुट्टिएर एक्लै ओरालो लागेँ।
पुराना स्मृतिहरु वरिपरि घेरिएका थिए। नजिकै आरुको बोट रहेछ। गुलावी फुलेको आरु। ‘कति सुन्दर यो फूल। बढीमा एक हप्ता त बाँच्छ नि।’
‘म त करिब तीन दशक बाँचिसकेकी छु। फूललाई एक हप्तामा ओइलाउन डर लाग्दैन भने मलाई ३०को दशकमा हराउन के को डर?’
एउटा फूल टिपेँ, हातमा लिएर हेर्न थालेँ।
‘मैले चाहेको भए कसैले मलाई यसैगरी हातमा लिन्थ्यो र ओल्टाई पल्टाई हेथ्र्यो।’
मेरो हातको फूल नियालेँ, केही निराश जस्तै लाग्यो।
‘बोटबाट टिपिसकेपछि फुल विग्रन्छ की भनेर माया गर्नु ढोङ मात्र हो।’
त्यहीबाट एकपटक आकाश नियाँले। ‘अब यो आकाशपनि विस्तारै विरानो हुनेछ।’
जिन्दगीमा सबैभन्दा बढी समय यही शून्य आकाशसंग विताएकी छु। न कसैको अबरोध, न छलछाम, त्यसैले होला शून्यता सबैभन्दा प्रिय लाग्छ।
‘अबको केही घण्टामा नै यही शून्यतामा हराउछुँ, मेरो प्रिय शून्यता!’ आँखा चिम्म गरेँ। एकान्त सम्झिएँ।
साँझको घुर्मैलो देखिने आकाश हेर्नु कति रमाइलो हुन्छ। अझ पहाडको टुप्पोमा
पुगेको बेला देखिने निलो आकाश! एक पटक निलो आकाशको कल्पना गरेँ। फेरि आँखा
चिम्लिएँ। ओहो यो आनन्द?
त्यसपछि उही ओरालो लागेँ।
स्वेच्छिक मृत्यु, नजिकै आएजस्तै लागेको थियो।
‘म विरामी त छैन?’ ओरालोमा फूल्दै गरेको गुलाब टिपेँ, त्यही गुलाबको
काँडाले हातमा कोपरेँ। हिजोकै जसरी दुख्यो। म शारीरिक मानसिक दुवै रुपमा
ठीक छु, केही भएको रहेनछ।
मान्छेका चाहना फरक फरक हुने रहेछन्। त्यसैले त भनिन्छ नी संसार विचित्र
छ। आफ्नै चाहना ‘मृत्यु’ सम्झिएर खित्का छोडेर हाँस्न मन लाग्यो।
‘हुन त मैले बाँचेर पनि यो पृथ्वीलाई के नै दिन सकेकी छु र? म हुनु र
नहुनुमा के फरक पर्छ? मेरो अनुपस्थितीमा आफन्त र साथीहरुले केही दिन अभावको
महसुस गर्लान। केही समयसम्म आमा, बुबा नमज्जाले रोलान। मलाई हुर्काउदै
गर्दा देखेका सपना आफ्नै आँखा अघि एकैपटक झ¥याम्म फूट्दा अर्धचेत होलान।
त्यो भन्दा बढी केही हुने छैन।’ मर्नु र बाच्नुमा खास्सै अन्तर पनि देखिन।
मर्ने निर्णय गरिसकेकी छु। अब पछि फर्किन सक्दिन।
ओरालो झरिरहेँ। चोकमा पुगेपछि मेरो अगाडी आएर एउटा कालो कुकुर ठिङ्ग
उभियो। मैले त्यसैलाई हेरेँ। पुच्छर हल्लाउदै उसलेपनि मलाई नै हेरिरह्यो।
कुकुरले त भविष्य थाहा पाउँछ भन्छन्। गोठमा स्याल आउदा मात्र होइन भूत
आउदा र भूइचालो आउने समय पनि थाहापाउछ र भुक्छ। यसले मेरो मृत्यु पनि
देखेको हुनुपर्छ। त्यसैले पुच्छर हल्लाउदै मलाई हेरिरहेको छ ‘अन्तिम पटक’।
भोलिदेखि यसलेपनि देख्दैन होला।
त्यही कुकुरलाई हेरिरहेकी थिएँ। पछाडिबाट एकहुल मान्छे आए। म अलिकति अघि बढेँ। कुकुर पनि मेरो पछि लाग्यो।
‘च्यो च्यो’ त्यसलाई बोलाउदै ल्याए र नजिकैको पसलमा विस्कुट किनेर उसकै अघि छरिदिएँ। एकपटक विस्कुट सुघ्यो र मेरै अनुहारमा हे¥यो।
पसल्नीले हास्दै भनिन ‘बच्चा हो र कुकुरलाई विस्कुट दिएको? दिनेनै भए मासु किनेर दिनुस न।’ अलि रुखो बोलेझै लाग्यो।
गोजीमा छामेँ अब जम्मा २० रुपैयामात्र बाँकी रहेछ। ‘त्यसको के आउछ र? मासु
किन्ने पैसा पुग्ने भइदिएको भए आज यो कुकुरलाई अघाउनेगरी मासु खान दिन्थे।
तर पैशा छैन।’ त्यही पसल्नी बोली सम्झिँदै चुपचाप ओरालो लागेँ।
ओरालोको ढुङ्गामा खुट्टा नमज्जाले ठोकियो। म बीच बाटैमा लडेँ।
ऐया आमा!
रगत पनि बग्यो। नचिनेको बटुवाले मलाई डोर्याउदै मेडिकल सम्म पुर्यायो।
‘बीचबाटोमा ढुङ्गा किन फालेका होलान? तपाइले पनि ख्याल गरेर हिड्नुपर्थ्यो नि।’ सहानूभूति दर्सायो। खुट्टाबाट रगत बगिरहेको थियो।
खुट्टामा दुखेपनि आँसु झरेनन। रगत बगेको हेरिरहेँ।
‘जीन्दगीको पीडाहरु यसैगरी बग्ने हो भने? मान्छे दुखीपनि हुदैनथ्यो होला।’
त्यो अपरिचित बटुवाले हतार गर्दै मेडिकलको मान्छेलाई बोलायो। मैले विस्तारी भनेँ, ‘मसँग पैसा नै छैन।’
मलाई त्यो मलम पट्टी गर्ने इच्छानै थिएन। बटुवाले भन्यो ‘अहिले नभए के भयो त? पछि ल्याएर दिनुस न।’
मेडिकल वालाले मेरो अनुहारमा हेर्यो। ‘म यो टोलको होइन। अब यहाँसम्म कहिल्यै आइपुग्दिन होला।’ उसलाई भने।
बटुवाले आफ्नो गोजी छाम्यो। ‘मेरोपनि पर्स छैन।’ उ चुकचुकायो।
मेडिकल वालाले के बुझ्यो। आफै पछि हट्यो। त्यो बटुवा त्यहाँबाट आफ्नो बाटो लाग्यो।
‘एकैछिन खुट्टा दुखेर के भयो त? अब जीन्दगी दुख्दैन नी।’ शीतले चिसो भएको बाटो हेर्दै घरतिर लागेँ।
सरासर कोठामा छिरेँ। ढोकाको नजिकै पुस्तकको र्याक थियो। त्यसको छेउमै ऐना।
ऐनाको अगाडी बसेर तलदेखि माथिसम्म आफैलाई नियालेँ। मेरो अनुहार कता कता आमासंग पनि मिल्छ रे।
आमालाई सम्झिएँ। ‘मलाई जिन्दगी दिने उनै हुन, तर मृत्युको निर्णय एक्लै लिदै छु।’ उनीप्रति अन्याय भएको महसुस पनि गरेँ।
मावल जादै गर्दा बासको साँघुबाट चिप्लिएर मोलुङखोलामा झरेको बेला आमाले
आफ्नै ज्यानको जोखिम मोलेर मलाई बचाएकी थिइन। खोलाबाट निकाल्नेसाथ केहीबेर
अंगालो हालेर रोइन।
झमक्कै साँझ परिसकेको थियो। रुने समय नभएर होला, उनी फेरि बाटो लागिन।
उकालीको बरको फेदमा सुस्ताउदै भनिन। ‘तलाई खोलाले बगाएको भए कसरी बाँच्थे म?’ आमाको गला अबरुद्ध भएको थियो।
बच्चै थिएँ। त्यसबेला मलाई मृत्यु र जीवनको खास्सै बोध भएको थिएन होला। त्यसैले मृत्युदेखि डर लागेको थिएन।
अहिले मृत्यु र जीवन बुझेर पनि मलाई मृत्युको डर लागेको छैन।
फेरि आफैलाई नियाँले। आखिर जीन्दगी भनेकै यही त रहेछ नी। चाहिनेजति बुझे झै लाग्यो। ‘केही रहरहरु थिए, त्यतीकै हुनेभए।’
एक दुइ अनुभव गर्न मन लागेका कुराहरुपनि विर्सन खोज्दै थिएँ।
‘केही समयमानै अब यी सबैसंग छुटिदैछु।’
तर अन्तिम दिन रमाइलो त गर्नुपर्छ। बाचुन्जेल रमाउनुपर्छ।
‘रमाइलो मान्ने मनले होकी, आखाँ र मुखले हो। जहाँ गएपनि मन नरमाएपछि के को रमाइलो?’ मनभरि अन्तरद्धन्द्ध चलेको थियो।
दिउँसो साथीहरु जम्मा गरेर बसेँ।
फेसबुकको वालमा एउटा स्टाटसमा अपडेट गरेँ। ‘आज मेरोलागि अन्तिम दिन हो।’
तुरुन्तै फोन आयो। ‘के भयो? किन त्यस्तो लेखेको?’ एक परिचित आवाज थियो।
‘त्यतीकै लेखेको, बास्तविकता होइन।’ मैलेनै फोन काटिदिएँ।
फोन काट्ने साथ फेरि मोवाइल बज्यो ‘फेसबुकमा के लेखेको?’
दिदिने रिसाँउदै फोन गरी। मैले नढाँटी भनेँ, ‘आज आत्महत्या गर्न मन लागेको छ।’
एकपटक मज्जाले झपारी।
फेरि फोन काटेँ।
फोन गर्नेहरु धेरैले सोधे, ‘स्टाटस किन त्यस्तो?’
एक छिनपछि फोन उठाउन पनि छोडेँ।
फेसबुककै अनलाइनमा भएको एकजना साथीलाई भनेँ। ‘आज मर्न मन लागेको छ।’
तुरुन्तै लेख्यो। ‘किन? के भयो?’
‘खै, तर मर्न मन छ।’
त्यसपछि उसले जीन्दगी बुझाउन थाल्यो। ‘जीन्दगी अमूल्य छ।’ मलाई भन्दा बढी
थाहा रहेछ जीन्दगीको बारेमा। ‘जीन्दगी मर्नका लागि हैन, ज्यूनुपर्छ।
जीन्दगी त रमाइलो पो हो।’ धेरैबेर सम्झाईरह्यो।
मर्नु अघि एउटा गजल लेख्न मन लाग्यो। तर लेखिनँ, गजलपनि लेख्छु भन्ने साथ कहाँ आउछ र?
त्यसअघि लेखेका डायरीहरु जम्मा पारेँ र सिरानीमा राखेँ। ल्यापटबमा राखेको पासवर्ड हटाए र धेरै लेख रचनाहरु डेक्सटपमा सारेँ।
फेरि ऐना हेरेँ ‘जीन्दगीकै माया सकिएको मान्छेलाई यी अक्षरको के माया लागेको होला?’ आफैलाई हेरेर फिस्स हाँसे।
करिब १२ घण्टा सकिसकेको थियो। मोवाईलको स्विच पनि अफ थियो। अन गरेँ र नजिकैको टेवुलमा राखेँ।
अब त जीन्दगीको स्वच्छिक अबकासको समय पनि आइसकेको थियो। मृत्युको निर्णय
लिइसकेकी मलाई घाइतेमात्र हुनु थिएन। शरीरका अंग अंग निदाउन भन्ने लाग्यो।
कसैले चाहेर पनि मलाई व्यूझाउन नसकोस। म स्वतन्त्रता सहित निर्वाध रुपमा
मर्न चाहन्थेँ। त्यसैले ७ ओटा स्लिपिङ ट्याबलेड खाएर ढल्किएँ। कहिल्यै
नपाएको आनन्द प्राप्त भयो।
आकाशमा उडेका चराहरुलाई घण्टौसम्म हेर्ने मलाई आफै आकाशमा उडेझै भइरहेको
थियो। शून्यता, न कसैको डर, न रहर र चाहनाको भारि। निलो आकासमा खुल्ला मन
सहीत माथि माथि जाँदै थिएँ।
मोबाइल घण्टी बज्यो ‘मरेको व्यक्तिलाईपनि किन फोन गरेको होला?’
मरेपछि जाने ठाउमा त फोन गर्नपनि पाइदैन होला। अन्तिम पटक फोन उठाउनुपर्यो भन्दै उठाएँ।
एउटा धोद्रे धोद्रे परेको केटा आवाज बोल्यो ‘सरु तिम्रो सामु उपस्थित हुन
सकिन। प्रतिक्षामा धेरै बर्ष विताएको छु, तिमीले महसुस गरेको हुनुपर्छ। तर
चुपचाप हेरिरहर्यौ। अब चुप बस्नु भनेको जीन्दगीलाई दुर्घटना तर्फ
धकेल्नुमात्र हो। त्यसैले ह्याप्पी भ्यालेन्टाइन्स डे।’ उ अझै बोल्दै थियो।
‘हाम्रो स्वतन्त्रता खोसिदैन, रहरहरु साझा हुनेछन्। इच्छाहरुको सम्मान
हुने छ। यही समाजमा हामी दुइको छुट्टै संसार रम्नेछ।’
झसंग भएँ, म आकाशमा उड्ने, चराहरुसंग रम्ने र शून्यतामा हराउने त सपना मात्र रहेछ। तन्द्राबाट व्यूझिएँ।
केटा आवाज मेरो मन मस्तिष्कमा घुमिरह्यो। यो संसार छोड्दै गरेको सपना
देख्दापनि कम रमाइलो थिएन। खुल्ला आकासमा उड्नुको मज्जा, मिठो थियो त्यो
क्षण।
त्यो भन्दा रमाइलो लाग्यो मेरो रहर र स्वतन्त्रताको सम्मान गर्छु भन्ने
धोद्रे आवाज। शब्द चयन र संयोजन मिलेको प्रतिबद्धता, शून्यतामा उड्नुभन्दा
बढी आनन्द आउने क्षण बन्यो।
आफ्नो छेउमै छामेँ, छरिएको सिरानी! आँखा उघारेँ, पर्दाबाहिर झ्यालबाट घाम हाँसिरहेथ्यो।