राप्रपा वृत्तमा एउटा चर्चा सुनिन्छ, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापामात्रै होइन, नाति शिद्धार्थ थापा झनै तगडा भएर राजनीतिमा उदाउँदैछन् । दोस्रो संविधानसभा चुनावमा बुबा सुनिललाई चुनाव जिताउन धनकुटामा अहोरात्र खटिएका शिद्धार्थको आक्रामक भाषणले जिल्लामा थप चर्चा पाएको छ ।
आखिर कस्ता रहेछन् त सूर्यबहादुर थापाका नाति ? यो जिज्ञासा मेट्न अनलाइनखबरका पत्रकार काठमाडौंको मालीगाउँस्थित थापानिवास पुग्दा २८ वर्षीय नाति शिद्धार्थले भन्नुभयो- ‘मालीगाउँ आफैंमा नेपाली राजनीतिको एउटा ब्राण्ड बनिसकेको छ, अब मैले पनि सक्रिय राजनीति नै गर्ने हो, सानैदेखि राजनीतिमा रुची जागेकाले मैले राजनीतिभन्दा दायाँवायाँ सोचेको छैन ।’
शिद्धार्थको अनुभव
माध्यमिक तहसम्मको शिक्षा राजधानीमै लिएका र राजनीतिशास्त्रमा स्नातक गरेका थापाले अमेरिकाको बोस्टनबाट अन्तरराष्ट्रिय विकासमा स्नातकोत्तर गर्नुभएको छ । अध्ययनको शिलशिलामा ८ वर्ष विदेशमा बिताएका थापा राप्रपाको भातृ संगठन, प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय सदस्य हुनुहुन्छ । जनशक्ति पार्टी र राप्रपाको एकीकरणपछि अबको ५/६ महिनाभित्रै महाधिवेशन हुन लागेको युवा संगठनमा थापा केन्द्रीय अध्यक्षको दाबेदार समेत हुनुहन्छ ।
राजनीतिमा सबैभन्दा ठूलो प्रेरक आफ्नै हजुरबा सूर्यबहादुरलाई बताउँदै शिद्धार्थ भन्नुहुन्छ- ‘म राजनीतिमा लाग्छु भन्दा हजुरबाले मलाई भन्नुभयो, तैंले राजनीति नै गर्ने सोचेको होस् भने तल जनवर्गीय संगठनबाटै काम गरेर आइज, यसो गरिनस् भने तँ सीमित मान्छेको घेरामा हुन्छस् र त्यसबाट बाहिर निस्कनै सक्दैनस् ।’
नाति थापाको सपना छ, ‘म युवा संगठनमा सदस्य छु, काम गर्दै गएपछि भोलि अध्यक्ष भइएला, त्यसपछि पार्टीमा लागिएला, मन्त्री पनि भइएला, यसैगरी अघि बढ्दै जाने त हो ।’ ‘प्रधानमन्त्री पनि बन्ने होला नि ?’ अनलाइनखबरको प्रश्नमा २८ वर्षे युवाबाट फिस्स हाँसोबाहेक कुनै शाब्दिक जवाफ आएन ।
गोरो सकल, अग्लो एवं खाइलाग्दो ज्यानको युवा भए पनि झट्टै हेर्दा बाहुबली युवाजस्तो देखिनुहुन्न शिद्धार्थ । उमेरभन्दा अलि धेरै परिपक्व र प्रौढजस्तै देखिने थापालाई हामीले सोध्यौं, ‘तरुण दल, युथ फोर्स र वाइसीएलजस्तै त होला नि तपाईहरुको युवा संगठन पनि ?’ जवाफमा उहाँले भन्नुभयो-’गुण्डागर्दी गर्ने, ठेक्कापट्टा र कमिशनको चक्करमा लाग्ने हो भने उतैतिर गए हुन्छ, हाम्रो युवा संगठनमा नआए हुन्छ भनेका छौं हामीले । हामी युवाहरुलाई हिंसा र गुण्डागर्दीमा नभएर राजनीतिक एवं वैचारिकरुपले प्रशिक्षित गर्न चाहन्छौं । त्यसैले हाम्रो संगठन वाइसिएल, युथफोर्स र तरुण दलजस्तो होइन ।’
शिद्धार्थ राजनीतिमा औपचारिकरुपमा प्रवेश गरेको लगभग एकवर्षमात्रै भएको छ । तर, अनौपचारिकरुपमा धेरै वर्षको अनुभव छ । विशेषगरी हजुरबा सूर्यबहादुर थापाको सहयोगीका रुपमा भूमिका खेल्नेक्रममा राजनीतिको विश्वविद्यालय पढेसरह अनुभव प्राप्त भएको छ उहाँलाई । ‘म अमेरिकामा हुँदा पनि हजुरबाको सहयोगीको भूमिका खेलिरहेको थिएँ’ उहाँ भन्नुहुन्छ ।
सानै उमेरमा राष्ट्रिय योजना आयोगमा केही वर्ष काम गर्न भ्याइसकेका शिद्धार्थले डीएफआइडी अन्तरगत करिब ३ वर्ष खाद्य सुरक्षा र पोषणसम्बन्धी काम गर्ने क्रममा सुशासन अधिकृत भएर ३ वर्षजति सुदुर पश्चिमको बैतडी, बाजुरा, कैलाली जिल्लामा काम गर्नुभएको छ । उहाँ भन्नुहुन्छ- ‘त्यहाँ गाविस, वडा र जिविसका अधिकृतहरुलाई मैले सुशासनसम्बन्धी तालिम दिएको छु ।’
गगन थापाका हजुरबा !
धेरैलाई लाग्न सक्छ, ठूला घरानिया थापा परिवारका सदस्य भएकाले शिद्धार्थको बढाइ-चढाइ पो गरिँदै छ कि ? यही भएर हामीले शिद्धार्थको राजनीतिक बुझाइ, वैचारिक क्षमता र भिजन बुझ्न खोज्यौं । उमेरले कांग्रेसका युवा नेता गगन थापाभन्दा ९ वर्ष कान्छा र राजनीतिमा प्रवेश गरेको १ वर्षमात्रै भए पनि राजनीतिप्रतिको बुझाइ र चातुर्यलाई हेर्दा शिद्धार्थ त गगन थापाका ‘हजुरबा’ पो रहेछन् ! उनमा प्रचारको कुनै भोक देखिँदैन ।
अबको राजनीति कता जाला ? अनलाइनखबरको प्रश्नमा शिद्धार्थको प्रष्ट विश्लेषण छ, ‘सुशील कोइरालाजस्ता प्रजातन्त्रमा ठूलो योगदान गरेका तर, कुनै पनि विषयमा विशेषज्ञता नभएका बूढा मान्छेलाई सरकार जिम्मा लगाएपछि अब कांग्रेस र एमालेका नेताहरु चुनावमा लागेको खर्च भरपूर गर्न र भ्रष्टाचार गर्नतिरै तल्लीन हुनेछन्, त्यसपछि आउने भनेको या त एमाओवादी नै हो, या वैकल्पिक प्रजातान्त्रिक शक्ति राप्रपा नै हो ।’
‘०४६ सालपछि कांग्रेस र एमालेले जनताका लागि के गरे ? गाउँमा जनता अहिले पनि बाटो, बिजुली, स्वास्थ्य चौकी, एम्बुलेन्स, खानेपानी, विद्यालयको माग गरिरहेका छन्, थापाको भनाइ छ, प्रशासन भ्रष्टाचारको अखडा बनेको छ, जनताका यी मुद्दाहरु कांग्रेस, एमाले, माओवादी कसैले सम्बोधन गरेका छैनन्, गर्ने छैनन् ।’
नेपाली जनताको मनोविज्ञान पहिले जिताएको शक्तिलाई अर्कोपटक हराउने रहेको भन्दै थापाले अनलाइनखबरसँग भन्नुभयो, ‘अर्कोपटक कांग्रेस र एमालेले हार्छन्, जनताका मुद्दा जसले उठाउँछ, उसैले जित्छ ।’
‘तर, राप्रपाजस्तो सानो पार्टीले त्यो खाली ठाउँ कसरी पूरा गर्न सक्ला र ?’ यो प्रश्नमा युवा उमेरका थापासँग अचम्मको विश्वास र इच्छाशक्ति छ, ‘पहिले माओवादी पनि कत्रो थियो र ? हार्डवर्क गर्यो भने जस्तो पनि परीक्षामा उत्तीर्ण भइन्छ,’ थापा भन्नुहुन्छ-’कांग्रेस, सामन्तहरुको पार्टी हो, एमाले वामदेवका पालाको स्थानीय निकायको आधारमा टिकेको छ, एमाओवादी आफ्नो विचार छाडेर प्रजातान्त्रिक विचारमा आउन बाध्य भएको छ, यो अवस्थामा संवैधानिक हिसावले जनताका मुद्दामा संघर्ष गर्ने वैचारिक प्रजातान्त्रिक धारको कन्जरभेटिभ पार्टीको भविश्य राम्रो छ नेपालमा । कांग्रेस र कम्युनिष्ट दुबै विदेशी विचार बोकेका पार्टी हुन् ।’
थापाको बुझाइमा राजनीति भनेको जनताको सेवा हो । जनताका दैनिक समस्या समाधानका लागि, विकासका लागि रजानीतिज्ञहरुले सोच्नुपर्छ । जनतासँग नजोडिएको फोस्रो राजनीति टिकाऊ हुँदैन, जुन कांग्रेस, एमाले र एमाओवादीबाट सम्भव छैन भन्ने उहाँको बुझाइ छ ।
राप्रपाले ०५१ सालमै २० सीट जितेको थियो । त्यसबेला पनि त यसलाई वैकल्पिक शक्ति बनाउने भनिएकै हो नि, किन राप्रपा झन् सानो भयो ? यो प्रश्नमा नाति थापाको जवाफ छ,-’केही नेताहरु प्रजातान्त्रिक धारमा अड्न नसकेर राजतन्त्रतिर लाग्नाले पार्टी फुट्यो । तर, अब राजतन्त्र नै हटेर गणतन्त्र आइसकेकाले त्यो समस्या छैन ।’
कमल थापाले खाल्डोमा हाल्छन्
राप्रपाभन्दा त कमल थापाको राप्रपा नेपाल पो ठूलो होलाजस्तो छ त ? यो प्रश्नप्रति शिद्धार्थको ठाडै अस्वीकृति छ । ‘जसले हिजो सक्रिय राजतन्त्रको वकालत गर्यो,उसैले आज संवैधानिक राजतन्त्रको वकालत गर्दैछ,’ उहाँ भन्नुहुन्छ, ०४६ सालमा निरंकुश राजतन्त्र समाप्त पार्ने कमल थापा नै हुन्, ०६३ सालमा संवैधानिक राजतन्त्र समाप्त पार्ने पनि कमल थापा र तुलसी गिरीहरु नै हुन्, अब तिनैले राजतन्त्र फालिसकेपछि संवैधानिक राजतन्त्रको वकालत गर्दैछन्, फेरि कसलाई खाल्डोमा हाल्छन् ।’
पञ्चायतकालमा सूर्यबहादुर थापालगायतले सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय प्रणालीमा जानुपर्छ भन्ने विचार राख्दा तुलसी गिरी र कमल थापा मार्काका यिनै पञ्चहरुले निरंकुशताको वकालत गरेर राजतन्त्र कमजोर पारेको र ०४६ सालको परिवर्तनपछि पनि कमल थापा मार्काका मान्छेहरुले नै राजालाई निरंकुश बन्न उक्साएर संवैधानिकरुपमा रहेको राजतन्त्रसमेत खत्तम पारेको शिद्धार्थको विश्लेषण छ । आफैंले राजालाई उकासेर संवैधानिक राजतन्त्र सिध्याउने अनि अहिले मरिसकेको संवैधानिक राजतन्त्रको नारा लगाउनु कमल थापाको राजनीतिक अस्थिरता र बेइमानी भएको उहाँको भनाइ छ । अब मुलुक गणतन्त्रतर्फ गइसकेकाले राजतन्त्रको नारा लगाउने राप्रपा नेपालको ‘बिजनेश’ नचल्ने उहाँको बुझाइ छ ।
धनकुटा केन्द्रित राजनीति गर्ने
शिद्धार्थको अबको योजना भनेको पार्टी राजनीतिका साथै धनकुटा केन्दि्रत राजनीति गर्ने सोचाइ छ । धनकुटा क्षेत्र नं २ मा सुनिल थापाको जीतलाई जनताले विकासको आशाले हेरेको भन्दै अब सरकारको मुख नताकी विदेशी दाता एवं एनजीओमार्फत् विकासका कार्यक्रम लिएर जाने थापाले बताउनुभयो । ‘बुबाले धनकुटा २ मा जित्नुभयो, अब तपाई अर्कोपटक धनकुटा-१ मा चुनाव लड्ने हो कि क्या हो ?’ अनलाइनखबरको प्रश्नमा शिद्धार्थले भन्नुभयो,’ निश्चय नै । धनकुटाबाहेक अन्यत्र कहाँ जानु ?’
थापा परिवारको चुनौती
‘सूर्यबहादुरबाट छोरो, त्यसपछि नाति, यो त बंशको राजनीति भएन र ?’ यस्तो प्रश्नको जवाफ उहाँसँग सहज छ, ‘मैले अस्ति चुनावमा धनकुटामा भाषण गर्दा पनि भनें, प्रचण्डको पनि त यस्तै छ नि, छोरी उम्मेद्वार बनेकी छन् ।’
छिन्ताङ काण्डलाई लिएर जिल्लामा सूर्यबहादुर थापाको चर्को आलोचना गरिन्छ, यसबाट थापा परिवारलाई राजनीति गर्न कत्तिको चुनौती छ धनकुटा १ मा ? यसमा शिद्धार्थको जवाफ छ, ‘अस्ति चुनावमा जाँदा मैले छिन्ताङ काण्डको अध्ययन गरें, त्यहाँ प्रहरीबाट १५/१६ जना मान्छे मारिँदा सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, कांग्रेस, एमाले र एमाओवादीका पालामा १५/१६ हजार मान्छे मारिए, १५/१६ हजार मान्छे मार्नेहरुबाट हुने यस्तो प्रचारबाजीले अबको पुस्तालाई छुँदैन ।’
बहसको विषय
सुखमा हुर्किएको शहरको युवा पुस्ता यसरी राजनीतिमा लाग्नु र जनताको सेवा गर्ने चाहना व्यक्त गर्नु सकारात्मक विषय हो या नकारात्मक ? अर्कोतर्फ हजुरबा, छोरा र नातिको निरन्तर राजनीतिक यात्रालाई कसरी लिने ? नेपाली राजनीतिमा यो बहसको विषय हुन सक्छ ।
हाम्रो नेपाली समाज पनि अजबकै छ, परिवारका सदस्य र छोराछोरीलाई राजनीतिमा लगाएन भने नेताको आलोचना हुन्छ, लगायो भने पनि आलोचना हुन्छ । सूर्यबहादुर थापाको तीनै पुस्ताको राजनीतिमा देखिएको सक्रियतालाई कसरी लिने ? सकारात्मक ? या नकारात्मक ?






दोस्रो,
रहस्य -नदेखेका मान्छे)का कारण थियो। १० वर्षे विद्रोहमा प्रचण्ड रहस्यमय
पात्र बने। प्रचण्डलाई चिन्नका लागि धेरैले कल्पना गर्नुपथ्र्यो। विद्रोहले
कम समयमा छिटो विस्तार गर्नु पनि प्रचण्डलाई थप लाभको कुरा थियो। त्यो
उन्नति र प्रगतिलाई १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतालाई राज्यले
पनि मान्यता दियो। त्यसबाट उनलाई स्थापित हुन सहज भयो।
सामान्य
किसानका छोरा हुन् प्रचण्ड। उनलाई नजिकबाट नियालिरहेका एमाओवादीका एक
केन्द्रीय सदस्यका भनाइमा प्रचण्डले सशस्त्र युद्ध थाल्नुअघि नै मीठो खाने,
राम्रो लगाउने, चुरोट खाइरहनुपर्ने, छाती फुलाएर हिँड्ने गर्थे। उनी
छालाको कालो सुटकेस बोक्थे। त्यस बेला प्रचण्डसँग पैसा थिएन। तर, जनयुद्धमा
हेडक्वार्टरमा पैसा आउन थाल्यो, उनका अतृप्त चाहनाहरू पूरा हुन थाले।
भारतमा हुँदा होस् या रोल्पामा, ब्रान्डेड रक्सी खान थाले। उनको त्यो चाहना
हेडक्वार्टरमार्फत झन्झन् पूरा हुन थाल्यो। हुँदाहुँदा सबैभन्दा राम्रो
घडी होस् या ल्यापटप वा मोबाइल नै किन नहोस्, ती सबै राम्रा वस्तु उनीकहाँ
पुग्न थाले। त्यो रोग अन्य नेतामा पनि सल्कियो। अन्ततः त्यो विकृति राम्रा
मोटरसाइकल, राम्रा गाडी हुँदै राम्रा महलमा बस्नेसम्म फैलियो, जसलाई उनले
चाहेर पनि रोक्नै सकेनन्। कारबाही नै गर्नुपर्दा आफूबाट सुरुवात गर्नुपर्ने
अवस्था सिर्जना हुन थाल्यो। जीवनशैलीमा यहीँनेर चुके प्रचण्ड।
एमाओवादीनिकट
पत्रकार खिलबहादुर भण्डारीको भनाइमा आगामी दिनमा प्रचण्डको उचाइ कायम
राख्न एमाओवादी नेतादेखि कार्यकर्तासम्मको जीवनशैली, कार्यशैली, कार्यदिशा
सबैमा मलमपट्टी लगाएर मात्र पुग्नेवाला छैन, शल्यक्रिया नै जरुरत छ।
"संविधानसभाको दोस्रो निर्वाचनबाट एमाओवादी तेस्रो पार्टी भए पनि
गिरजिाप्रसाद कोइरालाको निधनपछि प्रचण्डबाहेक त्यो उचाइको अर्को नेता
छैनन्," भण्डारी भन्छन्, "आफ्नो विगतको उचाइलाई कायम राख्न प्रचण्डले
अवसरवादीको घेरा तोडेर जनतासँग सम्बन्ध विकास गर्दै कार्यशैली बदल्न जरुरी
छ।"
निर्वाचन
परिणामको असफलतालाई बाहिर राखेर हेर्ने हो भने प्रचण्ड पछिल्लो समय
परिवर्तनकारी नेता नभएर 'म्यानेजरियल' नेता भए। व्यवस्थापनतिर मात्रै उनको
समय बित्यो । कांग्रेसलाई मिलाउनुपर्ने, एमालेलाई मिलाउनुपर्ने र मधेसीलाई
मिलाउनुपर्ने । रूपान्तरणकारी नेताले व्यवस्थापकीय कुरामा हात हालेपछि
अपजशको भारी बोक्नुपर्ने हुन्छ । यो तेस्रो वा चौथो तहका नेतालाई
दिनुपथ्र्यो । बीपीले यस्तो व्यवस्थापकीय काम गर्नुपर्दा सूर्यप्रसाद
उपाध्यायलाई अगाडि सार्थे । मदन भण्डारीले माधव नेपाललाई संविधान निर्माणमा
किन पठाए ? मदन भण्डारीले आफू मन्त्री नभईकन झलनाथ खनाललाई किन पठाए ?
पहिलो संसदीय निर्वाचनपछि संसदीय दलको नेता मनमोहन अधिकारीलाई बनाए ।
व्यवस्थापकीय क्षेत्रभन्दा पर बस्ने नेतालाई यसले समाजमा परिवर्तन ल्याउन
सक्छ भनेर हेरिन्छ । तर, माओवादीले जहिले पनि कांग्रेस, मधेसी र एमालेसँग
'डिल' गर्दा त्यो काम बाबुराम, मोहन वैद्य वा नारायणकाजीलाई दिएको भए उनको
चामत्कारिक नेतृत्व यति चाँडै भुत्ते हुँदैनथ्यो ।
नेपालको
माओवादी आन्दोलनको उद्भव, विकास र सुरु भएको ओरालो यात्रा दक्षिण अमेरिकी
उग्र वामपन्थी आन्दोलनसँग तुलनीय छ । जेठ ०६० मा तत्कालीन माओवादीले अघि
सारेको २१औँ शताब्दीको जनवाद पनि मौलिक विचार होइन । यो चिलीका समाजवादी
राष्ट्रपति साल्भाडोर एलेन्डेले '७० को दशकमा नै उच्चारण गरेको वामपन्थी
राजनीतिक मार्गचित्र थियो । त्यसैको बलमा निकारागुवा, भियतनाम, होन्डुरस र
पेरुको कम्युनिस्ट आन्दोलनको विकास भएको थियो । ती सबै आन्दोलन उग्र वाम
नारामा उठेका थिए, त्यसैको परिणाम सत्तामा पुगे र आफूले उठाएको नारा
'डेलिभर' गर्न नसकेपछि निर्वाचनबाटै पत्तासाफ भए । अहिले नेपालको माओवादी
परिणति पनि त्यस्तै देखिन्छ ।
सेयर बजारका अर्का ठुला खेलाडीको रुपमा चिनिन्छन्, राजाराम जोशी । राजाराम जोशी गुडबिल फाइनान्सका सञ्चालक समितिमा समेत छन् । उनको गुडविलमा एक लाख २३ हजार ६१ कित्ता रहेको कम्पनीको सन् २०११/१२ बार्षिक प्रतिवेदनमा उल्लेख छ । उनको पनि बिभिन्न कम्पनीहरुमा लगानी रहेको र व्यक्तिगत रुपमै एक अर्बभन्दा ठुलो लगानीको आकार रहेको स्रोतहरु बताउँछन् ।
काठमाडौं । एशियाका लाखौ मानिसलाई ट्विटको सेवा दिन ट्विटरले इन्टरनेटबिना नै आफ्नो सेवा लिन सकिने व्यवस्था गर्न लागेको छ । सिंगापुरस्थित युटोपियासंग मिलेर यस्तो सेवा दिन लागिएको युटोपियाका कार्यकारी प्रमुख सुमेश मेननले बताए । यो सेवाबाट विश्वमा एकसय ४० अक्षरको माइक्रो ब्लगिङ सेवा दिदै आएको ट्विटर इन्टरनेट नचल्ने मोबाइलबाट पनि ट्विट गर्न सक्ने छन् । उनीहरुले केवल एउटा कोड डायल गर्नु पर्ने हुन्छ, त्यसले ट्विटरको नेटवर्कसँग सम्वन्ध स्थापित गर्ने छ, रोयटर्सले लेखेको छ ।