By mysansar, on December 20th, 2010
फेसबुकमा एक जना साथीले मलाई ट्याग गरेको यो फोटो देख्दा दुःख लाग्यो। फोटोमा हाम्रा माननीय संस्कृति मन्त्री मिनेन्द्र रिजालज्यु देखिनु हुन्छ। अनि अर्का युवा नेताहरु पनि। पछाडि नेपाली काँग्रेसको झण्डा स-सम्मान झुण्डिएको देखिन्छ। तर टेबलमा खानेकुराको मुनि नेपालको राष्ट्रिय झण्डा थिचिएर बसेको छ।

हे काँग्रेसजन हो, राष्ट्रिय झण्डा भनेको केही मिटरको कपडा मात्र हैन, यसमा सिंगो राष्ट्रियता अडेको हुन्छ। तिमीहरु यसको सम्मान गर्न सक्दैनौ भने अपमान त नगर।
