
यद्यपि गिनिज बुकमा नाम त लेखिएको छैन, तर सायद यो दुनियामा उनका जत्रा गह्रौँ हात अरु कुनै मनुष्यका छैनन् होला । थाइल्याण्डकी एक महिलाका दुइ हातको तौल झण्डै २० किलो छ ।
थाइल्याण्डको सुरिन प्रान्तकी डुआंगजे समाकसमामका हात एक दुर्लभ रोगका कारण सुन्निएर यति ठूला भएका हुन् ।
५९ वर्षकी डुआंगजे विश्वकी एकमात्र मानिस हुन् जसलाई म्याक्रोडिस्ट्रोफिया लिम्फोमास्टोसा भन्ने रोग छ । यो रोगका कारण उनको हातमा बोसोको थुप्रो जम्मा भएकेा छ, काँध्देखि औँलासम्मै ।

यस्ता भिमकाय तथा असामान्य हातका कारण उनलाई आफ्नो दैनिक जिवनमा गर्नुपर्ने अत्यावश्यक काम गर्न समेत अप्ठेरो हुन्छ । पसल संचालन गरेर बसेकी उनी आफ्नो यस्तो अवस्थाका कारण बच्चामा स्कुल जान पनि पाइनन् र घरभित्रै कोचिएर बसिन् ।
तर बुढा बाउआमालाई पाल्नु परेेपछि उनले २० वर्षको उमेर देखि पसल गनृ थालिन् ।
उनको यस्तो दुर्लभ अवस्था देखेर विश्वभरिके डाक्टरहरु अचम्ममा परे । उनको रोगको उपचार गर्न धेरै कस्सिए र प्रयास पनि गरे । तर कोहीपनि सफल भएनन् ।
यो रोगको समाधान भनेको हात काटेर फ्याँक्नुमात्रै रहेको भनेर अाफुलाई डाक्टरहरुले भनेको तर आफुले आफ्ना हात काट्न नचाहेको उनी बताउँछिन् ।


