रामप्रसाद न्यौपाने/नयाँ पत्रिका
विदेशी औषधि कम्पनीले आफ्ना नयाँ उत्पादन फाइदाजनक छन् कि हानिकारक भनेर परीक्षण गर्ने थलो नेपाललाई बनाइरहेका छन् । अहिले १६ हजार एक सय ७० नेपालीमाथि नयाँ औषधि परीक्षण भइरहेको छ, तर जोमाथि यी औषधि प्रयोग भइरहेका छन्, यी औषधि खतरनाक पनि हुन सक्छन् भन्ने उनीहरूलाई पत्तै छैन ।
नयाँ औषधिको प्रभाव कस्तो पर्छ भनेर विदेशी कम्पनीले वर्षेनी हजारौँ नेपालीमा 'क्लिनिकल ट्रायल' गर्छन् । गरिब मुलुकका सोझा जनता भनेर गरिने यस्तो परीक्षणको अहिलेसम्म विरोध भएको छैन । यस्ता औषधिबाट कसैलाई साइडइफेक्ट भएमा वा अकालमा ज्यानै गएमा पनि बिरामी र आफन्तलाई थाहा हँुदैन, किनकि बिरामीलाई भन्दै नभनी यस्तो औषधि दिने गरिएको छ ।
औषधिको परीक्षण विश्वका अन्य देशमा पनि हुन्छ । तर, 'क्लिनिकल ट्रायल' गर्ने व्यक्तिलाई यो नयाँ औषधि हो, तपाईंमा परीक्षण गरिँदै छ भनेर जानकारी दिनुपर्छ । औषधिको 'साइडइफेक्ट' भएमा वा ज्यान गएमा कम्पनीले क्षतिपूर्ति दिनुपर्छ । तर, बिरामीमाथि औषधि परीक्षण भएको छ भन्ने आफन्तले थाहा नपाएपछि ज्यानै गए पनि क्षतिपूर्ति दाबी हुने गरेको छैन ।
सरकार भने अहिलेसम्म परीक्षणमा रहेको औषधिले एकजनाको पनि मृत्यु नभएको भन्दै तथ्यांक देखाएर सन्तुष्ट छ । नेपालमा क्लिनिकल ट्रायलको अनुमति दिने र अनुगमन गर्ने सरकारी निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ट्रायलकै कारणले बिरामीको मृत्यु नभएको दाबी गरेको छ । जीवनसँग जोडिएको यति संवेदनशील विषयमा बिरामीलाई जानकारी दिनुपर्छ भन्नेतर्फ भने परिषद्ले ध्यानै दिएको छैन ।
एक-दुईवटा निवेदन आए पनि नयाँ औषधिले हो भनेर पुष्टि नभएको बताउँछन् परिषद्का अध्यक्ष डा. चोपलाल भुसाल । 'परीक्षणको औषधि सेवनले बिरामी मर्यो भन्दै उजुरी त आउने गरेका छन् तर छानबिनमा त्यही औषधिकै कारणले मरेको भन्ने पुष्टि हुन सकेको छैन । पुष्टि नभएपछि क्ष्ातिपूर्ति दिने कुरा पनि भएन,' उनी भन्छन् ।
'तपाईंलाई औषधि परीक्षण गराउन खोजिएको छ, सहमति छ कि छैन भनेर पहिले नै राय लिनुपर्छ, बिरामीले मानेन भने उसलाई जबर्जस्ती परीक्षण गर्न मिल्दैन,' डा. भुसालले भने । तर, नेपालमा कानुनअनुसार 'क्लिनिकल ट्रायल' नहुने स्वयं मन्त्रालयका कर्मचारीहरू बताउँछन् । 'नियमअनुसार जसमाथि प्रयोग हुने हो त्यसको स्वीकृति लिएर मात्रै ट्रायल गर्नुपर्ने हुन्छ, तर यहाँ सित्तैमा उपचार हुने वा औषधि पाइने भन्ने भ्रम छरेर पनि ट्रायल हुने गरेको छ,' मन्त्रालयका एक कर्मचारीले भने ।
औषधि व्यवस्था विभागका कार्यकारी निर्देशक राधारमण प्रसादले 'क्लिनिकल ट्रायल'का लागि परिषद्कोे राय माग्ने तर त्यसको आधारमा नयाँ औषधि नेपाल ल्याउने गरिएको बताए । औषधिको परीक्षण ऐनअनुसार गर्ने र परीक्षण अनुगमन गर्ने जिम्मा पनि परिषद्कै भएको उनको भनाइ छ । 'परिषद्कै सल्लाहमा मात्र नयाँ औषधि आउने हो, उसकै प्रत्यक्ष निगरानीमा परीक्षण हुने भएकाले खराबी देखिए रोक्ने र अन्य कदम चाल्ने जिम्मा उसैको हो,' उनले भने ।
अहिले पनि नेपालका विभिन्न अस्पताल तथा क्ष्ाेत्रमा ६ प्रकारका औषधिको 'क्लिनिकल ट्रायल' भइरहेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अगुवाइमा झापाको चारआली, भद्रपुर, दमकमा र चितवनको भरतपुर क्षेत्रका दुई सय ५० जनामा सर्पदंशको नयाँ औषधिको परीक्षण भएको छ ।
त्यस्तै, महोत्तरीको लालगढ अस्पतालले कुष्ठरोगको उपचारमा तीन सय ७० जनामाथि नयाँ औषधि परीक्षण गरेको छ । काभ्रेस्थित धुलिखेल अस्पतालले एक सय ५० जनामा पखला रोक्ने औषधिको परीक्षण गरिरहेको छ । ललितपुरमा टाइफाइडको औषधि परीक्षण भइरहेको छ, यसमा अझ खतरनाक कुरा, ललितपुरमा कति जनामाथि यो औषधि परीक्षण भइरहेको छ भन्ने खुलेको छैन ।
उता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चार सयजना बिरामीमा कालाजारको औषधि परीक्षण भइरहेको छ । सबैभन्दा धेरै त बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले १५ हजार सुत्केरी आमामाथि नयाँ औषधि प्रयोग गरिरहेको छ । नयाँ औषधिले आमा र बच्चाको स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने जानकारी लिइरहेको छ, तर आफूहरूमाथि भइरहेको परीक्षणबारे आमाहरू बेखबर छन् ।
परिषद्का अध्यक्ष डा. भुसालले नेपालमा गरिने 'क्लिनिकल ट्रायल' सुरक्षित हुने दाबी गरे । उनले एक-दुई ठाउँबाट क्लिनिकल ट्रायलका क्रममा व्यक्तिको ज्यान गएको भनेर निवेदन परे पनि छानबिनका क्रममा अहिलेसम्म सो पुष्टि नभएको बताए । उनले भने, 'यहाँ ट्रायल हुने औषधि अन्य देशमा प्रयोग भइसकेका औषधि हुन् । पहिलोपटक प्रयोग हुने होइन ।'
नेपालमा भारतीय तथा पश्चिमा देशहरूले आफ्ना औषधिको क्लिनिकल ट्रायल गर्छन् । गरिब तथा विकासोन्मुख मुलुक भएर निःशुल्क औषधिको वितरणको नाममा समेत क्लिनिकल ट्रायल हुने गरेको छ । औषधि व्यवस्था ऐनको दफा ३१ ले व्यवस्था गरेअनुसार क्लिनिकल ट्रायल गरिने बिरामीलाई त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असरबारे यथार्थ जानकारी दिएपछि बिरामीको स्वीकृतिमा क्लिनिकल ट्रायल गराउनुपर्छ ।
महोत्तरीको लालगढस्थित ल्याप्रोसी हस्पिटलमा कुष्ठरोगसम्बन्धी औषधि तीन सय ७० जनामा प्रयोग भइरहेको छ
काभ्रेको धुलिखेल अस्पतालमा पखालासम्बन्धी औषधि एक सय ५० जनामा परीक्षणको क्रममा
ललितपुर उपमहानगरपालिकामा टाइफाइडको औषधि परीक्षण भइरहेको छ तर कतिजनामाथि यो परीक्षण भइरहेको छ खुलाएको छैन
धरानस्थित बिपी कोइराला हस्पिटलद्वारा कालाजारको औषधि चार सयजनामाथि परीक्षण भइरहेको छ
बिपी अस्पताल धरान र काठमाडौं जोरपाटीको एनएमसी शिक्षण अस्पतालले १५ हजार सुत्केरी आमामाथि नयाँ औषधि प्रयोग गरिरहेको छ

कहाँ भइरहेछ प्रयोग
झापाको चारआली, भद्रपुर र दमक तथा चितवनको भरतपुरमा सर्पले टोक्दा गरिने औषधि दुई सय ५० जनामा परीक्षण हुँदैमहोत्तरीको लालगढस्थित ल्याप्रोसी हस्पिटलमा कुष्ठरोगसम्बन्धी औषधि तीन सय ७० जनामा प्रयोग भइरहेको छ