सभालाई सभामुख सवास नेम्बाङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेसले कोइरालाको वार्षिक पुन्य तिथिमा पार्कभित्र शालिक शिलन्यास गर्ने कार्यक्रम राखेको थियो ।
सोमबार बिहान कार्यकर्ता सहित शालिक शिलन्यासका लागि पुगेका कांग्रेस नेताहरुलाई स्थानीय वासीले अवरोध पुरयाए पछि केहीबेर तनाब उत्पन्न भएको थियो । स्थानीय वासीले दल विशेषको नेताको शालिक बनाउन नपाइने भन्दै विरोध जनाएका थिए । उनीहरुले शालिक शिलन्यासका लागि खनिएको खाल्डो समेत पुरिदिएका थिए ।
सार्वजनिक स्थललाई दलका नेताको नाम दिन नसकिने भन्दै उनीहरुले आफूहरुलाई जानकारी नगराई शालिक निर्माणको निर्णय गरिएकोमा रोष प्रकट गरे ।
दुई सयको संख्यामा रहेको कांग्रेसको कार्यकर्ता र एक सयको संख्यामा रहेका स्थानीयबीच झडपको सम्भावना बढेपछि प्रहरी सुरक्षा सतकर्ता समेत अपनाइएको थियो ।