विश्वमा अनौठा स्थल र घटनाको कमी छैन । प्राचीन विश्वका सात आश्चर्यमा पर्ने इजिप्टको पिरामिड अझ पनि लाखौ पर्यटकको आर्कषणको केन्द्र छ । ऐतिहासिक ताज महल आज पनि प्रेमको प्रतिकका रुपमा उभिएको छ । यस्तै अदभुत १७ पर्यटकिय स्थलको विवरण बजफिड ट्राभलले तयार गरेको छ ।

बजफिडको अदभुत स्थलको सुचीमा पहिलो स्थानमा चीनको गान्सुस्थित झाङगे डान्झिया भौगोलिक संरचना परेको छ । रातो पर्वतमालामा दुई करोड ४० लाख वर्षपहिलेदेखि सतहमा देखा परेका खजिकपदार्थका कारण यहाँका पर्वत सप्तरंगी इन्द्रेणी जस्तो देखिन्छन् ।


इक्वाडरको इन्ड अफ दि वल्र्ड पिङ दोस्रो स्थानमा परेको छ । घना जंगलको ठूलोरुखमाथिको टि हाउसमा रहेको पिङ खेल्दा नजिकै सक्रिय ज्वालामुखी देख्न सकिन्छ । बजफिडका अनुसार, यो पिङमा मच्चिन ठुलो साहश आवश्यक पर्छ ।


बेलिज द्वीपको समुद्रितटमा रहेको ग्रेट ब्लु होल स्कुबा डाइभिङका लागि प्रख्यात सवमरिन सिंक होल हो । यसको गहिराई चारसय सात फिट छ ।
.jpg)
.jpg)
नेदरल्याण्डको टुलिप खेती गरिने क्षेत्रपनि अदभुत दृष्यका लागि विश्वमै प्रख्यात छ । यहाँ लहरै खेती गरिएका टुलिप देख्दा मन प्रसन्न हुन्छ ।


Ads not by this site
भियतनामको बिन्ह प्रान्तमा रहेको हाङ सोङ दोङ गुफा पर्यटकिय आर्कषणको राम्रो केन्द्र हो । विश्वकै ठुलो यो गुफा २० देखि ५० लाख वर्ष पहिले निर्माण भएको अनुमान गरिन्छ । यो गुफा भीत्र करिव आधा माइल लामो ५० तले घर अटाउन सक्छ ।


जापानको इबाराकीस्थित हिताची सि साइड पार्क रंगिचंगी फुल र समुद्रको संगमका कारण प्रख्यात छ । शरद ऋतुमा बेबी ब्लु आईज फुल फुल्दा यहाँ ४५ लाख पर्यटक ओइरिन्छन् ।


अमेरिकीका अलस्कास्थित मेन्डेनहल आईस केभ (गुफा) अनौठो चरित्रका कारण प्रख्यात छ । हिउले बनेको यो गुफा मान्छे हिडदै अगाडि बढदा पग्लदै जान्छ साथसाथै गुफा पनि बन्दै जान्छ ।


Ads not by this site
भेनेजुयला, ब्राजिल र गुयनाको सिमा क्षेत्रमा पर्ने माउन्ट रोराईमालाई विश्वकै सबैभन्दा पुरानो भौगोलिक बनावट मानिन्छ । टेबल आकारको यो श्रृंखला करिव दुई अर्ब वर्ष अगाडि बनेको अनुमान छ ।


टर्कीको एन्टोलिया क्षेत्र नागबेली र रंगिचंगी ससाना पर्वतका कारण राम्रो पर्यटकिय क्षेत्र बनेको छ । यो विश्वकै प्रख्यात हट एअर बेलुन उडाइने क्षेत्र हो ।

मालद्विपको बाधु द्विप समुन्द्रमा देखिने ताराका कारण रोमान्चक छ । राती समुद्रमा डुंगा चल्दा तिनले उठाएको फोका र ताराको छाया मिसिदाँको दृश्य साच्चै मनमोहक हुन्छ ।

जिम्वावे र जाम्वियाको सिमामा रहेको भिक्टोरिया फल अफ्रिकाको सबैभन्दा फराकिलो झरना हो । यही झरना क्षेत्रमा जिम्वावे तिर डेभिल पुल रहेको छ । यहाँ सहाशी पर्यटक तैराकीको मजा लिन्छन ।

नर्वेको टोर्लटुंगा हिंउ जम्ने दुई हजार फिट अग्लो जिब्रो आकारको ढुंगामा हाईकिङ गर्ने युवाको ठुलो जमात हुने गर्छ । यहाँ घुम्ने उपयुक्त समय मध्य जुनदेखि मध्य सेप्टेम्बर हो ।


नर्वेको टोर्लटुंगा हिंउ जम्ने दुई हजार फिट अग्लो जिब्रो आकारको ढुंगामा हाईकिङ गर्ने युवाको ठुलो जमात हुने गर्छ । यहाँ घुम्ने उपयुक्त समय मध्य जुनदेखि मध्य सेप्टेम्बर हो ।

Ads not by this site
समुद्रको छालले लाखौ वर्षदेखि बढार्दै ल्याएको सातो बालुवा बाट बनेको अस्ट्रेलियाको ह्वाइट हेभन बीच बनेको हो । सेतो भएको कारण यो तात्दैन, नाङ्रगा खुट्टाले हिडन समेत उपयुक्त छ ।


एरिजोनाको ग्रयाण्ड केन्योन विश्वका सात प्राकृतिक आश्चर्यमा समावेस छ । यो अद्धितिय भौगोलिक क्षेत्र दुईसय २७ माइल लामो र १८ माईल चौडा छ ।

अर्जेटिना र चिलीको सिमानामा पर्ने पटागोनिया मार्बल केभ (गुफा) भीत्र मार्बल चपेल र मार्बल क्याथाड्रेल रहेको छ । यो भौगोलिक बनोट छ हजार वर्ष अगाडिदेखि बन्न सुरु गरेको हो ।

यस्तै अन्य आर्कषणमा युक्रेनको टनेल अफ लभ, बोलिभियाको सलार डि युनी, ब्राजिलको बाहियास्थित इन्च्यान्डीड वेल (कुवा) पर्दछन् । यिनी सम्पदाको आर्कषणबाट बर्षेनी हजारौ पर्यटक लोभिने गरेका छन् ।