Sunday, October 6, 2013

मेवा खानुका लाभै लाभ - onlinekhabar

अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ ।

mewa
यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ । मेवाका स्वास्थ्य लाभ यस्ता छन् -
मेवामा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । साथै यसमा पोटासियम तथा क्याल्सियम तत्व पनि पर्याप्त पाइने भएकाले सरीरका लागि लाभदायी हुन्छ ।
आफ्नो पाचन प्रणालीलाई स्वस्थ राख्न चाहनुहुन्छ ? त्यसो भए मेवाको नियमित सेवन गर्नुहोस् । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ । यसले सरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको सरीरमा कमी हुन दिँदैन । यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या पनि दूर गर्छ ।
तपाइँ आफ्नो वजन कम गर्न चाहनुहुन्छ भने नियमित रुपमा मेवा खानुहोस् । यसले सरीरमा आवश्यक सबै तत्वको माग पूरा गर्नेछ र अतिरिक्त बोसो जम्मा हुन दिनेछैन ।
हड्डी टुट्ने, बाथ जस्ता विभिन्न खाले रोगका रोगीहरुले पनि मेवाको सेवन गर्नु फाइदाजनक हुन्छ ।
चिसोले सताएको बेला मेवा खाँदा लाभ मिल्छ । मेवाले सरीरमा रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।
मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।
मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन पाउँदेन र घाउ छिटै निको हुन्छ ।