केन्याको मसाइ मारा राष्ट्रिय आरक्षको मारा नदी क्षेत्रको किनारामा लाखौँ जंगली भैँसीको हुल तछाडमछाड गरी अघि बढिरहँदा धुलोको मुस्लो उठ्यो । राम्रो चरन क्षेत्रको खोजीमा वर्षेनी मौसमी बसाइ सराइ गर्ने यी जंगली भैसीको बथान गोही बस्ने खतरनाक मारा नदी तरेर छिमेकी देश तान्जानीयाको सेरेंगेटी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुग्छन् ।
नदी तर्ने क्रममा सयौँ पाडापाडी गोहीको सिकार बन्छन् । यसरी केन्याबाट तान्जानीय बसाइ सर्ने जंगली भैँसीको संख्या १५ लाख हुन्छ । ती भैँसी फेरि अर्को मौसममा तान्जानीयाबाट केन्या नै फर्किन्छन् र नदी वारपार गर्ने त्यो क्रम वर्षेनी चल्छ । हरेक वर्षको जुलाइ देखि अक्टोबर सम्मको समयमा यस्तो बसाइ सराइ हुने गर्छ । तर अगष्टमा यस्तो स्थानान्तरण सबैभन्दा उत्कर्षमा पुग्छ ।
रुसका अवकाश प्राप्त सुरक्षा अधिकारी सेर्गेइ अभापोभले केही समयअघि ती जंगली भैँसीको बसाइ सराइ र नदी तराइको मनमोहक तथा भयंकर दृश्यहरु क्यामरामा कैद गरेर सार्वजनिक गरेका छन् । हेरौँ यी रोचक दृश्यहरु