के तपाईं तौल घटाउने विचारमा हुनुहुन्छ?
तर, कार्यालयमा कम्प्युटरमा बसेर काम गर्न विवश हुनुहुन्छ भने तपाईंले
तेलयुक्त खानेकुरा, चिप्स, प्याकेटका खानेकुरा खाने बानी त्याग्नुपर्छ। तौल
नबढाउने हो भने निम्न प्रकारका खाना खान सकिन्छ :
उसिनेको अन्डा : हामीले
उसिनेको अन्डाको फाइदाका बारेमा धेरै सुनेका छौं। अन्डामा धेरै प्रोटिन
पाइन्छ। कार्यालय जाँदा अन्डा लिएर जान सकिन्छ। यसलाई अन्य सलादसँग मिसाएर
पनि खान सकिन्छ।
बदाम : बदाम स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। काममा व्यस्त भए पनि केही बदाम, सुकेको अंगुर र दुईतीनवटा काजु खाँदा भोक मेटाउनुका साथै फिट रहन पनि मद्दत गर्छ।
पपकर्न : पपकर्न एक
प्रकारको स्वस्थ खाजा हो। यो जति खाए पनि चिन्ता मान्नु पर्दैन किनकि यसले
तौल बढ्दैन अनि भोक मेटाउन सहयोग गर्छ। बोकेर हिँड्न पनि सजिलो हुन्छ।
सुप वा जुस : शुद्ध भेज सुप वा जुसले भोक मेटाउनुका साथै काममा स्फूर्त बनाउँछ।
टुसा उम्रेको गेडागुडीको सलाद : आफूलाई मन पर्ने गेडागुडी उमारेर त्यसलाई उसिन्ने अनि नुन र मरीच मिसाएर सलादका रूपमा कार्यालयमै बसेर खान सकिन्छ।