विश्वभरका 'इन्भेष्टर'को केन्द्रमा रहेको सहर हो दुवई । २००६/०७ को विश्व आर्थिक मन्दीबाट पार पाएसँगै दुवईले नयाँ गति लिइ सकेको छ ।

विश्वकै सर्वाधिक अग्लो भवन ब्रुज खलिफा निर्माण गरि सकेको दुवईले रियलस्टेटमा अर्को छलाङ मार्ने तरखरमा छ ।

रियलस्टेट क्षेत्रमा नयाँ तहल्का दिने गरि आगामी दुई बर्ष भित्र दुवईको सबैभन्दा महङ्गो अपार्टमेन्ट तयार हुन लागेको हो ।

सन् २०१७ मा निर्माण पुरा हुने यो अपार्टमेन्ट तीन करोड २० लाख पाउण्ड(पाँच अर्व १५ करोड रुपैयाँ)मा विक्रीमा राखिएको छ ।

दुवईको समुन्द्रि किनारा पाम जुमैरामा बन्न लागेको यो अपार्टमेण्ट भवनको २५ औं तलामा छ । अपार्टमेन्टमा पुल, स्पा लगायतको सुविधा छन् ।

अपार्टमेन्टमा किचेन छुट्टै र हरेक वालमा झ्याल हुनेछन् ।

अपार्टमेन्ट रहेको सिङ्गो भवन न्युयोर्कको सोमा आर्किटेक्ट्सले डिजाइन गरेको हो । अपार्टमेन्टबाट समन्द्र र सहर दुबै 'पानोरमिक' दृश्यमा देखिन्छन् ।

त्यस बाहेक जिम, हेयर सैलुन र सिनेमा लगायतका सुविधा पनि उपलब्ध छन् ।

यस अघि दुवई सर्वाधिक महङ्गो अपार्टमेन्टको ब्रुज खलिफामै रहेको थियो । जुन एक करोड छ लाख पाउन्डमा बिक्री भएको थियो ।

ट