Thursday, April 10, 2014

यी जुम्ल्याहा जसले शरिर छुट्टाउन मानेनन् - onlinekhabar



जन्मिदै शरिर जोडिएर जन्मिने बच्चाहरुलाई आजकल प्रबिधिको सहयोगमा सजिलै छुट्टाउन सकिन्छ ।

तर, भारतमा शरिर जोडिएका एक जोडी किशोरले जीउ छुट्टाउने डाक्टरको प्रस्तावलाई अस्वीकार गरिदिएका छन् ।

टाउको, हात, छाती सवै फरक–फरक रहेका यी किशोरको पेटदेखि तलको भाग जोडिएको जसले गर्दा उनीहरुको दुई जीउलाई दुईटा छुट्टाले धानीरहेको छ ।

शिवनाथ र शिवराम साहू शरीर जोडिएको अवस्थामा जन्मिएपछि गाउँका धेरैले देवी अवतार भन्दै पूजा गरे । उनीहरुलाई जीउन भने सहज छैन् ।

तर, जब डाक्टरले १२ बर्षको भएपछि उनीहरुलाई छुट्याउन सकिने बताए, शिवनाथ र शिवरामले मानेनन् । शिवराम भन्छन्–‘हामी अलग हुन चाहँदैनौं । हामी बुढा हुँदा पनि यस्तै बस्छौं ।’



मध्य भारतको राइपुरमा जन्मिएका शिवराम र शिवनाथ दुबै जोडिएका छन् । उनीहरुको छातिभन्दा मुनीको भाग पूर्ण रुपमा जोडिएर एकै छ । डाक्टरहरुका अनुसार उनीहरुको पेट एउटै छ । तर, फोक्सो, मुुटु र दिमाग भने अलग–अलग छ ।

पेट जोडिएको हुनाले उनीहरु सहज रुपमा हिडडुल गर्न सक्दैनन् । बस्दा समेत एउटाको टाउको उठायो भने अर्कोको टाउको सुतेको अवस्थामा हुन्छ ।

तर, उनीहरुले बितेका १२ बर्षमा धेरै कुरा सिकिसकेका छन जसले गर्दा उनीहरुलाई जीवन जिउन धेरै कठिन भने छैन् ।

‘हामी साइकल चढेर स्कूल जान्छौं, साथीसँग क्रिकेट खेल्छौं, आफै कपडा लगाउन र खानपिन गर्न सक्छौं’ शिवनाथ भन्छन–‘हामीले जीवन जिउन जानिसकेका छौं, अब हामीलाई छुटिनु छैन् ।’

उनीहरु बिद्यालयमा पनि जेहेन्दार बिद्यार्थीका रुपमा चिनिन्छन् । शिवराम र शिवनाथका बाबु गरिव परिवारका हुन् । तर, आफ्ना छोरालाई गाउँ छाडेर अन्तै पठाउन उनी चाहाँदैनन् । आफ्ना छोराहरुलाई हेरेर धेरै गाउँलेले खुसी मान्ने गरेको उनले बताए ।











एजेन्सीको सहयोगमा