Friday, February 11, 2011

मृत्युसँग साक्षात्कार


रमण घिमिरे



रहेछ संसार निशा-समान

आएन ज्यूँदै रहँदा नि ज्ञान

आखिर श्रीकृष्ण रहेछ एक

न भक्ति भो, ज्ञान, न भो विवेक !

पेटको क्यान्सरबाट थलिएर तत्कालीन शान्तभवन अस्पतालमा उपचार गराउँदाकै क्षण महाकवि लक्ष्मीप्रसाद देवकोटाले मृत्युबोध गरेका थिए। त्यही अस्पतालमा १९ भदौ २०१६ मा लेखेको माथिको उनको यो अन्तिम कवितांश नेपाली साहित्यमा उनी आफू मर्दैछु भन्ने कुराको स्वीकारोक्ति मानिन्छ। यस कविताको अन्तिम पंक्तिमा उनले मृत्युबोधलाई अझ स्पष्ट पार्दै लेखेका छन्,

संस्कार आफ्नो सब नै गुमाएँ

म शून्यमा शून्य सरी बिलाएँ।

-संसाररूपी सुखस्वर्गभित्र, महाकवि देवकोटाका कविता ः सं कुमारबहादुर जोशी, साझा प्रकाशन)

मानिस जन्मनु र मर्नु एउटा नित्य कर्म हो। जो जन्मिन्छ, उसले एकदिन अवश्य मर्नुपर्छ। पूर्वीय दर्शनले भन्छ, जन्मनु पहिलो सत्य हो भने मृत्यु अन्तिम सत्य। कविशिरोमणि लेखनाथ पौड्याललाई पनि जीवनको आखिरीमा देवकोटालाई जस्तै मृत्युबोध भएको थियो। र, महाकवि देवकोटाले झैँ उनले पनि जीवनको अन्तिम घडीमा अर्थात् ०२३ सालमा कवितामा यसरी मृत्युबोध गरेः

यो दुःख भोग्ने परमेश्वरै हो

यो देह उस्को रहने घरै हो

यो भत्कँदा दुःख अवश्य मान्छ

सुटुक्क सामान लिएर जान्छ।

-आखिरी कविता, आधुनिक नेपाली कविता, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान)



यी पुराना कुरा भए। अब यी साधकहरू हामीबीच छैनन् र उनीहरूसँग उनीहरूले गरेको मृत्युबोधको प्रसंगलाई यसभन्दा बढी परभिाषित गर्न सक्तैनौँ। त्यसैले उनीहरूले जीवन र मृत्युको सँघारमा रहेर गरेको मृत्युबोधलाई यिनै केही पंक्तिहरूबाट मात्र बुझ्न, अनुसन्धान गर्न र परभिाषित गर्न सकिन्छ। मृत्युको सँघारमा पुगेर फर्केकाहरूको अनुभूति सम्भवतः हरेक कालखण्डमा भेटिन्छन् र समकालीन परविेशमा पनि त्यस्ता अनुभोगीहरू छन्।

त्यस्तै एक भुक्तभोगी हुन्, जगदीश घिमिरे। उनलाई एकदिन मृत्युले हल्लाएर गयो, एकदमै नजिकबाट। कुनै रूखलाई ठूलो आँधीले मर्काएजस्तो। घिमिरेका जीवनको यो वृक्ष यसरी अडिएको थियो, सानो हुरीमै पनि ढल्न सक्थ्यो। यो २४ वैशाख ०६२ गतेको कुरा हो। भन्छन्, "मैले पहिलोपल्ट त्यहीँ मृत्युबोध गरेँ।" कुरो थाइल्यान्डको बैँककसँग जोडिएको छ। "जीवन शून्य थियो, मलाई मानिसहरूले कसरी अस्पताल पुर्‍याए, कसरी ओछ्यानमा सुताए, कसरी उठाए र कसरी डोर्‍याएर परीक्षण गर्न लगे, हेक्का छैन।" स्वाभाविक थियो, जगदीशले मर्दैछु भन्ने बोध गरेपछि आफ्नो घर, परविार, छोराछोरीलाई सम्भिए।

"बोनम्यारो परीक्षणबाट मल्टिपल माइलोमा भएको थाहा भएपछि अब म मर्दैछु भन्नेमा शतप्रतिशत विश्वस्त भएँ। मैले मृत्युबोधको पीडा अनुभूत गरँे, लाग्यो मृत्यु मेरो शिरमाथि मडाररिहेछ।" घिमिरेले भोलिपल्ट चिकित्सकलाई सोधे, अब जीवन कति बाँकी छ ? "बढीमा चार वर्ष। ५० प्रतिशत बिरामी छ महिनैमा पनि गएका छन्," चिकित्सकले भने। उनलाई त्यसबखत मृत्यु उनको सिरानीमै खेलिरहेको अनुभूति भयो। त्यो पीडान्त क्षणलाई घिमिरे यसरी अभिव्यक्त गर्छन्, "मैले कल्पना गरेँ, अब म हुँदिनँ। जति तीतो र पीडादायक भए पनि यथार्थ यही थियो, मृत्युलाई म रोक्न सक्तिनथेँ। म अब पक्कै जान्छु भन्ने बोध भएपछि परविारले मेरो रत्तिता कसरी सहला भनेर म छटपटिएँ।" मृत्युको भयले भन्दा पनि आफ्नी पत्नी दुर्गासँग हुने वियोगको त्रासले उनी बढी विह्वल भए। सोचे, अन्ततः मेरो रत्तिता भोग्ने त पत्नी एक्लैले हुन्।

त्यसपछि उनलाई जीवनको माया लागेर आयो। "मलाई मृत्युबोधले जीवनमोह बढायो," घिमिरे भन्छन्, "छोराछोरीको चिन्ता थिएन, आ-आफ्नो खुट्टामा उभिइसकेका थिए। खालि ३५ वर्ष सुखदुःखसँगै बेहोरेकी दुर्गाको चिन्ताका कारण मलाई मृत्युको भयले भन्दा पनि उसको मायाले बढी आक्रान्त पार्‍यो।" उनले बैँककपछि गत वर्ष दिल्लीमा पनि यस्तै मृत्युबोध गरे। यस पटकचाहिँ उनलाई पहिलेभन्दा बढी विश्वास भयो, "अब म मर्नेछु।" डाक्टरहरूले दिएको चार वर्षको जीवनको म्याद पनि सकिइसकेको थियो।

प्राध्यापक कुमारबहादुर जोशी दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गर्न श्रीमती सरस्वतीका साथ मद्रासको एक अस्पतालमा भर्ना भए। कुरा ०५८ सालको हो। उपचारका क्रममा उनी 'कोमा'मा गए, पाँच दिनसम्म। उनलाई उपचार गर्ने चिकित्सकले 'अब यसको जीवन यत्ति नै हो, यो बाँच्दैन, आफन्तहरू बोलाऊ' भनेर सरस्वतीलाई भनिसकेका रहेछन्। उता जोशी भने अर्कै संसारमा रमाइरहेका थिए। बेहोसीका ती पाँच दिनमा उनी अर्कै लोकमा विचरण गरेको कुरा गर्छन्। आजको वैज्ञानिक युगमा उनका कुरा सुन्दा आश्चर्य पनि लाग्न सक्छ र अपत्यारलिो पनि। तर, सत्य त उनले देखकै हो नि ! "मृत्यु एउटा सपनाजस्तो हुँदारहेछ," जोशी त्यो नौ वर्षपछाडि छुटेको क्षणलाई स्मरणमा ल्याउन आँखामा लगाइरहेको चस्माको मोटा सिसा पुस्छन् र एकैछिन घोत्लिन्छन् पनि। अनि, भावविह्वल हुँदै भन्छन्, "म कहाँ हो कहाँ एउटा धर्मशालाजस्तो ठाउँमा पुगेछु।"

त्यस ठाउँमा उनको भेट आफ्ना समकालीन धनकुटा क्याम्पसका प्राध्यापक हेमचन्द्र पोखरेलसँग भयो। पोखरेलले उनीसामु एउटा परालको चकटी बिछ्याइदिए र भने, "ओहो ! जोशी सर पनि आउनु भएछ, लौ बस्नूस् !" त्यहाँ हेमचन्द्रलगायत जोशीले चिनेका अरू १० व्यक्तिहरू थिए। तिनीहरूले पनि रमाउँदै जोशी सरलाई स्वागत गरे। तर, जोशीलाई अहिले तिनको नाम थाहा छैन। उनलाई यत्तिचाहिँ अहिले पनि कण्ठ छ, ती सबै उनका समकालीन थिए। जोशी सम्भिन्छन्, हेमचन्द्र गुरुले कुनै बेला उनलाई धनकुटा क्याम्पसमा यसै गरी स्वागत गरेका थिए र 'उहाँ महाकवि देवकोटा विशेषज्ञ हुनुहुन्छ' भनेर देवकोटाका बारेमा प्रवचन दिन लगाएका थिए, घरमा लगेर सँगै राखेर भान्छा गराएका थिए।

"म अहिले पनि सम्झन्छु, त्यो धर्मशालासँगै एउटा बढेमानको रूख पनि थियो," घटनाहरूको सविस्तार वर्णन गर्दै जोशी भन्छन्, "पिच गरेको ठूलो बाटो पनि थियो। सडकमा विभिन्न लेनहरू थिए। ती प्रत्येकमा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी, राजा महेन्द्रलगायत प्रख्यात राजनेताहरूको नामांकन गरएिको थियो। ती लेन उनीहरूका नाममा राखिएका रहेछन्।" यत्तिकैमा कसैले उनलाई भन्यो, 'उठ ! जानेबेला भयो।' अनि, म उठेँ र एक्लै हिँड्न थालेँ। उज्यालो घाम लागिरहेको थियो। बाटो निर्जन थियो। अलिअलि उकालो, दर्शनढुंगा बिछ्याइएको थियो। त्यसमुन्तिर अनन्त भीर थियो। त्यसको टाढा कतै नदी बगिरहेको देखिन्थ्यो। बाटाको अर्को किनारामा अग्लो पहाड थियो। उनी एक्लै उकालो चढ्दै गए। दायाँबायाँ पनि त्यस्तै दर्शनढुंगाकै पर्खाल थिए। उनी हिँडदैहिँड्दै माथि पुगे, जहाँ पहाड सकिन्थ्यो र अडिए। यत्तिकैमा उनलाई यता होस आएछ।

"मृत्युपछि पुगिने ठाउँचाहिँ विपना हुँदोरहेछ, यो शरीर लडेको ठाउँचाहिँ सपना," जोशी जीवन र मृत्युको दोसाँधमा देखिने यथार्थलाई आफ्ना अनुभव र अनुभूतिमा बाँध्दै भन्छन्, "मलाई ती पाँच दिन अस्पतालमा भएका घटनाहरू केही थाहा छैन। भन्छन्, "पार्थिव शरीर छोडेर गएको आत्माले देख्ने सपना विपना हुँदोरहेछ।" कुमारबहादुर जब कुनै उकालोमा पुगेर अडिए, उनको मृत घोषित शरीरका औँलाहरू विस्तारै चल्न थाले। जोशीले यो अचम्म लाग्दो घटनासँगै अर्को प्रसंग पनि बताए, उनले त्यहाँ भेटेका हेमचन्द्र गुरुलगायत दसै जना व्यक्तिहरू दिवंगत भइसकेका थिए।

समाजसेवी/प्राध्यापक अंगुरबाबा जोशीलाई पनि घिमिरे र जोशीलाई झैँ मृत्युले स्पर्श गरेर गयो। आठ वर्षअघि 'पेरोटिड ग्ल्यान्ड'को क्यान्सरले उनको अनुहारको आकृतिलाई नै बंग्याइदियो। त्यसपछिका केही वर्षभित्रै उनलाई हृदयाघात र स्तन क्यान्सरले गाँज्यो। "मलाई मृत्युबोध भयो तर डर लागेन," उनी भन्छिन्, "हृदयघात भएर एम्बुलेन्समा घरबाट नर्भिक अस्पताल लैजाने क्रममा मलाई अब बाँच्दिनँ भन्ने लाग्यो र बुहारीलाई यी-यी कामहरू गर्न बाँकी छन्, तिनलाई पूरा गर्नू भनेँ।" एकपल्ट त उनले भगवान्को मूर्तिलाई गम्लंग अँगालो हालिन् र भनिन्, "प्रभू तिमी नै सर्वज्ञ छौ, मलाई बाटो देखाऊ।"

जगदीश घिमिरेलाई झैँ अंगुरबाबालाई पनि दुईपल्ट मृत्युबोध भयो। अर्कोपल्ट उनको स्तन क्यान्सर हुँदा, भारतको अस्पतालमा उनका दुइटै स्तन काटिए। शल्यक्रियाअघि छोरालाई गर्नुपर्ने कामहरूका बारेमा अथ्र्याइन्। भन्छिन्, "मानिसका लागि मृत्युभन्दा पनि मृत्युबोध बढी डरलाग्दो हुँदोरहेछ। यसैको भयले गर्दा हामी आफूलाई दुःख दिँदा रहेछौँ।"

समाजसेवी मित्रसेन दाहाल पनि दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि उपचारार्थ भारत पुगे। त्यहाँ उनका दुवै मिर्गाैला प्रत्यारोपण गरएि। त्यसपछि बेहोसीकै अवस्थामा उनको हंस जन्मथलो ओखलढुंगा पुग्यो। उनले त्यहाँ बालसखाहरूलाई भेटे, बितिसकेका बाबुबाजेहरूलाई भेटे। यत्तिकैमा अचानक उनलाई होस आएजस्तो भयो। "त्यतिखेरचाहिँ मलाई मरसिकेको छु भन्ने लाग्यो। अनि उनलाई भित्रदेखि जिजीविषा पलाएर आयो। अब दैवले १० वर्ष मात्र आयु थपिदियो भने पुग्छभन्ने लाग्यो । भन्छन्, "मैले भगवान्सँग जीवन मागेँ, यत्ति आयु दान दियौ भने म जीवनका सारा कामहरू भ्याउने छु प्रभू !"

यी भए जन्म र मृत्युका आध्यात्मिक आयाममा विश्वास गर्नेहरूका कुरा। तर, विशुद्ध माक्र्सवादी विचारमा हुर्केका र क्रान्तिको मैदानमा ओर्लेका माओवादी कार्यकर्ता माइला लामालाई पनि मृत्युबोध भएको छ र यो मृत्युबोधको प्रसंग अझ घतलाग्दो छ। क्रान्तिको फेटा शिरमा बाँधेर मृत्युलाई हत्केलामा राखी युद्धका मैदानमा ओर्लेका उनलाई मृत्यु सोचेभन्दा धेरै पीडादायी हुँदोरहेछ भन्ने अनुभव भयो। घटना ०५४ फागुन १९ को हो। उनी भारतको 'पिपुल्स वार' नामक वामपन्थी समूहसँग छापामार युद्ध र बम बनाउने तरकिा सिकेर फर्केका थिए। आफूले प्राप्त गरेको तालिमका आधारमा उनले महाभारत पर्वतशृंखलामा छापामारहरूलाई माइन विस्फोटनसम्बन्धी फौजी तालिम दिँदै थिए। तेस्रो दिनको घटना हो, २५ जनाजति तालिमेहरू थिए। तालिम घरभित्रै भइरहेको थियो। प्राविधिक गडबडीले अचानक बम विस्फोट भयो। उनी आठ/दस फिटमाथि आकाशमा उडेर भुइँमा बजारनि पुगे। त्यसपछिको नौ दिनसम्म उनी होस आउने र बेहोस हुने क्रममा बाँचे। "मृत्यु अत्यन्तै पीडादायी हुँदोरहेछ," उनी भन्छन्, "मर्ने बेलामा मानिस किन छट्पटाउँछ भन्ने असह्य वेदनालाई मैले जीवनमा पहिलोपल्ट अनुभूत गरेँ।"

यस दुर्घटनाले उनको दाहिने आँखा र कानको शक्ति समाप्त पार्‍यो। देब्रे हातका हड्डी र औँलाहरू भाँचिएर केही गर्न नसक्ने भए। मर्ने र मार्ने खेलमा लागेका उनलाई पहिला लाग्थ्यो, 'आ मर्न पनि के गाह्रो होला र !' जीउज्यान अर्पेर क्रान्तिको समरमा ओर्लेको मान्छेलाई मृत्यु जाबो त स्वतः वरण गरहिालिन्छ नि भन्ने लाग्थ्यो। तर, जब वास्तविक मृत्युसँग सोझै साक्षात्कार हुन्छ, त्यसबेला भने जस्तोसुकै चट्टानको छाती भएको मान्छेलाई पनि डर लाग्दोरहेछ। लामा भन्छन्, "मृत्यु अत्यन्तै डरलाग्दो, अत्यन्तै कहालीलाग्दो र असीम पीडादायी हुँदोरहेछ।" जगदीश, प्रा कुमारबहादुर र अंगुरबाबालाई जस्तो उनलाई 'मृत्यु कुनै पनि बेला' भन्ने त्रास त छैन। तर, मृत्युभन्दा ठूलो भय र क्रूर अनुभूति अर्को हुँदैन भन्ने उनले अनुभव गरेका छन्।

नेकपा एमालेका नेता तथा साहित्यकार प्रदीप नेपाल 'ब्रेन ट्युमर'ले आक्रान्त भए। नेपालमा मात्र यसको उपचार सम्भव नभएकाले उनले भारतदेखि अमेरकिासम्मको उपचार-यात्रा गरे। टाउको दुखेर मूच्र्छा पर्दा पनि चिकित्सकहरूले उनलाई सामान्य पिनास मात्र हो भन्ने जानकारी दिए। तर, डा उपेन्द्र देवकोटाले आफैँ बसेर एमआरआई गरसिकेपछि भने परविार, आफन्तलगायत सबैको अनुहारमा चिन्ताको बादल मडारएिको उनले अनुभव गरे। त्यसपछि मात्र उनलाई थाहा भयो, राजनीति र साहित्यका नौलानौला आयाम जन्माउने उनको मस्ितष्कले त क्यान्सरको भारी बोकेर पो हिँडिरहेको रहेछ।

"५५ मिनेट लामो एमआरआई गरेर खोपाबाट निस्कँदा सबैको अनुहार अँध्यारो थियो, अस्पताल भर्ना गरहिालौँ भने," प्रदीप यहाँसम्म पनि आफूलाई के भएको भन्नेमा अनभिज्ञ नै थिए। काठमाडौँ मोडेल अस्पतालमा उनको स्वास्थ्योपचारबारे पार्टी स्थायी कमिटीको बैठक हुँदैछ भन्ने सुने। वामदेव गौतमले उनकै अगाडि डा उपेन्द्र देवकोटालाई फोन गरेपछि देवकोटाकै निर्देशन अनुसार नर्भिक अस्पताल पुर्‍याइयो। त्यसपछि भने उनले आफू कुनै गम्भीर रोगले थलिएको थाहा पाए। उनले डाक्टरहरूलाई भने, "मेरो रोगबारे मलाई नलुकाउनूस्। मेरो जिन्दगी यत्ति नै हो भने पनि सामना गर्न तत्पर छु, लामो जीवन बाँच्न सक्छु भने ठीकै छ। लाखौँ खर्च गरेर दुई-तीन वर्ष मात्र आयु थपिन्छ भने, भो मलाई यस्तो जिन्दगी चाहिँदैन।" अन्ततः श्रीमतीले उनको रोगबारे यथार्थ बताइन्। भन्छन्, "र पनि, मलाई मरहिाल्छु भन्ने अनुभव भएन।" तर, परविारलाई भने उनको मृत्युको साँचो अनुभूति भयो। "श्रीमतीलाई भने मेरो मृत्युबोध भएछ," हातको औँलामा लगाइराखेको फलामको औँठी देखाउँदै उनी भन्छन्, "मेरा लागि उनले के के धर्मकर्म गरनि्, साइत हेर्ने, ज्योतिषीलाई देखाउनेदेखि हातमा फलामको औँठी र घाँटीमा रुद्राक्षको मालासमेत उनैले लगाइदिइन्।" तर, यसमा आफ्नो विश्वास खासै छैन भन्ने अभिव्यक्ति प्रकट गर्छन् र भन्छन्, "यसले मलाई कुनै बेफाइदा गरेको छैन, त्यसैले यस्ता कुरा नमान्दा नमान्दै पनि लगाइदिएको छु।"

नेपाली सेनाका सेनानी पवन घिमिरेको मृत्युबोधी कथा पनि रोचक छ। ०६० सालमा उनी कालीकोट सडक निर्माणका क्रममा कालीकोटको जुबिथा भन्ने ठाउँ पुग्दा माओवादीले थापेको एम्बुसमा परी छाती र टाउकोमा गम्भीर चोट लाग्यो। उनी पूर्णतः दृष्टिविहीन हुन पुगे। यो दुर्घटना हुनासाथ सेनातिरबाट गोलाबारी सुरु भयो। त्यतिबेला पवनले दुइटा कुरा मात्र सोचे। अब मर्नु त निश्चित छ, कुनै पनि बेला गोली लाग्न सक्छ, खालि शरीरको कुन भागमा लाग्छ भन्ने प्रतीक्षा मात्र हो। "म मरेँ भने मेरी आमा पनि मर्नेछिन्," उनलाई लाग्यो, "मेरो मृत्युले परविारका सारा सदस्यहरूलाई असह्य पीडा हुनेछ।" पवनलाई मृत्युबोधको पीडाले जतिजति आक्रान्त पार्दै गयो त्यतित्यति नै आमाको सम्झनाले उनलाई पिरोलिरह्यो। १५ दिनअघि मात्र आमाले उनलाई बलिन्द्रधारा आँसु बगाउँदै बिदा गरेकी थिइन्, "होस गरेर गएस् है बाबु, परििस्थति खराब छ। मलाई तिम्रो चिन्ताले सताइरहन्छ।" उनी एम्बुसमा परेपछि उनको मुखबाट निस्केको पहिलो शब्द नै 'आमा' थियो। उनलाई अब गोली लाग्छ र नजिकैको तीलाखोलामा खस्छु भन्ने लाग्यो। उनलाई जति जति मृत्यु नजिकै आइरहेछ भन्ने अनुभूत हुन थाल्यो, त्यति त्यति आमाको त्यो अश्रुपूर्ण मुहार दृश्यपटलमा नाचिरह्यो। उनले सम्झे, म मर्छु र यही तीलाखोलामा खस्छु। आफन्तले मेेरो लास पनि पाउँदैनन्। यस कुराले उनलाई अझ मृत्युनजिक पुर्‍यायो। कुनै प्रेमी आफ्नी प्रेमिकाको प्रतीक्ष्ाामा बसेजस्तो उनी शरीरभर िलागेका चोटहरूको असह्य पीडा र दृष्टि गुमेको अन्धकारमा छट्पटाउँदै मृत्युवरण गर्न तयार भएर बसेका थिए।



रहस्य के ?


सबैलाई थाहा छ, जन्मेपछि मृत्यु अवश्यम्भावी छ। तर, आफ्नो मृत्युको तिथि कसैलाई थाहा हुँदैन, त्यसैले मान्छे जीवनप्रति सदा उत्साही र कर्मशील हुन्छ। तर, कुमारबहादुर जोशी, अंगुरबाबा जोशी, मित्रसेन दाहालजस्ता आध्यात्मिक मान्छे या जगदीश घिमिरेजस्तो अर्द्धआस्ितक, प्रदीप नेपाल र माइला लामाजस्ता भौतिकवादीहरूले बुझेको मृत्युपछिको अवस्था के हो ?

कुमारबहादुर पूर्ण आध्यात्मिक धरातलमा उभिएर मृत्युपछिको अवस्थालाई व्याख्या गर्छन्। उनी मृत्युपछि पुनःजन्म निश्चित छ भन्ने कुरामा विश्वस्त छन्। भन्छन्, "यो शरीर त सूक्ष्म शरीर अर्थात् आत्मालाई बोक्ने माध्यम मात्र हो। मृत्युपछि त त्यो फेर िअर्को शरीरमा प्रवेश गर्छ। पुनःजन्म हुन्छ। अर्थात् आत्मा-परमात्मामा नपुगुञ्जेल पुनःजन्म भइरहन्छ।" उनलाई गीताको भनाइमा पूर्ण विश्वास छ। मानिसले पुराना लुगा फुकालेर नयाँ फेरेजस्तो मात्र हो। आत्मा विभिन्न शरीरमा परभि्रमण गररिहन्छ।

अंगुरबाबको मत कुमारबहादुरको भन्दा अलिक फरक छ। "जीवात्मालाई चलाउने शक्ति चैतन्य हो, यो अनन्तमा मिल्छ," उनी भन्छिन्, "म पुनःजन्ममा विश्वास गर्दिनँ।" उनी आध्यात्मिक विचारकहरूले बाँचेकाहरूलाई सान्त्वना दिन मात्र पुनःजन्मको कुरा गरेका हुन् कि भन्छिन्। जगदीश घिमिरेलाई पनि पुनःजन्ममा पत्यार छैन। "मानवआत्माको पुनःजन्म हुन्छ भने सम्पूर्ण प्राणी र वनस्पतिको समेत पुनःजन्म हुनुपर्छ। त्यसैले मैले जानेको कुरा यत्ति हो, मानिस जन्मिन्छ र मर्छ। त्यसपछि के भन्ने प्रश्न निरुत्तरति छ।" तर, माक्र्सवादी प्रदीप नेपाललाई चाहिँ मृत्युपछि केही छैन भन्ने कुरामा त्यस्तो ठोकुवा विश्वास छैन। भन्छन्, "हामीले बोलेका र गरेका कुरा कहीँ त जान्छ नि ! तर कहाँ जान्छ ? त्यो निर्णयमा भने म पुग्न सकेको छैन।"

यसमा पुनः कुमारबहादुर जोशीकै प्रसंग ल्याऊँ। बालकृष्ण समलाई उनले जीवनको अन्तिम अन्तिमतिर प्रश्न गरेका थिए, "मरेपछि कहाँ जान्छ मानिस?" समले भनेका थिए, "ओम ख्रम ब्रह्मा अर्थात् आकाशमा।" अर्थात् देवकोटाले भनेझैँ शून्यमा।

जीवनबोध सबैले गर्छन् तर मृत्युबोध सारै थोरै मानिसले गरेका छन्। लेखनाथ, देवकोटा र समले जीवनको अन्त्यतिर मृत्युबोध अवश्य गरे तर त्यसपछि उनीहरू फेर िजीवनमा र्फकन सकेनन्। खालि केही पंक्ति कविताहरूमा आफूलाई व्यक्त गरेर गए। तर, यीबाहेक यस पंक्तिमा उल्लेख गरएिका व्यक्तिहरूले मृत्युलाई साक्षात् भेटे र पुनः आजसम्म जीवनसँगै भलाकुसारी गररिहेका छन्। यी व्यक्तिहरूको सामूहिक अनुभवले भन्छ, मृत्युबोध अत्यन्तै पीडादायी हुन्छ।



झन् ऊर्जाशील


मृत्युबोधले मानिसलाई पीडा त हुन्छ तर यो स्थायी हुँदैन। यसलाई भुल्याउने जुक्ति पनि खोज्न सकिन्छ। यसका उदाहरण हुन्, कुमारबहादुर, जगदीश, अंगुरबाबा, प्रदीप, माइला, मित्रसेन र पवन।

यी सबै व्यक्तिहरू जीवनको हदम्याद पाइसकेपछि पनि कोही फेर िसिर्जनामा फर्के र कसैले आफ्नो सिर्जनशील यात्रालाई झन् गति दिए। जगदीश घिमिरेले मृत्युशय्यामा बसेरै अन्तर्मनको यात्राजस्तो सशक्त कृति रचना गरे। उनलाई जतिजति मृत्युको मुखमा जाँदैछु भन्ने पीडाबोध भयो, त्यतित्यति तीव्रगतिमा कम्युटरका किबोर्डमा उनका औँलाहरू गतिशील भए। यसरी अन्तर्मनको यात्रा एउटा सशक्त कृति जन्मियो। यसले त्यस वर्षको दुई उच्च साहित्यिक पुरस्कार उत्तम-शान्ति पुरस्कार र मदन पुरस्कार प्राप्त गर्‍यो। घिमिरेले वषौर्ंअघि छाडेको साहित्यिक यात्रालाई फेर िनिरन्तरता दिए। उनले आफ्ना पुराना लिलाम, साविति र सन्तान नामक कृतिहरूलाई पुनःमुद्रण गरेर साहित्यका फाँटमा आफ्नो सशक्त पुनःउपस्िथति जनाए। यसै क्रममा उनले पुराना रचनाहरूलाई संकलन गरी स्थान-काल-पात्र -नियात्रासंग्रह), बर्दी -कथासंग्रह) र अग्निसूत्र -कवितासंग्रह) प्रकाशित गरे। उनी रचनात्मक रूपमा मात्र होइन, साहित्यमा उपस्िथतिका दृष्टिले पनि सक्रिय हुन थालेका छन्।

उनी मात्र होइन, कुमारबहादुर जोशीले पनि आफ्नो साहित्यिक यात्रालाई अझ ओजपूर्ण बनाए। मिर्गौला प्रत्यारोपणपछि उनका सिर्जनाहरू अझ झमझमाएर उठे। मिर्गौलारोग र यसको उपचार, मृत्युशय्याबाट ब्यूँझेर, दोस्रो नवजीवनजस्ता रोगसम्बन्धी र अन्य थुप्रै साहित्यिक कृतिहरूको रचना र सम्पादन गरेउनले ।

त्यस्तै, हृदयाघात र क्यान्सरपछि अंगुरबाबा जोशीको सिर्जनात्मक पक्ष सशक्त हुन थालेको छ। र, केही पुस्तक प्रकाशित भइसके भने केही प्रकाशोन्मुख छन्।

मित्रसेन दाहाललाई पनि मृत्युबोधले सर्जक बनायो। कथा र व्यथाको यात्रा प्रकाशन भइसकेको छ। र, उनका चारवटा कृतिहरू प्रकाशनका लहरमा बसेका छन्। भन्छन्, "मलाई रोगले च्यापेर मर्छु भन्ने भएपछि अध्ययनको तृष्णा जगायो।" उनी हरेक राती १०/११ बजेसम्म केही न केही नपढी सुत्न नसक्ने भएका छन्।

प्रदीप नेपाल त पहिला पनि सिर्जनशील नै थिए। दुर्भाग्य ! उनको सिर्जना उमार्ने मस्ितष्कमै क्यान्सर भयो। तर, उनी हतास भएनन्। यस रोगसँग लड्दै उनले बन्दीगृहका सिर्जना, परदेशमा देश, मुक्त आकाशको खोजीमा र पाइला छाडेर अस्ताएको घामजस्ता कृतिहरू दिए नेपाली साहित्य भण्डारलाई।

माओवादीका माइला लामा खासमा संगीतकार-गायक थिए। दुर्घटना हुनुअघि उनको यो पाटो ओझेलमा परेको थियो। त्यतिबेला उनको कलम र गितारलाई बन्दुकले जितेको थियो। तर, उनी दुर्घटनापछि संगीत सिर्जनाकै संसारमा फर्के र सांगीतिक एल्बमहरू रचना गरे।

सेनानी पवन घिमिरे पनि आफ्नो शैलीको सिर्जनात्मक पाटोमा सक्रिय छन्। उनले दृष्टिविहीनहरूको लेखकुद संस्था गठन गरे। उनले पुरुष र महिला दृष्टिविहीनहरूको आत्मबल बढाउन पुरुष दृष्टिविहीनका लागि नेपालमा पहिलो क्रिकेट समूह बनाए र तालिम दिए। भन्छन्, "महिला दृष्टिविहीनहरूको क्रिकेट त विश्वमै पहिलोपल्ट मैले नै नेपालमा सुरु गरेँ।" हाल उनी नेपाल दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष छन्। यसबाहेक लेखरचना र प्रस्तावनापत्र पनि बाक्लै लेख्छन् उनी।

फगत मृत्युबोधले मृत्युलाई परभिाषित गर्न सक्दैन भन्ने त यी उदाहरणबाट प्रस्ट नै भयो। थप एउटा सत्य पनि प्रस्ट भयो, मृत्युबोधले जिजीविषा चर्काउँछ र उप्रान्तको जीवनलाई ऊर्जाशील बनाउँछ। उदाहरणका यी अनुभवले पनि देखाएकै छन्, मृत्युबोधपछि फर्केकाहरू अहिले मृत्युका लागि दिनगन्ती गरेर होइन, जीवनलाई सशक्त सिर्जनामा प्रवाहित गर्दै बाँचिरहेका छन्।