वैज्ञानिकहरुले
ब्रम्हाण्डमा इश्वरीय कण फेला परेको पुष्टि गरेका छन् । स्विजरल्याण्डमा
हालै एक कार्यक्रमकाबीच वैज्ञानिकहरुले हरेक पदार्थमा इश्वरीय तत्व अर्थात्
हिग्स कण रहने कुरा आफुहरुले पत्ता लगाएको घोषणा गरे ।

यसअघि पनि इश्वरीय तत्व फेला परेको भन्ने बारेमा विभिन्न अफवाह आउने
गरेपनि यसको अहिलेसम्म वैज्ञानिक ढंगले पुष्टि हुन सकेको थिएन । तर
स्विजरल्याण्ड र प|mान्सको सीमा क्षेत्रमा जमिनमुनि रहेको २७ किलोमिटर लामो
सुरुङभित्र गरिएको चर्चित लार्ज हाड्रोन कोलाइडर प्रयोगबाट हरेक पदार्थको
अणुको बीचमा हिग्स कण रहने र सोही कणले नै हरेक पदार्थमा पिण्डको सिर्जना
गर्ने तथ्य पत्ता लागेको हो ।
उक्त निकै महंगो तथा जटिल वैज्ञानिक प्रयोगबाट निकालिएको पछिल्लो नतिजा
प्रारम्भिक मात्र भएको र यसमा केही परिमार्जन हुन सक्ने भएपनि इश्वरीय तत्व
हुने कुराको भने सबुत नै फेला परेको वैज्ञानिकहरुको भनाइ छ ।
ब्रम्हाण्डमा इश्वरीय तत्व रहेको कुरा वैज्ञानिक ढंगले नै पुष्टि भएपछि
अब ब्रम्हाण्ड तथा यसमा रहेका तारा र ग्रह उपग्रहको उत्पत्तिका विषयमा पनि
धेरै प्रश्नहरु मेटिने बताइएको छ ।