२५
असार, काठमाण्डौ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व राजा
ज्ञानेन्द्र शाहलाई जथाभावी वोल्दै नहिड्न आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री भट्टराईले आफ्नो हैसियत बिर्सिएर जथाभावी बोल्दै हिडे ठेगान
लगाइदिने चेतावनी समेत दिनुभयो ।

सोमवार विहान राजधानीमा आयोजित कार्यक्रममा भटटराइले आफ्नो हैसियत भुले
पूर्व राजाको हैसियतले सरकारले ज्ञानेन्द्रलाई दिएको सबै सुबिधा समेत
खोसिदिने बताउनुभयो ।
दलहरूकाबीचमा रहेको असहमतिलाई देखाउँदै प्रतिगामी तत्वहरुलले टाउँको
उठाउन खोजे पनि त्यो सफल नहुने उहाँको भनाई छ । उहाँले संक्रमणकालको अवसर
छोपेर फेरि सक्रिय हुने सपना नदेख्न पूर्व राजा शाहलाई आग्रह गर्नुभयो ।
पुर्व राजाले केही दिन अघि राजा राख्ने सातदलसँग लिखित सहमति भएको र आफू
राजाकै रुपमा पुनस्र्थापित हुन चाहेको धारणा सार्वजनिक गर्नुभएको थियो ।