तर, अलिकति बुद्धि पुर्याउनुभयो भने
तपाईले इन्टनेटमा गरेका सवैजसो गतिबिधिको इतिहास मेटाउन सक्नुहुन्छ ।
बिभिन्न वेबसाइट, ब्राउजर र डिभाइसमा यस्ता इतिहास मेटाउने भिन्न–भिन्न
तरिका छन् ।
१. युट्युवमा
युट्युवमा तपाइले कुनै भिडियो हेर्नुभयो भने सोही कम्प्युटरबाट फेरि युट्युव खोल्दा Recommended For You शिर्षकमा उस्तै प्रकारका भिडियो देखिन्छन् । जसले गर्दा तपाईले यसअघि कुन भिडियो हेर्नुभएको थियो भन्ने अनुमान लगाउन सकिन्छ ।
युट्युवमा तपाईले हेरेका भिडियोको रेकर्ड मेटाउन एड्रेस बारमा youtube.com/my_history टाइप गर्नुहोस्, त्यहाँ तपाइले हेरेका सवै भिडियोको सूची देखिने छ ।
भिडियोको रेकर्ड मेटाउन त्यहाँ रहेको Clear all watch history क्लिक गर्नुहोस् । आगामी दिनमा आफुले हेरेका भिडियो रेकर्ड नरहोस भन्ने चाहानुहुन्छ भने Pause Watch history थिच्नुहोस् ।
२. क्रोम ब्राउजरमा
क्रोम ब्राउजरमार्फत् तपाईले गरेका
गतिबिधि कम्पुटरमा मात्र हैन, जीमेल अकाउन्टमा पनि जोडिएको हुन्छ । जसले
गर्दा तपाईले अर्को कुनै कम्प्युटरमा गएर आफ्नो जीमेल लगइन गरी क्रोम चलाउन
थाल्नुभयो भने अन्यत्रै चलाएको डाटा रेकर्ड पनि देखिन्छ ।
३. इन्टरनेट एक्सप्लोररमा
यदि तपाई इन्टरनेट एक्सप्लोररमा सुरक्षित आफ्नो डाटा हटाउन चाहानुहुन्छ भने Ctrl+Shift+Delete क्लिक गर्नुहोस र सवै डाटा डिलिट गर्नुहोस्
४. फायरफक्समा
यदि तपाई मोजिला फायरफक्स ब्राउजर चलाउनुहुन्छ भने यसको टम मेनुबारमा History अप्सन हुन्छ । त्यो क्लिक गरेपछि Clear Recent History..
देख्नुहुनेछ त्यसलाई क्लिक गरेपछि नयाँ विन्डो आउँछ । सिधै Ctrl+ Shift+
Delete क्लिक गरेर पनि जान सकिन्छ । यो विन्डोमा तपाई कति सयमको डाटा
हटाउने र कुन– कुन डाटा हटाउने भन्ने छनौट गर्न सक्नुहुन्छ ।
फायरफक्समा प्राइभेट ब्राउजिङ अप्सनको
प्रयोग गरि आफ्ना डाटा सुरक्षित राख्न सकिन्छ । यसका लागि अप्सनमा गएर
बिभिन्न सेटिङमार्फत् आफ्नो ब्राउजिङलाई सुरक्षित गर्न सकिन्छ ।