जापानमा एक जना बाबुले आफ्नै छोरलाई टोकेर
मारेका छन् । छोराले म सर्प हुँ भन्दै सर्प जस्तै अभिनय गर्न थालेपछि
रिसले आगो हुँदै छोराको टाउको लगायतका विभिन्न ठाउँमा टोकर हत्या गरेका
हुन् ।
ताकुयाले आफू सर्प बनेको भन्दै घरमा
यताउता घसि्रएरै हिड्ने र बाउको वरीपरी समेत डस्छु भन्दै जिस्काउने गर्न
थालेपछि कात्सुमीको रिसको पारो चढेर छोराको दिमागमा चढेको सर्पको भूत हटाउन
भन्दै टोकाइ आक्रमणमा उत्रिएका रहेछन् । प्रहरीसँगको बयानमा कात्सुमीले
छोराको मस्तिष्कबाट सर्पको भूत भगाउन आफुले उसलाई टोकेको तर त्यसरी मर्ला
भन्ने हेक्का आफुलाई नभएको बताएका छन् ।