Wednesday, December 18, 2013

मालीगाउँबाट यसरी उदाउँदैछन् कान्छा थापा ! सूर्यबहादुर थापाका नातिको राजनीतिक यात्रा - onlinekhabar

राप्रपा वृत्तमा एउटा चर्चा सुनिन्छ, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापामात्रै होइन, नाति शिद्धार्थ थापा झनै तगडा भएर राजनीतिमा उदाउँदैछन् । दोस्रो संविधानसभा चुनावमा बुबा सुनिललाई चुनाव जिताउन धनकुटामा अहोरात्र खटिएका शिद्धार्थको आक्रामक भाषणले जिल्लामा थप चर्चा पाएको छ ।
Shiddhartha-Thapa-1
आखिर कस्ता रहेछन् त सूर्यबहादुर थापाका नाति ? यो जिज्ञासा मेट्न अनलाइनखबरका पत्रकार काठमाडौंको मालीगाउँस्थित थापानिवास पुग्दा २८ वर्षीय नाति शिद्धार्थले भन्नुभयो- ‘मालीगाउँ आफैंमा नेपाली राजनीतिको एउटा ब्राण्ड बनिसकेको छ, अब मैले पनि सक्रिय राजनीति नै गर्ने हो, सानैदेखि राजनीतिमा रुची जागेकाले मैले राजनीतिभन्दा दायाँवायाँ सोचेको छैन ।’
शिद्धार्थको अनुभव
माध्यमिक तहसम्मको शिक्षा राजधानीमै लिएका र राजनीतिशास्त्रमा स्नातक गरेका थापाले अमेरिकाको बोस्टनबाट अन्तरराष्ट्रिय विकासमा स्नातकोत्तर गर्नुभएको छ । अध्ययनको शिलशिलामा ८ वर्ष विदेशमा बिताएका थापा राप्रपाको भातृ संगठन, प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय सदस्य हुनुहुन्छ । जनशक्ति पार्टी र राप्रपाको एकीकरणपछि अबको ५/६ महिनाभित्रै महाधिवेशन हुन लागेको युवा संगठनमा थापा केन्द्रीय अध्यक्षको दाबेदार समेत हुनुहन्छ ।
राजनीतिमा सबैभन्दा ठूलो प्रेरक आफ्नै हजुरबा सूर्यबहादुरलाई बताउँदै शिद्धार्थ भन्नुहुन्छ- ‘म राजनीतिमा लाग्छु भन्दा हजुरबाले मलाई भन्नुभयो, तैंले राजनीति नै गर्ने सोचेको होस् भने तल जनवर्गीय संगठनबाटै काम गरेर आइज, यसो गरिनस् भने तँ सीमित मान्छेको घेरामा हुन्छस् र त्यसबाट बाहिर निस्कनै सक्दैनस् ।’
नाति थापाको सपना छ, ‘म युवा संगठनमा सदस्य छु, काम गर्दै गएपछि भोलि अध्यक्ष भइएला, त्यसपछि पार्टीमा लागिएला, मन्त्री पनि भइएला, यसैगरी अघि बढ्दै जाने त हो ।’ ‘प्रधानमन्त्री पनि बन्ने होला नि ?’ अनलाइनखबरको प्रश्नमा २८ वर्षे युवाबाट फिस्स हाँसोबाहेक कुनै शाब्दिक जवाफ आएन ।
गोरो सकल, अग्लो एवं खाइलाग्दो ज्यानको युवा भए पनि झट्टै हेर्दा बाहुबली युवाजस्तो देखिनुहुन्न शिद्धार्थ । उमेरभन्दा अलि धेरै परिपक्व र प्रौढजस्तै देखिने थापालाई हामीले सोध्यौं, ‘तरुण दल, युथ फोर्स र वाइसीएलजस्तै त होला नि तपाईहरुको युवा संगठन पनि ?’ जवाफमा उहाँले भन्नुभयो-’गुण्डागर्दी गर्ने, ठेक्कापट्टा र कमिशनको चक्करमा लाग्ने हो भने उतैतिर गए हुन्छ, हाम्रो युवा संगठनमा नआए हुन्छ भनेका छौं हामीले । हामी युवाहरुलाई हिंसा र गुण्डागर्दीमा नभएर राजनीतिक एवं वैचारिकरुपले प्रशिक्षित गर्न चाहन्छौं । त्यसैले हाम्रो संगठन वाइसिएल, युथफोर्स र तरुण दलजस्तो होइन ।’
शिद्धार्थ राजनीतिमा औपचारिकरुपमा प्रवेश गरेको लगभग एकवर्षमात्रै भएको छ । तर, अनौपचारिकरुपमा धेरै वर्षको अनुभव छ । विशेषगरी हजुरबा सूर्यबहादुर थापाको सहयोगीका रुपमा भूमिका खेल्नेक्रममा राजनीतिको विश्वविद्यालय पढेसरह अनुभव प्राप्त भएको छ उहाँलाई । ‘म अमेरिकामा हुँदा पनि हजुरबाको सहयोगीको भूमिका खेलिरहेको थिएँ’ उहाँ भन्नुहुन्छ ।
सानै उमेरमा राष्ट्रिय योजना आयोगमा केही वर्ष काम गर्न भ्याइसकेका शिद्धार्थले डीएफआइडी अन्तरगत करिब ३ वर्ष खाद्य सुरक्षा र पोषणसम्बन्धी काम गर्ने क्रममा सुशासन अधिकृत भएर ३ वर्षजति सुदुर पश्चिमको बैतडी, बाजुरा, कैलाली जिल्लामा काम गर्नुभएको छ । उहाँ भन्नुहुन्छ- ‘त्यहाँ गाविस, वडा र जिविसका अधिकृतहरुलाई मैले सुशासनसम्बन्धी तालिम दिएको छु ।’
गगन थापाका हजुरबा !
धेरैलाई लाग्न सक्छ, ठूला घरानिया थापा परिवारका सदस्य भएकाले शिद्धार्थको बढाइ-चढाइ पो गरिँदै छ कि ? यही भएर हामीले शिद्धार्थको राजनीतिक बुझाइ, वैचारिक क्षमता र भिजन बुझ्न खोज्यौं । उमेरले कांग्रेसका युवा नेता गगन थापाभन्दा ९ वर्ष कान्छा र राजनीतिमा प्रवेश गरेको १ वर्षमात्रै भए पनि राजनीतिप्रतिको बुझाइ र चातुर्यलाई हेर्दा शिद्धार्थ त गगन थापाका ‘हजुरबा’ पो रहेछन् ! उनमा प्रचारको कुनै भोक देखिँदैन ।
Shiddhartha-Thapa-2अबको राजनीति कता जाला ? अनलाइनखबरको प्रश्नमा शिद्धार्थको प्रष्ट विश्लेषण छ, ‘सुशील कोइरालाजस्ता प्रजातन्त्रमा ठूलो योगदान गरेका तर, कुनै पनि विषयमा विशेषज्ञता नभएका बूढा मान्छेलाई सरकार जिम्मा लगाएपछि अब कांग्रेस र एमालेका नेताहरु चुनावमा लागेको खर्च भरपूर गर्न र भ्रष्टाचार गर्नतिरै तल्लीन हुनेछन्, त्यसपछि आउने भनेको या त एमाओवादी नै हो, या वैकल्पिक प्रजातान्त्रिक शक्ति राप्रपा नै हो ।’
‘०४६ सालपछि कांग्रेस र एमालेले जनताका लागि के गरे ? गाउँमा जनता अहिले पनि बाटो, बिजुली, स्वास्थ्य चौकी, एम्बुलेन्स, खानेपानी, विद्यालयको माग गरिरहेका छन्, थापाको भनाइ छ, प्रशासन भ्रष्टाचारको अखडा बनेको छ, जनताका यी मुद्दाहरु कांग्रेस, एमाले, माओवादी कसैले सम्बोधन गरेका छैनन्, गर्ने छैनन् ।’
नेपाली जनताको मनोविज्ञान पहिले जिताएको शक्तिलाई अर्कोपटक हराउने रहेको भन्दै थापाले अनलाइनखबरसँग भन्नुभयो, ‘अर्कोपटक कांग्रेस र एमालेले हार्छन्, जनताका मुद्दा जसले उठाउँछ, उसैले जित्छ ।’
‘तर, राप्रपाजस्तो सानो पार्टीले त्यो खाली ठाउँ कसरी पूरा गर्न सक्ला र ?’ यो प्रश्नमा युवा उमेरका थापासँग अचम्मको विश्वास र इच्छाशक्ति छ, ‘पहिले माओवादी पनि कत्रो थियो र ? हार्डवर्क गर्‍यो भने जस्तो पनि परीक्षामा उत्तीर्ण भइन्छ,’ थापा भन्नुहुन्छ-’कांग्रेस, सामन्तहरुको पार्टी हो, एमाले वामदेवका पालाको स्थानीय निकायको आधारमा टिकेको छ, एमाओवादी आफ्नो विचार छाडेर प्रजातान्त्रिक विचारमा आउन बाध्य भएको छ, यो अवस्थामा संवैधानिक हिसावले जनताका मुद्दामा संघर्ष गर्ने वैचारिक प्रजातान्त्रिक धारको कन्जरभेटिभ पार्टीको भविश्य राम्रो छ नेपालमा । कांग्रेस र कम्युनिष्ट दुबै विदेशी विचार बोकेका पार्टी हुन् ।’
थापाको बुझाइमा राजनीति भनेको जनताको सेवा हो । जनताका दैनिक समस्या समाधानका लागि, विकासका लागि रजानीतिज्ञहरुले सोच्नुपर्छ । जनतासँग नजोडिएको फोस्रो राजनीति टिकाऊ हुँदैन, जुन कांग्रेस, एमाले र एमाओवादीबाट सम्भव छैन भन्ने उहाँको बुझाइ छ ।
राप्रपाले ०५१ सालमै २० सीट जितेको थियो । त्यसबेला पनि त यसलाई वैकल्पिक शक्ति बनाउने भनिएकै हो नि, किन राप्रपा झन् सानो भयो ? यो प्रश्नमा नाति थापाको जवाफ छ,-’केही नेताहरु प्रजातान्त्रिक धारमा अड्न नसकेर राजतन्त्रतिर लाग्नाले पार्टी फुट्यो । तर, अब राजतन्त्र नै हटेर गणतन्त्र आइसकेकाले त्यो समस्या छैन ।’
कमल थापाले खाल्डोमा हाल्छन्
राप्रपाभन्दा त कमल थापाको राप्रपा नेपाल पो ठूलो होलाजस्तो छ त ? यो प्रश्नप्रति शिद्धार्थको ठाडै अस्वीकृति छ । ‘जसले हिजो सक्रिय राजतन्त्रको वकालत गर्‍यो,उसैले आज संवैधानिक राजतन्त्रको वकालत गर्दैछ,’ उहाँ भन्नुहुन्छ, ०४६ सालमा निरंकुश राजतन्त्र समाप्त पार्ने कमल थापा नै हुन्, ०६३ सालमा संवैधानिक राजतन्त्र समाप्त पार्ने पनि कमल थापा र तुलसी गिरीहरु नै हुन्, अब तिनैले राजतन्त्र फालिसकेपछि संवैधानिक राजतन्त्रको वकालत गर्दैछन्, फेरि कसलाई खाल्डोमा हाल्छन् ।’
पञ्चायतकालमा सूर्यबहादुर थापालगायतले सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय प्रणालीमा जानुपर्छ भन्ने विचार राख्दा तुलसी गिरी र कमल थापा मार्काका यिनै पञ्चहरुले निरंकुशताको वकालत गरेर राजतन्त्र कमजोर पारेको र ०४६ सालको परिवर्तनपछि पनि कमल थापा मार्काका मान्छेहरुले नै राजालाई निरंकुश बन्न उक्साएर संवैधानिकरुपमा रहेको राजतन्त्रसमेत खत्तम पारेको शिद्धार्थको विश्लेषण छ । आफैंले राजालाई उकासेर संवैधानिक राजतन्त्र सिध्याउने अनि अहिले मरिसकेको संवैधानिक राजतन्त्रको नारा लगाउनु कमल थापाको राजनीतिक अस्थिरता र बेइमानी भएको उहाँको भनाइ छ । अब मुलुक गणतन्त्रतर्फ गइसकेकाले राजतन्त्रको नारा लगाउने राप्रपा नेपालको ‘बिजनेश’ नचल्ने उहाँको बुझाइ छ ।
धनकुटा केन्द्रित राजनीति गर्ने
शिद्धार्थको अबको योजना भनेको पार्टी राजनीतिका साथै धनकुटा केन्दि्रत राजनीति गर्ने सोचाइ छ । धनकुटा क्षेत्र नं २ मा सुनिल थापाको जीतलाई जनताले विकासको आशाले हेरेको भन्दै अब सरकारको मुख नताकी विदेशी दाता एवं एनजीओमार्फत् विकासका कार्यक्रम लिएर जाने थापाले बताउनुभयो । ‘बुबाले धनकुटा २ मा जित्नुभयो, अब तपाई अर्कोपटक धनकुटा-१ मा चुनाव लड्ने हो कि क्या हो ?’ अनलाइनखबरको प्रश्नमा शिद्धार्थले भन्नुभयो,’ निश्चय नै । धनकुटाबाहेक अन्यत्र कहाँ जानु ?’
 थापा परिवारको चुनौती
‘सूर्यबहादुरबाट छोरो, त्यसपछि नाति, यो त बंशको राजनीति भएन र ?’ यस्तो प्रश्नको जवाफ उहाँसँग सहज छ, ‘मैले अस्ति चुनावमा धनकुटामा भाषण गर्दा पनि भनें, प्रचण्डको पनि त यस्तै छ नि, छोरी उम्मेद्वार बनेकी छन् ।’
छिन्ताङ काण्डलाई लिएर जिल्लामा सूर्यबहादुर थापाको चर्को आलोचना गरिन्छ, यसबाट थापा परिवारलाई राजनीति गर्न कत्तिको चुनौती छ धनकुटा १ मा ? यसमा शिद्धार्थको जवाफ छ, ‘अस्ति चुनावमा जाँदा मैले छिन्ताङ काण्डको अध्ययन गरें, त्यहाँ प्रहरीबाट १५/१६ जना मान्छे मारिँदा सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, कांग्रेस, एमाले र एमाओवादीका पालामा १५/१६ हजार मान्छे मारिए, १५/१६ हजार मान्छे मार्नेहरुबाट हुने यस्तो प्रचारबाजीले अबको पुस्तालाई छुँदैन ।’
बहसको विषय
सुखमा हुर्किएको शहरको युवा पुस्ता यसरी राजनीतिमा लाग्नु र जनताको सेवा गर्ने चाहना व्यक्त गर्नु सकारात्मक विषय हो या नकारात्मक ? अर्कोतर्फ हजुरबा, छोरा र नातिको निरन्तर राजनीतिक यात्रालाई कसरी लिने ? नेपाली राजनीतिमा यो बहसको विषय हुन सक्छ ।
हाम्रो नेपाली समाज पनि अजबकै छ, परिवारका सदस्य र छोराछोरीलाई राजनीतिमा लगाएन भने नेताको आलोचना हुन्छ, लगायो भने पनि आलोचना हुन्छ । सूर्यबहादुर थापाको तीनै पुस्ताको राजनीतिमा देखिएको सक्रियतालाई कसरी लिने ? सकारात्मक ? या नकारात्मक ?

झ्यालको घाम - सलोजा - setopati



आज जिन्दगीको अन्तिम दिन हो। 
 
बिहानै उठेँ। छतमा गएर घर वरिपरि हेरेँ, मर्निङवाक गएँ। साथीहरुलाई उसैगरी भेटेँ। हिजो भन्दा खास्सै परिर्वतन थिएनन। 
 
तर मलाई अनौठो लागिरहेको थियो। ‘यो पृथ्वीमा अन्तिम दिन। अब जम्मा १३ घण्टामात्र बस्छु। त्यसपछि जिन्दगीको स्वेच्छिक अवकास।’ 
 
‘मान्छेले आफू बाँच्नका लागि अपराध गर्छ, अर्काको हत्या गर्छ, चोरी डकैती, ठगी... तर किन?’ मनमनमा सोच्दै थिएँ। 
 
दोबाटो आएछ। 
 
साथीहरुसँग हाँस्दै छुट्टिएर एक्लै ओरालो लागेँ।
 
पुराना स्मृतिहरु वरिपरि घेरिएका थिए। नजिकै आरुको बोट रहेछ। गुलावी फुलेको आरु। ‘कति सुन्दर यो फूल। बढीमा एक हप्ता त बाँच्छ नि।’
 
‘म त करिब तीन दशक बाँचिसकेकी छु। फूललाई एक हप्तामा ओइलाउन डर लाग्दैन भने मलाई ३०को दशकमा हराउन के को डर?’
 
एउटा फूल टिपेँ, हातमा लिएर हेर्न थालेँ।
 
‘मैले चाहेको भए कसैले मलाई यसैगरी हातमा लिन्थ्यो र ओल्टाई पल्टाई हेथ्र्यो।’
 
मेरो हातको फूल नियालेँ, केही निराश जस्तै लाग्यो। 
 
‘बोटबाट टिपिसकेपछि फुल विग्रन्छ की भनेर माया गर्नु ढोङ मात्र हो।’
 
त्यहीबाट एकपटक आकाश नियाँले। ‘अब यो आकाशपनि विस्तारै विरानो हुनेछ।’ 
 
जिन्दगीमा सबैभन्दा बढी समय यही शून्य आकाशसंग विताएकी छु। न कसैको अबरोध, न छलछाम, त्यसैले होला शून्यता सबैभन्दा प्रिय लाग्छ। 
 
‘अबको केही घण्टामा नै यही शून्यतामा हराउछुँ, मेरो प्रिय शून्यता!’ आँखा चिम्म गरेँ। एकान्त सम्झिएँ।   
 
साँझको घुर्मैलो देखिने आकाश हेर्नु कति रमाइलो हुन्छ। अझ पहाडको टुप्पोमा पुगेको बेला देखिने निलो आकाश! एक पटक निलो आकाशको कल्पना गरेँ। फेरि आँखा चिम्लिएँ। ओहो यो आनन्द?
 
त्यसपछि उही ओरालो लागेँ। 
 
स्वेच्छिक मृत्यु, नजिकै आएजस्तै लागेको थियो। 
 
‘म विरामी त छैन?’ ओरालोमा फूल्दै गरेको गुलाब टिपेँ, त्यही गुलाबको काँडाले हातमा कोपरेँ। हिजोकै जसरी दुख्यो। म शारीरिक मानसिक दुवै रुपमा ठीक छु, केही भएको रहेनछ। 
 
मान्छेका चाहना फरक फरक हुने रहेछन्। त्यसैले त भनिन्छ नी संसार विचित्र छ। आफ्नै चाहना ‘मृत्यु’ सम्झिएर खित्का छोडेर हाँस्न मन लाग्यो। 
 
‘हुन त मैले बाँचेर पनि यो पृथ्वीलाई के नै दिन सकेकी छु र? म हुनु र नहुनुमा के फरक पर्छ? मेरो अनुपस्थितीमा आफन्त र साथीहरुले केही दिन अभावको महसुस गर्लान। केही समयसम्म आमा, बुबा नमज्जाले रोलान। मलाई हुर्काउदै गर्दा देखेका सपना आफ्नै आँखा अघि एकैपटक झ¥याम्म फूट्दा अर्धचेत होलान। त्यो भन्दा बढी केही हुने छैन।’ मर्नु र बाच्नुमा खास्सै अन्तर पनि देखिन। 
मर्ने निर्णय गरिसकेकी छु। अब पछि फर्किन सक्दिन। 
 
ओरालो झरिरहेँ। चोकमा पुगेपछि मेरो अगाडी आएर एउटा कालो कुकुर ठिङ्ग उभियो। मैले त्यसैलाई हेरेँ। पुच्छर हल्लाउदै उसलेपनि मलाई नै हेरिरह्यो। 
 
कुकुरले त भविष्य थाहा पाउँछ भन्छन्। गोठमा स्याल आउदा मात्र होइन भूत आउदा र भूइचालो आउने समय पनि थाहापाउछ र भुक्छ। यसले मेरो मृत्यु पनि देखेको हुनुपर्छ। त्यसैले पुच्छर हल्लाउदै मलाई हेरिरहेको छ ‘अन्तिम पटक’। भोलिदेखि यसलेपनि देख्दैन होला। 
 
त्यही कुकुरलाई हेरिरहेकी थिएँ। पछाडिबाट एकहुल मान्छे आए। म अलिकति अघि बढेँ। कुकुर पनि मेरो पछि लाग्यो। 
 
‘च्यो च्यो’ त्यसलाई बोलाउदै ल्याए र नजिकैको पसलमा विस्कुट किनेर उसकै अघि छरिदिएँ। एकपटक विस्कुट सुघ्यो र मेरै अनुहारमा हे¥यो। 
 
पसल्नीले हास्दै भनिन ‘बच्चा हो र कुकुरलाई विस्कुट दिएको? दिनेनै भए मासु किनेर दिनुस न।’ अलि रुखो बोलेझै लाग्यो। 
 
गोजीमा छामेँ अब जम्मा २० रुपैयामात्र बाँकी रहेछ। ‘त्यसको के आउछ र? मासु किन्ने पैसा पुग्ने भइदिएको भए आज यो कुकुरलाई अघाउनेगरी मासु खान दिन्थे। तर पैशा छैन।’ त्यही पसल्नी बोली सम्झिँदै चुपचाप ओरालो लागेँ।
 
ओरालोको ढुङ्गामा खुट्टा नमज्जाले ठोकियो। म बीच बाटैमा लडेँ। 
 
ऐया आमा! 
 
रगत पनि बग्यो। नचिनेको बटुवाले मलाई डोर्या‍उदै मेडिकल सम्म पुर्या‍यो। 
 
‘बीचबाटोमा ढुङ्गा किन फालेका होलान? तपाइले पनि ख्याल गरेर हिड्नुपर्थ्यो नि।’ सहानूभूति दर्सायो। खुट्टाबाट रगत बगिरहेको थियो। 
 
खुट्टामा दुखेपनि आँसु झरेनन। रगत बगेको हेरिरहेँ। 
 
‘जीन्दगीको पीडाहरु यसैगरी बग्ने हो भने? मान्छे दुखीपनि हुदैनथ्यो होला।’ 
 
त्यो अपरिचित बटुवाले हतार गर्दै मेडिकलको मान्छेलाई बोलायो। मैले विस्तारी भनेँ, ‘मसँग पैसा नै छैन।’ 
 
मलाई त्यो मलम पट्टी गर्ने इच्छानै थिएन। बटुवाले भन्यो ‘अहिले नभए के भयो त? पछि ल्याएर दिनुस न।’ 
 
मेडिकल वालाले मेरो अनुहारमा हेर्‍यो। ‘म यो टोलको होइन। अब यहाँसम्म कहिल्यै आइपुग्दिन होला।’ उसलाई भने। 
 
बटुवाले आफ्नो गोजी छाम्यो। ‘मेरोपनि पर्स छैन।’ उ चुकचुकायो। 
 
मेडिकल वालाले के बुझ्यो। आफै पछि हट्यो। त्यो बटुवा त्यहाँबाट आफ्नो बाटो लाग्यो। 
 
‘एकैछिन खुट्टा दुखेर के भयो त? अब जीन्दगी दुख्दैन नी।’ शीतले चिसो भएको बाटो हेर्दै घरतिर लागेँ। 
 
सरासर कोठामा छिरेँ। ढोकाको नजिकै पुस्तकको र्‍याक थियो। त्यसको छेउमै ऐना। 
 
ऐनाको अगाडी बसेर तलदेखि माथिसम्म आफैलाई नियालेँ। मेरो अनुहार कता कता आमासंग पनि मिल्छ रे। 
 
आमालाई सम्झिएँ। ‘मलाई जिन्दगी दिने उनै हुन, तर मृत्युको निर्णय एक्लै लिदै छु।’ उनीप्रति अन्याय भएको महसुस पनि गरेँ।  
 
मावल जादै गर्दा बासको साँघुबाट चिप्लिएर मोलुङखोलामा झरेको बेला आमाले आफ्नै ज्यानको जोखिम मोलेर मलाई बचाएकी थिइन। खोलाबाट निकाल्नेसाथ केहीबेर अंगालो हालेर रोइन। 
 
झमक्कै साँझ परिसकेको थियो। रुने समय नभएर होला, उनी फेरि बाटो लागिन। 
 
उकालीको बरको फेदमा सुस्ताउदै भनिन। ‘तलाई खोलाले बगाएको भए कसरी बाँच्थे म?’ आमाको गला अबरुद्ध भएको थियो। 
 
बच्चै थिएँ। त्यसबेला मलाई मृत्यु र जीवनको खास्सै बोध भएको थिएन होला। त्यसैले मृत्युदेखि डर लागेको थिएन। 
 
अहिले मृत्यु र जीवन बुझेर पनि मलाई मृत्युको डर लागेको छैन। 
 
फेरि आफैलाई नियाँले। आखिर जीन्दगी भनेकै यही त रहेछ नी। चाहिनेजति बुझे झै लाग्यो। ‘केही रहरहरु थिए, त्यतीकै हुनेभए।’ 
 
एक दुइ अनुभव गर्न मन लागेका कुराहरुपनि विर्सन खोज्दै थिएँ। 
 
‘केही समयमानै अब यी सबैसंग छुटिदैछु।’ 
 
तर अन्तिम दिन रमाइलो त गर्नुपर्छ। बाचुन्जेल रमाउनुपर्छ। 
 
‘रमाइलो मान्ने मनले होकी, आखाँ र मुखले हो। जहाँ गएपनि मन नरमाएपछि के को रमाइलो?’ मनभरि अन्तरद्धन्द्ध चलेको थियो। 
 
दिउँसो साथीहरु जम्मा गरेर बसेँ।  
 
फेसबुकको वालमा एउटा स्टाटसमा अपडेट गरेँ। ‘आज मेरोलागि अन्तिम दिन हो।’ 
 
तुरुन्तै फोन आयो। ‘के भयो? किन त्यस्तो लेखेको?’ एक परिचित आवाज थियो। 
 
‘त्यतीकै लेखेको, बास्तविकता होइन।’ मैलेनै फोन काटिदिएँ। 
 
फोन काट्ने साथ फेरि मोवाइल बज्यो ‘फेसबुकमा के लेखेको?’
 
दिदिने रिसाँउदै फोन गरी। मैले नढाँटी भनेँ, ‘आज आत्महत्या गर्न मन लागेको छ।’ 
 
एकपटक मज्जाले झपारी। 
 
फेरि फोन काटेँ। 
 
फोन गर्नेहरु धेरैले सोधे, ‘स्टाटस किन त्यस्तो?’
 
एक छिनपछि फोन उठाउन पनि छोडेँ।
 
फेसबुककै अनलाइनमा भएको एकजना साथीलाई भनेँ। ‘आज मर्न मन लागेको छ।’ 
 
तुरुन्तै लेख्यो। ‘किन? के भयो?’ 
 
‘खै, तर मर्न मन छ।’ 
 
त्यसपछि उसले जीन्दगी बुझाउन थाल्यो। ‘जीन्दगी अमूल्य छ।’ मलाई भन्दा बढी थाहा रहेछ जीन्दगीको बारेमा। ‘जीन्दगी मर्नका लागि हैन, ज्यूनुपर्छ। जीन्दगी त रमाइलो पो हो।’ धेरैबेर सम्झाईरह्यो।  
 
मर्नु अघि एउटा गजल लेख्न मन लाग्यो। तर लेखिनँ, गजलपनि लेख्छु भन्ने साथ कहाँ आउछ र? 
 
त्यसअघि लेखेका डायरीहरु जम्मा पारेँ र सिरानीमा राखेँ। ल्यापटबमा राखेको पासवर्ड हटाए र धेरै लेख रचनाहरु डेक्सटपमा सारेँ। 
 
फेरि ऐना हेरेँ ‘जीन्दगीकै माया सकिएको मान्छेलाई यी अक्षरको के माया लागेको होला?’ आफैलाई हेरेर फिस्स हाँसे।
 
करिब १२ घण्टा सकिसकेको थियो। मोवाईलको स्विच पनि अफ थियो। अन गरेँ र नजिकैको टेवुलमा राखेँ। 
 
अब त जीन्दगीको स्वच्छिक अबकासको समय पनि आइसकेको थियो। मृत्युको निर्णय लिइसकेकी मलाई घाइतेमात्र हुनु थिएन। शरीरका अंग अंग निदाउन भन्ने लाग्यो। कसैले चाहेर पनि मलाई व्यूझाउन नसकोस। म स्वतन्त्रता सहित निर्वाध रुपमा मर्न चाहन्थेँ। त्यसैले ७ ओटा स्लिपिङ ट्याबलेड खाएर ढल्किएँ। कहिल्यै नपाएको आनन्द प्राप्त भयो। 
 
आकाशमा उडेका चराहरुलाई घण्टौसम्म हेर्ने मलाई आफै आकाशमा उडेझै भइरहेको थियो। शून्यता, न कसैको डर, न रहर र चाहनाको भारि। निलो आकासमा खुल्ला मन सहीत माथि माथि जाँदै थिएँ। 
 
मोबाइल घण्टी बज्यो ‘मरेको व्यक्तिलाईपनि किन फोन गरेको होला?’ 
 
मरेपछि जाने ठाउमा त फोन गर्नपनि पाइदैन होला। अन्तिम पटक फोन उठाउनुपर्यो‍ भन्दै उठाएँ। 
 
एउटा धोद्रे धोद्रे परेको केटा आवाज बोल्यो ‘सरु तिम्रो सामु उपस्थित हुन सकिन। प्रतिक्षामा धेरै बर्ष विताएको छु, तिमीले महसुस गरेको हुनुपर्छ। तर चुपचाप हेरिरहर्यौ‍। अब चुप बस्नु भनेको जीन्दगीलाई दुर्घटना तर्फ धकेल्नुमात्र हो। त्यसैले ह्याप्पी भ्यालेन्टाइन्स डे।’ उ अझै बोल्दै थियो। ‘हाम्रो स्वतन्त्रता खोसिदैन, रहरहरु साझा हुनेछन्। इच्छाहरुको सम्मान हुने छ। यही समाजमा हामी दुइको छुट्टै संसार रम्नेछ।’ 
 
झसंग भएँ, म आकाशमा उड्ने, चराहरुसंग रम्ने र शून्यतामा हराउने त सपना मात्र रहेछ। तन्द्राबाट व्यूझिएँ। 
 
केटा आवाज मेरो मन मस्तिष्कमा घुमिरह्यो। यो संसार छोड्दै गरेको सपना देख्दापनि कम रमाइलो थिएन। खुल्ला आकासमा उड्नुको मज्जा, मिठो थियो त्यो क्षण। 
 
त्यो भन्दा रमाइलो लाग्यो मेरो रहर र स्वतन्त्रताको सम्मान गर्छु भन्ने धोद्रे आवाज। शब्द चयन र संयोजन मिलेको प्रतिबद्धता, शून्यतामा उड्नुभन्दा बढी आनन्द आउने क्षण बन्यो। 

आफ्नो छेउमै छामेँ, छरिएको सिरानी! आँखा उघारेँ, पर्दाबाहिर झ्यालबाट घाम हाँसिरहेथ्यो।  

पीपलबोट डटकम : बाबुरामको विनम्र आत्मसमीक्षा - नारायण वाग्ले - setopati

एमाओवादी नेता बाबुराम भट्टराई प्रायः कुरा चपाउन सक्दैनन्। वक्तृत्वकलामा उनी कमजोर छन्। हास्य व्यंग चेत, रस, लचकता उनमा अभाव छ। उनी खरो बोल्छन् र त्यही कारण छुचो देखिन्छन्। 
 
उनको सीप भने लेखनमा छ । उनी जति आफ्ना विचारलाई सटिक र प्रष्ट भाषामा सोझै प्रकट गर्न सक्ने नेपाली नेता दुर्लभ छन् । उनले पार्टी बैठकमा बोल्नभन्दा लेखेर सहभागी हुन पाए बढी नम्बर ल्याउन सक्दा होलान् ।
 
बोल्नमा बोर्ड फष्ट भने उनका अध्यक्ष नै छन् । पुष्पकमल दाहालका उत्तराधिकारी बरू नारायणकाजी श्रेष्ठ होलान्, त्यसपछि वर्षमान पुन । बोलेरै भ्याइदिन्छन् । 
 
बाबुरामको विचार बोकेर हिँडे भनी सदावहार गुनासो गर्ने अर्का खेमाका नेता मोहन वैद्यले आफूनजिक पुष्पकमललाई सधैं पार्न खोजेकै कारण त्यही क्षमताको रहष्य हुनुपर्छ । 
 
फेसबुक र ट्वीटरमा झ्वाट्ट आफ्ना आक्रोश र तर्क पोख्न बाबुरामले नै जानेका छन् । संविधानसभा अवसानको डेढ वर्षपछि मंसिर २८ गते उनले त्यस्तै स्ट्याटस सार्वजनिक गरेका छन् जसले त्यसयताको घटनाक्रम र परिणामको अपजस आफ्नो पार्टीलाई दिएका छन् । 
 
बाबुरामका विचार चोटिला भए भने चोट पर्छ पुष्पकमललाई । यसपालि पनि त्यस्तै भएको छ । 
 
निर्वाचनमा धाँधली भएको भन्ने अड्डी कसिरहेको पार्टीलाई झटारो हान्दै उनले संविधानसभा निर्वाचनको महत्वपूर्ण अवसरको फल अरुले पाएको स्वीकार गरेका छन् । निर्वाचन परिणामको कारण खोतल्ने प्रयास गरेकाले बाबुराम फेरि पनि पार्टीभन्दा एक बित्ता अगाडि सरिसकेका छन् । नेताले संगठन हाँक्ने कि संगठनले नेतालाई हाँक्ने भन्ने बहस उनका लागि निरर्थक लाग्छ । उनी सारा देश त एक नेताले अकण्टक हाँक्न पाउनुपर्छ भन्ठान्छन्, पार्टी जैरेको कुरै भएन । 
 
त्यहीँकारण पार्टी चुनावी धाँधलीको अमुर्त काँडाघारीमा फसिरहेको अँध्यारो बेला बाबुराम भने हेडलाइट बाल्दै बाटो कता विरायो खोज्न निस्किएका छन् । र, भन्न थालेका छन्, आगामी दिनमा मेरा तीन प्रतिबद्धता रहनेछन्, यसका निम्ति म आफ्नो पार्टीका अतिरिक्त समान सोच भएका अन्य पार्टीभित्रका र गैर पार्टी व्यक्ति तथा संस्थासँग सहकार्य गरेर अघि बढ्नेछु । 
 
उनी आफैंले घोषणा गरेका प्रतिबद्धता भनेका राष्ट्रिय स्वाधीनता र समावेसी राष्ट्रियता, समावेशी लोकतन्त्र र समावेशी विकास हुन् । यी कस्ता विचार हुन् विवरण र प्रष्टोक्ति सायद आउँदै गर्ला । प्रश्न भने उनले जब्बर उठाइसकेका छन् । उनी आफ्ना विचारका लागि आफ्नो पार्टीसँग सहकार्य गर्न चाहन्छन् । 
 
पार्टीका प्रतिबद्धता भन्दा फरक विचार उनले ल्याएछन् कि ? होइन भने आफ्नै पार्टीसँग समेत सहकार्य गर्ने र आफ्नो धारणासँग मिल्न आउन सक्ने अरुसँग अघि बढ्ने भन्नुको तात्पर्य उनले खुलाएका छैनन् । लक्षणमात्र देखाएका छन् । 
 
उनका विचारलाई पार्टीले अख्तियार गरिदिएन भने उनी पार्टीको रुखबाटै हाँगा समातेर अर्को रुखका हाँगाहरु समेत पक्रिन सक्ने गरी फैलिन चाहन्छन् । राष्ट्रिय स्वाधीनतालाई सबभन्दा पहिला उनले उल्लेख गरेका छन् जसबारे सबभन्दा बढी लाञ्छित उनैलाई गर्ने उनकै पार्टी छ । उनकै अध्यक्ष र आसपासका नेताहरुले बाबुरामलाई त्यसमै त हो मार हान्ने गरेको ।  
 
झट्ट हेर्दा त एमाओवादी राष्ट्रिय स्वाधीनताको पक्षधर रहेन कि भन्ने अर्थ पनि लाग्छ । वैद्य नेतृत्वको विद्रोही अर्थात विमाओवादीले त्यही भन्दै विभाजित भएको मात्र होइन निर्वाचनै बहिष्कार गर्यो, निर्वाचन सकिन पाएको छैन नयाँ संविधानसभा विघटनको माग उचाल्न थाल्यो । 
 
वामपन्थी विचारधारा तथा संगठनहरुबीच प्रतिस्पर्धा साँच्चै हुन खोजेको भान पार्न राष्ट्रिय स्वाधीनताको झण्डा कसले फहराउने भन्ने देखिन खोजेको त होइन ? त्यसो हो भने आगामी दिनमा स्वाधीनताका नाराका शंख निकै बज्ने भए । 
 
बाबुरामले राष्ट्रिय स्वानधीनतासँग समावेशी राष्ट्रियता जोडेका छन् जसले मधेसी र जनजाती संगठनहरुसँग गठजोडको ढोका खोलेको हुनुपर्छ । अर्कातिर उनी समावेशी लोकतन्त्रलाई पनि आफ्नो प्रतिबद्धता मान्छन् तर अस्ति भर्खर त हो उनले आफ्नै पार्टीको चुनावी घोषणापत्र लेखेको र जारी गरेको । त्यसमा त कार्यकारिणी अधिकारप्राप्त प्रत्यक्ष निर्वाचत राष्ट्रपतिय प्रणालीको प्रष्ट उल्लेख गरिएको छ । 
 
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा समावेशी लोकतन्त्र पक्कै पनि अट्न सक्दैन । त्यो आफैंमा विरोधाभाषपुर्ण हुनेछ । समावेशी लोकतन्त्र त संसदीय प्रणालीमा बढी सम्भव हुन्छ । समावेशी आधारको निर्वाचन प्रणालीबाट मात्र त्यस्तो लोकतन्त्र स्थापित हुने भनिएको होला । प्रत्यक्ष निर्वाचित हुने एकजना व्यक्ति त कहाँ पाएर समावेशी हुन सकोस् ?
 
बाबुरामको यो उद्घोषको तात्कालीक लक्षणले पार्टीसँगको उनको विरक्ति देखाउँछ । उनी आफुलाई पार्टीभन्दा पर, माथि वा दायाँ वायाँ पनि राख्न सक्छन् भन्ने आत्मविश्वास सार्वजनिक गर्न उद्यत छन् । त्यो इमान्दारीसाथै भनेको पनि हुनुपर्छ किनभने अध्यक्ष पुष्पकमलले उनका कुरा त्यति खाएजस्तो देखिन छाडेको छ । 
 
बाबुराम एमाओवादीका केन्द्रीय सदस्यमात्र हुन् । पहिला उपाध्यक्ष थिए । पार्टीमा बहुपद भयो तर भागबण्डा मिलेन वा जिम्मेवारी र अधिकार बाँडफाँट भएन भन्ने उनको गुनासो थियो । वैद्यसँग त्यही मुद्दामा एक भएकै थिए । 
 
हेटौंडा महाधिवेशनपछिको सांगठनिक विवाद सामना गर्ने जिम्मेवारीबाट तर्केर वा अध्यक्षसँग मनपेट मिल्न नसक्ने ठानेर उपाध्यक्ष पद त्यागिदिए । उनको लहैलहैमा लागेर अध्यक्षले अर्का उपाध्यक्ष र महासचिवको पनि नियुक्तिको मसी नसुक्दै राजीनामा गराइदिए । पार्टीमा अहिले अध्यक्ष र सदस्यहरुमात्र छन् । 
 
बाबुराम भने विचारले नेता हुन् । त्यसको जिम्मेवारी उनी ऐनमौकामा यस्तै विचारमार्फत निर्वाह गर्ने गर्छन् । भुमिगतकालमा पार्टी संगठनले कारवाही गर्दा, थुन्दा वा निकै अल्पमतमा झर्दा असहमति पत्र लेख्थे । सार्वजनिक जीवनमा सार्वजनिक स्ट्याटस लेख्छन् । 
 
लेख्ने उनको काम हो । बोल्ने अध्यक्षको । तर अहिले प्रश्न उठेको केमात्र हो भने चुनावी घोषणापत्र जुन उनले आफैं केही दिन भुमिगत बसेर लेखेका थिए त्यसभन्दा बाहिर किन निस्कन खोज्दैछन् ? अथवा पार्टीभन्दा पृथक उनी किन देखिन खोज्दैछन् ? के उनको अध्यक्ष दाहालसँग केही दाल नगल्ने नै भइसक्यो ? 
 
अध्यक्षसँग त उनका फरक मत कति छन कति ? चुनाव परिणाम आउन थाल्नासाथ अध्यक्षले राष्ट्रपति रामवरण यादवसँग भेटे, सान्त्वना पनि पाए । बाबुराम त उल्टै राष्ट्रपतिकै चुनाव हुनुपर्छ भन्न थाले । त्यस्तै रीस त ओकलेका छन् नि उनले यो पछिल्लो स्ट्याटसमा । 
 
उनी आफ्नाबारेमा बढी सचेत छन् । लेखेका छन्, व्यक्तिगत रुपमा समय समयमा मैले सापेक्षरुपले सही सोच राखेँ र सही कुरा पनि उठाएँ । त्यसका निम्ति मबाट जनताले धेरै आशा राखे र ममाथि भरोसा पनि गरे । 
 
उनले त्यसो भन्नु सही हो । उनी प्रधानमन्त्री बन्दा जनअपेक्षा निकै चुलिएको थियो । तर उनले आफुलाई केन्द्रमा राख्नु सही होइन । किनभने उनीबाट जनताले धेरै आशा र भरोसा राखेको भन्ने कसरी थाहा पाए ? जनताले मत त उनको पार्टीलाई नै जित्ने गरी दिएका थिए जसको नम्बर एक नेता वा सत्ताका उम्मेदवार अध्क्ष पुष्पकमल थिए । पुष्पकमलपछिको  नेताका रुपमा उनी थिए भन्ने साँचो हो तर जनादेश उनले होइन, पार्टीले पाएको थियो । त्यसका तर्फबाट
राष्ट्रपतिका उम्मेदवार भनेर प्रचारित अध्यक्षले त्यस्तो आशा र भरोसा पाएका थिए भन्न मिल्छ । 
 
बाबुरामले भनेका छन्, तर मसँग आफ्नै सोच र प्रतिबद्धतालाई लागु गर्न  आवश्यक इच्छाशक्ति र संगठनात्मक तागत भएन । 
 
उनको इच्छाशक्ति किन भएन खुलाएका छैनन् । तर उनले भन्न खोजेको पार्टीले साथ दिएन भन्ने हो । पार्टीले तागत दिएन । पार्टी आफ्नो पक्षमा भएन । अर्थात अध्यक्ष पुष्पकमल सहयोगी हुन सकेनन् । पार्टीले नै अवरोध गर्यो भन्न खोजिएको हो भन्ने प्रष्ट छ । 
 
पार्टीले केमा अवरोध दियो अथवा केमा तागत दिएन भन्ने उनले खुला गर्न सकेका छैनन् । तर त्यसपछिको अनुच्छेदको सिलसिला पढ्दा बुझ्न सकिन्छ बाबुरामको नेतृत्वको गठबन्धन सरकारको विकल्प खोज्न उनकै पार्टी अथवा उनकै अध्यक्ष पुष्पकमल सक्रिय भइदिए । 
 
संविधानसभाको म्याद संकटकाल लगाएर पनि बढाउने आफ्नो इच्छासामु पार्टी अर्थात् अध्यक्ष पुष्पकमल अवरोध भइदिएको उनको दुःखेसो देखिन्छ । विपक्षीहरुलाई पनि भन्न खोजेका छन् तर विपक्षीहरुले नै त हो संकटकालको प्रस्ताव गरेको । 
 
कुनै पनि विकल्पबारे वार्ता गर्न विपक्षीहरु सिंहदरवार आउँदा अध्यक्ष पुष्पकमल र नेतृ हिसिला यमीलाई ढोकामा कुरुवाझैं बाहिर राखेर बाबुराम आफुले भित्र मन्त्रिपरिषद्को आकश्मिक बैठक गरेको होइन ? त्यही बैठकबाट संविधानसभा निर्वाचन मंसिर ७ मा गर्ने भनेर प्रस्ताव गरेको होइन ? त्यस्तो प्रस्ताव ल्याएपछि एमालेका मन्त्रीहरुले बैठक बहिष्कार गरेका होइनन् ? 
 
अघिल्लो दिन त के त्यही जेठ १४ गतेको दिन पनि बालुवाटारमा प्रधानमन्त्रीका रुपमा बाबुरामले मधेसमा दुई प्रदेश नमान्ने भए संविधानसभा जान्छ भन्ने चेतावनी दिएको अरुले सुनेकै थिए । विघटनको १२ घन्टाअगाडि राष्ट्रपतिलाई
भेटेर निर्वाचनमा जाने विकल्पबारे चर्चा गर्न भ्याइसकेका प्रधानमन्त्रीले अहिले आएर संकटकाल नलगाउनु गल्ती कसरी भन्न सक्छन्, यसरी हाकाहाकी ? 
 
संविधानसभाको राज्य पुनर्संरचना समितिका सभापति त थिए लोकेन्द्र बिष्ट मगर, बाबुरामकै पार्टीका सभासद् । उनकै नेतृत्वमा १४ प्रदेशको सिफारिश भएको थियो । उनकै नेतृत्वमा जनजाती समुहका सभासद्हरुले बालुवाटार पुगेर बाबुरामलाई भनेकै थिए, एकल जातीय नामकै कारण संघीयता बन्दैन भने हामी अवरोध हुन चाहँदैनौं, सहमति गरौं । 
 
अनुमान गर्न सकिन्छ अध्यक्ष पुष्पकमल बालुवाटारमा प्रधानमन्त्री फेर्न चाहन्थे । बाबुरामको गुनासो सही हो । उनले घोषणा गरेको निर्वाचन गराउन पाउनुपथ्र्यो । निर्वाचन मंसिरमै गर्न सकिन्थ्यो । तर निर्वाचन आयोग गठन गर्ने र विपक्षीहरुलाई साथ लिनेतर्फ उनको क्षमता पुगेन । 
 
बाबुराम एकपल्ट रारा घुम्न गएको मौका पारेर पुष्पकमलले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतिय चुनावी सरकार गठन गर्ने पहल गरेको सार्वजनिक भइसकेको थियो । पुष्पकमल आफैंले राष्ट्रपतिलाई साक्षी राखेर त्यस्तो वातावरण बनाएका थिए र बैठकपछि शीतल निवासको ढोकामा सञ्चारकर्मीका क्यामरामै भनिदिएका थिए, देश अब सहमतितर्फ गयो । 
 
राजनीतिक स्रोतहरुका अनुसार, बाबुराम भोलिपल्ट बिहानै लाजिम्पाट पुगेर पुष्पकमललाई चेतावनी दिए, तपाईं सुशीललाई प्रधानमन्त्री बनाउन लाग्नोस्, म बन्न नदिनतिर लाग्छु ।  
 
त्यही भयो दुईजनाको हानथापमा सुशील प्रधानमन्त्री हुन पाएनन् र बाबुराम पनि बालुवाटारमा अडिन पाएनन् । बाबुरामकै ईखका कारण उनले राजीनामा नलेखी प्रधानन्यायाधीशलाई सिंहदरवार टक्र्याउने सर्त पुष्पकमलले माने । देशी विदेशीले सकारेकै थिए, त्यही भएर हेटौंडा महाधिवेशनले प्रधानन्यायाधीशको नामको प्रस्ताव पारित गर्यो र त्यसको हथौडाले हानीहानी कांग्रेस, एमालेलाई मान्न करै लगायो । 
 
हामीले सरकार छाड्नु गल्ती भयो भनेर उनले यसअघि भनेको यही कारण हो । 
 
संविधानसभा अवसान आफ्नो जीवनको सबभन्दा ठुलो गल्ती भनेर उनले नितान्त यथार्थ लेखेका छन् । त्यो आफ्नो विनम्र स्वीकारोक्ति भनेका छन् । तर संकटकाल लगाउने विकल्प अन्तिम हो भन्ने निश्कर्ष कसरी भन्न सक्छन् ? 
 
व्यवस्थापिका संसदमात्र भने पनि राख्ने प्रस्तावलाई कानुनविद्हरुले मानेनन् भन्ने जवाफ दिने गर्छन् तर कानुनविद्हरुले त संकटकाल लगाउन पनि मान्ने थिए त ? 
 
बाबुरामको सबभन्दा महत्वपुर्ण स्वीकारोक्ति त चार दलीय राजनीतिक सहमति नमान्नु गल्ती भयो भन्ने हुनुपर्थ्यो । जेठ २ गते भएको सहमतिअनुसार ११ प्रदेशको संघीय संरचनामा नेपाल जान्थ्यो । सिमाना संघीय सीमा आयोगले निक्र्यौल गर्थ्यो। नाम प्रदेश सभाले आफैं राख्थ्यो । संविधान बन्ने आधार तय भइसकेको थियो । 
 
त्यस्तो सहमति कसले भाँड्यो भन्ने हालसम्मकै रहष्यमाथि बाक्लो कालो पर्दा लगाउने नेताहरुमध्ये जो पनि आआफ्नो सुबिधाअनुसार तर्क गरिरहेका छन् । 
 
त्यही सहमतिलाई बरु हामीले लागू गर्न सकेनौं, अब त्यसमै छलफल गरौं भन्ने राजनीतिक मान्यता प्रस्ताव गरे पो विनम्र स्वीकारोक्ति हुन्थ्यो त ।
 
बाबुरामले ढिलै भए पनि आफ्नो विचार राखेर चुनावी हारको समीक्षामा सबैको साथ लिन खोजेका छन् । त्यो स्वागतयोग्य पक्ष हो । आफ्नै पार्टीको हार स्वीकार गर्न नसक्ने कट्टर मानसिकताभन्दा अघि बढेर प्रगतिशील आचरण प्रस्तुत गरेका छन् । 
 
चुनावी हारको दोष एकले अर्कालाई मात्र लगाउने प्रवृत्तिबाट असली आत्मसमीक्षा भने हुनसक्दैन । त्यसैगरी लेख्दा भने कुरा चपाउने स्वभावका कारण बाबुराम जे चाहेको हो त्यसको टुंगोमा पुग्न सक्दैनन् ।  
 

पार्टीले उनलाई विचारको ठाउँ नदिएको हो वा उनको आकार पार्टीमा अट्न नसकेको हो भन्ने यस आत्मसमीक्षाको अर्को पाटो पनि हो । 

३ बर्षभित्र यस्तो बन्दैछ चक्रपथ - onlinekhabar

अबको तीन बर्षपछि काठमाडौंको चक्रपथ कुनै बिकशित मुलुकको झल्को दिनेगरि अन्तराष्ट्रियस्तरको बन्ने भएको छ ।
तीव्र गतिमा सवारी चलाउन मिल्ने गरी चार लेनको सडक । ७/७ मिटर चौडाइका दुई-दुई लेनको सर्भिस ट्याक्क र सडकको दुवैतर्फ साइकल लेन, अनि दायाँ-बायाँ मनग्ये हरियाली ।
पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्म निर्माण सम्पन्न हुने ८ लेनको चक्रपथको तस्वीर हो यो । काठमाडौं चक्रपथ सुधार योजनाले कलंकी-कोटेश्वर चक्रपथको निर्माण कार्य सुरु गरिसकेको छ । नमुनाका लागि ललितपुरको भनिमण्डपदेखि एकान्तकुना चोकसम्मको ५ सय ५० मिटर सडक भने आगामी चैतसम्ममा निर्माण कार्य गरी सक्ने योजनाका प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो ।
निर्माणसम्पन्न भएपछि यस्तो देखिने छ कलंकी चोक
निर्माणसम्पन्न भएपछि यस्तो देखिने छ कलंकी चोक
सडकको डिजाइन अनुसार बल्खुबाट स्वयम्भू जाने सवारीसाधनले कलंकीचोकमा भूमिगत मार्ग प्रयोग गर्न सक्नेछन् जसको लम्बाई ८ सय ४० मिटर हुने छ । यो बाटो निर्माण सुरु भएपछि सवारीसाधानलाई बैकल्पिक मार्गबाट हिडाउने तयारी सुरु भएको छ । जसका लागि ट्राफिक प्रहरीले गृहकार्य गरिरहेको छ । भूमिगत सडक निर्माण गर्न करिव एक बर्ष लाग्ने अनुमान गरिएको छ ।
भूमिगत सडकमाथिको आठ लेन सडक थानकोट-कलंकी हुँदै कालीमाटी जाने सवारी साधनकालागि हो । चक्रपथका सहायक लेनबाट आएका सवारीले पनि कालिमाटी तथा थानकोटतिर जान यही आठ लेन सडक प्रयोग गर्नेछन् ।
भूमीगत मार्ग बनाएपछि कलंकीको आकाशेपुल भत्काइने छ भने एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा नयाँ आकाशेपुल निर्माण गरिने छ ।
यस्तो देखिने छ ८ लेनको चक्रपथ
यस्तो देखिने छ ८ लेनको चक्रपथ
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सुरु रहेको यो सडक निर्माणको जिम्मेवारी भने चिनियाँ ठेकेदार संघाइ कन्स्ट्रक्सन गु्रप कम्पनीले ठेक्का पाएको छ । उक्त सडक निर्माणका लागि पाँच अर्व रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । सडक विस्तारकार्य चीनले गर्ने भएपनि सडकमा रहेका पोल र पाइप व्यवस्थापन भने नेपाल सरकारले नै गर्ने छ । उक्त कार्यका करिव ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । २०१६ मे १५ मा सम्पन्न गर्नेगरि सम्झौता भएको छ ।
कलकीमा बन्ने भूमीगत मार्गको स्केच
कलकीमा बन्ने भूमीगत मार्गको स्केच
चिनियाँ ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सुरु गरेपनि बिजुलीको पोल व्यवस्थापन र खानेपानीका पाइप तथा ढल व्यवस्थापनका लागि विद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आफ्नो जिम्मेवारी बहन नगर्दा ४० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको भएपनि केही ढिला हुनसक्ने अवस्था रहेको तिवारीले बताउनुभयो ।
यससँगै चक्रपथको कोटेश्वर-चावहिल कलंकी खण्डपनि निर्माण अगाडी बढ्ने भएको छ । चिनियाँ सरकारकै सहयोगमा एकै चरणमा सात बर्षभित्र यो खण्ड निर्माण सकिने तिवारीले जानकारी दिनुभयो ।

Sunday, December 8, 2013

ओरालो लागेकै हुन् प्रचण्ड ? - Nepal - भोजराज भाट, माधव बस्नेत


  • एमाओवादी अध्यक्ष प्रचण्डको उत्थानमा क्रमभंग


'संविधानसभाको सबैभन्दा ठूलो दल भएको नाताले, शान्ति प्रक्रियाको मुख्य हिस्सेदार भएको नाताले म यो कुरा भन्न चाहन्छु कि...'

गत पाँच वर्षयता एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिने हरेक भाषणमा यी शब्दावली थेगोझैँ बनिसकेका थिए। नभनून् पनि किन, १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामार्फत स्थानान्तरण गर्दै पहिलो संविधानसभामा उनको पार्टी सबैभन्दा ठूलो दल भयो। कतिसम्म ठूलो भने, प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले प्राप्त गरेको कुल सिट संख्या जोड्दा पनि एमाओवादीबराबरको हैसियत पुग्दैनथ्यो। यस्तो जनमतले पनि सत्तामा रहँदा होस् या बाहिर, पाँच वर्षयता नेपाली राजनीतिमा एमाओवादी अध्यक्ष प्रचण्डको प्रमुख भूमिका रह्यो।

तर, दोस्रो संविधानसभाको परिणाम आइपुग्दा प्रचण्ड नेतृत्वको एमाओवादी पार्टी तेस्रो स्थानमा खुम्चिन पुग्यो। चुनावको चार महिनाअघि प्रचण्डबाहेक अरू सबै नेताहरूको पद घटुवा हुनु, केन्द्रीय समितिले चुनाव परचिालनको सर्वोच्च कमान्डर अध्यक्षलाई नै बनाउनु तर चुनावमा सोचेविपरीत हार बेहोर्नुले पार्टीभित्र र बाहिर प्रचण्डको साख निकै खस्किइसकेको रहेछ भन्ने बुझ्न कठिन थिएन। नतिजा यस्तो आएको छ कि, जुन 'स्पेस'मा न उनी सरकार बनाउने हैसियत राख्छन्, न त संविधान निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्न नै सक्छन्। किनभने, यसपटक संविधानसभामा कांग्रेस-एमाले र केही साना पार्टी सम्मिलित हुनासाथ सजिलै दुईतिहाइ पुग्ने अवस्था छ।

एमाओवादी पार्टीले पहिलो र दोस्रो संविधानसभाको चुनावी घोषणापत्रमा जसरी प्रचण्डलाई भावी कार्यकारी राष्ट्रपतिका रूपमा उभ्याएको थियो, त्यो दुवैपटक पूरा हुन सकेन। सामान्य अवस्थामा राष्ट्रपति त परै जाओस्, उनी प्रधानमन्त्रीसमेत बन्न सक्दैनन्। अबको संविधानसभामा प्रचण्डका बार्गेनिङ् कार्डहरू कमै मात्र बाँकी रहनेछन्।

त्यसो त प्रचण्ड नेतृत्वको पार्टीमा यतिखेर नीतिगत संकट देखा परेको छ। गत माघमा सम्पन्न एमाओवादीको सातौँ महाधिवेशनले संविधानसभाबाटै संविधान बनाउने कार्यदिशा पारति गरेको थियो तर अहिले सोही पार्टीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै निष्पक्ष छानबिन नभए संविधानसभा प्रक्रियाबाट बाहिरनिे धम्की दिएको छ। प्रचण्डको संयोजकत्वमा बनेको १३ दलीय मोर्चामा नामै नसुनिएका लोक दल, नेपाली जनता दलजस्ता पार्टीहरूसमेत समावेश छन्। त्यस्ता पार्टीले समानुपातिकमा १० हजारभन्दा बढी मत पनि ल्याएका छैनन्। उनी त्यस्ता दललाई लिएर तत्काल सडक संघर्षमा उत्रिने सम्भावना पनि देखिँदैन। यसैबाट प्रस्टिन्छ, प्रचण्ड अहिले कति रक्षात्मक अवस्थामा छन् भनेर।

यद्यपि, प्रचण्डले आफूहरू विगतमा भएको १२ बुँदे सहमति र बृहत् शान्ति सम्झौताको प्रक्रियाभन्दा बाहिर नजाने प्रतिबद्धता जनाएका छन्। त्यसो भन्नुको पनि खास अर्थ छ। १० वर्षे द्वन्द्वको बेला होस् या बृहत् शान्ति प्रक्रिया सम्झौताको अवस्था, यी दुवै बेला नेपाली राजनीतिको मियो उनकै वरपिर िघुमिरह्यो। पहिलो संविधानसभापछि दोस्रो संविधानसभासम्मको नेपाली राजनीतिकोे केन्द्रमा प्रचण्ड नै रहे। सत्ताबाट बाहिरएिपछि उनी राजनीतिको 'किङ्मेकर' बन्न खोजिरहे। निर्वाचनको परण्िाामपछि प्रचण्डको त्यो साखमा गिरावट आएको छ। अझै पनि उनी आफूलाई १२ बुँदे र बृहत् शान्ति सम्झौताको हिस्सेदार ठानिरहेका छन्।

राजनीतिशास्त्री कृष्ण हाछेथुका विश्लेषणमा प्रचण्ड राजनीतिमा स्थापित हुनुमा तीनवटा कारण उल्लेख्य छ। पहिलो हो, एक्स्िट्रमिस्ट अपोजिसन अर्थात् आक्रामक विपक्षी। प्रचण्ड विपरीत धु्रवको राजनीतिबाट चाँडो स्थापित भएको नाम हो। प्रचण्डको राजनीतिक कद बढ्नुमा भने माओवादी सशस्त्र विद्रोह एउटा महत्त्वपूर्ण कारक थियो।

दोस्रो, रहस्य -नदेखेका मान्छे)का कारण थियो। १० वर्षे विद्रोहमा प्रचण्ड रहस्यमय पात्र बने। प्रचण्डलाई चिन्नका लागि धेरैले कल्पना गर्नुपथ्र्यो। विद्रोहले कम समयमा छिटो विस्तार गर्नु पनि प्रचण्डलाई थप लाभको कुरा थियो। त्यो उन्नति र प्रगतिलाई १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतालाई राज्यले पनि मान्यता दियो। त्यसबाट उनलाई स्थापित हुन सहज भयो।

र तेस्रो, चुनावी सफलता। ०६४ सालको पहिलो संविधानसभा चुनावपछि माओवादी ठूलो पार्टीका रूपमा स्थापित भयो। जसबाट गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य पनि प्रचण्डले पाए।

यी यावत् कारणले बनेको प्रचण्डको छवि चुनावका बेला ठूलठूला ब्यानर र पोस्टरमा भावी राष्ट्रपति भन्दै प्रचार गरयिो। २ असार ०६३  मा पहिलोपटक बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डको प्रस्तुति आफैँमा 'करिस्म्याटिक' थियो। उनको कुरा सुनेर मान्छेले 'ओहो, यो मान्छे त चामत्कारकि पो रहेछ' भन्ने धारणा बनाए। यो धारणाले चुनावको परण्िाामसम्म निरन्तरता पायो। त्यो अद्भुत 'इमेज'को पारो धेरै चाँडो तल खस्यो पनि। सार्वजनिक रूपमा बोल्ने शैलीमा प्रचण्डको स्थिरता देखिएन। बाहुन/क्ष्ात्रीहरू भेट्न पुग्दा उनले त्यो समुदायलाई आदिवासी भन्न भ्याए। जनजातिको समूह आउँदा उनीहरूलाई 'सडकमा जानूस्' भनेर निर्देशनसमेत दिए। उनको यस्तो विरोधाभास शैली सञ्चारमाध्यममार्फत जनतासामु उदांगिँदै गयो। अन्य राजनीतिक दलका नेताहरूले पनि उनको दोहोरो पटकपटक 'एक्सपोज' गरििदए।

प्रचण्डका कतिपय निर्णय बुमर्‍याङ भए। जस्तो, प्रधानसेनापतिको कार्यकाल चार महिनापछि नै सकिने थियो। त्यति समय पनि कुर्न नसक्नु उनको ठूलै कमजोरी रह्यो। उनले एकको विरुद्ध दोस्रोलाई खेलाएर सधैँ आफूलाई केन्द्रमा राख्ने रणनीति अवलम्बन गररिहे, जुन सधँै काम लागेन। राष्ट्रिय नेताले आफूलाई मन नपरेको कुरामा असहमति त राख्छ तर सम्झौताचाहिँ गर्दैन। त्यो बेला प्रचण्डले नेतृत्व गरेको पार्टीमा बल्भिmएको विवाद आकाश-जमिनको फरक थियो। एउटा सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने, अर्को संविधानसभाको लाइनबाट जाने। त्यसमा एकले अर्कोलाई खेलाएर प्रचण्ड आफू सधैँ केन्द्रमा रहिरहन चाहे। त्यो भनेको कुनै समयको रणनीतिक खेल मात्रै हो। लामो समयसम्म त्यो चल्न सक्दैनथ्यो। अन्ततः पार्टी फुट्यो।

पार्टीभित्र पनि उनका कुरा विवादरहित थिएनन्। त्यसको अतिवादी गठबन्धनको रूपमा धोबीघाट बैठकलाई लिन सकिन्छ। त्यो प्रचण्डविरोधी विचारको समूह थियो। पार्टीभित्र उनको विचार सबैलाई मान्य भएन र त्यसबाट विभाजित भई नेकपा-माओवादीको जन्म भयो। उनको नेतृत्वकालमा पार्टी फुट्यो। र, पार्टी फुट नै त्यस्तो महत्त्वपूर्ण कारण बन्न पुग्यो, जसले निर्वाचनमा सर्मनाक हार बेहोर्न बाध्य हुनुपर्‍यो।

घटनाक्रमले के देखाउँछन् भने एमाओवादी अध्यक्ष प्रचण्ड आगामी दिनमा दोहोरो मारमा पर्दै छन्। एमाओवादी एजेन्डाविहीन राजनीतिक पार्टी बन्दै गइरहेको छ। उसको क्रान्तिकारी नारा वैद्य माओवादीले हरण गरसिकेको छ। निर्वाचनको परण्िाामले पहिचानसहितको संघीयताको नारा पनि अस्वीकार गरििदएको छ। आफूलाई सुधारवादी शक्तिका रूपमा स्थापित गराउन खोजेमा कांग्रेस, एमालेले नै त्यो स्थान ओगटिसकेका छन्। एमाओवादीका अधिकांश नेता-कार्यकर्ताको जीवनशैली, कार्यशैली नियाल्दा उनीहरूको वर्गीय चरत्रि क्रमशः स्खलित हुँदै गइरहेको छ। आफूलाई कसरी पहिचान दिने र स्थापित गराउने भन्ने समस्या एमाओवादीमा चुलिँदो छ।

सामान्य किसानका छोरा हुन् प्रचण्ड। उनलाई नजिकबाट नियालिरहेका एमाओवादीका एक केन्द्रीय सदस्यका भनाइमा प्रचण्डले सशस्त्र युद्ध थाल्नुअघि नै मीठो खाने, राम्रो लगाउने, चुरोट खाइरहनुपर्ने, छाती फुलाएर हिँड्ने गर्थे। उनी छालाको कालो सुटकेस बोक्थे। त्यस बेला प्रचण्डसँग पैसा थिएन। तर, जनयुद्धमा हेडक्वार्टरमा पैसा आउन थाल्यो, उनका अतृप्त चाहनाहरू पूरा हुन थाले। भारतमा हुँदा होस् या रोल्पामा, ब्रान्डेड रक्सी खान थाले। उनको त्यो चाहना हेडक्वार्टरमार्फत झन्झन् पूरा हुन थाल्यो। हुँदाहुँदा सबैभन्दा राम्रो घडी होस् या ल्यापटप वा मोबाइल नै किन नहोस्, ती सबै राम्रा वस्तु उनीकहाँ पुग्न थाले। त्यो रोग अन्य नेतामा पनि सल्कियो। अन्ततः त्यो विकृति राम्रा मोटरसाइकल, राम्रा गाडी हुँदै राम्रा महलमा बस्नेसम्म फैलियो, जसलाई उनले चाहेर पनि रोक्नै सकेनन्। कारबाही नै गर्नुपर्दा आफूबाट सुरुवात गर्नुपर्ने अवस्था सिर्जना हुन थाल्यो। जीवनशैलीमा यहीँनेर चुके प्रचण्ड।

प्रचण्डका कतिपय यस्ता कुरा छन्, जसमा उनको प्रतिबद्धता वा सैद्धान्तिक आवरण एउटा छ तर व्यवहार अर्को देखिन्छ। नेकपा -मशाल)को पृष्ठभूमिबाट राजनीतिमा उदाएका प्रचण्डको कुनै बेलाको धोको हो, समकालीन विश्वको कम्युनिस्ट आन्दोलनको नेता बन्ने। द्वन्द्वकालमा सबैतिर उनकै तस्बिर मात्र छापिन्थे। उनकै तस्बिरको स्टीकरसमेत बनाइएको थियो, जसलाई कार्यकर्ताले छातीमा सजाएर राखेका हुन्थे। सशस्त्र विद्रोहले उचाइ लिँदै गर्दा उनले बढो चलाखीपूर्वक ०५७ सालमा पार्टीको पथप्रदर्शक सिद्धान्तका रूपमा आफ्नै नामबाट प्रचण्डपथ पारति गराए। आफूलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताका रूपमा चिनाउन त्यसो गराएका थिए। शान्ति प्रक्रियापछि विभिन्न कम्युनिस्ट घटकबीच एकता हुँदा त्यो प्रचण्डपथ एकाएक मेटाइयो। युद्धको समयमा प्रचण्डपथका नाममा दुई दर्जनभन्दा बढी किताब लेखिएका छन् तर शान्ति प्रक्रियापछि प्रचण्ड स्वयंले त्यसलाई सजिलै हटाइदिए। यसबाट के बुझिन्छ भने उनी कुनै सिद्धान्त अनुसार आफू चल्दैनन्, बरू सिद्धान्तलाई आफू अनुकूलमा ढाल्न खोज्छन्।

प्रचण्डको राजनीतिक यात्रा ओरालो लाग्नुमा राष्ट्रियताको नारा आफू अनुकूल उठाउनु र बेवारसि छाड्नुमा पनि छ। एकातिर उनले राष्ट्रियताको मुद्दा उठाइरहेका थिए, अर्कातिर सिंगापुरदेखि सिलिगुडीसम्म अनेकन संदिग्ध भ्रमण गररिहेका थिए। यस्तो द्वैध चरत्रिले पनि उनको शाख दिनानुदिन घट्दै गइरहेको थियो।

प्रचण्डलाई विगतमा स्थापित गर्ने मोहन वैद्य, रामबहादुर थापा, देव गुरुङ सैद्धान्तिक आधारमा धेरै पर पुगिसकेका छन्। फरक पार्टीको जिम्मेवारीमा रहँदैदेखि उनलाई सहयोग गर्दै आएका नारायणकाजी श्रेष्ठसँग त्यति हिमचिम छैन, उनको। बाबुराम भट्टराईको साथ छाडेर ०५४/५५ सालदेखि नै प्रचण्डलाई सहयोग गर्दै आएका हरबिोल गजुरेलसमेत निर्वाचनअघिको जिम्मेवारी बाँडफाँटबाट निकै असन्तुष्ट बनेका छन्। स्रोतका अनुसार गजुरेलले आफू पुरानो र पूर्वाञ्चलको स्थायी बासिन्दा भएका नाताले पूर्वी कमान्ड इन्चार्ज भएर निर्वाचनको रथ हाँक्न चाहेका थिए। तर, गजुरेलभन्दा निकै कनिष्ठ रोल्पाली नेता वर्षमान पुनलाई प्रचण्डले पूर्वमा निर्वाचनको कमान्डर बनाएर पठाए। त्यसपछि गजुरेलको सम्बन्ध प्रचण्डसँग झन्झन् टाढिँदै गएको स्रोतको दाबी छ। गजुरेलको साथ छोडाइ प्रचण्ड पार्टीभित्र झन् कमजोर बन्दै जानुको संकेत हो।

एमाओवादीनिकट पत्रकार खिलबहादुर भण्डारीको भनाइमा आगामी दिनमा प्रचण्डको उचाइ कायम राख्न एमाओवादी नेतादेखि कार्यकर्तासम्मको जीवनशैली, कार्यशैली, कार्यदिशा सबैमा मलमपट्टी लगाएर मात्र पुग्नेवाला छैन, शल्यक्रिया नै जरुरत छ। "संविधानसभाको दोस्रो निर्वाचनबाट एमाओवादी तेस्रो पार्टी भए पनि गिरजिाप्रसाद कोइरालाको निधनपछि प्रचण्डबाहेक त्यो उचाइको अर्को नेता छैनन्," भण्डारी भन्छन्, "आफ्नो विगतको उचाइलाई कायम राख्न प्रचण्डले अवसरवादीको घेरा तोडेर जनतासँग सम्बन्ध विकास गर्दै कार्यशैली बदल्न जरुरी छ।"

सशस्त्र विद्रोहको करबि चार वर्षसम्म गुमनाम नाम हो, प्रचण्ड। कतिसम्म भने ०५५ मा तत्कालीन उपप्रधानमन्त्री तथा कांग्रेस नेता रामचन्द्र पौडेलले प्रचण्ड नामको व्यक्ति नै नभएको र सशस्त्र युद्ध निर्मल निवासबाट सञ्चालित भइरहेको अभिव्यक्ति दिएका थिए। भलै, त्यसको केही समयअघि (भदौ ०५५)मा भारतको फरदिावादमा सम्पन्न चौथो विस्तारति बैठकबाट प्रचण्डले आपmनो तस्बिर सार्वजनिक, नेतृत्वको केन्द्रीकरण र आपmनो भनाइ उद्धरण गर्नुपर्ने निर्णय गराएका थिए। त्यसपछिका केही वर्षसम्म उनी पार्टीभित्र झन् शक्तिशाली देखिए। माघ ०५७ सालमा भारतकै भटिन्डामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेपाली क्रान्तिको मार्गदर्शन सिद्धान्त 'प्रचण्डपथ' पारति भयो। नेतृत्व केन्द्रीकरणपछि उनी महामन्त्रीबाट अध्यक्षमा पदोन्नति भए। प्रचण्डपथबारे मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापालगायत माओवादी नेताहरूले स्तुति गाएर लेखे।

आफ्नो नामबाट पार्टीको मार्गनिर्देशक सिद्धान्तमा नाम जोडिनेमा जीवित नेतामा पेरुका गोन्जालोपछि प्रचण्ड मात्र हुन्। दोस्रो राष्ट्रिय सम्मेलनपछि भएको बहुचर्चित चुनबाङ बैठकले पनि अध्यक्ष प्रचण्डलाई असीमित अधिकार दियो। दोस्रो संविधानसभा निर्वाचनको घोषणापत्रमा पनि प्रचण्डबारे 'जसको नीति उसको नेतृत्व, राष्ट्रका नेता अध्यक्ष प्रचण्ड' उल्लेख छ। पार्टीभित्र र बाहिर 'चमत्कार' गर्दै आएका प्रचण्डको अबको भूमिका के ? विगतमा प्रत्येक शब्दमा गह्रौँ अर्थ बोक्ने गरेका प्रचण्डका पछिल्ला अभिव्यक्ति 'म आगामी राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री'जस्ता अभिव्यक्तिप्रति अहिले खिसिट्युरी हुन थालेको छ।

के प्रचण्डको राजनीतिक यात्रा ओरालो लागेकै हो त ? एमाओवादी प्रवक्ता तथा सिन्धुपाल्चोक-२ बाट निर्वाचित सभासद् अग्निप्रसाद सापकोटाका शब्दमा एमाओवादीको उदारता र केही प्राविधिक कमजोरीका कारण मात्र निर्वाचनमा प्रतिधक्का खप्नुपरेको हो। उनको दाबीमा धक्का खानुपरे पनि पार्टीलाई प्रथम शक्ति बनाएरै छाड्ने ऊर्जा र इच्छाशक्ति प्रचण्डमा छ। "विज्ञानलाई केही समय भ्रमित पार्न सकिएला। तर, प्रचण्डको नेतृत्वलाई कसैले ओरालो लगाउन सक्तैन," प्रवक्ता सापकोटा भन्छन्, "तपाईंहरू लेखेर राख्नूस्, आगामी दिनमा प्रचण्डकै नेतृत्वमा हाम्रो पार्टीले चमत्कार गरेर देखाइदिनेछ। त्यस दिन एमाओवादी र प्रचण्डको ओरालो यात्रा देख्नेहरू शिर झुकाएर हिँड्नेछन्।"

राजनीतिशास्त्री कृष्ण हाछेथुका बुझाइमा, पछिल्लो समयमा प्रचण्डको छविसँग असफलता जोडिएको छ। "लोकतन्त्रको फाइदा भनेको आवधिक निर्वाचन हो। अर्को निर्वाचन आउने बेलासम्म आफ्नो पार्टीलाई बलियो बनाउन प्रचण्डले के के गर्छन्, त्यसमै उनको छवि निर्धारण हुन्छ," हाछेथु भन्छन्, "पहिलो संविधानसभा निर्वाचनका बेलासम्म उनको छवि एउटा उचाइमा पुगेको थियो, अहिले त्यो केही खस्कियो। आगामी दिनका व्यवहारका आधारमा उनको छवि माथि र तल जता पनि जान सक्छ।"

निर्वाचनको परिणामलाई अस्वीकार गरेर अर्कै राजनीतिक बाटोमा जाने विकल्प पनि प्रचण्डका अगाडि सीमित छ। हेटौँडा महाधिवेशनको दस्तावेज अनुसार उनी पार्टीलाई जनयुद्धमा फर्काउन सक्दैनन्। निर्वाचन धाँधलीपूर्ण भयो भनेर सडक राजनीतिमा आउनु भनेकै उनी हास्यपात्र हुनु हो। अब प्रचण्डका लागि एउटै बाटो भनेको 'रुल अफ दी गेम'लाई स्वीकार्नु हो, यसपटक एउटाले जित्यो भने अर्कोपटक अर्कोले जित्न सक्छ। प्रचण्डले पनि आफ्नो पार्टीको पक्षमा परण्िााम ल्याउन नसक्ने होइनन्, त्यो उनको भावी कार्यशैलीमा निर्भर रहनेछ।

"कम्युनिस्ट राजनीतिको रंगमञ्चमा यस्ता घटना निकै कम छन्, जो एकपटक शक्तिको शानबाट कमजोर भएपछि पुनः उत्तिकै शक्तिका साथ उदाएका हुन्। प्रचण्ड पनि सम्भवतः यसै कोटीमा दर्ज हँुदै छन्," राजनीतिक विश्लेषक टीका ढकाल भन्छन्, "प्रचण्ड उचाइबाट तल झररिहेका छन्। संसारको इतिहासलाई नियाल्दा उनी पूर्ण शक्तिका साथ पुनः सत्तामा फर्किने सम्भावना क्षीण छ।"

सिमाना निर्धारण गर्न जनमतसंग्रह गर्नुपर्ने प्रचण्डको अभिव्यक्तिले उनको दृष्टिकोणमा रहेको अबुझपन देखाउँछ। "वाम राजनीतिबाट दीक्षित व्यक्तिले व्यावहारकि राजनीतिको सैद्धान्तिकरण गर्न सिक्छ। तर, प्रचण्डले सिकेनन्," विश्लेषक ढकाल भन्छन्, " नेपालमा पुँजीवादी प्रजातन्त्रको मध्यमार्गको नेतृत्व कांग्रेसले गर्छ। वाम प्रजातान्त्रिक मध्यमार्गको नेतृत्व एमालेले गर्छ।  यसर्थ, नेपाली राजनीतिको सत्तामा प्रचण्डको पुनःउत्थान सम्भव देखिन्न।"



'परिवर्तनकारी नेता म्यानेजरियल भइदिए'

- कृष्ण हाछेथु

राजनीतिशास्त्री

निर्वाचन परिणामको असफलतालाई बाहिर राखेर हेर्ने हो भने प्रचण्ड पछिल्लो समय परिवर्तनकारी नेता नभएर 'म्यानेजरियल' नेता भए। व्यवस्थापनतिर मात्रै उनको समय बित्यो । कांग्रेसलाई मिलाउनुपर्ने, एमालेलाई मिलाउनुपर्ने र मधेसीलाई मिलाउनुपर्ने । रूपान्तरणकारी नेताले व्यवस्थापकीय कुरामा हात हालेपछि अपजशको भारी बोक्नुपर्ने हुन्छ । यो तेस्रो वा चौथो तहका नेतालाई दिनुपथ्र्यो । बीपीले यस्तो व्यवस्थापकीय काम गर्नुपर्दा सूर्यप्रसाद उपाध्यायलाई अगाडि सार्थे । मदन भण्डारीले माधव नेपाललाई संविधान निर्माणमा किन पठाए ? मदन भण्डारीले आफू मन्त्री नभईकन झलनाथ खनाललाई किन पठाए ? पहिलो संसदीय निर्वाचनपछि संसदीय दलको नेता मनमोहन अधिकारीलाई बनाए । व्यवस्थापकीय क्षेत्रभन्दा पर बस्ने नेतालाई यसले समाजमा परिवर्तन ल्याउन सक्छ भनेर हेरिन्छ । तर, माओवादीले जहिले पनि कांग्रेस, मधेसी र एमालेसँग 'डिल' गर्दा त्यो काम बाबुराम, मोहन वैद्य वा नारायणकाजीलाई दिएको भए उनको चामत्कारिक नेतृत्व यति चाँडै भुत्ते हुँदैनथ्यो ।





'माओवादी जनवाद मौलिक विचार होइन'

- टीका ढकाल

राजनीतिक विश्लेषक

नेपालको माओवादी आन्दोलनको उद्भव, विकास र सुरु भएको ओरालो यात्रा दक्षिण अमेरिकी उग्र वामपन्थी आन्दोलनसँग तुलनीय छ । जेठ ०६० मा तत्कालीन माओवादीले अघि सारेको २१औँ शताब्दीको जनवाद पनि मौलिक विचार होइन । यो चिलीका समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेले '७० को दशकमा नै उच्चारण गरेको वामपन्थी राजनीतिक मार्गचित्र थियो । त्यसैको बलमा निकारागुवा, भियतनाम, होन्डुरस र पेरुको कम्युनिस्ट आन्दोलनको विकास भएको थियो । ती सबै आन्दोलन उग्र वाम नारामा उठेका थिए, त्यसैको परिणाम सत्तामा पुगे र आफूले उठाएको नारा 'डेलिभर' गर्न नसकेपछि निर्वाचनबाटै पत्तासाफ भए । अहिले नेपालको माओवादी परिणति पनि त्यस्तै देखिन्छ ।



(आवरण तस्बिर: संजोग मानन्धर)

तीन पत्नीका नजरमा नेल्सन मन्डेला - nayapatrika



दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति तथा रंगभेदविरुद्धको आन्दोलनका अभियन्ता नेल्सन मन्डेला राजनीतिक रूपमा सफल व्यक्तित्व मानिए पनि पारिवारिक रूपमा उनलाई असफल मानिन्छ । मन्डेलाले जीवनमा तीनवटा बिहे गरे । मन्डेलाको आकर्षक व्यक्तित्व तथा पहिरनका कारण उनका धेरै महिला प्रशंसक थिए । उनको जीवनी लेखेका एन्थोनी साम्पसन्सले एकपटक भनेका थिए, ‘मन्डेला महिलाको नजरमा पर्ने पुरुष हुन् र उनलाई यस विषयमा गर्व छ ।’ ९५ वर्षको उमेरमा निधन भएका मन्डेलालाई ६ दशक कुनै न कुनै महिलाले साथ दिएका थिए । जीवनसाथीका रूपमा उनीहरूको सहयोगले मन्डेलालाई सफल बनायो । तीन पत्नीले मण्डेलालाई कस्तो सहयोग गरे, अनि उनीहरू मन्डेलालाई कसरी हेर्छन् त ? एजेन्सीको सहयोगमा तयार पारिएको आलेख :

पहिलो नजरमा नै माया बस्यो
–एवलिन मेस (पहिली पत्नी)
नेल्सन मन्डेलाको पहिलो विवाह उनका राजनीतिक संरक्षक वाल्टर सिसुलुकी भतिजीसँग भएको थियो । मन्डेलाको यो पहिलो विवाह हुनुभन्दा तीन वर्षपहिले नै उनी जोहानेसबर्ग आएका थिए । यो विवाह मन्डेलाले परिवारले खोजेकी एक युवतीसँग विवाह गर्न इन्कार गरेकाले रचिएको थियो । परिवारले खोजेकी गाउँले युवतीलाई विवाह गर्न इन्कार गरेका मन्डेलाले एवलिनसँग विवाह गर्ने
निर्णय लिए ।

विवाहको समयमा मन्डेलाको उमेर २६ वर्षको थियो भने एवलिन २२ वर्षकी थिइन् । मन्डेलाको जीवनी ‘हाइयर देन होप’मा एवलिनले भनेकी छिन्, ‘मलाई लाग्थ्यो, पहिलो नजरमा नै मैले उनलाई माया गर्न थालिसकेकी थिएँ ।’ यो जीवनी मन्डेला जेलबाट रिहा भएपछि सन् १९९० मा छापिएको थियो ।

उनले सो पुस्तकमा भनेकी छिन्, ‘पहिलो भेटघाटमा नै हामी एक–अर्कालाई विश्वास गर्न थाल्यौँ, माया पलायो र त्यसको एक महिनापछि उनी विवाहको प्रस्ताव लिएर आए ।’

विवाह भएपछि मन्डेलाले आफ्नो पढाइ जारी राखे । एलविन नर्स थिइन् । उनको आम्दानीले नै मन्डेला परिवारको खर्च चल्न थाल्यो । एलविन र मन्डेलाका चार बच्चा भए । दोस्रो बच्चाको नौ महिनामा भएको निधनलाई उनीहरूले जीवनको सबैभन्दा दुखद क्षण भनेका छन् । बच्चाको निधनका कारण एलविन धर्ममा झुकाव राख्न थालिन् । उता, मन्डेला धेरै समय राजनीतिमा दिन थाले । एलविनलाई भने राजनीतिबारे कुनै चासो थिएन ।

दु:खद अन्त्य
तर, मन्डेला र एलविनको वैवाहिक जीवन लामो समय चलेन । १३ वर्षपछि उनीहरू छुट्टिए । मन्डेलाको आत्मकथा ‘लङ वाक टु फ्रिडम’मा मन्डेलाले लेखेका छन्, ‘म आफ्नो जीवनमा संघर्ष छोड्न सक्दिनथेँ, मलाई स्वतन्त्र दक्षिण अफ्रिका हेर्नु थियो । तर, उनी मेरो पूरै समर्पण परिवारमा नभएसम्म मसँग बसिरहन सक्ने स्थितिमा थिइनन् ।’

पहिलो विवाहको दुखद अन्त्य भयो । देशद्रोहको अभियोगमा मन्डेलालाई गिरफ्तार गरियो । केही समयपछि उनी जमानतमा रिहा भएर आउँदा घरमा एलविन थिइनन् ।  मन्डेलालाई सन् १९६४ मा आजीवन कारावासको सजाय सुनाइयो । त्यसको पाँच वर्षपछि उनका जेठा छोराको एक कार दुर्घटनामा मृत्यु भयो । सन् १९९० मा रिहा भएपछि मन्डेलालाई पत्रकारले दोस्रो क्राइस्टको संज्ञा दिए । एवलिनलाई उनीहरूले सोधे, ‘दोस्रो जिससको जन्म भएको छ, तपाईंलाई के लाग्छ ?’

जवाफमा उनले भनिन्, ‘मन्डेला एक मानिसमात्र हुन्, किन उनलाई मानिसहरू धेरै उपमा दिइरहेका छन् ? आफ्नी पत्नी तथा बालबालिका छाडेर हिँड्ने मानिस कसरी भगवान् हुन सक्छ ? उनले कैयौँ व्यभिचार गरेका छन्, त्यस्तो मानिसलाई किन भगवान्सँग तुलना गरिएको छ ?’

तर, केही समयपछि उनी मन्डेलाको धेरै तारिफ गर्न थालिन् । पहिलो आमनिर्वाचनबाट पहिलो काला राष्ट्रपति निर्वाचित भएपछि एवलिनले मन्डेलालाई मानिसले धेरै माया गर्ने बताइन् । तर, मन्डेला रिहा भएपछि उनले एकपटक पनि मन्डेलालाई भेट्न चाहिनन् ।

उनले भनेकी थिइन्, ‘जब म मानिसहरूको घरमा धार्मिक विषयमा कुरा गर्न जान्छु, तब मन्डेलाको फोटो उनीहरूको मूल ढोकामा राखेको पाउँछु । यस्तो शक्ति भगवान्बाट मात्रै मिल्छ । भगवान्ले पनि यस्ता मानिसलाई चुन्छन् ।’

मन्डेलासँग छुट्टिएको ४० वर्षपछि एवलिनले सन् १९९८ मा साइमन राकिपिले नामक एक धार्मिक व्यक्तिसँग दोस्रो विवाह गरिन् । उनको निधन सन् २००४ मा भएको थियो ।

विवाहको प्रस्ताव सहजै स्विकारेँ
– विनी माडिकिजेला मन्डेला (दोस्री पत्नी)
विनी र नेल्सनको भेट त्यतिवेला भयो जब नेल्सनलाई देशद्रोहको अभियोग लागेको थियो भने विनी सामाजिक कार्यकर्ताका रूपमा कार्यरत थिइन् । त्यतिवेला विनीको उमेर २२ लागेको थियो । मन्डेला ४४ वर्षका थिए ।

मन्डेलाले आफ्नो आत्मकथामा लेखेका छन्, ‘म उसको प्रेममा पनि परिरहेको छु र उसलाई राजनीतिमा पनि तानिरहेको छु ।’

विनीले उनको र नेल्सनको सम्बन्धबारे भनेकी छिन्, ‘मन्डेलाले कहिल्यै पनि औपचारिक रूपमा प्रेम प्रस्ताव गरेनन् ।’

विनीले भनेकी छिन्, ‘एक दिन नेल्सनसँग बाटोमा हिँडिरहेकी थिएँ । उनले अचानक प्रस्ताव गरे– तिमी एक ड्रेस डिजाइनरकहाँ जाऊँ । उनी तिमीलाई विवाहका लागि सुहाउने पहिरन बनाउँदै छिन् । तिमी आफ्नातर्फबाट कति मानिसलाई हाम्रो विवाहमा आमन्त्रित गर्न चाहन्छौँ ?’

विनीलाई भने अचानक आएको विवाहको प्रस्तावले अचम्म बनायो । तर, उनले विवाहको विरोध गर्न सकिनन् । उनले भनेकी छिन्, ‘मैले कहिले भनेर मात्र सोधेँ ।’

सन् १९८३ मा फिल्म निर्माता केभिन हैरिसले विनीसँगको एक साक्षात्कारमा विनीले आफू कैदीसँग विवाह गर्न गएकोबारे बताएको भनेका छन् । उनले त्यतिवेला मन्डेलाबारे भनेकी थिइनन् । उनले मन्डेलालाई प्रतिबन्ध लगाएकाले नै सरकारसँग विवाहको अनुमति लिनुपर्ने भयो । उनलाई सरकारले चार दिनको समय दियो र ट्रान्सकेईमा गएर विवाह गर्न भन्यो ।

मन्डेला र विनीको विवाह भयो । उनीहरूका दुई छोरी भए । तर, उनीहरूले लामो समय साथ–साथ बिताउन पाएनन् ।

विनीले आफ्नो संस्मरणमा लेखेकी छिन्, ‘मलाई उनीसँग बिताएका सम्झनैपर्ने र सम्झनामा आउने कुनै पनि पारिवारिक क्षण छैनन् । एक युवतीका लागि आफ्नो लोग्नेको समय नपाउनु कति कष्टप्रद हुन्छ भन्ने मैले बुझेकी छु । उनका लागि भने संघर्ष नै जीवन थियो र देश नै पहिलो रोजाइ थियो ।’


संघर्षकी साथी
विनीसँगको विवाहको तीन वर्षपछि मन्डेला भूमिगत भए । उनलाई केही समयमा नै प्रहरीले पक्रियो र सन् १९६२ मा पाँच वर्षका लागि जेल पठायो । त्यही वेला मन्डेलाविरुद्ध देशद्रोहको अभियोग लाग्यो र उनलाई आजीवन कारावासको समय सुनाइयो ।

तर, विनीले मन्डेलाको कदमलाई समर्थन गरिन् । आन्दोलनलाई अगाडि बढाइन् । उनलाई पनि सरकारले प्रतिबन्ध लगायो, कारावासको सजाय सुनायो, र निर्वासनमा समेत पठायो । सन् १९९१ मा विनीलाई एक विद्यालयका छात्रको हत्याको अभियोग लगाइयो । सो आरोपबारे बहसमा मन्डेलाले सधैँ उनलाई सहयोग गरिरहे ।

सन् २०१० मा गार्जियन पत्रिकालाई दिएको एक अन्तर्वार्तामा विनीले भनेकी छिन्, ‘उनी पनि एक मानिस हुन् । उनलाई पनि कहिलेकाहीँ डर लागेको होला । रिहा भएर आएपछि उनले समाजमा धेरै दिनुपर्नेछ भन्ने सोचेका थिए होलान् । त्यसैले मसँग छुट्टिने निर्णय गरे ।’

खासमा विनीलाई लागेको आरोपबारे अदालतले फैसला सुनाइसकेपछि मन्डेलाले उनीसँग छुट्टिने योजना बनाइसकेका थिए । मन्डेला राष्ट्रपति हुनुपहिले नै यी दुई छुट्टिए ।

धेरैपछि मन्डेलाले भने, ‘विनी कहिल्यै पनि मेरो ओच्छ्यानमा म जागै हुँदा आइनन् ।’ तर, पनि विनीले सधैँ मन्डेलाको प्रशंसा गर्दै आएकी छिन् ।

आकर्षक रूपमा बूढो भएको देख्न पाएँ
– ग्रासा मासेल : तेस्री पत्नी
राष्ट्रपति कार्यकालको अन्त्यमा मन्डेलाले ग्रासा मासेलसँग विवाह गरे ।

मासेल मोजाम्बिकका पूर्वराष्ट्रपति समोरा मासेलकी विधवा थिइन् । सन् १९८६ मा एक विमान दुर्घटनामा समोराको निधन भएको थियो । मन्डेलाका जीवनीकार एन्थोली साम्पसनले लेखेका छन्, ‘विवाहको दुई वर्षपहिले नै मासेलले अब मन्डेलासँग आफ्नो जीवन बित्ने भएकाले अत्यन्तै खुसी लागेको बताएकी थिइन् ।’

उनले भनेकी थिइन्, ‘मन्डेला मलाई बहुत माया गर्छन्, तर सार्वजनिक रूपमा त्यो कुरालाई बढो सम्हालेर राखेका छन् ।’ उनले भनेकी थिइन्, ‘मन्डेलाले मानिसहरूलाई आफू दु:खी भएको महसुस गर्न कहिल्यै दिएनन् । उनी सबैलाई आफू खुसी भएको देखाउन चाहन्थे । उनी अत्यन्तै साधरण मानिस हुन्, जमिनसँग जोडिएका ।’

ग्रासा मन्डेलाभन्दा २७ वर्षले कान्छी थिइन् । उनले मोजाम्बिकका मानिसले मन्डेलालाई गर्ने सद्भावका कारण आफूले उनीसँग विवाह गरेको बताएकी छिन् ।

तर, विवाहको सुरुका केही दिन ग्रासालाई अत्यन्तै निरस लागे । कारण थियो– मन्डेलाको दैनिकी । मन्डेला बिहान निश्चित समयमा उठ्थे, राति निश्चित समयमा सुत्न जान्थे । मन्डेलाले आफ्नो ८०औँ जन्मदिनको अवसरमा सन् १९९८ मा ग्रासासँग विवाह गरेका थिए ।

मन्डेलाका पहिले नै ६ सौतेनी र २ आफ्नै बच्चा थिए । तर, उनीहरूले मिलिजुली दुवै परिवार चलाएका थिए ।

ग्रासाले सन् २०१० मा बिबिसीसँगको अन्तर्वार्तामा भनेकी थिइन्, ‘मैले मन्डेलालाई आकर्षक रूपमा बूढो भएको देख्न पाएँ ।’

- शिखर घिमिरे

को–को हुन् सेयर बजारका ठूला खेलाडी ? ‘बा’ देखि ‘बाबा’सम्म सक्रिय ! - bizmandu

विजयराज खनाल/बिजमाण्डू
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । नेपाली सेयर बजारमा निर्मल प्रधान मात्र त्यस्ता व्यक्ति हुन्, जसले आफुलाई बजारको ठुलो सेयर खेलाडी नै घोषणा गर्दै आएका छन । तर बजारमा प्रधान मात्र होइन उनीसरह वा उनीभन्दा ठूला खेलाडीहरु पनि छन् । विभिन्न कम्पनीका वित्तीय प्रतिवेदन, नेप्से बजारमा सक्रिया कारोवारी, स्टक ब्रोकर कम्पनीका अधिकारीसँगको कुराकानीमा प्राप्त सूचनालाई आधार मानेर बिजमाण्डूले देशका ठूला लगानीकर्ताको सूची तयार गरेको हो ।

१. निर्मल प्रधान
आफु सेयर बजारको ठुलो खेलाडी भएको भन्न निर्मल प्रधान हिच्किचाउँदैनन् । कतिपय लगानीकर्ता उनलाई एक धर्म गुरुसंग दाज्दै नेपाली सेयर बजारका ‘निर्मल बाबा’ को समेत उपमा दिन्छन । केही अघि बजार बियरिश प्रवृत्तिमा रहँदा केही हदसम्म निष्क्रिय रहेका उनी अहिले फेरी सक्रिय हुन थालेको स्रोतहरु बताउँछन ।
उनी अहिले नेपाल बैंकको सेयर बिक्रीको क्रममा निकै सक्रिय भएको बताइन्छ । हालै मात्र उनले बजारमा नेपाल बैंकको मात्र करीब ५० करोडभन्दा बढि रकमको सेयर बिक्री गरेको स्रोतहरुको दावी छ । उनले बैंकमा अगाडीदेखि नै लगानी गर्दै आएको भएपनि कतिपय सेयर भने बैंक नेप्सेमा पुनः सूचीकरण पछि मूल्य एक सय ५० रुपैयाँ हुँदा किनेको स्रोतहरु बताउँछन ।
निमल प्रधान नेशनल हाइड्रो पावर, एभरेष्ट बैंक, पश्चिमाञ्चल बिकास बैंक, एनसीसी बैंकका ठुला लगानीकर्ता हुन् । उनको पनि सेयरमा भएको लगानीको आकार अर्बाै रहेको स्रोतहरु बताउँछन । एभरेष्ट बैंकमा उनको कम्पनी राजधानी इन्भेष्टमेन्ट फण्डको ०.६८ प्रतिशत सेयर रहेको सन् २०११/१२ को बार्षिक वित्तीय प्रतिवेदनले देखाउँछ । त्यसपछि उनले ठुलै परिणाममा सेयर बेचेका छन् । तर पनि अहिलेको बजार मूल्यको आधारमा पनि प्रधानसंग बैंकको मात्रै एक अर्बभन्दा निकै बढि रकमको सेयर रहेको छ ।

२) निरञ्जनकुमार टिवरेवाला

स्टक बजारमा सक्रिय व्याक्तिहरु भन्छन्, निरञ्जनकुमार टिवरेवाला निर्मल प्रधानका पनि ‘बा’ हुन् । उनीहरु टिवरेवालालाई बजारमा सक्रिय सबैभन्दा ठुला सेयर खेलाडी भएको दाबी गर्छन् । टिवरेवालाको लगानीको आकार यत्ति नै छ भन्न नसकिए पनि अर्बौ रुपैयाँमा रहेको, स्रोतहरुको दावी छ । हुनतः टिवरेवाला सेयर बिश्लेषक समेत हुन् । नेपाली सेयर बजारबारे माहरथ हासिल गरेका उनी आफूलाई ‘सेयर खेलाडी’का रुपमा पहिचान दिलाउन रुचाउदैनन् ।
उनी नेपाल एसबीआई बैंक,  एभरेष्ट इन्स्योरेन्समा सञ्चालक छन् । उनले सोल्टि होटेलको सञ्चालक समितिमा समेत छन् । यी कम्पनीबाहेक टिवरेवालाको बिभिन्न कम्पनीमा सेयर रहेको स्रोतहरु बताउँछन ।  उनी इन्भेष्टमेन्ट म्यानेजमेन्ट मर्चेन्ट बैंकरमा पनि सञ्चालक छन् ।
एभरेष्ट इन्सुरेन्समा टिवरेवालासँग १२.६७ प्रतिशत सेयर छ, त्यसैगरी उनको समूहसँग थप पाँच प्रतिशत सेयर पनि एभरेष्टमा छ । नेपाल एसबीआईमा उनी बोर्ड डाइरेक्टर भए पनि वित्तिय प्रतिवेदनमा ठूलो सेयर हिस्सा भने देखिंदैन् । टिवरेवाला नेपाल इन्डोस्वेज बैंक हुँदैदेखि सेयर बजारमा सक्रिय हुन्, उनले स्ट्याण्डर्ड चार्टड बैंकमा पनि लगानी छ । उनी विशेष गरेर मायाराम भोलाराम कम्पनीमार्फत पेट्रोलियम पदार्थको व्यापारमा सक्रिय छन् । तर टिवरेवाला आफूलाई भने फरक ढंगले चिनाउँछन्, म तपाईंले भनेजस्तै गरी सेयर बजारमा सक्रिय र ठूलो खेलाडी होइन्, म खाली यो बजार राम्रोसँग विकास हुनुपर्दछ, संस्थागत हुनुपर्दछ, यो बजारमा आउने कम्पनीमा सुशासन हुनुपर्दछ भनेर सक्रिय छु, उनले बिजमाण्डूसँग भने ।

३. शंकरलाल अग्रवाल
शंकर अग्रवाल पनि अहिलेका बजारका ठूला तथा सक्रिय सेयर खेलाडी भएको स्रोतहरु बताउँछन । बजारमा खुलेर देखिन नचहाने बताइने उनको लगानीको आकार पनि एक अर्बभन्दा कम छैन । शंकरलालको पनि अनेक कम्पनीमा लगानी छ । उनको किष्ट बैंक र नेपाल स्ट्यार्डर्ड चार्टर्ड बैंकमा ठुलो लगानी रहेको भेटिन्छ । किष्ट बैंकले आफ्नो बार्षिक वित्तीय विवरणमा उनलाई संस्थापक सेयर लगानीकर्तामध्ये एकको रुपमा उल्लेख गरेको छ । त्यस्तै, उनको स्ट्याण्र्डर्ड चार्टर्ड बैंकमा पनि ९८ हजार एक सय ९७ कित्ता सेयर रहेको बैंकको सन् २०१२/१३ को बार्षिक वित्तीय प्रतिवेदनमा उल्लेख छ । चार्टड बैंकको यो सेयर अहिलेको बजार मूल्यअनुसार १८ करोड रुपैयाँ बराबरको हो ।

४. रमेश अग्रवाल
रमेश अग्रवालका निकट स्रोत भन्छन, ‘स्टक बजारमा अग्रवालको अर्बौं रुपैयाँको पुँजी छ’ स्रोतकाअनुसार बजारमा उनको लगानी नभएको सायदै कुनै बैंक तथा वित्तीय संस्था होला । उनकाअनुसार रमेश अग्रवालको प्रत्येक बैंक तथा वित्तीय संस्थामा एक लाख कित्ताभन्दा कम सेयर छैन् । ती स्रोतका अनुसार रमेशको बैंक अफ काठमाडौंमा चार देखि पाँच लाख कित्ता, एनआइसी एसियामा एक लाख कित्ता, माछापूच्छे« बैंकमा एक लाख कित्ता, आइएलएफसी फाइनान्समा दुई लाख कित्ता, एभरेष्ट फाइनान्स र सानिमा बैंकमा एक/एक लाख कित्ता सेयर रहेको छ । ती स्रोतले भने, ‘उनको लगानी भएको कम्पनी सबैको नाम म नै सम्झिन सक्दिन ।’ बजारका अन्य स्रोतहरु पनि रमेश अग्रवाल ठूला र सक्रिय लगानीकर्ता भएको बताउँछन । उनी निकट स्रोतअनुसार भने अग्रवाल सञ्चार माध्यममा आउन रुचाउँदैन र खुलेर ठुलो लगानीकर्ता भएको देखाउँन पनि चहादैनन् ।

५. ज्ञानेन्द्रलाल प्रधान
ठुलो मात्रामा जलविद्युत् कम्पनीहरुको सेयरमा लगानी गर्ने स्वभावका ज्ञानेन्द्रलाल प्रधान पनि पछिल्लो समय बजारले चिन्ने सक्रिय र ठुलो सेयर लगानीकर्ता हुन् ।  नेशनल हाइड्रो पावर, चिलिमे जलविद्युत् र बुटवल पावर प्रधानको मूख्य लगानी रहेका कम्पनी हुन् । नेशनल हाइड्रोपावरमा निर्मल  प्रधानसंगै उनी पनि यो कम्पनीको सञ्चालक समितिमा प्रवेश गर्ने रणनीति एक बर्ष अघि सार्वजनिक गरिसकेका थिए । तर विवादित यो कम्पनीको साधारण सभा लगायतमा मतान्तरले गर्दा यो सम्भव भएन ।
त्यतिखेर निर्मल र ज्ञानेन्द्रले आफुहरुसंग कम्पनीको ३० लाखभन्दा बढि कित्ता सेयर रहेको खुलासा गरेका थिए । यी दुवै आफ्नो लगानी रहेको कम्पनीको सेयर चलखेल गरिरहने खेलाडीको रुपमा समेत बजारमा चिनिन्छन । ज्ञानेन्द्र चिलिमेका दोस्रो र व्यक्तिगत आधारमा भने पहिलो ठुलो लगानीकर्ता हुन् । चिलिमेमा उनको दुई लाख ५६ हजार कित्ता सेयर छोराका नाममा छ । त्यस्तै, बुटवल पावरमा समेत ज्ञानेन्द्रको लगानी छ ।


६.राजाराम जोशी
सेयर बजारका अर्का ठुला खेलाडीको रुपमा चिनिन्छन्, राजाराम जोशी । राजाराम जोशी गुडबिल फाइनान्सका सञ्चालक समितिमा समेत छन् । उनको गुडविलमा एक लाख २३ हजार ६१ कित्ता रहेको कम्पनीको सन् २०११/१२ बार्षिक प्रतिवेदनमा उल्लेख छ । उनको पनि बिभिन्न कम्पनीहरुमा लगानी रहेको र व्यक्तिगत रुपमै एक अर्बभन्दा ठुलो लगानीको आकार रहेको स्रोतहरु बताउँछन् । यसबाहेक बिशाल ग्रुप, सांघाइ गु्रप लगायतका समूहहरु पनि अहिले बजारमा सक्रिय रहेको स्रोतहरु बताउँछन । कतिपय पुराना ब्रोकरहरु पनि बजारका सक्रिय र ठुला सेयर खेलाडीहरु भएको दावी गर्छन ।
ठूला खेलाडीहरु आफ्नोभन्दा पनि नजिकका नातेदार, इष्ट मित्रको नामबाट कारोबार गर्ने गरेको स्रोतहरु बताउँछन । हुनतः ठुला सेयर लगानीकर्ताको सूचीमा बिनोद चौधरी, राजेन्द्र खेतान लगायतको नाम पनि आउँछ । तर यिनीहरु बजारमा सक्रिय छैनन् । कुनै बेला चर्चाको शिखरमा रहेका राकेश अडुकिया अहिले बजारबाट बाहिर छन् । गोर्खा विकास बैंक काण्डपछि उनी सेयर बजारको ठूलो खेलाडीका रुपमा विस्थापित भएका छन् ।

Friday, December 6, 2013

ट्विटर प्रयोगकर्तालाई खुशीको खबर, युटोपियासँगको साझेदारीमा इन्टरनेट बिना नै ट्विटर चलाउन मिल् - bizmandu


काठमाडौं । एशियाका लाखौ मानिसलाई ट्विटको सेवा दिन ट्विटरले इन्टरनेटबिना नै आफ्नो सेवा लिन सकिने व्यवस्था गर्न लागेको छ । सिंगापुरस्थित युटोपियासंग मिलेर यस्तो सेवा दिन लागिएको युटोपियाका कार्यकारी प्रमुख सुमेश मेननले बताए । यो सेवाबाट विश्वमा एकसय ४० अक्षरको माइक्रो ब्लगिङ सेवा दिदै आएको ट्विटर इन्टरनेट नचल्ने मोबाइलबाट पनि ट्विट गर्न सक्ने छन् । उनीहरुले केवल एउटा कोड डायल गर्नु पर्ने हुन्छ, त्यसले ट्विटरको नेटवर्कसँग सम्वन्ध स्थापित गर्ने छ, रोयटर्सले लेखेको छ ।
यस्तै सेवा गुगलको जिटक र फेसबुकले दिइरहेका छन् । एशियाका करिव एककरोड १० लाख मानिसले यस्तो सेवा लिएका छन् । गत महिना सेयर सार्वजनिक गरेको ट्विटरका दुई करोड ३० लाख प्रयोगकर्ता छन् । कम्पनीको मुल्यांकन करिव २५ अर्ब अमेरिकी डलर पुगेको छ । युटोपियाले टेलिकमको युएसएसडि अर्थात अनस्टक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटासँग सम्वन्ध स्थापित गर्छ तर त्यसमा तस्बिर र भिडियो हेर्न सकिदैन । ‘ट्विटरका लागि युएसएसडि राम्रो माध्यम हुन सक्छ किनकीः यसको निर्माण सिमित टेक्स्ट (अक्षर) का लागि भएको छ,’ मेननले भने । एशियाका उदयमान अर्थतन्त्रमा प्रत्येक दशमा आठजनाले आज पनि डाटा सेवा लिएका छैनन् ।
विश्वका ३० देशमा उपस्थिती रहेको युटोपियाले ट्विटरको अक्षरलाई स्थानिय भाषा समेत ग्रहण गर्न सक्ने बनाउने छ । ‘स्थानिय भाषामा भएपछि यसलाई बेंङलोर वा मुम्बई जहा बस्ने भएपनि प्रयोग गर्न सक्ने छन्,’ उनले भने । युटोपियाले अहिले टेलिनोर, भोडाफोन, भारती एहरटेल जस्ता कम्पनीसँग मिलेर काम गरिहेको छ । इन्टरनेट सहित सेवाबाट युटोपियाले कुल बिलको ३० देखि ४० प्रतिशतसम्म प्राप्त गर्दछ

Thursday, December 5, 2013

सावधान ! पोखरामा पनि यस्तो हुनसक्छ - mysansar

 सावधान ! पोखरामा पनि यस्तो हुनसक्छ
माथिको फोटो ग्वाटेमालाको हो। आजभन्दा तीन वर्षअगाडि अर्थात् सन् २०१० को मे महिनामा ग्वाटेमाला सहरमा अकस्मात् यस्तो ठूलो खाल्डो देखिएको थियो। नापेरै बनाएको जस्तो ठ्याक्कै गोलो आकारको यो सिङ्कहोल (जसलाई नेपाली भूगर्भविद्हरु 'भुवान' भन्ने गर्छन्) ६६ फिट फराकिलो र १०० फिट गहिरो थियो। यो सिङ्कहोलले एउटा तीन तले बिल्डिङ र अर्को एउटा सानो घर निलेको थियो। ग्वाटेमालाको राष्ट्रपति कार्यालयबाट आधिकारिक रुपमा जारी गरिएको यो फोटोलाई अमेरिकी सञ्चार संस्था एपीले विश्वभर फैलाएको थियो। आज पनि विश्वका विभिन्न ठाउँमा मानव बस्ती भएको ठाउँमा वा त्यस वरपर मान्छेको चासोको क्षेत्रमा सिङ्कहोल बन्दा यही फोटोलाई उदाहरणको रुपमा देखाउने गरिन्छ। त्यहाँका अधिकारीहरुले आँधीका कारण लगातार परेको पानीले जमिनमुनिको पानीको सतह बढेर त्यहाँको पातलो माटोको तह पगालेका कारण माथिको जमिनसमेत भासिएर यति ठूलो सिङ्कहोल बनेको बताएका थिए। पोखरा उपत्यकामा रहेको अर्मला गाविसमा अहिले बनिरहेका सिङ्कहोलले भविष्यमा यस्तै विपत्ति सहरी क्षेत्रमा समेत आउनसक्नेतर्फ सचेत गराएको छ। भूगर्भविद्हरुले १५ वर्षअघि नै यस्तो चेतावनी दिइसकेका छन्। 
 यस्तो देखिन्छ अहिले अर्मलामा
संविधान सभाको निर्वाचन सकिएर देशभर मतगणना जारी रहँदा न्युजरुममा एउटा बेग्लै समाचार 
आइपुगेको थियो। साथी रविराज बराल पोखराको बासिन्दा हुनाले उसलाई त्यो समाचारले छोएको 
थियो र तत्काल उसले समाचार अनलाइनमा फोटोसहित राख्यो पनि। हामी भने मतगणनाको 
अपडेटमै व्यस्त थियौँ। मतपरिणाम आउने क्रम सकिँदै जाँदा बल्ल फूर्सदमा त्यहाँका फोटो र 
समाचार हेरेँ। अहो, अचम्मै भएको रहेछ। पोखरा नै गएर नजिकबाट बुझेर यसबारे एउटा विशेष 
सामाग्री तयार पार्नुपर्ला भन्ने प्रस्ताव अहिले म कार्यरत अन्नपूर्ण पोस्टको डिजिटल टिममा राखेँ। 
डिजिटल सम्पादक उज्ज्वल आचार्यसहित अरु साथीहरुले पनि हौस्याएपछि यसै साताको सुरुमा 
पोखरा पुगेँ। अन्नपूर्ण पोस्टको पत्रिका र अनलाइनमा आज यसबारे विशेष सामाग्री छापिएको छ।
जताततै ठूल्ठूलो प्वालैप्वाल देख्दा जता टेक्यो उतै भासिएला कि भन्ने डर 
                                                                                 फोटोः मिलन मगर 
महेन्द्र गुफाबाट अलि अगाडि बढेपछि जोगिमणा जाने कालामुडा कृषि सडकको पिच बाटोलाई टाढै प्रहरीले रोकेको 
छ। पोखराबाट आउने रमितेहरु त्यहाँबाट पैदलै हिँड्नुपर्छ। पाँच मिनेट जति हिँडेपछि बाटो वरपर नै जताततै प्वालै
प्वाल देखिन्छ। एकदम गोलो आकारको। लाग्छ आकाशबाट एलियनहरुको यान वा त्यसले केही यहाँ खसाएको हो।   
यो साताको सुरुमा म त्यहाँ पुग्दा ५० वटा जति सानाठूला सिङ्कहोल
बनेको देखेँ। त्यसमध्ये एउटाले मात्रै घरका सामान निलेको रहेछ। 
३ वटा घर नजिकै परेका छन्।  अरु भने समथर खेतको बीचबीचमा
परेका छन्। अहिले गाविसले त्यहाँ नयाँ संरचना बनाउन रोक लगाउनुका
साथै त्यस क्षेत्रमा गाडी पनि चल्न दिएको छैन। हुन पनि पिच सडकै
चर्किएको समेत देखिएको छ। 
यो फोटो खिचेको ठाउँमा नजिकै चार वटा सिङ्कहोल बनेका थिए। 
कात्तिक २६ गतेबाटै अर्मलाको ठूलीबेसी फाँटमा ससाना खाल्डाहरू पर्न थालेको रहेछ। तर कसैले वास्तै गरेका
रहेनछन्। चुनावको भोलिपल्ट अलि ठूलै सिङ्कहोल बनेपछि बल्ल मानिसहरु झसङ्ग भए। मंसिर ७ गते 
शुक्रबार दिउँसै एउटा कच्ची घरको सामानै निल्ने गरी प्वाल परेपछि भने यहाँ आतंक मच्चिन सुरु गरेको थियो।
अहिले दिनदिनै जसो त्यहाँ सिङ्कहोलहरु बन्ने क्रम जारी छ। साना प्वालहरु अझ ठूला र नयाँ नयाँ ठाउँमा
सिङ्कहोल देखिएका छन्। 
 किन भयो यस्तो?
कालीखोला पश्चिम अर्मला गाविस वडा नम्बर १ क्षेत्र भौगर्भिक हिसावले अत्यन्त कमजोर अवस्थामा रहेको सिल्ट (Silt) र ग्राभेल (Gravel) जम्मा भई बनेको भूभाग हो। यस क्षेत्रको जमिनको माथिल्लो भागमा पातलो ग्राभेलको तह (५ मिटर सम्म) र तल्लो भागमा राम्रोसँग नजमिसकेको कमेरे माटोको तह (Silt Layer)  रहेको छ। कमेरे माटोमा लगातार पानीको प्रभावको कारण सो तह कमजोर भई केही मात्रा पानीमा घुल्छ र पानीसँगै बगेर जान्छ। खहरे खोलाको प्राकृतिक प्रवाहमा अवरोध पुगेपछि पानीको भूमिगत सतह बढ्यो। त्यसले कमेरे माटोलाई पगाल्यो। जसले गर्दा तलको भाग खोक्रो हुन गयो। तलको भाग
खोक्रो भइसकेपछि माथिबाट जमिन भासिन गयो र यस्ता प्वाल देखियो। कमेरे माटो पगालेर भूमिगत पानी निस्किएको तलको फोटोबाट पनि देखिन्छ। एकातिर कालीखोला सफा बगेको छ भने भूमिगत पानी कमेरे माटो गाल्दै सेतो भएर खोलामा मिसिएको छ। 
१५ वर्षअघि नै सचेत गराइएको थियो
हिजो म खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् लीलानाथ रिमाललाई
भेट्न गएको थिएँ। उनी अस्ति भर्खरै अर्मला गएर स्थलगत अध्ययन गरी 
फर्किएका थिए। १५ वर्षअघि जर्मन सरकारको सहयोगमा विभाग र विदेशी विज्ञ
सहितको टोलीले पोखरा उपत्यकाकै एउटा पूर्ण नक्साङ्कन गरेको थियो, जसमा 
कुन ठाउँको माटो कस्तो छ, कहाँ सिङ्कहोल बन्नसक्छ, कुन ठाउँ भास्सिन 
सक्छ, सबै उल्लेख थियो। त्यसमा पनि सहभागी रिमालले भने, "हामीले उतिबेलै कार्यक्रम गरेर नगरपालिका, जिविस, पत्रकार सबैलाई सचेत गराएका थियौँ। नक्सामा जोखिम देखिएका ठाउँहरुमा निर्माण कार्य गर्दा विस्तृत अध्ययनपछि मात्रै स्वीकृति दिनभनेका थियौँ।" उनी कसैलाई दोष दिन चाहँदैनन्। "हामी सबैको दोष हो, हामीलेनक्सा बनायौँ, दियौँ। कसैले बुझ्न नपाएर वा नबुझेर त्यस्ता ठाउँमा अध्ययनै नगरी घर बनिरहेका छन्।" 
पोखराको कहाँ कहाँ खतरा?
 न्युरोड आसपास
 चिप्लेढुंगा आसपास
लाचोक
घाचोक
हेम्जाबेसी
छोरेपाटन
कुनै पनि निर्माणका कार्य गर्दा माथि उल्लेख गरिएका लगायत भौगर्भिक नक्सामा तोकिएका जोखिमका स्थानहरूमा गरिँदैछ भने विशेष सावधानीका साथ त्यस क्षेत्रको भौगर्भिक अध्ययन गरेर त्यसको नतिजाका आधारमा मात्र त्यहाँ बन्ने संरचनाको डिजाइन हुनुपर्छ। त्यो आधारमा निर्माणकार्य गर्ने हो भने यस्ता समस्या धेरै नै न्यूनीकरण गर्न सकिने रिमालको भनाई छ। हैन, त्यस्ता ठाउँमा पनि उपमहानगरपालिकाको मापदण्डविपरीत घरहरु बनाइन्छन्, घुस खुवाएर नक्साविपरीत घर बनाउँछन् भने उनीहरु आफै आफ्नो खुट्टामा बञ्चरो हान्दैछन्। अहिले अर्मलाको सिङ्कहोलले त  पूरै घरै निलिसकेको छैन। भविष्यमा यसप्रति सचेत नहुने हो भने विश्वका विभिन्न देशमा देखिएका यहाँ छेउमा राखिएका जस्तै सिङ्कहोलको दृश्य पोखराको सहरी भागमा समेत हुन सक्नेछ। अर्मलाले यसप्रति सबैलाई सचेत बनाए वेश हुने थियो।  
न्युजिल्यान्डमा सन् २००१ को डिसेम्बरमा ५० मिटर फराकिलो र १५ मिटर गहिरो यस्तो 
सिङ्कहोल बन्दा एउटा घर त्यसमा पर्‍यो भने पाँच जनाको परिवार घाइते भए।  
 जर्मनीमा सन् २०१० को नोभेम्बरमा बनेको सिङ्कहोल
चीनको ग्वाङझाउमा यसै वर्षको जनवरीमा। एउटा घरै भासिएको थियो यहाँ। यो चाहिँ मेट्रो
रेल बनाउँदाको परिणाम थियो।