धनकुटा चुङ्माङ-१ हिले घर भएका तामाङलाई
विराटनगरवाट गएको प्रहरीको बिशेष टोलीले पाँचथरको लुमु्रपा-२, घुसपाते
लेकबाट पक्राउ गरी विराटनगरमा ल्याएर वुधवार विहान पत्रकार सम्मेलनको
आयोजना गरी सार्वजनिक गरिएको हो । क्षेत्रिय प्रहरी प्रमुख डीआईजी
सुरेन्द्र बहादुर शाहका अनुसार प्रहरीलाई तामाङलाई पक्राउ गर्ने स्थानमा
पुग्न झण्डै १६ घण्टा लागेको थियो ।
पत्रकार सम्मेलनमा तामाङले मुल्य बृद्धीको
बिरोधमा बम बिस्फोट गराएको स्वीकार गरेका छन् । उनले सर्वसाधारणको ज्यान
लिने मनसायले भने बमविष्फोट नगराएको दाबीइ गरेका छन् । संयुक्त जातीय
मोर्चाका प्रवक्ता तथा विदेश बिभाग प्रमुख रहेका तामाङ पाँचथरमा ‘नेल्सन’
उपनामले सेल्टर लिएर बस्दै आएका थिए ।
बम बिस्फोट, बिस्फोटको प्रयास र चन्दा
असुलीमा तामाङको पार्टीको १९ ठाउँमा संलग्नता रहेको तथ्याङ्क प्रहरीले
सार्वजनिक गरेको छ । संयुक्त जातीय मोर्चाले पछिल्लो पटक सुनसरी, इलाम,
पाँचथर र ताप्लेजुङका बिभिन्न स्थानमा बिस्फोट गराउने तयारी गरेको प्रहरीको
दाबी छ ।