तर पढाइ सकेपछि उनीहरुले आफ्नो पुरानो संस्था अर्थात् अस्पताललाई पराई ठानिदिए।
अस्पतालले पनि तिमीले पराई ठानेपछि पराई हुन के भयो र भने झैँ गरी आजको पत्रिकामा तीन पुस्ते नामसहित क्षतिपूर्तिवापत् लाखौँ रुपैयाँ तिर्न आइज नभए कानुनी कारबाही गर्छौँ भनी सार्वजनिक सूचना छापेको छ।
ती मध्ये कति स्वदेश मै रहेछन् त कति विदेश मै पनि होलान्। अस्पतालले क्षतिपूर्तिवापतको रकम पाउला/नपाउला त्यो बेग्लै कुरा भो, तर पैसै खर्च गरी राष्ट्रिय पत्रिकामा विज्ञापन नै छपाएर अस्पतालले वाचा पूरा नगर्ने डाक्टरहरुको रुपमा यिनलाई चिनाउन भने सफल भयो।
आजको पत्रिकामा छापिएको सार्वजनिक सूचना तल हेर्नुस्- (ठूलो पारेर हेर्न फोटोमा क्लिक गर्नुस्)