Thursday, September 26, 2013

मेघा बैंकमा त्रिपक्षीय प्रेम चक्कर ! - ratopati

पंकज चौधरी/सुजन पन्त

केही समय अगाडि लक्ष्मी बैंकका सिईओ सुमन जोशी बैंकमै कार्यरत एक मोडेल लिएर बेपत्ता भए । उनको चर्चा बजारमा अझै सेलाएको छैन । यस्तैमा अर्का बैंकका सिईओको पनि चर्चा शुरु भएको छ । अहिले चर्चामा छन् मेघा बैंकका सिईओ अनिल शाह । बाहिरी चर्चा जति उचाइमा भए पनि घरमा चाहिं अनिलका दुःख मात्र रहेछन् । उनको परिवारमा अचेल गम्भीर खटपट शुरु भएको छ । मेघा बैंककै एक महिला कर्मचारीसँगको सम्बन्धलाई लिएर अनिल र उनकी पत्नीबीच मनमुटाव समेत भएको बताइन्छ । मेघा बैंकमा अहिले त्रिपक्षीय लव स्टोरीको चर्चा छ । बैंकमै कार्यरत एक महिला कर्मचारीसँग सिईओ शाहको सम्बन्धबारे बैंकभित्रै पनि कानेखुसी हुने गरेको छ । नायक राजवल्लभ कोइराला समेत जोडिएको यो प्रकरण पनि कम रोचक छैन । कर्पोरेट हाउसभित्रको त्रिपक्षीय चक्करको नालीबेली । नायक राजवल्लभ कोइराला र मेघा बैंककी एक महिला कर्मचारीबीच सम्बन्ध घनिष्ठ हुँदै गएको बैंक संचालकहरूबीच नै चर्चा हुने गरेको छ । यो जोडीको ‘अफेयर’ बारे विभिन्न साप्ताहिक पत्रपत्रिकामा पनि चर्चा हुँदै आएका छन् । स्रोतका अनुसार नायक राजवल्लभ र ती महिला अचेल एउटै अपार्टमेन्टमा समेत जाने गरेका छन् । ती महिला र राजवल्लभको सम्बन्धबारे यथार्थ जानकारी र भित्री कुरा न मेघा बैंकका संचालकहरूसँग छ न रंगीन दुनियाँको समाचार लेख्ने पत्रकारहरूसँग नै । राजवल्लभ कोइराला र ती बैंक कर्मचारीको प्रेमचक्कर चल्नुअघिको प्रसंग पनि कम रोचक रहेनछ । ती कर्मचारीको जीवनमा राजवल्लभभन्दा पहिले अनील शाहको प्रवेश भएको स्रोतहरू बताउँछन् । हुन त यी मिल्ने साथी पनि हुन् । कुनै वेला अनिल शाह र ती कर्मचारी स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सँगै काम गर्थे । अनिलले स्ट्यान्डर्ड चार्टर्ड बैंक छाडेपछि ती महिलाले पनि त्यो बैंक छाडिन् । के यो संयोग मात्र होला त ? एक बैंकरले सुनाए । त्यसपछि यो जोडी नबिल बैंक पुग्यो । नबिल बैंकमा काम गर्दाताका नै ती महिलाको भेट भयो, नायक राजवल्लभ कोइरालासँग । ती महिलाको अफिस पुल्चोकमा, राजवल्लभ बस्ने कुपण्डोलमा । नजिक–नजिक कार्यालय भएका उनीहरूबीचको भेट बाक्लो बन्दै गयो । त्यसैवेला राजबल्लभलाई ती महिलाले गाडी समेत किनिदिएको चर्चा शुरु भयो बजारमा । आफ्नी पत्नी कुनै हिरोसँग लागेको थाहा पाएपछि ती महिलालाई पाटनका धनाढ्य पतिले पारपाचुके गरे । उता, यसबीचमा ती महिला र अनिल दुवैले नबिल बैंक छाडेर मेघा बैंकमा काम गर्न थाले । ती महिला र अनीलबीचको मित्रतापूर्ण र घनिष्ठ सम्बन्ध धेरै बैंक कर्मचारीलाई थाहा छ । यो सम्बन्धमा एकाएक राजवल्लभ कोइरालाको फिल्मी शैलीको ‘इन्ट्री’ किन भयो ? यो प्रश्नले बैंक कर्मचारीको दिमाग खराब ग¥यो । कतै ती कर्मचारी र राजवल्लभको सम्बन्ध देखाउनका लागि मात्र त थिएन ? राजवल्लभ र ती महिलाको प्रेम सम्बन्धको हल्ला चलाएर भित्री रुपमा अर्कै लीला त चलिरहेको छैन ? यो प्रश्न मेघा बैंकका सिईओ अनिल शाहको घरसम्म गुन्जिन थाल्यो । हुन त नेपालका धनाढ्य र कर्पोरेट हाउसका मालिकहरूले घरमा श्रीमती हुँदाहुँदै बाहीर कुनै नक्कली जोडी खडा गरेर हिंड्ने घटना नौलो हुँदै होइन । त्यसैले अनिल शाहको हकमा पनि यस्तै प्रश्न गम्भीर रुपमा खडा भएको बैंकका एक कर्मचारी बताउँछन् । यही विषयलाई लिएर अनिल शाहको परिवारमा खटपट शुरु भएको बताइन्छ । बैंक डुब्दै अनिल शाह जस्ता बैंकरको चर्तिकला नेपाली बैंकरहरूको एउटा उदाहरण मात्र हो । नेपालका बैंकहरू सेवामुखी हुनुपर्नेमा शहरमुखी बन्दै गएका छन् । भ्याकुम क्लिनरदेखि ल्याण्ड रोवरसम्म अनि जग्गादेखि कोलोनी जस्ता सुविधासम्पन्न क्षेत्रमा बैंकको लगानी हुँदैछ । मुलुकका ग्रामीण किसानदेखि उद्योग कलकारखानामा उनीहरू लगानी गर्र्दैनन् । बैंकका अध्यक्ष र सिईओको चरम लापर्वाहीका कारण ऋण प्रवाहमा अनियमितता भइरहेकाले कुनै पनि वेला बैंकहरू डुब्ने खतरा छ । कैयौं बैंकर प्रहरी खोरमा पुगेको घटना पनि छँदै छन् । बैंकका सिईओले कमिशनको लोभमा परेर विभिन्न प्लटिङ जग्गा, कोलोनीमा खराब कर्जा प्रवाह गर्दै बैंकलाई धरासायी हुने अवस्थामा पु¥याएका छन् । कतिपय सिईओ आफैं बैंकको पैसामा मोज गरिरहेका छन् र आफैं धनी हुने ताकमा छन् । अनिल पनि यस्तामा अपवाद बन्ने कुरा भएन । नविल बैंकलाई ओरालोमा झारेर मेघा बैंकमा गएका अनिल शाह मासिक १७ लाख तलब खान्छन् । बढी तलब खाने, अनि खराब कर्जा प्रवाह गरेर कमिशन कुम्ल्याउने र संचालकहरूको पैसामा रजाइँ गर्ने भनेर उनको आलोचना हुन्छ । केही समयअघि अनिलले मोटो रकम कमिशन खाएर ‘बी. एण्ड.बी. अस्पताल’का अशोक बास्कोटालाई हरिसिद्धिमा एनबी कोलोनी पछाडि बाटो समेत नगएको जग्गामा ५० करोड रुपैयाँ ऋण प्रवाह गरेको आरोप लागेको थियो । मेघा बैंकको होर्डिङ बोर्ड राख्दा समेत कमिशन खाएको आरोप पनि छ । शाह डेढ करोडको रोज रोवर गाडी चढ्छन् । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने मूल नारा बोकेर स्थापना भएको मेघा बैंक लिमिटेडमा शुरुमा १२१९ जना संचालक थिए । अहिले यो १ लाख ४५ हजार ६७५ नेपाली लगानीकर्ताको बैंक बनेको छ । तर उनीहरूको पैसामा मोज गरिरहेका छन्, अनिल एन्ड कम्पनी । २०६७ साउन ७ गतेदेखि बैंकिङ कारोबार शुरु गरेको यो बैंक भित्रभित्र खोक्रो भइसकेको त्यहाँ कार्यरत एक कर्मचारी बताउँछन् । सुरेन्द्रद्र पाण्डे अर्थमन्त्री भएकै वेला उनले भनेका थिए, ‘कतिपय संस्थामा तलब खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत सीईओ एक्लैले लिएर बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीलाई दिने गरेका रहेछन् ।’ पाण्डेले पारिवारिक कम्पनीमा आफैं सीईओ बस्ने, मासिक तलब बीसौं लाख रुपैयाँ लिने, श्रीमती, छोराछोरीलाई पनि माथिल्लो तहको कर्मचारी राखेर तलब धेरै दिने गरेको बताएका थिए । पाण्डेको संकेत अनिल शाह जस्ता बैंकरतर्फ थियो । उनले भनेका थिए, ‘आम्दानी जति तलब, भत्तामा आफैंले खाएर कम्पनी चाहिं घाटामा देखाइन्छ । कम्पनी घाटामा गएको देखाएपछि कर तिर्नुपरेन । त्यसैले आम्दानी जति परिवारले तलबमा खान्छन् र लेखा परीक्षणमा घाटा देखाउँछन् । । आफू, श्रीमती, छोराछोरीदेखि नातिपनातिसम्म लाखौं खाने अनि मजदूरलाई दिन पुगेन, कम्पनी घाटामा छ भन्ने चलन देखियो । कतिपय संस्थामा पारिश्रमिक खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत एक्लैले लिने र बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीले लिने गरेको पाइयो । माथिल्लो र तल्लो तहमा रहेको यस्तो असमानतालाई छाडा रुपमा सरकारले छोड्न सक्दैन ।’ दल खोल्ने धन्दा गायव कुनै पनि वेला अनिलले विज्ञापन खुलाएर दल खोल्ने कुरा गरेका थिए । नेपालमा तानाशाह चाहिने अन्तर्वार्ता पनि जारी गरेका थिए । तर, उनको पार्टी खोल्ने चर्चा गायव भएको छ । चुनावको वेला पार्टी नचाहिने अरु वेला पार्टीको कुरा गर्ने शाहको व्यवहार देखेर विगतमा उनलाई साथ दिंदै आएकाहरू समेत दंग छन् । कर्पोरेट विज्ञापन दिएर अन्तर्वार्ता छपाउन खोज्ने शाहको कार्यशैलीप्रति धेरै पत्रकार समेत रष्ट छन् । एक दैनिक पत्रिकामा बैंक सम्बन्धी समाचार लेख्दै आएका पत्रकार भन्छन्, “१०–१५ हजारको विज्ञापनमा अनिल शाह अन्तर्वार्ता छाप्छन् ।”

मदन पुरस्कार ‘घटिया’ किन ? - ratopati

असल र उत्कृष्ट कृतिलाई कमैमात्र पुरस्कृत गरिने मदन पुरस्कारलाई कवि हरि अधिकारीले ‘एउटा घटिया पुरस्कार’को संज्ञा दिएका छन् । अधिकारीले भनेका छन, ‘मदन पुरस्कारबारे चर्चा गर्नु नै बेकार छ । मेरो नजरमा यो कुनै महत्वको नभएर घटिया पुरस्कार हो । यसमा छनोटको कुनै मापदण्ड छैन । कमलमणि दिक्षितले जसलाई इच्छा लाग्छ, खल्तीबाट फुत्त निकालेर दिन्छन् । जुन किताबलाई दिँदा आफूलाई फाइदा हुन्छ भन्ने सोच्छन्, त्यसैलाई दिन्छन् ।’ कवि अधिकारीको यो आरोप सत्यताको धेरै निकट छ । केही वर्षयता मदन पुरस्कार एउटा बदनाम, अलोकप्रिय र साहित्यकार माझ साख गिरिसकेको पुरस्कारमा दरिइसकेको छ । तैपनि, एकाध लाख रुपैयाँका लागि साहित्यकारले र्‍याल चुहाउन भने छाडेका छैनन् । प्रस्तुत छ, मदन पुरस्कारको असलियत अपरेशन ।
  • पंकज चौधरी
चन्द्रशमसेरको पालामा नेपालमा पैसा अर्थात पुँजी संकलनको श्रोत खासै थिएन । तैपनि उनका छोरा मदन शमसेरसँग अकुत धन कसरी आयो ? यो गम्भीर प्रश्न हो । यसको कारण खोज्दा पहिलो विश्व युद्धतिर पुग्नुपर्ने हुन्छ । नेपालका राणा शासक श्री ३ चन्द्र शमसेरले लाखौं नेपाली युवालाई जर्बजस्ती विश्वयुद्धमा लड्न पठाएका थिए । गाउँमा गल्लावाल पठाएर जनजाती युवालाई जर्बजस्ती भर्ती गरेर युद्धमा पठाइयो । युद्धमा लाखौं नेपाली जनजाती युवा मारिए । नेपालमा जनजाती पछाडी पर्नुको खास कारण उनीहरुको ठुलो तप्का युद्धमा मारिनु पनि हो । madan samsher
विश्वयुद्धमा फौज पठाएबापत अंग्रेजहरुले चन्द्रशमसेरलाई करोडौं रुपैया दिए । त्यही करोडौं रुपैयाँ चन्द्रशमसेरका सन्तानले बाँडेर लिए । मदन शमसेरको भागमा त्यसबेलाको आठ–नौ करोड रुपैयाँ र अकुत हिरा जवहारात परेको पुराना जानकार बताउँछन् । यसरी नेपालका जनजातीलाई युद्धमा पठाएर, तिनका चेलीलाई विधवा बनाएर अनी उनीहरुलाई माथि उठन नदिएर अंग्रेजबाट कमाएको पैसाबाट स्थापित ‘मदन पुरस्कार’ यसपाली जनजाती हक हितका लागि लड्दै आएका लेखक राजन मुकारुङको कृति ‘दमीनी भीर’ले पाएको छ । राजनले पुरस्कार खुशी, गर्व र हर्षका साथ स्वीकार गरेकाले उनलाई बधाइ !
अपुतालीको कथा
चन्द्रशमसेरका प्यारा छोरा लेफ्टीनेन्ट जर्नेल मदनशमसेर राणा रसिक पाराका थिए । दिउँसै मदिरामा मस्त रहन्थे । उनको विवाह भारत, उत्तरप्रदेश, बलरामपुरकी रानी जगदम्बा कुमारीसँग भयो । विवाहको पहिलो रात पनि मदन शमसेर रक्सीको नशामै थिए । आफ्नो पति सुहागरातमा पनि मदिरामा मस्त भएर आएको थाहा पाएपछि रानी जगदम्बाले मदनशमसेरलाई आफ्नो छेउमै पर्न दिइनन् । मदन आक्रोशित भए । उनले भने, ‘अबदेखी म तिमिलाई छुन्न, आजदेखी तिमी मेरी आमा बराबर भयौ ।’
राणा शासकहरुलाई परस्त्री गमनका लागि नपुग्दो के नै थियो र ? मदन शमसेर सुरा सुन्दरीमा मस्त रहन थाले । उता, जगदम्बाको एकलास जीवनमा खुसीको बहार बोकेर केदारमणि दिक्षित नाम गरेका ब्राम्हणको प्रवेश भयो । खाइलाग्दो ज्यानको आर्यन केटोतर्फ जगदम्बाको पनि अनुकम्पा र आकर्षण बढ्दै गयो । रानी जगदम्बाका निराशाका दिन हराउन थाले । यता केदारमणिले रानी जगदम्बाको सेवा सुसारमा कुनै कमी गरेनन् । रानीका हरेक चाहना पुर्ती गर्दै गए, उता मदनशमसेर पनि आफ्नै बेहोसी, बेपरवाह र बेकार जिवन बिताउँदै गए । rani jagadamba
विसं २०१० मा करिब ४५ वर्षको उमेरमै मदनशमशेरको भारत, बनारसमा निधन भयो । त्यसपछि केदारमणिको भूमिका अझ वृहत, आत्मीय र घनिष्ठ बन्दै गयो । रानी जगदम्बाले विसं २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा २६ रोपनी जग्गामा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय)को स्थापना गरिन् । दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिइन् । २०१२ साल असोज १० गते मदन पुरस्कार गुठीको स्थापना भयो ।
रानी जगदम्बाको निधनपछि उनको अपुताली आइलाग्यो, केदारमणि दिक्षीत र उनका सन्तानलाई । अहिले केदारमणिका छोरा कमलमणि र उनका पनि छोरा कनकमणि दिक्षित र कुन्द दिक्षित मात्र हैन, नाती कपिलमणिसम्मले चन्द्रशमसेरले नेपाली युवालाई लड्न पठाएर कमाएको अकुत सम्पत्तीमा रजाईं गरिरहेका हुन् । सम्पत्ती कति थियो, त्यसको कुनै हिसाब किताब छैन । दोश्रो विश्वयुद्धमा जापानले कलकत्तामा विमानबाट बम खसाउन थालेपछि मदनशमसेरले कलकत्ताको बैंकमा रहेको सुन बनारस सारेका थिए । त्यसबेला कलकत्ताबाट १२ जनाले बोकाएर बनारस ल्याएको सुन कति थियो होला ? पछि अशंबन्डा हुँदा दिक्षित परिवारले सुनका थालसमेत काटेर लिएका थिए भन्ने चर्चा अझै सेलाएको छैन ।
मदन पुरस्कारको औचित्य
यी त पुराना किस्सा भए । मुलुकमा गणतन्त्र आइसकेको छ । यस अर्थमा पनि एउटा जहानिया शासकको नाममा स्थापित पुरस्कारको कुनै औचित्य छैन । कुनै पनि व्यक्तिको नाममा पुरस्कार स्थापना गरिदा त्यो व्यक्तिको व्यक्तित्वले महत्व राख्छ । जस्तै, पुलिट्जर पुरस्कार पत्रकार पुलिट्जरसँग सम्बन्धित छ । नारायण गोपाल सँगीत पुरस्कार गायक नारायण गोपालको नाममा स्थापित गरिएको छ । पुरस्कार पाउनलेलाई पनि गर्व हुन्छ, यस्ता पुरस्कार पाउँदा । तर, चौबिसै घन्टा रक्सीको नशामा डुब्ने, चन्द्रशमसेरका पुलपुलिएका सन्तान मदनशमसेरको नामसँग साहित्यको गोरु बेचेको पनि साइनो छैन । तैपनि हाम्रा नाम चलेको साहित्यकार अपुताली स्याहार्न उनकै नाममा स्थापित पुरस्कार बाँड्दै आएका कमलमणिहरुको चाकडी गरेर पुरस्कार पाउन मरिहत्ते गर्छन् । अनी पुरस्कार पाउँदा नोबेल पुरस्कार पाएजस्तो गर्व गर्छन् । गणतन्त्र नेपालमा सामन्ती शासकको नाममा रहेको पुरस्कार खारेज किन नगर्ने ? अब साहित्यकार यो बसहमा पो लाग्नुपर्छ ।
जनपक्षीय साहित्यकारले पाउँदैनन्
मदन पुरस्कार खासमा जनपक्षीय साहित्यकारले कहिल्यै पाउँदैनन् । पाएका छैनन् । यो पँक्तीकारले एकपटक साहित्यकार नारायण ढकाललाई भनेको थियो, ‘दाई तपाइको प्रेतकल्प उपन्यास मदन पुरस्कार पाउन योग्य छ । तर, तपाईलाई दिदैनन् । किनकी, तपाईले चन्द्रशमसेर महाराजको धज्जी उडाउनुभएको छ । चन्द्रशमसेरको अपुताली खानेले कसरी दिन्छन् पुरस्कार ?’ नारायण दाइले भनेका थिए, ‘तपाईले ठिक भन्नुभयो, मलाई दिदैनन् ।’
हुन पनि कमलमणि एन्ड कम्पनीले ढकाल मात्र हैन, धेरै चर्चित साहित्यकारको अपमान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, कवि चित्तधर हृदय, सिध्दिचरण श्रेष्ठ, लैनिसंह बाङ्देल, केदारमान व्यथित, माधव घिमिरे, भूपि शेरचन, युद्धप्रसाद मिश्र, विजय मल्ल, गोविन्द गोठाले, इन्द्रबहादुर राई, केशवराज पिंडाली, प्रेमा शाह, गोविन्द भट्ट, देवकुमारी थापा, परशु प्रधान, विश्वम्भर चाचल, मनु ब्राजकी, भाउपन्थी, बेन्जु शर्मा, भागीरथी श्रेष्ठ, खगेन्द्र संग्रौला, भुवन ढुंगाना, पूर्ण विराम, मजु काँचुली, ध्रुव सापकोटा, नारायण ढकाल, माया ठकुरी, पद्मावती सिंह, सुधा त्रिपाठी, गोविन्द वर्तमानदेखी अहिले आएर शारदा शर्मासम्मलाई मदन पुरस्कार दिएनन् । किनकी, यी जनताका साहित्यकार थिए । साहित्यकार केदारमान व्यथितलाई मदन पुरस्कार दिइएन, तर कृष्णचन्द्र प्रधानले लेखेको ‘केदारमानको काब्यसाधना’ले भने २०२७ सालको मदन पुरस्कार पायो । यो भन्दा ठुलो नौटंकी अर्को के हुनसक्छ ?
युद्धप्रसाद मिश्रका कृतिहरू करोडों न्यायप्रेमी जनताका बीचमा चर्चीत थिए । उनले मदन पुरस्कार पाएनन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनकै साहित्यले ऊर्जा भरेको थियो । न्याय र समानताका लागि उद्गार थियो, मिश्रको साहित्य । तर, पनि मिश्र कहिल्यै मदन पुरस्कारका धनी हुन पाएनन् । यतिमात्र होइन, क्रान्तिकारी जनावाज उराल्ने नौलो साहित्यका सर्जक कृष्ण सेन ‘इच्छुक’ पनि कमका साहित्यकार थिएन । जनकवि गोकुल जोशीले पुरस्कार पाएनन् । यस्ता सर्जकले मदन पुरस्कार नपाउने तर, पुलिसका एक अधिकारी महेशविक्रम शाहजस्ताले पुरस्कार पाउनुबाट पनि यो पुरस्कारको नियत स्पष्ट हुन्छ, यसले परिवर्तन पक्षधरलाई पुरस्कृत गर्दैन ।
मदन पुरस्कारको असलियत
मदन पुरस्कारका बारेमा पत्रकार कृष्ण अविरलको एउटा लेख निकै चर्चित भएको थियो । मदन पुरस्कारको असलियत उदांग गर्दै कृष्णले लेखेका थिए, ‘औपचारिकताका लागि हरेक वर्ष गठन गरिने गुठिको निर्णायक समितिमा दुईपटक परेका एकजना सदस्यको भनाइमा कमल दिक्षितले सुरुमै, ल है सर्वसम्मत निर्णय गर्नुस्, विवाद भयो र गुठीले हस्तक्षेप गर्नुप¥यो भने तपाईँहरुकै बेइज्जत हुन्छ भनेर विवेकिय अधिकार कुन्ठित बनाउँछन् । उनको भनाईमा बैठकमा दिक्षित परिवारले राखेको प्रस्तावमा कमिटीका अन्य सदस्यले असहमति राख्नुको कुनै अर्थ नै हुँदैन । विडम्बना भन्नुपर्छ मदन समशेरको पुरानो तबेलामा बर्षमा एकचोटि पाक्ने जिलेबी र बैठक भत्ता एक हजार रुपैयाँका लागिसमेत आफ्नो विवेक र स्वाभिमान कमल दिक्षितको पाउँमा चढाउन लालयित हुनेहरुको खाँचो साहित्य वृत्तमा पटक्कै छैन ।’
कवि हरि अधिकारी भन्छन्, ‘मेरो अनुभवमा पहिला धेरै किताबलाई लोभ देखाउँछन् । उनीहरूले । अरू किताबका बारेमा हल्ला गराउँछन् । अनि सबैलाई आश्चर्यमा पार्न चर्चामै नआएको किताबलाई पुरस्कार दिन्छन् । यो उनीहरूको एउटा बजारीकरणको ट्रिक हो । अहिले पनि शारदा शर्मालाई पहिले हात्ती बनाएर हिँडाइयो, र पछि राजन मुकारुङरूपी झिँगो फालियो । शारदालाई मदन पुरस्कार दिनुपर्छ भनेर मदनमणि दिक्षितले एक साहित्यिक कार्यक्रममा घोषणा नै गरेका थिए नि ।’
प्रेस बचाउन ‘पल्पसा क्याफे’
नारायण वाग्लेको साहित्य लेख निम्नकोटीकै हो । पत्रिकाको भाषामा कफी गफ लेखेर चर्चामा आएका वाग्लेले त्यसैलाई अलि लामो लेखे, अनी उपन्यासको लेवल लगाएर बजारमा ल्याए । कान्तिपुर एफएममा ‘काठमाडौं बिट’ कार्यक्र चलाएर तरुनीसँग अश्लील कुराकानी गर्ने किरणकुमार श्रेष्ठले त्यो प्रकाशित गरे । पछि ‘पल्पसा क्याफे’लाई २०६१ सालको मदन पुरस्कार दिइयो । कृष्ण अविरल लेख्छन, ‘त्यसका पछाडिको प्रमुख कारण जगदम्बा प्रेसको घाटा हो । कान्तिपुर एफएममा कार्यक्रम चलाउँदा अश्लिल बोलेवापत घोक्राइएका किरणकृष्ण श्रेष्ठले सुरु गरेको नेपालय त्यसबेला प्रचारको तुजुक लिएर बजारमा देखापरेको थियो । घाटामा जान थालेको उक्त प्रेसलाई चलाउने अन्तिम उपाय स्वरुप दिक्षित परिवारले उनीसँग गोप्य सहमति गरेको थियो । जगदम्बा प्रेसमा किताब छाप्नुपर्ने र साङ्गीतिक कार्यक्रम माकुराले जालो लगाएको गुठीको सभाहलमा गरेर दुवैलाई स्थापित हुन मद्दत गर्ने । यसले दुवैका हातमा लड्डु पारेरै छाड्यो । यही निकृष्ट स्वार्थबाहेक त्यस वर्ष सर्वाेत्कृष्ट मानिएको गोविन्द वर्तमानको सोह्र साँझहरुलाई उपेक्षा गर्नुपर्ने कुनै आधार देखिँदैन ।’
‘पल्पसा क्याफे’ यस्तो कृति हो, जसमा बुर्जुवावर्गको धारणालाई प्रतिनिधि बनाएर क्रान्तितर्फ व्यापक घृणा जन्माउने कोसिश गरिएको छ । वाग्लेको पल्पसा क्याफे महेशविक्रम शाहको ‘छापामारको छोरो’जस्तै प्रतिगामी सोचमा आधारित छ । सत्ताद्वारा प्रताडित, दमित, उपेक्षीतहरूले गरेको वर्गसंघर्षलाई घिनलाग्दो छविमा दर्शाएर सामन्तबादको पक्षपोषण गरिएको छ । चाउचाउकोजस्तो विज्ञापन छापेर हल्लै हल्लाले चर्चामा आउको ‘पल्पसा क्याफे’, ‘छापामारको छोरा’लाई आम पाठकले बुझेनन् मात्र हैन, पढ्दै पढेनन् । तर, हजारौं विक्री भएको प्रायोजित हल्ला चलाइयो ।
पुरस्कारकै विक्री
कमलमणि र उनका छोरा कनकमणि मदन पुरस्कारको विक्री गर्न पनि पछी पर्दारहेनछन् । यो २०५५ सालको प्रसँग हो । दिक्षितका अनन्य मित्र लक्ष्मीदास मानन्धरले साल्ट ट्रेडिङ संचालनको मामलामा उनलाई घात गरेपछि गीतकार दिनेश अधिकारीको पासा पल्टियो । शेयरको ठूलो हिस्सा दिक्षीत परिवारको स्वामित्वमा रहेको यो संस्थाभित्रको भ्रष्टाचार मुद्दा अदालतमा विचाराधिन रहेका बेला संयोगले दिनेश अधिकारी महान्यायाधीवक्ताको कार्यालयमा थिए । मुद्दा जिताइदिएवापत मदन पुरस्कार पाइने भएपछि उनले हतार हतार पुराना कविता संकलन गरेर ‘अतिरीक्त अभिलेख’ नामक कृति प्रकाशित गरे र त्यही कृतिले २०५६ सालको पुरस्कार पायो । जवकि त्यसअघि फुटकर रुपमा छापिएका रचनाको सँगालोलाई पुरस्कार नदिने भनी गुठी आफैँले मापदण्ड बनाएको थियो ।
चाकडीको फल
आफ्नै दाजु विष्णुप्रसाद धिताल मदन पुरस्कार गुठीको सदस्यसचिव भएका बेला विनोदप्रसाद धितालले २०५२ सालमा मदन पुरस्कार पाएबाट पनि यो निष्पक्ष छैन भन्ने स्पष्ट हुन्छ । २०५३ मा लोकेन्द्रबहादुर चन्दले बिर्सजन कथासङ्ग्रहका लागि पुरस्कार पाउँदा प्रेमा शाहदेखि धु्रव सापकोटासमेतका दर्जन बढी कथाकारको अपमान गरियो । चन्दलाई यो पुरस्कार राजेश्वर देवकोटाको भनसुनपछि हात लागेको हो । किनकि गुठीका तात्कालिन सदस्यसचिव धिताल र देवकोटा फुपुचेला–मामाचेला हु्न् । उता २०४१ मा कञ्चन पुडासैनीको ‘प्रत्यागमन’ यो पुरस्कार पाउनुको कारण चै उनकी भाइबुहारी अर्थात डा. सोम पुडासैनीकी पत्नी दिक्षितकी फुपूकी छोरी हुन् ।
२०४४ सालमा जगदम्बाश्री पुरस्कार दिन थालियो । यो पुरस्कार छनोटको मापदण्ड पनि चाकडी नै प्रमुख भएको देखिन्छ । २०२५ सालमा मदन पुरस्कार पाइसकेका धर्मराज थापाले २०५७ सालमा फेरि जगदम्बाश्री पाए । डायमण्डसमशेर राणाले पनि चाकडी गरेरै पुरस्कार हात हार्नुप¥यो । उनले कमल दिक्षितसँग आफुले मदन पुरस्कार नपाएको, जगदम्बाश्री भए पनि दिए हुन्थ्यो भनेर याचना गरेपछि २०५८ मा उनले पुरस्कार पाएका थिए । धर्मराज थापाले त सार्वजनिक रुपमै भनेका थिए, ‘पुरस्कार पाउन मैले एकवर्षसम्म कमलमणिको पाउ मोलेको छु ।’ २०४५ सालमा नारायणगोपालले जगदम्बाश्री पुरस्कार पाए । तर नातिकाजीलाइ दिइएन । अम्बर गुरुङलाई पनि १० वर्षपछि अर्थात २०५४ सालमा मात्रै दिइयो । तर नारायण गोपालभन्दा १० वर्ष पछि दिएकाले अम्बर रुष्ट थिए । कवि माधव घिमिरेले पनि जगदम्बाश्री पुरस्कार अस्वीकार गरेका थिए ।
महाकवि देवकोटाको अपमान
कमल दिक्षित आफुलाई महान सावित गर्न आफ्नो ‘गुरुभेटी’ नामक पुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई गुरु नै बताएका छन् । तिनै महाकविलाई कमलमणिले क्रुर अपमान गरेका तथ्यहरु पनि रातोपाटीलाई प्राप्त भएका छन् । एकपटक महाकवि देवकोटा रानी जगदम्बालाई भेट्न गएका थिए । त्यसबेला कनकका बाबु कमलमणिले देवकोटालाई अपमानजनक ढंगले गलहत्याएर निकालेका थिए । रानी जगदम्बाको सचिव भएर मनमौजी पैसा खर्च गरिरहेका कमलमणिले महाकवि देवकोटा आर्थिक संकटबाट गुज्रिरहेका बेला एक पैसा खर्च गरेनन् ।
 

Tuesday, September 24, 2013

अधिकांस कम्पनीको डीपीआर एक प्रतिशत कम, बढाउदै गएका कम्पनी लगानीकर्तालाई उपयुक्त - bizmandu

विजयराज खनाल/बिजमाण्डू

काठमाडौं । यसबर्ष कम्पनीहरुको लाभांश घोषणा भइरहेका छन् । लाभांश भुक्तानी अनुपात अर्थात् डेभिडेन्ड पे आउट रेसीयो (डीपीआर) हेर्ने हो भने नमुनाको लागि बिजमाण्डुले लिएको नौं कम्पनीमा आठ ओटाको यस्तो रेसीयो १ भन्दा कम छ । एउटाको भने ७ प्रतिशतभन्दा धेरै छ ।
पुजीबजार सूचीकृत कम्पनीहरु मध्ये धेरै बैंक तथा वित्तिय संस्था छन् । यी सस्थाहरुले आफ्नो अवस्था मजबुद बनाई राख्न नगद लाभांश कम दिने गरेको विश्लेषकहरु बताउँछन् । कतिपय अवस्थामा भने पूँजी वृद्धि भएपनि मुनाफा बढ्न नसक्दा कम्पनीहरुले कम नगद लाभांश दिने गरेको पाइन्छ । कम्पनीसँग लाभांश दिने क्षमता नभएको कारण पनि डीपीआर कम हुनेगर्छ ।
सबैभन्दा उच्च डीपीआर हुनेमा राइजीङ डेभलपमेन्ट बैंक रहेको छ । कम्पनीको डीपीआर ७ रहेको छ । अन्यको लागि तालिका हेरौं । डीपीआरले कम्पनीको लाभांश दिने क्षमता कस्तो छ भन्ने देखाउँछ । यस्तो रेसीयो धेरै हुनु भनेको लाभांश दिने क्षमता धेरै हुनु हो । तर दिर्घकालिन लगानीकर्तालाई भने यस्तो रेसीयो धेरै भएको कम्पनी उपयुक्त नहुन पनि सक्छ । किनभने यस्तो रेसीयो धेरै हुने कम्पनीले थप लगानी वृद्धि गर्ने सम्भावना कम हुन्छ । यस्तो रेसीयो उच्च हुने कम्पनीले व्यावसाय विस्तार गर्ने सम्भावना कम हुन्छ । फलस्वरुपः  भविष्यमा उनीहरुले बढी प्रतिफल दिन नसक्ने पनि हुन सक्छ । तर कतिपय अवस्थामा भने उच्च डीपीआर हुने कम्पनी ‘ब्लु चिप’ पनि हुनसक्छन् । परिपक्व (म्याचुअर), ठुला र स्थिर खालका कम्पनीहरुको डीपीआर उच्च हुनसक्छ ।


 This year cash dividend percent this year dpr last yer cash di Last year dpr ratio
nabil 40 0.436794 40 0.5
kailash bikas 9 0.424796    
everest 50.53 0.60491    
Nepal sbi7.5 0.079174 25 0.8
citizen 15 0.788964 8.42 0.8
first micro 15 0.874636    
rising develop 14.05 7.078086    
standard 40 0.608864 45 0.6
NLG insurance 11.05 0.249127    
 डीपीआर निकाल्ने तरिका: कुल नगद लाभांश रकम/सो बर्षको खुद मुनाफा

डीपीआर उच्च भएका सबै कम्पनी ‘ब्लु चिप’ नहुन पनि सक्छन् । कुनै कम्पनीले उच्चदरमा नगद लाभांश दिन्छ भने उसको आम्दानी (खुद मुनाफा) पनि सोही अनुसार हुनुपर्छ । किनभने आउने बर्षहरुमा कम्पनीले सोही अनुसार कमाउँन सकेन भने यसले कम्पनीलाई पछि सोही दरमा लाभांश दिन समस्या पर्न सक्छ । कम्पनीहरुको उच्च लाभांश भुक्तानीले भावी दिनमा कम्पनीलाई नगद तथा तरलता व्यवस्थापनमा पनि समस्या पर्न सक्ने हुन सक्दछ । यही कारण नियमन गर्ने निकायले केही सूचिकृत कम्पनीलाई  लाभांस बोड्न रोक लगाएका पनि छन् ।
दीर्घकालिन लगानीकर्ताहरुले डीपीआरको मूल्याङ्कन गरेर लगानी गर्दा भने यो अनुपात हरेक बर्षजसो स्थिर वा सामान्य वृद्धि भइरहने खालका कम्पनी छनौट गर्नुपर्छ ।

यस्तो छ बाराक ओबामाको बस (फोटो फिचरसहित) - onlinekhabar

विश्वको सबैभन्दा शक्तिशाली देशका सबैभन्दा शक्तिशाली व्यक्ति अर्थात् विश्वका नम्वर वान व्यक्ति अमेरिकी राष्ट्रपति बाराक ओबामाको जिवनशैली कस्तो होला ? यो विषय दुनियाभरकै चासोको विषय हो । ओबामाले खाँदा पनि, शौच गर्दा पनि, डुल्दा पनि, खोक्दा पनि तथा हाँस्दा पनि त्यो समाचारको विषय बन्छ । बाराक ओबामाले चढ्ने बस कस्तो छ होला ? अर्थात् उनका लागि अमेरिकी सरकारले दिएको सरकारी गाडी कस्तो छ होला ? यो हाम्रोलागि जिज्ञासाको विषय हो ।
b1
बाराक ओबामाका लागि संसारकै सबैभन्दा महंगो कार चढूँ भनेपनि नपुग्ने केही छैन । तर उनी देश दौडाहामा निस्किँदा प्रायः उनको आफ्नो लक्जरी बस चढ्ने गर्छन् । अत्याधुनिक सुविधासम्पन्न त्यो लग्जरी बस निकै शानदार छ । यो बस पूरै रुपमा हतियार तथा सुरक्षा प्रविधिले युक्त छ ।
b2
ओबामाको यो बसको मूल्य झण्डै ११ लाख डलर पर्छ । अमेरिकामा यस्ता खालका केवल दुइ वटा मात्र बस रहेको बताइन्छ । जसमध्ये एउटा ओबामाको छ भने अर्को विपक्षी दल रिपब्लिकनका प्रमुखको ।
b3
यो बसमा पंचर नहुने टायर छ । बसभित्र राष्ट्रपतिका लागि सुत्ने, बस्ने, आराम गर्ने तथा काम गर्नका लागि समेत प्रसस्त ठाउँ छ । यो बसमा कालो सिसा रहेको कारण बाहिरबाट भित्र रहेको व्यक्ति देख्न सकिँदैन तर भित्रको व्यक्तिले बाहिरको सबै कुरा प्रष्टै देख्छ । यसको सिसा गोली प्रतिरोधी छ । बसमा अत्याधुनिक सूचना प्रविधि सेवा पनि छ । ओबामाले यो बसभित्रैबाट महत्वपूर्ण सन्देश तथा घोषणा लाइभ गर्न सक्छन् र त्यो सिधै संचारमाध्यमबाट प्रशारण हुन सक्छ ।
b4 b5


 

यसरी ह्याक भयो नयाँ आइफोन - onlinekhabar

तिन दिनअघि मात्र बिक्रि सुरु भएको अमेरिकी कम्पनी एप्पलको नयाँ आइफोन ५ एस ह्याक भएको छ । एक जर्मन ह्याकर समूहले आइफोनको औँठाछापे प्रविधि फिंगरपि्रन्ट स्क्यानर ह्याक गरेको हो ।

चाओस कम्प्युटर क्लब नामक समूहले स्त्रिmनको सिसाको छेउँबाट उच्च रिजोलुसन युक्त तस्वीर लिएर त्यसलाई स्क्यान गरी पारदर्शी पत्रमा लेजर पि्रन्ट गरे । अनि त्यसलाई उड ग्लुले छोपेर ग्लु सुकेपछि पि्रन्ट कपी मात्र उप्काएर त्यसलाई आइफोनको सेन्सरमा दबाए अनि त्यसपछि आइफोन खोल्न सफल भए । एप्पलको आइफोन ५ एस सार्वजनिक समारोहमा एप्पलले यो नयाँ आइफोनमा रहेको फिंगरपि्रन्ट सेन्सर यसअघिका फिंगरपि्रन्ट प्रविधिभन्दा निकै सुरक्षित रहेको दाबी गरेको थियो । तर ह्याकरहरुले एप्पलको त्यस्तो दाबीलाई दुइ दिनमै झुटो सावित गरिदिएका छन् । एप्पलले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । चाओस कम्प्युटर क्लबलेले आफ्नो वेबसाइटमा यो कुराको प्रमाण पेश गर्न एक भिडियो समेत राखेको छ । जसमा कुनै बनाबटी पि्रन्टको सहायताले आइफोन ५ एस को लक कसरी खोल्न सकिन्छ भन्ने कुरा देखाइएको छ । उसले आफ्नो टोलीले कसरी आइफोनको फिंगर पि्रन्ट रिडरलाई क्र्याक गर्न सफल भयो भन्ने कुरा समेत सविस्तार बताएको छ । एप्पलको आइफोन ५ एस ह्याक गर्ने एक जना ह्याकर स्टारबगले औँठाछापलाई कुनैपनि चिजको सुरक्षाका लागि प्रयोग नगर्न सल्लाह दिएका छन् । उनका अनुसार हामीले विभिन्न ठाउँमा आफ्नो औँठाछाप छाडेका हुन्छौँ जसलाई कपी गर्न निकै सजिलो हुन्छ र गलत मानिसले त्यसको फाइदा उठाउन सक्छन् ।

Monday, September 23, 2013

'म्युचुअल फन्ड’ को सम्भावना' - ekantipur

अच्युत वाग्ले

नेपालमा म्युचुअल फन्ड अथवा सामूहिक लगानी कोषका रूपमा काम गर्न करिब आधा दर्जन कम्पनीहरूले नियामकहरूबाट अनुमति पाएका छन् । मुख्यगरी बैंकहरू प्रबर्द्धक रहेका यी फन्डहरूलाई नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएका हुन् । यी फन्डहरू सञ्चालनको विभिन्न चरणमा छन् । कोही कार्यालय सजिसजाउमा लागेका छन् त कोही कर्मचारी भर्ना गर्दैछन् । पुरानाहरूले त कारेबार नै गरेको पनि केही वर्ष बितिसकेको छ । पछिल्लो समय निजी क्षेत्रको प्रबर्द्धनमा यस्ता फन्ड स्थापना गर्ने क्रम बढेको छ । नागरिक लगानी कोष पहिले यही अवधारणामा अस्तित्वमा आएको थियो, तर यो अहिले मूलतः निवृत्तिभरण कोष व्यवस्थापकको रूपमा क्रियाशील छ ।
गत साता यस्ता म्युचुअल फन्डका सरोकारवालाहरू सम्मिलित एउटा अनौपचारिक जमघटमा श्रोता बन्ने अवसर यो पंक्तिकारलाई मिल्यो । त्यसमा सहभागी नियामक अधिकारीहरू, प्रबर्द्धकहरू, सेयर बजारमा लगानी गरिरहेकाहरू र फन्डहरूमा लगानी गर्न इच्छुक सम्भावित 'युनिट होल्डर'हरू सम्मिलित त्यो जमघटको छलफलको विषय, शैली र गुणस्तर 'अन्धाहरूको समूहले हात्ती छामेर दिएको निष्कर्ष'जस्तै थियो । यो परिदृश्यले नेपालमा म्युचुअल फन्डको भविष्य सुनिश्चित गर्न गम्भीर कसरत नै गर्नुपर्ने आवश्यकता देखिन्थ्यो । यी सरोकारवालाहरूमा सबैको मुच्युअल फन्ड बारेको बुझाइ, अपेक्षा र आपmनो भूमिका बारेमा अश्चर्यजनक अपरिपक्वता देखिन्थ्यो । खासगरी सेयर बजारमा लगानी गर्नेहरू र धेरैजना प्रबर्द्धकहरूले समेत म्युचुअल फन्ड सञ्चालन गर्नुको प्रमुख उद्देश्य अहिले खस्किँंदो सेयर बजारको अवस्थालाई उकास्नु हो भन्ने बुझेका रहेछन् । सेयर बजारमा घाटा खाएकाहरूलाई म्युचुअल फन्ड आएपछि सेयरको मूल्य ह्वात्तै बढ्छ भन्ने लागेको छ । त्यस्तै यसलाई प्रबर्द्धन गर्न चाहनेहरूको छिटो नाफा आर्जन गर्ने त उद्देश्य थियो नै, त्योभन्दा पनि अहम् उद्देश्य आफूले सञ्चालन गरेको बैंकको शाखाका रूपमा त्यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने मानसिकता झल्किन्थ्यो । सबभन्दा अनौठो र भयावह अपेक्षा युनिट होल्डर हुनचाहनेहरूको थियो । उनीहरूका बुझाइमा, प्रारम्भिक सेयर निष्काशन भएपछि बैंक तथा वित्तीय संस्थाहरूको सेयर मूल्य किनबेच खुल्नासाथ ३० देखि ५० प्रतिशतले तत्काल बढ्ने गरेको अनुभवमा, म्युचुअल फन्डले दिने प्रतिफल पनि त्यसकै हाराहारी कम्तीमा पनि होला भन्ने थियो । अहिले डुबेका सेयरधनीहरूलाई यसले सहजै उकास्दैन भन्ने कसैले पनि बुझ्न चाहेको देखिंँदैन । म्युचुअल फन्डले नै सेयरका लागि बजार निर्माणको भूमिका पनि गर्छ भन्ने सोच्नु ठूलै भ्रम हो । अहिले म्युचुअल फन्ड सञ्चालन र त्यसको सफलताका लागि सबभन्दा ठूलो बाधक वास्तवमा नेपालको सेयर बजारको एकांकी रूप नै छ । सेयर बजारमा कारोबार हुने कम्पनीहरूमध्ये झन्डै ८० प्रतिशतको हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरू नै छन् । उत्पादन, सेवा र अन्य वास्तविक क्षेत्र -रियल सेक्टर) का सूचीव[mत कम्पनीहरूको संख्या न्युनमात्र छ । निजी क्षेत्रका नाम चलेका उत्पादन या सेवा उद्योगहरू सेयर बजारमा सूचीकृत भएका छैनन् । त्यसैले म्युचुअल फन्डमार्फत जोखिम न्युनीकरणका लागि विविध प्रकृतिका सेयरमा लगानी गर्ने अवसर अत्यन्त सीमित छ । निजी क्षेत्र आफैं दोस्रो बजारमा सूचीकृत भएर पारदर्शी हुन उत्साही नबन्दा अथवा कुनै कानुन बनाएर उनीहरूलाई सूचीकरणका लागि बाध्य नपारिंँदासम्म अहिलेको परिस्थितिमा परिवर्तन आउने देखिँंदैन । अहिले संसारका सबै स्टक एक्सचेञ्जहरूमा सूचना प्रविधि कम्पनीहरूको सूचीकरण संख्या र कारेबारको आकार उल्लेख्य छ । नेपालमा एउटै पनि यस्तो कम्पनी सूचीकृत भएको छैन । नेपालको दोस्रो बजार कति आधुनिक, विस्तारित र भविष्यमुखी छ भन्ने बुभmन यो महत्त्वपूर्ण सूचक हो । एउटै क्षेत्रमा मात्र लगानी गर्दा उत्पन्न हुने जोखिम न्युनीकरण गरेर लगानीको प्रतिफल निश्चित गर्नका लागि म्युचुअल फन्डहरू आवश्यक पर्ने हो । त्यसैले उनै बैंकहरूले म्युचुअल फन्डको प्रबर्द्धन गर्ने र ती फन्डले बैंक तथा वित्तीय संस्थाहरूकै सेयरमा मात्र लगानी गर्ने सम्भावना भएको परिक्रमामुखी, अल्पचक्रीय लगानीको सम्भावनाले म्युचुअल फन्ड स्थापनाको औचित्य स्थापित हुँदैन । वैधानिक, पारदर्शी र प्रतिफलदायी लगानीका लागि वैकल्पिक लगानीका क्षेत्र नै उपलब्ध नहुने हो भने यी फन्डहरू पनि  होलसेल निक्षेपमा व्याज खाएर चित्त बुझाउने  'संस्थागत जिम्मुवाल'मा परिणत हुने अवस्था आउँछ । अहिले नै कतिपय फन्डहरूसंँग भएको पैसा लगानी हुन नसकेको अवस्था छ । नेपालको बैंकिङ प्रणालीको ठूलो लगानी रहेका हाउजिङ र रियल इस्टेट कम्पनीहरू र सम्भावित ठूलो लगानीको क्षेत्र मानिएको जलविद्युत जस्ता क्षेत्रमा लगानीको सहज वातावरण र लगानीका उपकरण निर्माण नहुँदासम्म म्युचुअल फन्डहरूबाट प्रतिफलदायी लगानी हुन सक्दैन । नेपालमा म्युचुअल फन्डहरूलाई अर्थतन्त्रलाई ऊर्जाशील राख्ने एउटा औजार र लगानीको नयाँ अवसरका रूपमा विकास गर्ने हो भने यसबारे सबै तहमा रहेको छिपछिपे र अन्टसन्ट बुझाइ यथार्थपरक हुन जरुरी छ । कम्तीमा ६ तहमा— नियामकहरू, प्रबर्द्धकहरू, सञ्चालक र व्यवस्थापकहरू, सेयर बजारका लगानीकर्ताहरू, सेयर निष्काशन गर्ने कम्पनीहरू र युनिट होल्डरहरूका लागि यस बारेको साक्षरता आवश्यक छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डजस्ता नियामक निकायहरूले म्युचुअल फन्ड सञ्चालन गर्न दिनु किन आवश्यक परेको हो भन्ने प्रस्ट हुनु जरुरी छ । यस्तो फन्डको मूल उद्देश्य छरिएको रकमलाई एकीकृत गरेर क्षेत्र विविधीकरण -पोर्टफोलियो डाइभर्सिफिकेसन) को सिद्धान्तका आधारमा लगानीका गर्ने हो भन्ने उनीहरूले पहिले बुभmनु जरुरी छ । विविध क्षेत्रका खासगरी पर्याप्त संख्यामा रियल सेक्टरका कम्पनीहरूले आम लगानीकर्ताका लागि बाटो नखोलिदिएसम्म म्युचुअल फन्डहरूले लगानी डाइभर्सिफिकेसन गर्न सक्दैनन् । एउटा वैदेशिक रोजगार लक्षित बन्डको अपवादलाई छोडेर सरकारी विकास बन्डहरूको उपस्थिति बजारमा छैन । सरकारी बन्डको विश्वसनीयता र उद्देश्यबारे आम लगानीकर्ता ढुक्क छैनन् । फन्डको अनुमति माग्नेलाई दिने भूमिकामात्र नियामकहरूको होइन । उनीहरूले विविध क्षेत्रका कम्पनीहरू किन आम लागनीकर्ताका लागि लगानीको ढोका खोलिरहेका छैनन् ? अथवा उनीहरू किन सूचीकरण र सेयर निष्काशनमा चासो राखिरहेका छैनन् भन्नेतर्फ पहिले ध्यान जानु जरुरी छ । प्रबर्द्धकहरूले पनि म्युचुअल फन्डको सफलताका लागि वित्तीय साक्षरतामा निकै लगानी नगरी वास्तविकता बुभmन र बुझाउन मुस्किल छ भन्ने थहा पाउनु जरुरी छ । धेरै प्रबर्द्धकहरू अहिले सेयर बजारमा बढी आपूर्ति भइरहेका सेयरहरूलाई किनेर राख्ने अवसर देखेरमात्र यस्ता फन्डप्रति तत्काल उत्साहित भएको देखिएको छ । त्यो आंशिक बुझाइ हो । फन्डका लगानीकर्ताहरूलाई निश्चित लाभ दिने प्रतिबद्धता व्यक्त गरिसकिने हुनाले बैंक चलाए जस्तो बजारअनुसार व्याजदर थपघट गरेर नफा कमाउन र युनिट होल्डरहरूलाई लाभ यसबाट दिन सकिँंदैन । त्यसैले उनीहरूले नियामकहरूसंँग प्रतिफलमा कर छुट लगायतका माग राख्नु अघि लगानी क्षेत्र विविधीकरणको वातावरण निर्माण गराइदिने प्रस्ताव गर्न सक्नुपर्छ । सँगै मिलेर काम गर्न तयार हुनुपर्छ । सञ्चालक र व्यवस्थापकहरू यस्ता फन्डलाई प्रबर्द्धन गर्ने वित्तीय संस्थाको थप एउटा विभागको रूपमा व्यवहार गर्ने मानसिकताबाट मुक्त हुनुपर्छ । प्राविधिक र प्रशासनिक रूपमा त्यस्तै भए पनि म्युचुअल फन्ड सञ्चालनका लागि अर्थतन्त्रका व्यापक आयामहरूको विश्लेषणको आवश्यकता पर्छ । अर्थ-राजनीति, मुद्रा र सेयर बजारका आन्तरिक र बाह्य प्रवृत्ति, उत्पादन वितरण, वैदेशिक व्यापार लगायतका समग्र अर्थतन्त्रको सूक्ष्म विश्लेषण र तयारी एवं विश्वसनीय पूर्वानुमान बिना लगानीको सही क्षेत्र पहिचान गर्न सम्भव छैन । त्यसैले म्युचुअल फन्डहरूले संसारका राम्रा आर्थिक विश्लेषकहरूको सेवा लिन्छन् । मध्यम कोटीका व्यवस्थापकहरूको मात्र भर परेर म्युचुअल फन्डहरू सफल हुन सम्भव छैन । निश्चय नै म्युचुअल फन्डहरूको लगानीको एउटा महत्त्वपूर्ण माध्यम दोस्रो बजार नै हो । तर यो सेयर बजारको विकसका लागिमात्र समर्पित हुने संस्थागत व्यवस्था होइन । यदि सेयर बजारमा सूचीकृत सेयरहरूले अर्थतन्त्रका सबै उत्पादन र सेवा उद्योगहरूलाई समेट्दैनन् भने म्युचुअल फन्डहरूले यस बाहिरका लगानीका क्षेत्रहरू जस्तै- बन्ड, निवृत्तिभरण उपकरणहरू, वित्तीय डेरिभेटिभ्स र हेज फन्डहरूमा लगानीका अवसर खोज्नु अपरिहार्य हुन्छ । त्यसैले सेयर बजारका, खासगरी डुबिसकेका लगानीकर्ताहरूले यस्ता फन्ड आउन लागेकोमा बढी उत्साहित हुनुभन्दा नेपालको पुँजी बजारलाई वित्तीय क्षेत्रको मात्र होइन, समग्र अर्थतन्त्रकै प्रतिनिधित्व भएको विविधतायुक्त सेयर किनबेच हुने एक्सचेञ्ज बनाउनेतर्फ काम गर्नुपर्छ । त्यसका लागि योजना र दबाब दुवै दिन सक्नुपर्छ । नेपालको निजी क्षेत्रका उद्योग व्यवसाय पुँजी बजारमा किन सूचीकृत हुनचाहेका छैनन् भन्ने एउटा ठूलो रहस्यको विषय छ । यो प्रबर्द्धकहरूको स्वतन्त्रताको विषय भए पनि कम्पनीहरूको सेयर सर्वसाधारणमा बेच्दा व्यवसाय विस्तारको सम्भावना कैयौं गुणा बढ्छ । साथै कम्पनीको साखको मूल्य सेयर बजारले मात्र दिलाउन सक्छ र राम्रा कम्पनीको पुँजी छिटो-छिटो वृद्धि हुन्छ । तर पनि यो लाभ नेपाली निजी क्षेत्रले लिन चाहेको छैन । यसका धेरै तीता-मीठा आयामहरू छन्, त्यता प्रवेश नगरौं । यतिमात्र भनांै, यस्ता कम्पनीहरूमा लगानीको बाटो नखुल्दा म्युचुअल फन्डहरूलई लगानी विविधीकरण गर्ने अवसर अत्यन्तै सीमित हुन्छ । युनिट होल्डरहरूको महत्त्वाकांक्षा व्यवस्थापन नेपाली म्युचुअल फन्डका लागि सबभन्दा चुनौतीपूर्ण देखिन्छ । उनीहरूलाई यस्ता फन्डले नियमित, तोकिएको तर सापेक्षित सानो मात्राको -सामान्यत आठदेखि बाह्र प्रतिशतको हाराहारीमा) प्रतिफलमात्र दिन्छन् भन्ने बुझाउनु जरुरी छ । सेयर वा डेरिभेटिभ्स बजारमा झैं बढी चलखेल गरेर रातारात धनी हुनचाहनेका लागि यो उपयुक्त बाटो नहुन सक्छ । यी सबै पाटोलाई केलाउँदा, म्युचुअल फन्डको स्थापना अथवा सञ्चालनको साथसाथै यस बारेको ज्ञान र जनचेतना अभिवृद्धिका लागि काम नगरिए तिनले अर्थतन्त्रलाई लाभ दिन नेपालमा धेरै समय लाग्ने देखिन्छ । यो साक्षरता अभियान कसले र कसरी गर्ने ? त्यसतर्फ सामूहिक सोचको तत्काल आवश्यकता छ ।

Sunday, September 22, 2013

अनौठो होटल : कमोटमा आची गर्ने होइन खाना खानुपर्ने - onlinekhabar

शौचालयमा कमोट हुन्छ र त्यसमा दिशा पिसाब गरिन्छ । तर जापानमा एउटा यस्तो होटल छ, जहाँ कमोटमा दिशा पिसाब होइन पाहुनाले खाना खान्छन् ।
सुन्दै घिन लाग्नसक्छ । तर घिन मान्नुपर्ने कुरा केही छैन । त्यहाँ कमोटमै बसेर कमोटमै पस्किएको खाना मज्जाले खाइन्छ ।
toilet res
उक्त होटलको भित्री बनावट पूरै ट्वाइलेटको जस्तै छ । अर्थात् त्यो होटलभित्र छिर्ने वित्तिकै ट्वाइलेटमै छिरियो की भन्ने भान हुन्छ । त्यहाँ थरी थरीका कमोट, बाथटब लगायतका सामाग्री राखिएको छ । खाना राख्ने थालको रुपमा कमोटनै हुन्छ र बस्ने कुर्सीको रुपमा पनि ।
toilet1
होटलमा ग्राहकले जे खानेकुरा अर्डर गरेपनि वेटरले कमोट, बाथटब, वास बेसिन, बाल्टी आदिको आकारमा ढालेर खाना ल्याउँछ र कमोटको आकारको भाँडोमा खन्याइदिन्छ । यो आधुनिक रेष्टुरेन्ट जापानको एक नामी रेष्टुरेन्ट हो जसको शाखा ताइवान सम्मै छन् ।
toilet2