Thursday, August 15, 2013

रुघा लागेको छ ? यसो गर्नुहोस् - onlinekhabar

रुघा सामान्य रोग भएपनि यसले सताएपछि कस्तो हैरानी व्यहोर्नुपर्छ भन्ने कुरा रुघा लागेको बेलामा मात्रै थाहा हुन्छ ।संसारमा शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् ।जनस्वास्थ्य सम्बन्धी डा. अरणा उप्रेतीका अनुसार रुघाको लागि झण्डै २ शय प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन् ।common cold
घरमा वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स-साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ । अझ प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने सम्भावना बढी हुन्छ ।  रुघा लागेको व्यक्ति कोठाका झ्याल-ढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ । कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकाले यसको विरुद्ध खोप तयार पार्न पनि गाह्रो छ । संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुनेगरी कुनै औषधि बनाउन सकिएको छैन । कतिले एण्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् । तर, रुघा निको पार्ने औषधि छैन ।
 त्यसो भए रुघा लागेको बेला के गर्ने त ? डा. उप्रेतीको सल्लाह यस्तो छ :
रुघा लागेको व्यक्तिको संसर्ग नगर्ने
रुघा लागेका व्यक्तिको नजीक वा मुखामुख हुने गरी बस्नु हुँदैन । यदि बस्नु परेमा मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ । यसै गरी रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नुहुँदैन ।
भिटामिन सी
अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलहरूको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुन सक्छ । भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।
 आराम र पानी
रुघा लाग्नुभन्दा अघि धेरै जना नाक र घाँटीमा के-के खसखस भएजस्तो हुन्छ भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनुपर्छ । पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिशाबबाट चाँडै बाहिर निस्कन्छन् । पानी पिउन मन नलागे तरकारीको तातो सूप प्रशस्त मात्रामा पिउनुपर्छ । रुघा लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सूपको प्रयोग गर्नाले शरीरलाई चाहिने केहि पोषण तत्त्व पनि प्राप्त गर्न सकिन्छ । यस्तो बेलामा शारीरिक रूपमा धेरै थाक्ने काम चाहिँ गर्नुहुन्न ।
घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नून हालेर घाँटीमा गारगल (कुल्ला) गरेमा दुखाइ निकै कम हुन्छ । सम्भव भए दिनमा ५-६ चोटि, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको बेला कुल्ला गर्नुपर्छ । यसले घाँटीको दुखाइ र सङ्क्रमण पनि कम गर्छ । पानीमा अलिकति ज्वानो हालेर कुल्ला गर्दा पनि फाइदा गर्छ ।
मह र कागती
घाँटी दुखेका बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले तीनओटा फाइदा हुन्छ । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले थोरै भएपनि क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केहि कम गर्छ । धेरैले यसमा अदुवाको टुक्रा पनि हाल्छन् । अदुवा पानीको भिन्नै काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ ।
तातो पानीको वाफ
सम्भव भएमा त पूरा जीउ नै तातो पानीको वाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रुघा लाग्दा सूक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मासंपेशीलाई पनि धेरै फाइदा हुन्छ । पानी उमालेर वाफ लिन पनि सकिन्छ । कतिपयले पानीमा बास्ना आउने सञ्चो या टिञ्चर बेञ्जिन पनि हाल्छन् । यसरी वाफ लिँदा नाकमा बास्ना आई सुँघ्न आनन्द आउने र वाफले नाक खोल्ने हुँदा सास लिन सजिलो हुन्छ ।
औषधि
रुघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन, तर टाउको दुखेको, जीउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोल जस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ । यसले आराम पुर्‍याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जीउलाई धेरै आराम हुन्छ ।
 घरेलु औषधि
तुलसीको पात र दानालाई २-३ गिलास पानीमा उमालेर आधा गिलास भएपछि पिउनाले धेरै फाइदा गर्छ । घरैमा पाइने तुलसीको पात आजकल चियाका रूपमा पनि बजारमा आउन थालेको छ ।

बैंकहरुले गरे १८ अर्ब ४२ करोड नाफा, दुई बैंकको नाफा घट्यो, ६ बैंकको अर्ब नाघ्यो (तालिकासहित) - bizmandu

बाणिज्य बैंकहरुले ४० प्रतिशतले नाफा बढाएका छन् । ३१ वटा बैंकमध्ये गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गरेका २८ बाणिज्य बैंकको नाफा ४० प्रतिशतले बढेको हो । हिमालयन, किष्ट र नेपाल बैंक लिमिटेडबाहेक सबै बैंकले वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

वाणिज्य बैंकहरुले १८ अर्ब ४२ करोड ६१ हजार रुपैयाँ नाफा गरेका छन् । अघिल्लो बर्ष २८ बाणिज्य बैंकले १३ अर्ब ८ करोड नाफा गरेका थिए । वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये दुई बाणिज्य बैंकले नाफा दुई अर्ब कटाएका छन् । कृषि विकास बैंक र नबिल बैंकले नाफा दुई अर्ब कटाएका हुन् । एक अर्ब नाफा ६ बैंकले कटाएका छन् । गत बर्ष एक अर्ब नाफा कटाएको हिमालयन बैंकले अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरिसकेको छैन ।
अर्ब कटाउनेमा नबिल र कृषि विकास बैंकसहित नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय बाणिज्य बैंक छन् । दुई बाणिज्य बैंकको नाफा घटेको छ । लुम्बिनी बैंक र नेपाल बंगलादेश बैंकको नाफा घटेको हो ।  नयाँ आएका मेगा, सेन्चुरी, कमर्ज, जनता र सिभिल बैंकले नाफा बृद्धि गरेका छन् । यि बैंकको निक्षेप र कर्जा पनि विस्तार भएको छ ।

Banks (000) Net profit % eps (Rs) pe (Times) psn (Rs)
2069-70 2068-69
Citizens 399608 224794 77.77 19.01 14.04 126.98
Sanima 304950 121770 150.43 15.13 17.19 120.76
NCC 370896 177621 108.81 25.23 8.84 156.03
Globle IME 552487 265316 108.24 22.84 19.29 138.48
Sunrise 319189 111194 187.06 15.84 14.58 122.2
Kumari 291548 275505 5.82 18.18 14.3 166.39
Prime 479790 269449 78.06 20.5 15.8 131.2
Grand 200534 182773 9.72 10.03 17.55 118.06
NMB  360394 55452 549.92 18.02 13.98 131.2
Nabil 2223323 1696276 31.07 91.24 19.89 314
Siddhartha 490488 330456 48.43 30.29 9.9 165.12
Investment 1992603 1039276 91.73 52.85 14.83 213.49
Everest 1471117 1090565 34.89 91.88 17.32 342.06
Nepal SBI 775990 480106 61.63 32.94 25.8 168.67
Machhapuchre 148045 38213 287.42 5.97 33.99 112.8
Commerz 58620 15186 286.01 2.93 7.77 104.86
Mega 177377 71868 146.81 7.61   114.24
ADBN 2259947 1839925 22.83 58.55 3.62 267.88
NIC Asia 619986 391779 58.25 26.82 20.66 210.09
SCBN 1217941 1168968 4.19 65.7 27.7 289.07
BOK 617090 607662 1.55 36.64 15.09 196.93
Lumbini 149530 193464 -22.71 9.34 21.42 136.3
NB 590729 809470 -27.02 29.4 10.2 176
RBB 1517531 1184485 28.12      
Century 67661 2994 2159.89 6.26 0 0
Civil 121264 27235 345.25 7.56 19.7 107.55
Janta 197334 57262 244.62 9.87 17.03 112.89
Laxmi 450205 356390 26.32 26.74 11.56 162.39
Total Profit 18426177 13085454 40.81      



बैकहरुले गत बर्षको सुरुवातदेखि नै उच्च नाफा आर्जन गर्दै आएका छन् । गत बर्षको असोज मसान्तमा बैंकको नाफा ४१ प्रतिशतले बढेको थियो । दोस्रो त्रैमास अर्थात पुस मसान्तमा नाफा ५० प्रतिशत र तेस्रो त्रैमास चैत मसान्तमा नाफा ४५ प्रतिशतले बढेको थियो । बैंकहरुको नाफा बढेका कारण यसपाली लाभांस पनि बढ्ने सम्भावना छ । आठ वाणिज्य बैंकले पुँजी बृद्धि गर्नु पर्ने कारणले गर्दा  वोनस सेयर अनिवार्य रुपमा जारी गर्नु पर्ने हुन्छ ।

मेथीका फाइदै फाइदा - onlinekhabar

हरियो सागपातको रुपमा मात्र नभै मसलाको रुपमा समेत मेथी धेरै मानिसको रोजाइमा पर्ने चिज हो । मेथीलाई धेरै मानिसले चिसो निवारकको रुपमा जाडो याममा सेवन गर्ने गर्छन् ।
1
मेथीमा औषधीय गुण पाइन्छ भन्ने कुरा धेरैलाई थाहा छ तर यसमा कुन कुन रोगका लागि लड्ने क्षमता हुन्छ भन्ने बारेमा भने धेरैलाई जानकारी नहुनसक्छ । वास्तवमा मेथीलाई सरीरको दुखाइ, स्नायु रोग, पिसाब सम्बन्धि रोग, रक्तअल्पना लगायतका समस्या भएका मानिसले सेवन गरेमा त्यसले फाइदा गर्छ । साथै स्वास प्रस्वास सम्बन्धि रोग जस्तै ब्रोंकाइटिस, इन्फ्लुयन्जा, पिनास, रुघाखोकी जस्ता रोग र ज्वरो आएका बेला पनि मेथीको सेवन लाभदायी मानिन्छ ।
अनुहारमा डण्डीफोर आएको बेला मेथीको पातलाई पिँधेर अनुहारमा दल्नाले डण्डीफोरको समस्या कम हुन्छ ।
मेथीको गेडालाई पिँधेर धुलो बनाउनुहोस् अनि विहान बेलुकी पानीमा मिलाएर पिउँदा रगतमासीको समस्या कम हुन्छ र यसले पाइल्सका रोगीलाई पनि फाइदा गर्छ ।
जिउको सुन्निएको भागमा मेथीको लेपन लगाएमा फाइदा मिल्छ ।
कपाल झर्ने समस्या छ भने मेथीको धुलोलाई पानीमा मिलाएर कपालको जरा जरासम्म लगाउनुहोस् अनि केहीबेर राखेर पखाल्नुहोस् । यसले कपालको चायाँ पनि कम गर्छ ।
मेथीको सागको नियमित सेवनले कब्जियतको समस्या पनि कम हुन्छ ।
चिसोले सताएको छ ? रुघाखोकी लागेको छ ? यदि त्यसो हो भने तोरीको तेल तताएर त्यसमा मेथी पड्काउनुहोस् अनि त्यो तेल मनतातो पारी टाउकोमा लगाउनुहोस् त्यसले चिसो भगाउँछ ।

Tuesday, August 13, 2013

सचिवलाई देखाइयो यस्ता फोटो - mysansar

Picture2
यो पहेँलो चिज के होला ? के अनुमान लगाउनु भयो कुन्नि, यो भुजिया फ्याक्ट्रीको दृश्य हो।
Picture1
यो दही भण्डार गर्ने ठाउँको दृश्य। दहीको माथि देखिएको कालो कालो चिज मुसाको लिड हो।
Picture3
भुजिया फ्याक्ट्रीमा पिनट तथा भुजिया नाम राखेर आकर्षक प्याकमा आउने भित्र यस्ता कुहिएका बदाम राखिन्छन्।
Picture4

मिठाइ बनाउने फोहर ठाउँ।
Picture5

त्यही मिठाइ कारखानाको बेच्ने ठाउँ भने सफा छ।
Picture6
नपाकेका केरा रसायन राखेर यसरी पहेँलो बनाएर बेचिन्छ-
Picture7
Picture8
Picture9
Picture10
यी फोटोहरु कृषि सचिव जयमुकुन्द खनालको अध्यक्षतामा आज भएको कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण विभागले देखाएको हो। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा (ताली सचिव क्या त) पनि उपस्थित थिए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खाद्य तथा दाना पदार्थको गुणस्तर कायम गर्न विभिन्न काम गर्दै आएको छ। बजार अनुगमन, निरीक्षण गरी गुणस्तरहीन खाद्य एवम् दाना पदार्थ उत्पादन तथा बिक्री वितरण गर्नेमाथि कारबाही गर्ने काम यही विभागको हो। आफूले गर्दै आएको कामका केही झलक देखाउने क्रममा सचिवहरु उपस्थित कार्यक्रममा यी फोटो देखाइएका हुन्।
समयमा काम फत्ते नगरे वा ढिला गरे क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू भएको बारे जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको हो। बडापत्र हेर्न यहाँ क्लिक गर्नुस्।

मंगल ग्रहमा जान १ लाख बढीको आवेदन - onlinekhabar

मंगल ग्रहमा जीवन सम्भव छ त भन्ने प्रश्न अझै अनुत्तरित छ । तर, मंगल ग्रहमा जानका लागि १ लाखभन्दा बढीले आवेदन दिएका छन् । मार्स वान नामक कम्पनीले मंगल ग्रहमा जान चाहनेहरुलाई आवेदन दिन आह्वान गरेको थियो । यो यात्रा जानका लागि हो । फर्किन कुनै व्यवस्था छैन ।
mangalसन् २०२२ मा प्रस्तावित मंगल ग्रहको यो परियोजनाको उदेश्य त्यहाँ कोलोनी बनाउन हो । कम्पनीका मुख्य कार्यकारी अधिकृत सीईओ एवं सह संस्थापक बास ल्यासड्रापले मंगलग्रह जान चाहनेहरुको संख्या धेरै भएको बताएका छन् । यद्यपि उनले आवेदकमध्ये कतिले शुल्क बुझाएका छन् भन्ने खुलाएनन् ।
मंगल ग्रह जानका लागि उमेर १८ वर्षभन्दा बढी हुनुपर्छ । तर, शुल्क भने निवेदकको राष्ट्रियतामा निर्भर गर्छ । जस्तो कि अमेरिकी नागरिककलाई आवेदन शुल्क ३८ डलर छ । आवेदकको शुल्क देशको प्रतिव्यक्ति आयका आधारमा तय गरिएको कम्पनीले जनाएको छ ।
मार्स वानका अनुसार यस वर्ष आवेदकहरुमध्ये बाट अलग अलग महाद्वीपबाट ४० सदस्यीय अन्तरिक्ष यात्रु छानिनेछ । उनीहरुमध्ये २ महिला र दुई पुरुष २०२२ मा मंगल ग्रह जान पाउनेछन् । उनीहरुले २०२३ मा मंगल ग्रहमा पाइला टेक्नेछन् । चार जनाको अर्को समूह त्यसके दुई वर्षपछि पठाइनेछ ।
मंगल ग्रह जानका लागि अन्तरिक्ष यात्रीहरुले ८ वर्षको प्रशिक्षण लिनुपर्छ । यसक्रममा घर मर्मत, केही क्षेत्रमा तरकारी उब्जाउन, दात दुखाई, मांसपेशीको दुखाई, हड्डी भाँचिएको उपचार गर्न पनि सिकाइन्छ ।

Monday, August 12, 2013

डरलाग्दो प्रतियोगिता, मौरीको दाह्री (फोटोफिचर सहित) - onlinekhabar

दाह्री जुँगा नियमित सफाचट पार्ने मानिसलाई अलिकति दाह्री बढ्यो भने त कस्तो अप्ठेरो हुन्छ । तर अनुहारभरि मौरीले ढाक्दा पनि यी तन्नेरीहरु ङच्िच हाँसिरहेका छन् । अनुहार मात्र होइन जिउ नै मौरीको घार जस्तो भैसक्दा पनि उनीहरु झनै उत्साहित छन्, डराएका छैनन् ।
1
क्यानडाको ओन्टारियोमा भएको क्लोभरमेड मौरी दाह्री प्रतियोगितामा यो पटक तँ भन्दा म के कम ? भन्दै साहसी तन्नेरीहरुले जिउभरी हजारौँ मौरी राखेर सबैलाई तर्साए । उनीहरुले मौरीले ढाकेको अनुहार र जिउ त देखाए नै मौरीघार जस्तो अनुहार सहित क्याटवाक पनि गरे ।
2
आफ्नो जिउमा मौरीलाई बसाउनका लागि प्रतियोगीहरुले घाँटीमा रानी मौरी सहितको एक बाकस भिरेका थिए । रानी मौरीकै कारण अरु कर्मी मौरी तथा भालेे मौरी ओरिएका थिए । मौरीको संख्या बढ्न नदिन र जिउमा मिलाएर बसाल्नका लागि मौरी विज्ञहरु त्यहाँ खटिएका थिए । मौरीले नटोकुन् भन्नका लागि मौरीलाई पहिले नै प्रसस्तै चिनी खुवाइएको थियो । साथै मौरीहरुलाई धुवाँले लट्ठाइएको पनि थियो ।
3
यो पटकको मौरी दाह्री प्रतियोगिताको उपाधि जस्टिन हिम्स्ट्राले जिते । उनले आफ्नो जिउमा सबैभन्दा धेरै मौरी अठ्याएनन् मात्र मौरीबाट कलात्मक दाह्री समेत बनाए ।
4
 5

मेरो देश मेरो जगदम्बाभन्दै सरकारलाई नै ठग्यो जगदम्बा स्टिलले, २५ करोड भ्याट छलीको पुष्टि - bizmandu

जगदब्बा स्टिल्सले मुल्य अभिबृद्धि कर (भ्याट)को नक्कली विल प्रयोग गरि २५ करोड १७ लाख ८७ हजार रुपैयाँ कर छलेको पुष्टी भएको छ । जगदम्बाले नक्कली विल प्रयोग गरि ११ करोड ४७ लाख ३१ हजार भ्याट र आयकरवापत १३ करोड ७० लाख ५६ हजार रुपैया छली गरेको राजस्व न्यायाधिकरणले पुष्टि गरेको छ, सोमवार नयाँ पत्रिकामा सचेन गौतमले लेखेका छन् ।

नक्कली भ्याट विल प्रकरणमा जगदम्बा सबैभन्दा बढी मूल्य बराबरको छली गर्ने कम्पनी हो । जगदम्बामा  शंकर ग्रुपका शंकर गोल्यान (अग्रवाल), उनका छोरा साहिल र सौरभ समूहका विष्णुप्रसाद न्यौपानेको लगानी छ । आन्तरिक राजश्व विभागले जगदम्बाले ११ करोड ४७ लाख ३१ हजार  भ्याट छलेको ठहर गर्दै बिगोको सतप्रतिशत  जरिवानासहित २२ करोड ९४ लाख ६२ हजार रुपैया“ कर निर्धारण गरेको छ ।
८८ करोड २५ लाख ४८ हजार रुपैयाँको १३ प्रतिशतले हुने ११ करोड ४७ लाख ३१ हजार रुपैयाँ विगो कायम गरि आन्तरिक राजश्व विभागले कानुनमा भएको व्यवस्थाअनुसार विगोको सतप्रतिशत जरिवाना कायम गरेको हो । विभागले २०६७ चैतमै भ्याटको विगो, जरिवाना, थप दस्तुर ३९ लाख ७२ हजार र ब्याज ५९ लाख ५७ हजार सहित २३ करोड ९३ लाख ९२ हजार कर निर्धारण गरेको थियो । यसमा आयकर वापतको रकम र ब्याज जोड्दा जगदम्बाले ३७ करोड ६४ लाख ४८ हजार रुपैयाँभन्दा बढी कर तिर्नु पर्ने छ ।
जगदम्बाले भ्याट र आयकरतर्फ गैर कानुनीरुपमा करको लाभ लिने उद्देश्यले सुनियोजितरुपमा विभिन्न फर्मबाट वस्तु प्राप्त नगरि कर विल प्राप्त गरेको थियो । त्यही विलबाट तिरेको रकम खर्चमा देखाएर भ्याट छलेको हो । विभागले गैर कानुनी र त्रुटीपूर्ण कर निर्धारण गरेको भन्दै जगदम्बाका अध्यक्ष शंकरलाल अग्रवाल बिगोको ५० प्रतिशत रकम तिरेर पुनरावेदनका लागि राजश्व न्यायाधीकरणमा गएको थियो । राजश्व न्यायाधीकरणले पनि जगदम्बाले नक्कली विलको प्रयोग गरि भ्याट र आयकर छली गरेको फैसला गरेको छ । न्याधिकरणका अध्यक्ष दीपक कार्की, यज्ञवल्क उपाध्याय र भोलाप्रसाद खकुरेलको इजलासले गत चैतमा गरेको फैसलाको पूर्ण पाठ केही दिन अघि आएको हो ।
‘जगदम्बाले मुल्य अभिबृद्धि कर खर्च दावी गर्न मात्रै विजक पेश गरेको, खरिद वास्तविक नभएको, आफ्नो दावी जिकीर पुष्टी हुने कुनै आधिकारिक फर्मको अस्तित्व देखाउन नसकेको र झुट्टा एवं नक्कली विजकबाट क्रेडिट दावी गरेको देखिंदा सुरु कार्यालयबाट भएको निर्णय अन्यथा मान्न मिलेन’, न्यायाधिकरणको फैसलामा उल्लेख छ ।
कसरी छल्यो जगदम्बाले भ्याट ?
जगदम्बा स्टिलले  ०६४ साउनदेखि ०६८ मंसिरसम्ममा नक्कली विलको प्रयोग गरि ८८ करोड २५ लाख ४८ हजार रुपैयाँको सेवा तथा वस्तु खरिद गरेको देखाएको थियो । अग्रवालले मर्कन्टाइल आयल सेन्टर सहित ३५ फर्मका नामबाट आफ्नो नाममा जारी गरिएका ७२६ थान विलबाट २७ करोड ०७ लाख ८० हजारको विभिन्न वस्तु तथा सेवा खरिद भएको जगदम्बाले देखाएको थियो ।
भ्याट ऐनमा भएको व्यवस्था अनुसार, जगदम्बाले तीन करोड ५२ लाख रुपैयाँ भ्याट कट्टी दावी लिएको थियो । जगदब्बाले वस्तु तथा सेवा खरिद गर्दा देखाएको विल जारी गर्ने फर्मको कारोबार स्थल, सम्पर्क व्यत्ति, सम्पर्क टेलिफोन वा अन्य साधन खुलाउन सकेको थिएन । भुत्तानी गर्दा जारी गरिएका चेक जगदम्बाले आफ्नै कर्मचारीको नामबाट काटेको थियो । भुत्तानी समेत आफ्नै कर्मचारीबाट लिई जगदम्बाकै खाता रहेको बैकमा पुन जम्मा गरिएको थियो । भ्याट विल जारी गर्न नपाउने फर्म समेतबाट वस्तु खरिद गरेको देखाई त्यस्तो विलबाट समेत कर कट्टी दावी लिएको थियो ।
जगदम्बाका अध्यक्ष अग्रवालले आन्तरिक राजश्व विभागसँग वयान दिंदा २८ फर्मसँगको खरिदमध्ये २५ सँगको खरिद वास्तविक नभएको र ती फर्मसँग वस्तु तथा सेवा नलिई विल मात्रै लिएको स्विकार गरेका थिए । अग्रवालले न्यु गुडविल इन्टरप्राइजेज, रियल इन्टरनेशनल र स्वेता आयलस“गको कारबोर वास्तविक भएको वयान दिएका थिए । बयानका क्रममा अग्रवाल विभागमा रोएका पनि थिए ।
वास्तविक करोबार गरेको भनी दावी गरेका न्यु गुडविलका प्रतिनिधिले सिमेन्टको आपूर्ति जगदम्बालाई नगरी विल माग गरेकाले विल मात्र दिएको वयान दिएका थिए । उता, रियलका प्रतिनिधीले पनि जगदम्बासँग कुनै कारोबार नै नगरेको बयान दिएका थिए । जगदम्बाले स्वेता आयललाई चेकबाट भुत्तानी दिएको थियो । तर, छानविनबाट स्वेता आयललाई दिइएको चेक आफ्नै कर्मचारीले बुझेको फेला परेको थियो ।
जगदम्बाले भ्याटको नक्कली विलको माध्यमबाट आयकर पनि छलेको छ । अग्रवाल मर्कन्टाइल आयल सेन्टरसमेत १५ फर्मका नामबाट जारि गरिएको विलबाट १९ करोड ८८ लाख ९३ हरा मुल्यका वस्तु तथा सेवा खरिद भएको देखाई कानुनमा भएको व्यवस्था अनुसार लागत खर्चकोरुपमा कर कट्टी जगदम्बाले लिएको थियो । तर, यसरी जारी गरिएका विल विभागले गरेको छानविनबाट झुट्टा पुष्टी भएको थियो । जगदम्बाले भुक्तानी गर्दा जारी गरिएका चेक आफ्नो कर्मचारीको नामबाट काटी भुत्तानी समेत आफ्नै कर्मचारीलाबाट लिई उद्योगकै खाता रहेको बैकमा पुन जम्मा गरेका थिए ।
भ्याट छल्लेलाई सम्मान
सरकारले करोडौं रुपैया“ भ्याट छल्ने जगदम्बा स्टिलका मालिक साहिल अग्रवाललाई भने उत्पादनमूलक उद्योगमा सबैभन्दा बढी लगानी गरेको भन्दै कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सिआइपी)को सम्मान दिने घोषणा गरेको छ । उनले उत्पादनमूलक उद्योगमा करिब ४५ अर्ब लगानी गरी धेरै मानिसलाई रोजगारी दिएकोभन्दै सम्मान गर्न लागेका हो । भ्याट छलेकको व्यक्तिलाई सम्मान गर्न लागिएको भन्दै विरोध भइरहेको छ ।

------------------------------------------------------

सचेन गौतम/नयाँ पत्रिका



जगदम्बा स्टिल्सले देशलाई २५ करोड ठगेको पुष्टि भएको छ । नक्कली बिल बनाएर भ्याट र आयकर ठगेको जगदम्बाबाट बिगो र जरिवाना गरी ३७ करोड असुल गर्न राजस्व न्यायाधिकरणले आदेश दिएको छ ।

जगजम्बा स्टिल्सले नक्कली कम्पनीका नामबाट सामान किनेको बिल बनाएर देशलाई भ्याट छलेको थियो । नक्कली भ्याट बिल बनाएर ११ करोड ४७ लाख ३१ हजार ठगेको सो उद्योगले आयकरतर्फ १३ करोड ७० लाख ५६ हजार रुपैयाँ छलेको थियो ।

आन्तरिक राजस्व विभागले जगदम्बाले भ्याट छलेको ठहर गर्दै बिगोको शतप्रतिशत जरिवानासहित २२ करोड ९४ लाख ६२ हजार रुपैयाँ कर निर्धारण गरेको थियो । विभागले भ्याटको बिगो ११ करोड, त्यत्ति नै जरिवाना, थप दस्तुर ३९ लाख ७२ हजार र ब्याज ५९ लाख ५७ हजारसहित २३ करोड ९३ लाख ९२ हजार कर निर्धारण गरेको थियो ।
विभागले ०६७ को चैतमा गरेको निर्णयमा असन्तुष्टि जनाउँदै जगदम्बा स्टिल्स राजस्व न्यायाधिकरण गएको थियो । तर, न्यायाधिकरणले पनि विभागको अनुसन्धानलाई सही ठहर्‍याउँदै जगदम्बाबाट ब्याजसहित बिगो र जरिवाना उठाउन आदेश दिएको छ ।

स्टिल किन्ने उपभोक्ताबाट उठाएको भ्याट छल्न नक्कली बिल पेस गरेको जगदम्बाले उद्योगको आय कम देखाएर आयकर पनि ठगेको थियो । जगदम्बाले ठगेको १३ करोड ७० लाख ५६ हजार आयकर पनि असुल गर्न न्यायाधिकरणले आदेश दिएको छ । यसरी भ्याट, त्यसको जरिवाना र आयकर जोड्दा जगदम्बाले ३७ करोड ६४ लाख ४८ हजार रुपैयाँ सरकारलाई तिर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले गैरकानुनी र त्रुटिपूर्ण कर निर्धारण गरी आफूहरूमाथि अन्याय गरेको भन्दै जगदम्बाका अध्यक्ष शंकरलाल अग्रवाल पुनरावेदनका लागि राजस्व न्यायाधिकरणमा गएका थिए । तर, राजस्व न्यायाधिकरणले जगदम्बाले नक्कली बिल बनाएर कर ठग्ने नियत राखेको भन्दै उसमाथिको कारबाही जायज ठहर्‍याएको छ । न्यायाधिकरणका अध्यक्ष दीपक कार्की, यज्ञवल्क उपाध्याय र भोलाप्रसाद खकुरेलको इजलासले गत चैतमा गरेको फैसलाको पूर्ण पाठ अहिले आएको छ ।

‘जगदम्बाले मूल्य अभिवृद्धि कर क्रेडिट दाबी गर्न मात्रै विजक पेस गरेको, खरिद वास्तविक नभएको, आफ्नो दाबी जिकिर पुष्टि हुने कुनै आधिकारिक फर्मको अस्तित्व देखाउन नसकेको र झुटा एवं नक्कली विजकबाट क्रेडिट दाबी गरेको देखिँदा सुरु कार्यालयबाट भएको निर्णय अन्यथा मान्न मिलेन,’ न्यायाधिकरणको फैसलामा उल्लेख छ ।

सिइओ र महाप्रबन्धक जेलमाएक मुठी माटो मेरो धर्तीको भन्दै राष्ट्रवादको सन्देश फैलाउने जगदम्बाका सञ्चालकले देशलाई करोडौँ कसरी ठग्न सके होलान् ? सर्वसाधारणका मनमा प्रश्न उठ्छ, तर जगदम्बाका लागि यस्ता किर्ते सामान्य हुन् ।

जगदम्बा स्टिल्सले नक्कली बिल बनाएर भ्याट र आयकर मात्र छलेको होइन, अन्य धेरै किर्ते गरेको पुष्टि भएको छ । सरकारी कागज किर्ते गरेको अर्को आरोपमा जगदम्बाका प्रमुख कार्यकारी अधिकृत रोसित उनिन्थान र महाप्रबन्धक कमलजित बर्मा जेलमा छन् ।

वीरगन्ज भन्सारबाट लिलाम सकार गरेको गाडीको मोडल नम्बर ढाँटेर अर्को गाडी नामसारी गरेको आरोपमा प्रहरीले एक महिनाअघि उनीहरूलाई पक्राउ गरेको हो ।

‘भन्सार कार्यालयले लिलाम गरेको गाडीको पत्र किर्ते गरेकाले उनीहरूलाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी पीताम्बर अधिकारीले नयाँ पत्रिकासँग त्यतिवेला भनेका थिए, ‘सरकारी दस्तखत छाप किर्तेअन्तर्गत उनीहरूलाई मुद्दा चलाउँछौँ ।’

लिलामीमा खरिद गरेको गाडी यातायात कार्यालयमा दर्ता गर्न भन्सार कार्यालयको पत्र चाहिन्छ । तर, भन्सार कार्यालय वीरगन्जले दिएको पत्रको सट्टा सो कम्पनीले आफैँ नयाँ पत्र बनाई २००५ मोडलको गाडीको सट्टा सन् २०१० को गाडी नारायणी यातायात कार्यालयमा दर्ता गराएको थियो । सोही आधारमा यातायात कार्यालयले सो गाडीलाई ना.२ख ४६६२ नम्बरमा दर्ता गरिदिएको थियो ।

नयाँ मोडलको गाडीको कर छल्न उनीहरूले किर्ते कागजात बनाएका थिए । जगदम्बा प्रालिद्वारा करिब दुई महिनाअघि निष्काशित एचआर म्यानेजर ओमप्रकाश बैठाको बयानका आधारमा जगदम्बा स्टिल्सका सिइओ र महाप्रबन्धकलाई पक्राउ गरिएको हो ।




यसरी छलियो कर
नयाँ पत्रिका, काठमाडौं,२७ साउन/ जगदम्बा स्टिल्समा शंकर ग्रुपका शंकर अग्रवाल, छोरा साहिल र सौरभ ग्रुपका विष्णुप्रसाद न्यौपानेको लगानी छ । उद्योगले उत्पादन गर्ने स्टिल रडको मूल्यमा थप १३ प्रतिशत भ्याट हरेक उपभोक्ताले तिर्छन् । भ्याटबापत जनताबाट उठाएको रकम उद्योगले सरकारलाई बुझाउनुपर्ने हो । तर, देशको ढुकुटीमा जाने पैसा आफ्नो खातामा हाल्न उद्योगले नक्कली बिल बनाएको थियो ।

जगदम्बा स्टिल्सले ०६४ साउनदेखि ०६८ मंसिरसम्ममा उद्योगका लागि आवश्यक अर्बौँका सामान किनेको थियो । तर, यसबीचमा उसले सामान किनेको भनेर पेस गरेकामध्ये ८८ करोड २५ लाख ४८ हजार रुपैयाँका बिल नक्कली भेटिएका हुन् । हुँदै नभएका कम्पनीबाट ८८ करोडको सामान किन्दा ११ करोड भ्याट तिरेको भन्दै जगदम्बाले भ्याटबापतको रकम दाबी गरेको थियो । तर, आन्तरिक राजस्व विभागले छानबिन गर्दा जगदम्बाले सामान किनेका भनिएका ३५ वटा फर्म हुँदै नभएको पुष्टि भएको थियो ।

सरकारलाई भ्याट छल्न जगदम्बाले अग्रवाल मर्कन्टाइल आयल सेन्टरसहित ३५ वटा फर्म खडा गरेको थियो । तर, कतै दर्ता अथवा सञ्चालन नभएका कम्पनीबाट जगदम्बाले ७ सय २६ थान बिल जाली बनाएको थियो ।

आन्तरिक राजस्व विभागले छानबिन गर्दा जगदम्बाले बिल जारी गर्ने फर्मको कारोबार स्थल, सम्पर्क व्यक्ति, सम्पर्क टेलिफोन वा अन्य कुनै पनि जानकारी खुलाउन सकेको थिएन । बरु ती नक्कली कम्पनीबाट सामान किनेको भनेर भुक्तानीका लागि जारी गरिएका चेक पनि जगदम्बाले आफ्नै कर्मचारीको नामबाट काटेको भेटिएको थियो । कर्मचारीका नाममा काटिएका चेक जगदम्बाकै खाता रहेको बैंकमा जम्मा गरिएको थियो ।

जगदम्बाका अध्यक्ष शंकरलाल अग्रवालले आन्तरिक राजस्व विभागलाई बयान दिँदा २८ फर्मसँगको खरिदमध्ये २५ सँगको खरिद वास्तविक नभएको र ती फर्मसँग वस्तु तथा सेवा नलिई बिल मात्रै लिएको स्वीकार गरेका थिए । अग्रवालले न्यु गुडविल इन्टरप्राइजेज, रियल इन्टरनेसनल र श्वेता आयलसँगको कारोबार भने वास्तविक भएको बयान दिएका थिए ।
वास्तविक कारोबार गरेको भनी दाबी गरेका न्यु गुडविलका प्रतिनिधिले पनि जगदम्बाले सामान होइन, बिल मात्र माग गरेकाले दिएको बयान दिएका थिए । रियलका प्रतिनिधिले जगदम्बासँग कुनै कारोबार नै नगरेको बयान दिएका थिए ।

जगदम्बाले श्वेता आयललाई चेकबाट भुक्तानी दिएको बताएको थियो । तर, छानबिनबाट श्वेता आयललाई दिइएको चेक जगदम्बाका कर्मचारीले बुझेको फेला परेको थियो ।

जगदम्बाले भ्याटको नक्कली बिलको माध्यमबाट आयकर पनि छलेको छ । अग्रवाल मर्कन्टाइल आयल सेन्टरसमेत १५ फर्मका नामबाट जारी गरिएको बिलबाट १९ करोड ८८ लाख ९३ हजारका वस्तु तथा सेवा खरिद भएको देखाएर आय घटाएको थियो । तर, यसरी जारी गरिएका बिल पनि विभागले छानबिन गर्दा झुटा पुष्टि भएको थियो ।



सम्मान गर्ने सरकारको घोषणानक्कली बिल बनाएर ११ करोड भ्याट तथा १३ करोड आयकर छल्ने जगदम्बा स्टिल्सका मालिक साहिल अग्रवाललाई सरकारले सम्मान गर्दै छ । राजस्व ठगेको भनेर ११ करोड भ्याट, त्यत्ति नै जरिवाना र त्यसको ब्याज तिराउन राजस्व अनुसन्धान विभागले ताकेता गरिरहेका वेला सरकारले साहिललाई कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सिआइपी)को सम्मान दिने घोषणा गरेको छ । एउटै व्यक्तिलाई ठग भनेर जरिवाना पनि गर्ने र सम्मानित पनि गर्ने चलन सायद नेपालमा मात्र होला ।