Thursday, April 25, 2013

बाह्रबुँदेमा भारतीय संलग्नता थियो भन्ने मैले शंकै गरिनँ - नारायणकाजी श्रेष्ठ - setopati

माओवादीले सशस्त्र जनयुद्ध सुरु गर्दा म नेकपा एकताकेन्द्रमा थिएँ । हामीले माओवादीको हिंसात्मक लाइन ठिक छैन भनेर सार्वजनिक वक्तव्य नै दिएर विरोध गर्यौ ।

‘चिनियाँ मोडेलको यान्त्रिक नक्कल गरेर मात्र हुँदैन,’ हाम्रो विरोध थियो । माओवादीले उठाएका कतिपय माग जायज थिए । त्यसलाई हासिल गर्न ‘हतियार उठाइहाल्ने’ माओवादी निर्णयविरुद्ध हाम्रो पार्टी उभिएको थियो नै ।

एउटा सचेत राजनीतिक प्राणी हुनुको नाताले माओवादीले असल नियतले उठाएका जायज मागको रक्षा गर्नुपर्छ भन्नेमा पनि म प्रष्ट थिएँ ।
माओवादी भूमिगत भएको ६÷८ महिनादेखि नै माओवादीका शीर्ष नेतासँग सम्पर्कमा थिएँ । प्रचण्ड, बादल (रामबहादुर थापा) बाबुरामजीसँग टेलिफोनमै लामोलामो छलफल र बहस हुन्थ्यो ।

माओवादीको प्रभाव क्षेत्र फैलिँदै गएपछि ठूला नेताहरु भारतमा बस्न थाले । उनीहरुलाई भेट्न म भारत ओहोरदोहोर गर्न थालेँ । पार्टीगत निर्णयभन्दा पनि यसमा मेरो व्यक्तिगत चाख बढी थियो, राजनीतिकर्मीका रुपमा ।
स्वदेशमा माओवादी अन्दोलनको आयतन बढ्दै थियो । जनयुद्धमा रक्तपात पनि । दिल्लीको एउटा भेटमा मैले प्रचण्डलाई भनेँ, ‘शान्ति वार्ताको माध्यमबाट संविधानसभा प्राप्त भयो भने यो रक्तपात रोक्न मिल्दैन ।’
मेरो प्रस्तावप्रति उहाँ सकारात्मक देखिनुभयो । माओवादीभित्र भने विरोधाभाष नै थियो ।

‘शान्ति वार्ता भन्ने कुरा हो । दुश्मनलाई अलमल्याएर प्रयोग गर्ने हो,’ माओवादीभित्र बलियो मत थियो । माओवादीले सैन्यबलबाट जनवाद ल्याउन सक्ने होइनन् । ‘शान्तिमार्गबाट मात्र द्वन्द्वको अवतरण हुनसक्छ,’ मेरो निष्कर्ष थियो ।

त्यतिबेला माओवादी–राजा आमनेसामने मुठभेडमा थिएनन् । राजा संवैधानिक थिए । संसद्वादी दलहरु सरकार र प्रतिपक्षमा थिए । माओवादी र दलहरुकै भिडन्त भइरहेजस्तो भान हुन्थ्यो ।

प्रचण्डले शान्ति वार्ताका लागि चासो देखाएपछि म नेपाल फर्किएँ । माओवादी र अरु वामपन्थी दलहरुबीच साझा सहमति भयो भने सप्ठेरो पर्ने ठानेँ । भर्खरै वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डले राजतन्त्र र पुरानो सत्ताको जरा खल्बलिएको मौका पनि थियो ।

प्रतिपक्षी एमाले, माले, मसाल, नेमकिपा आदि पार्टी र माओवादीको बैठक तय गरेँ । ठाउँ रोजियो भारतको सिलिगुडी । माओवादीबाट प्रचण्डसहित नेताहरु आउनुभयो । एमालेका महासचिव माधव नेपाल, मालेका वामदेव गौतम, मसालबाट रामसिंह श्रिस, नेमकिपाका नारायणमान विजुक्छेको उपस्थितिले बैठक हेभीवेट भयो।

‘सबै वामपन्थी संविधान सभाको एजेण्डामा आउनुप¥यो,’ प्रचण्डले प्रस्ताव गर्नुभयो । वामदेवले तुरुन्तै समर्थन जनाउनुभयो । साना वामले पनि ‘ठिक छ’ भने ।

त्यतिबेलाको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेले प्रष्ट कुरा गरेन । ‘तपाईंको प्रस्तावमा एमालेले पोजेटिभ्ली सोच्छ,’ माधवजीले जवाफ दिनुभयो ।

२०५९ असारमा सिलिगुडीको गर्मीमा भएको कम्युनिस्टहरुको बैठकको रापमा एमालेले ढुलमुले कुरा गरेर पाइन हालिदियो । नत्र सहीछाप नै हुन्थ्यो होला ।

हामीसँग बिदा हुने बेलामा दह्रोसँग हात मिलाएर माधवजीले आश्वासन दिनुभयो, ‘कामरेड संविधान सभाबारे म पार्टीमा कुरा राख्छु ।’
सिलिगुडीबाट हामी तितरबितर भयो । मैले कम्युनिस्ट नेताहरुलाई माओवादीसँग भेट गराएँ भन्ने नेपालको खुफिया एजेन्सीले चाल पाइसकेका थिए ।

माओवादीसँग मेरो सम्बन्ध र उठबसबारे प्रहरी÷गुप्तचर जानकार भइसकेको थियो । पार्टी खुला, म ‘भूमिगत’ । त्यसैले म केही समयपछि मात्र नेपाल फर्किएँ ।

प्रचण्डजी र मैले सल्लाह गर्यौं, ‘एमालेले संविधानसभाको पक्षमा निर्णय लिइदियो भने धेरै सजिलो हुन्थ्यो ।’

माधवजीले बैठक डाक्नुभयो । मैले बिहानबेलुकै उहाँसँग कुरा गरे । मुलुकमा शान्ति स्थापनाका लागि संविधानसभा अचूक उपाय हुनेबारे वकालत गरे । एमालेको बैठकले त संविधानसभाको विपक्षमा पो निर्णय लियो ।
...
माओवादीले सैन्य कारबाही बढाउँदै लग्यो । गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा दिए । राजीनामाको कारण माओवादी, सेना र दरबारसँग जोडिएको थियो ।

कांग्रेसकै शेरबहादुर देउवा प्रधानमन्त्री भए । राजा ज्ञानेन्द्रसँग देउवा निकट देखिन्थे, पार्टीका सर्वेसर्वा गिरिजाप्रसाद टाढा । कांग्रेस चिरा परेको थियो । एमालेले खुट्टा कमाइरहेको बेला । मैले कांग्रेससँग माओवादीको सहमति बन्नसक्ने ‘स्पेस’ देखेँ । सुजाता कोइरालाको मण्डिखाटार निवासमा गिरिजाबाबुलाई भेटेँ ।

माओवादीसँग के–कस्ता मुद्दामा सहमति गर्न सकिन्छ भनेर केही राउण्ड कुरा भयो । मण्डिखाटारमा धेरै मिटिङ गर्दा शंका हुने डरले गुप्तबास गर्ने ठाउँ फेरियो । श्रीहर्ष कोइरालाको घर ।

कोइरालासँग छलफल अघि बढिरहँदा उनकै पार्टीको सरकार भने माओवादीविरुद्ध झन कडा हुँदै गइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर दरबारको बढी नै प्रिय भएका थिए ।

प्रचण्ड, बाबुरामजी र मैले एउटा कार्यनीति बनायौं, ‘सरकारभन्दा दलहरुसँग वार्ता गर्ने । त्यसको नेतृत्व गिरिजाप्रसादलाई गराउने ।’ यही मोडेललाई फाइनल गर्न मैले २०५९ वैशाख २७ गते गिरिजाबाबु र प्रचण्डको टेलिफोन वार्ता गराएँ । प्रचण्डको स्याटेलाइट फोनमा लाइन मिलाएर मैले रिसिभर गिरिजाबाबुलाई दिए ।

‘दलहरुले शान्ति वार्ताका लागि माओवादीलाई आह्वान गर्ने,’ दुई नेताबीच सहमति भयो, ‘माओवादीले पनि सकारात्मक प्रतिक्रियासहित विज्ञप्ति निकाल्ने ।’

हाम्रो यो सहमति कार्यान्वनकै क्रममा रहँदारहँदै गोप्यता भंग भइहाल्यो । राजा र शेरबहादुरको लगनगाँठो झन् कस्सियो । प्रधानमन्त्रीले प्रतिनिधिसभा नै भंग गरिदिए ।

गिरिजाबाबुले झनै कर्नर परेको ठान्नुभयो । म र उहाँबीच भेट बाक्लियो । सबैभन्दा धेरै भेट सुशील नाहटा (अहिले पशुपति विकास कोष)का सदस्य सचिवको घरमा गर्यौं । आन्दोलनदेखि समायोजनसम्मका विषयमा हामी विस्तृत कुराकानी गथ्र्यौं ।

गिरिजाबाबुसँग जतिबेलै प्रहरी हुन्थ्यो । मेरो भेट गोप्य हुनु जरुरी थियो । त्यसैले म कम्तीमा आधा घन्टा पहिले नै नाहटाको घर पुग्थेँ । कुरा सकेपछि पनि आधा घन्टा ढिला गरेर मात्र हिँड्थे ।

राजाले असोज १८ को कदम चालेपछि दुई÷चार बैठक अन्त गरियो । नत्र नाहटाकहाँ मात्र कम्तीमा ३० वटा बैठक गरियो होला ।

गिरिजाबाबु सधैंजसो एक्लै आउनुहुन्थ्यो । दुई बैठकमा गोविन्दराज जोशी र नरहरि आचार्य पनि आएका थिए ।

गिरिजाबाबु प्रचण्डलाई भेट्न दिल्ली जाँदा चक्र बाँस्तोला र शेखर कोइराला साथै थिए । चाँजो मैले नै मिलाए पनि त्यो भेटमा म थिइनँ । अलग अलग नम्बरबाट दिनहुँुजसो कुरा हुने भएकाले माओवादी हेडक्वार्टरले वार्ताको विषवस्तुबारे पनि मलाई ‘सेयर’ गरेको थियो ।

सत्ताको केन्द्रमा राजा आइसकेकाले माओवादीले राजासँग पनि वार्ता अघि बढाइरहेको थियो । त्यतापट्टिको केके कुरा हुन्थ्यो, मलाई जानकारी छैन । म राजाविरुद्ध आन्दोलनरत दल र माओवादी मिलाउनमात्र तल्लीन थिएँ ।
...
फुत्तफुत्त खल्तीबाट प्रधानमन्त्री फेर्दै राजा आफै प्रधानमन्त्री बन्न आइपुगे, माघ १९ को घोषणा मार्फत् ।

‘अब वारपारको चरण आयो,’ मेरो विश्लेषण प्रचण्डलाई सुनाएँ । घरि दल, घरि माओवादीलाई खेलाउन प्रयत्नरत राजाले एकैपटक दुवैलाई निशाना बनाएकाले पनि राजतन्त्रको पतन निश्चित भइसकेको थियो ।

पेशाकर्मी, नागरिक समाज र अरु तटस्थ जमात पनि मुर्मुरिएको थियो– एक्काइसौं शताब्दीमा राजतन्त्र सक्रिय देख्दा ।

असन्तोष, आक्रोश वा रोषको तातोले मात्र आन्दोलन हुने होइन । छरिएका शक्तिहरु एकीकृत भएर आन्दोलनम उत्रिनुपथ्र्यो । त्यसका लागि सबैको साझा एजेण्डा पहिल्याएर एकतावद्ध गर्न जरुरी हुन्छ ।

मैले पुनः प्रयास गरे । संविधान सभाको एजेन्डाका छलफल गर्न हच्किएको एमालेदेखि सधै दरबारले सत्ताको टेको लगाइदिने आसमा रहेका शेरबहादुर देउवा रुष्ट थिए । कांग्रेससहित पाँच दल त राजाको कदमविरुद्ध आन्दोलनरत नै थिए ।

उनीहरुले राजाविरुद्ध आन्दोलन गरे । त्यसको कुनै प्रभाव परेन । माओवादी साथबिना राजा गलाउन नसक्ने निष्कर्ष कांग्रेस, एमालेले निकाले ।
प्रचण्डको सन्देश आयो, ‘कांग्रेस र एमाले संविधानसभा र गणतन्त्रको एजेण्डामा सहमत भए भने आन्दोलनमा सहकार्य गर्न सकिन्छ ।’

ती पार्टीलाई नागरिक समाजका अगुवाहरुले दबाब दिन सक्थे । उनीहरु र पार्टीका दोस्रो÷तेस्रो पुस्ताका नेतालाई अग्रगामी एजेण्डाबारे प्रस्ट पार्ने रणनीति बनाइयो ।

मैले शंकर पोखरेल, प्रदीप ज्ञवाली, नरहरि आचार्य, सुन्दरमणि दिक्षित, मथुरा श्रेष्ठ, कृष्ण खनालसँग धेरैपटक भेटेँ । देवेन्द्रराज पाण्डेको घरमा यस्ता भेट धेरै भयो । पाण्डे र खनालको भारतमै प्रचण्डसँग भेट पनि गराइयो ।
...
दल, नागरिक समाजदेखि सारालाई माओवादी एजेण्डामा सहमत गराउन मलाई धपेडी थियो । चिजहरु मैले सोचेजसरी नै विकास भइरहेको थियो ।

एकदिन बाबुरामले फोन गर्नुभयो । म दिल्लीमा थिएँ, उहाँ रोल्पा–रुकुम कतै हुनुहुन्थ्यो । धमाधम अंग्रेजी बोल्न थाल्नुभयो ।

बाबुरामजी र म पहिला एउटै पार्टीमा थियौं । घन्टौं सैद्वान्तिक बहस गथ्र्यौ । उहाँको अंग्रेजी राम्रो थियो । तर कहिल्यै बोल्नु हुन्थेन । त्यो दिन फोनमा किन अंग्रेजीमात्र ?

‘केही गडबड छ,’ मैले बुझिहालेँ ।

मैले निधिखोजी गरे । पत्ता लगाएँ– बाबुरामलाई कारबाही गरेर श्रम शिविरमा थुनिएको रहेछ ।

‘म सारा मिलाउन हिँडेको छु,’ प्रचण्डलाई टेलिफोनमा भनेँ, ‘बाबुरामलाई थुनेर के गल्ती गर्नुभएको ?’

उहाँले धेरै विस्तारमा जानकारी दिनुभएन– ‘मैले खबर गरेपछि दिल्ली आउनुस्, उतै कुरा गराैला ।’

कारबाहीकै क्रममा बाबुराम पनि दिल्ली आउनुभयो । हामी तीनजना बस्यौं । फेरि छुट्टाछुट्टै तीन राउण्ड नै बस्यौं । प्रचण्ड कारबाही फिर्ता लिन राजी हुनुभयो ।
...
एमाले दुवै एजेण्डामा लगभग सहमत भइसकेको थियो । कांग्रेस भने अझ अलमलमै थियो । माधवजीले प्रचण्डलाई भेर मात्र निर्णय पुग्ने विचार गर्नुभयो ।

माधवजी दिल्ली पुग्नुभयो । मेरो र रोल्पामा रहेका प्रचण्डबीच अलिकति ‘कम्युनिकेशन ग्याप’ भयो । माधवजी अलमलिएको १५÷२० दिन भइसक्यो ।
म रोल्पा पुगेँ । बादल, महरा र विप्लवहरु दिल्ली जानु उपयुक्त हैन पो भन्छन् । ‘माधव नेपाल र गिरिजाप्रसादलाई यहीं डाक्नुस्,’ उनीहरुले एक स्वरले भने ।

‘एजेन्डामा चित्त बुझेको छैन भने भनौं,’ मैले भनेँ, ‘नत्र दिल्ली वा रोल्पाको बखेडा झिकेर अड्को नथापौं ।’

प्रचण्ड सहमत हुनुभयो ।

म सिधा काठमाडौं आएँ । गिरिजाबाबुलाई सविस्तार जानकारी गराएँ । अब भने उहाँ पनि दिल्ली जाने हुनुभयो । त्यसको एक हप्तामै बाह्रवुँदे सहमति भयो ।

मैले नै पेन्सिलले पहिलो ड्राफ्ट लेखे । बाबुराम, केपी ओली र कृष्णप्रसाद सिटौलाले थपघट गर्नुभयो ।

प्रचण्डले एउटै सहमतिपत्रमा हस्ताक्षर गरेर सार्वजनिक गर्न चाहनुभएको थियो । ‘एउटैमा कुनै हालतमा हुँदैन,’ गिरिजाबाबुकै भन्नुभयो, ‘एकै व्यहोराको समझदारी सात पार्टी र माओवादीले अलगअलग हस्ताक्षर गरेर जारी गरौं ।’

गिरिजाबाबु भन्नुहुन्थ्यो, जाने गणतन्त्रमै हो तर अहिले नै एउटै कागजमा दुई पक्षले सही गर्यो भने कुरा बिग्रन्छ ।

गिरिजाबाबुकै जीत भयो ।
...
बाह्रबुँदे सहमतिबाट म ज्यादै उत्साहित थिएँ । मेरो जीत भएजस्तै लाग्थ्यो । विदेशी भूमिमा काम भए पनि नेपाली दलका नेताहरुको मात्र संलग्नता भएको म देख्थँे । त्यही ठानेको थिएँ ।

सहमति हुनेबित्तिकै भारतको संलग्नताको आशंका व्यक्त भयो । मलाई पत्यार लागेन ।

सुरुदेखि आफै लागिरहेको छु । भारतीय खुफिया एजेन्सीको पियनसँग पनि मेरो चिनाजानी थिएन । कसरी भारतको संलग्नता ?

दिल्लीमा मैले भेटेको भनेको दुईजना कम्युनिस्ट नेतालाई मात्र हो– प्रकाश कारत र एबी बर्धन । त्यो पनि आफ्नै पहुँचले हैन । माधव नेपालले भेटाउनुभएको ।

माओवादीले सुरुङ युद्धको रिहर्सल गरिरहेका थिए । उनीहरुको कसरी  भारतसँग साँठगाँठ हुन सक्छ ? यो प्रश्नले मलाई शंका गर्ने ठाउँ दिँदैनथ्यो । ‘भारतीय सुरक्षा निकाय, खुफिया र नेपाल सरकारलाई छक्याएर सम्झौता गर्न सफल भइयो,’ म दंगदास थिएँ, ‘भूमि भारतीय भएर के भयो, काम नेपालीमात्र भएर गरिएको छ ।’

समयक्रमसँगै १२ बुँदेको पृष्ठभूमिको पटाक्षेप हुँदै गयो । अहिले प्रचण्ड–बाबुरामले नै भारतीयको संलग्नताबारे धेरै कुरा सतहमा ल्याउनुभयो ।
भारतीयको समझदारीमा नै दलहरुसँग त्यो सहमति भएको थियो, उहाँहरुले पटकपटक भनिसक्नुएको छ ।

बाबुरामको कारबाही फिर्ता गर्दा पनि ‘माक्र्सवादी आन्दोलनमा ठूलो योगदान गरियो’ भनेर गर्वित थिएँ । पछि थाहा पाएँ, त्यो पनि मेरो वा प्रचण्डको कारणले मात्र फिर्ता भएको होइन रे !
...
बाह्र बँुदेले दलहरुलाई राजाविरुद्ध एउटै मोर्चामा उभ्यायो । आन्दोलनको तयारीका लागि पनि दलहरुबीच एक/दुई बैठक दिल्लीमा भयो ।
कार्यनीति बन्यो– शान्तिपूर्ण आन्दोलन, जनपरिचालन, अनिश्चितकालीन बन्द ।

कांग्रेसले उसको सिद्वान्तभन्दा अलि विरोधाभाषपूर्ण कुरा गरेको थियो । ‘माओवादीले कतै ठोकेर आन्दोलनको वातावरण बनाइदिनुपर्छ,’ गिरिजाबाबुले प्रचण्डलाई टेलिफोनमा अनुरोध गर्नुभएको थियो ।
...
निर्णायक आन्दोलनमा व्यापक जनसहभागिता भयो । जनता सडकमा ओर्ले । परिवर्तनको माग गरे । राजाले १६ दिनमा नै घुँडा टेके ।
आन्दोलनकारी सात दललाई सरकार बनाउन आह्वान गरे । पार्टीहरुको खुट्टा धर्मराइहाल्यो । प्रतिनिधि सभाको पुनस्र्थापना र पूर्ण लोकतन्त्रको माग बिर्सन लागे ।

गणतन्त्रबाहेक सम्झौता नगर्ने अठोट गरेका माधवजी पनि ढुलमुल भइहाल्नुभयो ।

मेरो पार्टी एकता केन्द्रले राजाको घोषणा विरोधमा निर्णय लिइहाल्यो । माओवादीले पनि कांग्रेस, एमालेलाई थर्कायो । कृष्ण सिटौला र अर्जुननरसिंह केसीहरुलाई मार्फत् मैले प्रचण्डको सन्देश गिरिजाबाबुलाई पुर्याइदिएँ ।
सबै पार्टीका आम कार्यकर्ता र आन्दोलनमा उत्रिएका जनताले राजाको प्रस्ताव नमान्न दबाब दिए । नेताहरु अलमलिए पनि आन्दोलन अघि बढ्यो ।
अहिले म अनुमान लगाउँछु, ‘भारतले राजाको निर्णय मान्नुपर्छ भनेको भए के हुन्थ्यो ?’ भारत विभाजित भएकाले नेताहरु अघि बढेका हुन् कि !

जे होस्, ११ गते आन्दोलन सफल भयो । सात पार्टीले चाहेजस्तै घोषणा राजाले गरे । उनीहरुले स्वागत गरे । सरकार बनाउने तरखर गरे । माओवादीले अर्को बखेडा झिक्यो, ‘राजाको घोषणा धोखा हो । हाम्रो आन्दोलन जारी रहन्छ ।’

मैले प्रचण्डलाई सम्पर्क गरेँ । ‘शान्ति प्रक्रिया सुरु गर्नपर्ने बेलामा अब केको विरोध,’ मैले भने ।

हाम्रो पार्टीले ११ गतेको घोषणाको स्वागत त गर्यो नै, मैले माओवादीको अडानको खण्डन गर्दै विज्ञप्ति नै जारी गरेँ ।

(श्रेष्ठसँग युवराज घिमिरे, अमित ढकाल र किरण भण्डारीले गरेको कुराकानी ।)
तस्बिर– प्रकाश लामा/सेतोपाट

माओवादी राजासँग संवाद गरेर ‘फास्ट ट्रयाक’ सिंहदरबार आउन चाहन्थ्यो कमल थापा - setopati

राजाले सक्रिय शासन सुरु गरेको झन्डै एक वर्षपछि म सरकारमा गएको थिएँ । गृहमन्त्रीका रूपमा राजनीतिक फाँट मेरै भागमा थियो । राजाको सोच निर्वाचन गराएर सक्रिय शासनको भारी बिसाउने नै थियो ।

बाह्रबुँदेको पृष्ठभूमिमा कांग्रेस, एमालेसहित सात दल र माओवादीको सम्झौताले सुरक्षा व्यवस्था जटिल बन्दै गयो । निर्वाचनको सुरुवात स्थानीय निकायबाट गर्ने निर्णय सरकारले गर्‍यो ।
प्रजातन्त्रको जग निर्वाचित स्थानीय निकाय हो । साढे तीन वर्षदेखि स्थानीय निकायमा जनप्रतिनिधि थिएनन् । कर्मचारीको पोल्टामा पुगेको स्थानीय सरकारले ‘ग्रास रुट’ मा न्यूनतम सेवा सुविधा दिन सकेको थिएन । निर्वाचनमा सुरक्षा लगायत प्रबन्ध मिलाउन सजिलो होस् भनेर नगरपालिकाको तहबाट चुनावको थालनी गर्ने निधो भयो ।

२०६२ माघ २६ गतेका लागि निर्वाचन घोषणा भयो । निर्वाचन सफलताको पूर्वसर्त निष्पक्ष र भयरहित वातावरणमा मतदाताले प्रतिनिधि छान्न पाउनु हो । निर्वाचन कति प्रतिनिधिमूलक हुन्छ, त्यसको मापक चुनावमा खस्ने मत संख्या हो । राजाको सदिच्छा निर्वाचनमा अधिकाधिक सहभागिता होस् भन्ने थियो । गृहमन्त्रीको हैसियतले निर्वाचनको वातावरण बनाउने काम मेरै थियो ।

निर्वाचनको मिति आयो । कांग्रेस, एमालेले भाग लिएनन् । माओवादीले बिथोल्ने धम्की दियो । तैपनि शान्ति सु–व्यवस्थामा खलल पुग्नेगरी ठूलो क्षति पु¥याउन सकेनन् । सबै तयारी सन्तोषजनक हुँदाहुँदै पनि मतदान सन्तोषजनक भएन । २२ प्रतिशतभन्दा कम मत खस्यो ।

निर्वाचनमा भएको न्यून मतदानबाट मन्त्रिपरिषद्लाई हौसला भएन । राजा त झन् बढी दुःखी भए । र, सक्रिय शासन छोट्टयाउने निधोमा राजा पुगिसकेको अनुभूति हामीले गर्‍यौं ।

गृहमन्त्रीको हैसियतले मैले राजाको मनस्थिति अझ प्रस्टसँग बुझ्ने मौका पाएको थिएँ । फागुन लाग्दा/नलाग्दै मन्त्रिपरिषद्को नेतृत्व कसैलाई सुम्पने सोच राजाको थियो । आन्दोलनरत दलहरूका नेता वा कुनै सर्वस्वीकार्य व्यक्तित्वको खोजी भइरहेको थियो ।

राजनीतिको फसल आजको भोलि नै पाक्दैन । परिस्थिति र तकाजा मिलाउँदा मिलाउँदै केही साता गुज्रिहाल्यो । प्रधानमन्त्रीबारे राजाको ‘बटमलाइन’ प्रस्ट थियो– २०४७ सालको संविधान पक्षधरबाटै हुनुपर्ने ।

यसबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल दोहोरो चाल चलिरहेका थिए । उनकै भरथेगमा सात दलले ‘निर्णायक आन्दोलन’ को तयारी गरिरहेका थिए । अर्कातिर उनी राजासँग संवाद गरेर ‘फास्ट ट्रयाक’ बाट सिंहदरबार आउन चाहन्थे । मैले बुझेसम्म हत्याहिंसाको राजनीतिमा चुर्लुम्म डुबेको माओवादीलाई सुनपानी छर्कन राजा तयार थिएनन् ।

राजाबाट उपयुक्त व्यक्तिको खोजी भइरहेका बेला सात दलले ‘निर्णायक आन्दोलन’ घोषणा गरिहाले । माओवादी प्रस्ताव राजाले बेवास्ता गरेपछि दाहालले दलहरूलाई आन्दोलनका लागि झन् दबाब दिइरहेका थिए । ‘तपाईंहरू झन्डा लिएर अघि बढ्नुस्, हामी काठमाडौंमा ५० हजार मानिस उतारिदिन्छौं,’ दाहालले पार्टीहरूलाई उक्साइरहेका थिए । यता सरकारले काठमाडौंका प्रवेश नाकाहरूमा सुरक्षा व्यवस्था कडा पार्न थालेको थियो ।

माओवादी आश्वासनका बावजुद सात दलले खुट्टा दह्रोगरी टेकेका थिएनन् । आन्दोलनको घोषणा गरेपछि पनि कांग्रेस एमालेका शीर्षनेता दुइटा डुंगामा खुट्टा राखिरहेकै थिए । दाहालको विश्वास एमालेमाथि कम र कांग्रेसप्रति ज्यादा देखिन्थ्यो । उनले बराबर गिरिजाप्रसाद कोइरालासँग माधव नेपाललाई विश्वास गर्न नसकिने भन्दै उनको दह्रो आश्वासन खोजिरहेका थिए । त्यसबीच पनि ‘सरकार मलाई सत्ता बक्स्योस्, आन्दोलन–सान्दोलन केही हुँदैन’ भनी राजालाई बिन्तीभाउ गर्ने एकजना ठूला नेता थिए । तिनै नेता अहिले ठूला गणतन्त्रवादी छन् ।

त्यत्तिकैमा सात दलको ब्यानरमा आन्दोलन सुरु भइहाल्यो । चैत तेस्रो साता सुरु भएको आन्दोलनलाई सरकारले खुला नै छाडिदियो । ‘दमन हुनुहुँदैन, रगतको एक छिटा पनि नजाओस्,’ चारवटै सुरक्षा निकाय प्रमुखलाई राखेर राजाबाट पटकपटक निर्देशन भएको थियो ।

आन्दोलनकारीलाई तर्साउने अभिप्रायले म पटकपटक कडा अभिव्यक्ति दिइरहन्थेँ । डाँकोले अत्ताउन खोजियो, तर कफ्र्यु तोड्दा पनि गोली चलाइएन । ‘कफ्र्यु त कफ्र्यु जस्तो हुनुपर्‍यो नि,’ आइजिपीहरू मसँग कहिलेकाहीँ गुनासो गर्थे । तैपनि केहीको दुःखद निधन भयो । मलाई सम्झना भएसम्म भीडमै गोली चलाउनुपरेको कलंकी र गोंगबुमा मात्र हो ।

आन्दोलन चर्किंदै जाँदा पनि प्रधानमन्त्रीको खोजी भने फलिभूत हुन सकेको थिएन । सरकार परिवर्तनको सम्भावनाले हाम्रो भूमिका साँघुरिदै गयो । राजदरबार प्रशासनको भूमिका फराकिलो बन्दै गयो ।

आन्दोलन चर्किंदै गएपछि मनमोहन सिंहको दूत बनेर कंग्रेस (आई) नेता करण सिंह नेपाल आउने भए दिल्लीबाट । उनी आउनुअघि नै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको थियो । त्यसका लागि कृष्णप्रसाद भट्टराई उपयुक्त व्यक्ति भएको राजाको ठहर थियो । वैशाख ४ गते भट्टराईले राजाको दर्शनभेट पनि गरे । उनले आफ्नो पार्टीसँग परामर्शका लागि २४ घन्टाको समय मागे । यसैबीच करणसिंह नेपाल आए । उनीसँगै विदेश सचिव श्यामशरण पनि ।

भट्टराईले सरकारको नेतृत्व लिन अस्वीकार गरे । सम्भवतः करण सिंहकै आग्रहमा राजालाई उनले एक्लै भेटे । मलाई स्पष्ट थाहा छैन, तर सायद उनले मनमोहन सिंहको लिखित सन्देश हस्तान्तरण गरे राजालाई । करण सिंहले एक्लै भेटेपछि हुनसक्छ श्याम शरणको ‘इगो’ मा पनि चोट पुग्यो ।

भारतको समेत समर्थनमा वैशाख ८ गते राजाको घोषणा भयो । राजाले सक्रियता त्यागेर दलहरूलाई राजनीतिक मैदान छाडिदिने प्रस्तावमा कांग्रेस, एमालेको पनि समर्थन लिइएको थियो । राजाबाट सात दललाई सरकार गठनको आग्रह गरियो । उक्त घोषणाको भारत, अमेरिका, युरोपियन युनियनले स्वागत गरे । कांग्रेस, एमालेलाई माओवादीले फेरि धम्क्यायो, ‘तिमीहरू राजाको कदमको समर्थन गर्छौ भने भोलिदेखिको आन्दोलन हामी एक्लै हाँक्छौं ।’ तर श्यामशरणले आफूलाई फरक रूपमा प्रस्तुत गरे तीन दिनपछि ।

सात दल आफ्नो बचनबाट पछि हटिहाले । आन्दोलनमा माओवादीको सहभागिता कति थियो भन्ने आंकडा उनीहरूलाई कन्ठै थियो । हामीलाई प्राप्त सूचनाअनुसार कांग्रेसको झन्डा बोकेर आन्दोलनमा ओर्लिनेमा अधिकांश माओवादी थिए ।

सुरक्षा निकायहरूले दिएको तथ्यांकअनुसार माओवादीले वरिपरिका जिल्लाबाट कम्तीमा २५ हजार कार्यकर्ता काठमाडौं छिराएको थियो । आन्दोलनकारीले देशव्यापी बन्द गरेका थिए । वरिपरिका जिल्लाबाट उनीहरू पैदलै काठमाडौं आएका थिए । मैले त्यस्तो आवागमन रोक्न प्रयत्न गरेको थिएँ । तर सुरक्षा निकायलाई दुई/तीनतिरबाट परिचालन गर्ने परिपाटीले हाम्रो प्रयास सफल भएन ।

‘गृह, सेना र राजदरबार सैनिक सचिवालयबाट फरक–फरक आदेश आउँछ,’ सुरक्षा अधिकारीहरू गुनासो गर्थे, ‘कुन मान्नु कुन नमान्नु, जागिरै जोगाउन गाह्रो प¥यो हजुर ।’

वैशाख ८ गतेको घोषणाले राजाले छाड्न लागेको स्पष्ट सन्देश दिइहाल्यो । आन्दोलनमा घीउ थपिदिएजस्तो भयो । दुईतिरै कुरा मिलाएर डिलमा बसेर च्याँखे थाप्नेहरूको प्रतीक्षा पनि सकियो । उनीहरू आन्दोलनकारी भए । भारतले पनि बोली फेर्‍यो । श्याम शरणले दिल्लीमा पत्रकार सम्मेलन गरे, ‘नेपाली जनताको निर्णय अन्तिम हुन्छ ।’

त्यसपछि ११ गते आयो । गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र राजाबीच दर्जनौंपटक घोषणाको खेस्रा आदानप्रदान भए । राजाको सक्रियताको अन्त्य, प्रतिनिधिसभा पुनस्र्थापनासँगै २०४७ सालको संविधानमा टेकेर अघि बढ्ने, अनि संविधानसभा निर्वाचन हुनेमा सहमति भयो ।

परिस्थिति प्रतिकूल हुँदै जाँदा सेनाका केही उच्च पदाधिकारीले समेत सुरक्षा समितिमा राजनीतिक समाधानको कुरा गर्न थाले । त्यसमा न राजाको विमति थियो, न हाम्रो, तर सेनाले बोली फेर्दा मैले कडा स्वरमा प्रतिवाद गरेँ, ‘यो हामीले बोल्ने भाषा हो, सेनाले हैन ।’ हुनसक्छ भारतले हतियार आपूर्ति बन्द गरेको र अमेरिकाले राष्ट्रसंघमा नेपाली सेनाको सहभागितामा व्यवधान आउने खालका धम्की दिएपछि नेपाली सेना आत्तियो । तर, सबै समयमा राजधर्म र कुलधर्मअनुरुप आफ्ना जनता मारिन नहुनेमा राजा ज्ञानेन्द्र सधैं दृढ रहिरहे ।

यी सबै पृष्ठभूमिमा वैशाख ११ को सहमति भएको र त्यसैअनुरुप कोइराला राजाद्वारा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रतिनिधिसभा घोषणापछिका दुई सातासम्म उनले प्रधानमन्त्रीका रूपमा राजालाई साप्ताहिक ब्रिफिङ गरिरहे ।

(आन्दोलनताका गृहमन्त्री रहेका थापासँग किरण भण्डारी र युवराज घिमिरेले गरेको कुराकानीमा आधारित)

हामीले माधवजीलाई प्रधानमन्त्री भन्यौं, श्यामशरणले गिरिजाप्रसाद - setopati

माओवादी सशस्त्र बिद्रोहलाई हतियारको बलले सखाप पार्ने नीति शाही नेपाली सेनाले कहिल्यै पनि लिएन। सेनाको परमसेनाधिपति राजा वीरेन्द्र र ज्ञानेन्द्रबाट बरोबर एउटै चिन्ता व्यक्त हुन्थ्यो, 'माओवादी पनि बाटो बिराएका नेपाली दाजुभाई नै हुन्, निशस्त्र गरेर सुधि्रने मौका दिनुपर्छ।' हामीले राजाको त्यहिँ सदिच्छा बुझेर काम गर्नै पर्थ्यो। 
 
'माओवादीलाई निशस्त्र गरेर मूलधारमा ल्याउने हाम्रो नीति हो,' आफ्नो प्रत्यक्ष शासनकालम पनि महाराजधिराज ज्ञानेन्द्रबाट मलाई पटक पटक निर्देशन बक्स हुन्थ्यो। 
 
लडाइद्द अवधिभर हामी 'डिफेन्सिभ' थियौं। आतङ्ककारीहरुलाई कब्जामा लिएर निशस्त्र गर्ने हेतुले सेनाले कारबाही भने गर्थ्यो। 
 
त्यही क्रममा माआवादीले रुकुमको खारामा रहेको सैनिक क्याम्पमा आक्रमण गर्‍यो। हामी प्रतिरक्षामा उत्रियौं। माओवादीतर्फ ठूलो क्षती भयो। 
 
'लडेर सकिन्न,' त्यसपछि माओवादीले नीति बदल्यो, 'दलहरुसँग मिलेर सत्ता कब्जा गर्ने।'
 
अब दल र माओवादी साँठगाँठ सुरु भयो।
 
त्यसअघि नै माओवादीलाई आतंककारी घोषणा गरेर कांग्रेस, एमालेले लगायत दलले हामीलाई परिचालन गरेका थिए। राजाले हामीलाई खटाएका हैनन्। 
 
प्रधानमन्त्री शेरबहादुर देउवा र कांगे्रस सभापति गिरिजाप्रसाद कोइरालाविचको मनमुटाव बढेको थियो। मओवादीले दलहरुलाई खेलाउने उपयुक्त मौका पायो। 
 
देउवाले संसद् विघटन गर्दिनुभयो। संविधानले उहाँलाई त्यो अधिकार दिएको थियो। उहाँको सिफारिश सुरुक्क अनुमोदन गर्नेबाहेक अर्को उपाय राजासँग थिएन। संविधानले राजाको हात बाँधेको थियो। 
 
तर १२ वर्षदेखि सत्ताको बागडोर हाँकिरहेका गिरिजाप्रसाद सहितका नेताहरुले राजाको त्यो बाध्यता नबुझेजस्तो गर्नुभयो। 
 
'खुच्चिङ्! देउवालाई उक्साएर राजाले प्रतिनिधि सभा विघटन गरे,' माओवादीले कांग्रेस, एमालेका नेतालाई फेरि उकास्यो, 'सेना लगाएर देउवाले निर्वाचनमा एकलौटी गर्छन्।'
 
देउवाले निर्वाचन गर्न सक्नुभएन। उहाँ निर्वाचन सार्ने तर्फ लाग्नुभयो। त्यसको  दोष पनि राजा र सेनाकै थाप्लामा पर्नेवाला थियो। 
 
हामीले नै भन्यौ, 'सुरक्षाको समस्या हुन्छ भने ५/६ चरणमा भएपनि निर्वाचन गरौं।' 
 
राजाको सदिच्छा पनि त्यहिँ थियो।
 
जे नहोस् भनेको त्यहिँ भयो। देउवाले १८ महिना चुनाव सार्न सिफारिश गर्नुभयो। 
 
राजालाई आपत पर्‍यो– प्रधानमन्त्रीले भनेको मान्नु कि संविधानको स्पिरिट समाउनु। 
 
संविधानले ६ महिना भन्दा बढि जनप्रतिनिधिविहिन अवस्थाको परिकल्पना गरेको थिएन। प्रतिनिधि सभा विघटन  सम्मको अधिकारले सु–सज्जित प्रधानमन्त्रीलाई पनि ६ महिना भन्दा बढि लम्बिने अधिकार दिएको थिएन। 
 
बरु देउवाले संवैधानिक संकट परेको भनेर राजिनामा दिएको भए जाती हुन्थ्यो। महाराजधिराज सरकारले उहाँलाई नै कामचलाउ सरकारको हैसियत प्रदान गरि बक्सन्थ्यो होला। एउटा बाध्यात्मक परिस्थितीमा राजाले असोज १८ को कदम चाल्नुपर्‍यो। 
 
...   
 
निर्वाचनको म्याण्डेट दिएर लोकेन्द्रबहादुर चन्द सरकारको गठन भयो। अहिलेको खिलराज रेग्मी सरकारमा जस्तै स्वतन्त्र व्यक्तिहरुलाई मन्त्री बनाइयो। 
 
सरकारले माओवादीसँग शान्ति वार्ता थाल्यो। स्थानीय निर्वाचनको तयारी भयो। 
 
तर माओवादीले वार्तालाई उपयोग मात्र गर्न खोजेको रहेछन्। राज्यलाई झुलाउने र शक्ति सञ्चय गर्ने अभिष्ट रहेछ। 
 
राजा सक्रिय भए भनेर माओवादीले दलहरुलाई झन् नजिक तानेर आफ्नो कित्ता बलियो बनाउँदै लगे।  
 
शान्ति स्थापना र निर्वाचनको म्याण्डेट यथावत थियो। सूर्यबहादुर थापा र फेरि देउवालाई मौका दिइयो। 
 
माओवादी वार्ताको नाटक गरि नै रहन्थ्यो। शक्ति सञ्चय गर्थ्यो। फेरि जंगल पस्थ्यो।
 
कुनै पनि सरकारले 'डेलिभरी' गर्न सकेन। 
 
'केही वर्षमा निर्वाचन गराएर छाड्छु,' महाराजधिराज सरकार आफैले अठोट लिइवक्स्यो, 'त्यसपछि दलहरुलाई सत्ता हस्तान्तरण।'
 
अर्को बाध्यात्मक कदम चाल्नुपर्‍यो – माघ १९, २०६१। 
 
...
 
दलहरुलाई राजा सदाका लागि सक्रिय हुन खोजेको भन्ने भान पर्‍यो। कांग्रेस र सबै कम्युनिष्टहरुलाई माओवादीले आफ्नो एजेण्डामा राजी गरायो– संविधान सभा र गणतन्त्र। 
कांग्रेस, एमाले द्विविधामै थिए। 
 
भारत, अमेरिकाले उनीहरुलाई राजाविरुद्व उक्सायो। माओवादीले दिल्लीमा बसेर दलहरुसँग सहमतिको पृष्ठभूमि बनाइसकेको थियो। 
 
सात दल र माओवादीले दिल्लीमा १२ बुँदे सहमतिमा ल्याप्चे लगाए।
 
यही सहमति अनुसार आन्दोलन सुरु भयो, २०६२ चैतमा।
 
दलहरुले शान्तिपूर्ण आन्दोलन गर्ने भने। तर उनीहरुकै आग्रहमा माओवादीले वुटवल, तौलिहवा, चौतारा लगायत आक्रमण गर्‍यो।
 
'माओवादी आक्रमण रोक्न सक्छु,' गिरिजाप्रसादले दर्शनभेट मागिरहनुभएको थियो।   
 
...
 
'आन्दोलनमा एक छिटा रगत पनि वग्नुहुँदैन,' हामी (सबै सुरक्षा प्रमुख)लाई डाकेर महाराजधिराजबाट हुकुम भयो, 'हामीलाई नेपाली जनताको रगतको सट्टामा प्राप्त हुने सत्ता चाहिएको छैन।'  
 
काठमाडौंमा आन्दोलनका लागि दशौं हजार माओवादी कार्यकर्ता उपत्यका छिरेका थिए। केहि हजार लडाकु हतियार सहित छिरेका छन् भन्ने रिपोर्ट पनि थियो।
 
उनीहरुले जस्तोसुकै वितण्डा पनि मच्चाउन सक्थे। आन्दोलनमा घुसेर त्यहिँभित्र नरसंहार गरिदेलान् भन्ने भय हामीलाई थियो। त्यसले आन्दोलनकारीलाई भड्काउन सक्थ्यो। 
 
सेना कुनै खालको रक्षात्मक अपरेसन गर्न चाहन्थ्यो। 
 
परमाधिपतिको नाताले राजालाई मैले नै सबै रिपोर्ट गरेँ। युनिफाइड कमान्डको अवधारणा अनुसार सेनाले नै जनपद/सशस्त्र प्रहरीको पनि नेतृत्व लिएको थियो। 
 
'पृथ्वीनारायण शाहको पालादेखिको सेना हो, जनताको संपत्ति हो,' राजाबाट हुकुम भयो, 'नो अपरेसन, वान्ली डिफेन्स।'
 
आन्दोलन चर्किदै गएपछि हामीले कफर्यु लगाउने नीति लियौं। 'आत्मसुरक्षाका लागि बाहेक गोली नै नहान्नु, कसैको पनि ज्यान जानु हुँदैन,' हामीलाई पटक पटक निर्देशन आइरहन्थ्यो। राष्ट्रप्रमुख, सरकारप्रमुख,
 
सेनाको परमाधिपति सबै राजा। हामीले निर्देशन पालना गर्‍यौ।
 
'म्यागजिन एक राउण्ड ब्लायङ्क राख्नु, वार्निङ सट गर्नु,' म अर्डर पास गरिरहेको हुन्थे, 'कुनै पनि हालतमा भीडमा फायर नगर्नु।'
 
आन्दोलनप्रति सरकारको रवैया ज्यादै नरम भयो भनेर फिल्डमा खटिएका सुरक्षा अधिकृतहरु खिन्न थिए। 
 
'सरकारले माओवादीलाई आतङ्कककारी घोषणा गरेको छ,' तलबाट गुनासो आउँथ्यो, 'उनीहरु हतियार नै लिएर ब्यारेक कब्जा गर्न आए पनि केहि पनि नगरि बस्ने।'
 
तैपनि आत्मरक्षाको लागि केहि ठाउँमा गोली चलाउनै पर्ने स्थिती आयो। केहि नेपालीको ज्यान गयो। दुखद घटना भयो। 
...
 
आन्दोलनमा उल्लेखनिय जनसहभागिता देखियो। नेपाली जनताको चाहना विपरित चल्ने चरित्र नेपाली राजसंस्थाको होइन।
 
महाराजधिराजले 'जनताको नासोको रुपमा लिएको' सत्ता फिर्ता गर्ने निर्णय लिइबक्सियो। त्यत्तिकै छाडेर भएन, कसैलाई बुझाउनुपर्‍यो। 
 
सबैलाई स्विकार्य व्यत्तित्वको खोजी भयो। त्यो पनि आन्दोलनकारी दलभित्रैबाट।  
 
कृष्णप्रसाद भट्टराईसँग कुराकानी भयो। पार्टी निर्णयबिना सत्तारोहण गर्न उहाँ तयार हुनुभएन। हामीले माधव नेपाललाई प्रधानमन्त्री बनाउने कुरा पनि सँगसँगै चलाइरहेकै थियौं।  
 
त्यत्तिकैमा भारतीय प्रधानमन्त्रीको सन्देश लिएर करण सिंह आए। उनीसँग विदेश सचिव श्यामशरण पनि आए। 
 
सिंहले राजा र सबै दलका नेतालाई भेटे। 
 
'इण्डिया स्टिल्स स्ट्याण्ड अन टु पिलर पोलिसी अफ कन्स्टीच्युसनल मोनार्की एन्ड पार्लियामेन्ट्री डेमोक्रेसी,' मलाई भेट्न आएका शरणले भने। 
 
भारत गिरिजाप्रसाद कोइरालालाई नै सत्ता हस्तान्तरण होस् भन्ने चाहन्थ्यो। आन्दोलनको नेतृत्व कोइरालाले नै गरिरहनुभएको थियो। 
 
ठिकै छ। 
 
कोइरालालाई प्रधानमन्त्री बनाउन अभिप्रायले महाराजधिराजबाट ८ गतेको घोषणा भयो। आन्दोलनरत दलहरुसँगको समझदारीमै त्यो घोषणा भएको थियो। 
 
राजाको घोषणा आइसकेपछि कोइरालाले दोधार गर्नुभयो। माओवादीले घोषणा नमान्न दबाब दिइरहेको रहेछ। 
 
अर्कोतिर भारतले बोली फेर्‍यो। दिल्ली पुगेर शरणले भने, 'नेपाली जनताले जे चान्छन् त्यहिँ हुनुपर्छ।' 
 
हाम्रा दलहरुले संकेत पाइहाले। अलमलिएका नेता र पार्टी झन् ठूलो आन्दोलनकारी भएर निस्के। 
 
त्यसपछि पनि दरबारले कोइराला र दलहरुलाई मनाउन कोशिस गरिरह्यो। 
...
 
'प्रतिनिधि सभा पुनर्स्थापना बेगर मान्दैनौ,' आन्दोलनकारीको बटम लाइन फेरियो। 
 
पुनर्स्थापना पनि शाही घोषणाबाट नै हुने हो। राजालाई कुनै अप्ठेरो थिएन।
 
'सर्वदलीय सरकारका प्रधानमन्त्रीले सिफारिश गर्ने, सरकारबाट सर्वोच्चको राय लिने र पुनर्स्थापना गर्‍यो भने विधी पुग्छ,' कानुत्र्चीहरुले राजालाई सुझाएका थिए। 
 
राजाबाट सत्ता छाड्ने घोषणा भइसकेपछि 'लौ गयो, लौ ढल्यो' भन्ने भयो। ९ गतेदेखि सडकमा ओर्लिने आन्दोलनकारीको संख्या झन् बढ्यो। 
 
आन्दोलन लम्बियो भने नियन्त्रणबाहिर जाला भन्ने डर भयो। कतै ठूलो रक्तपात त हुँदैन? 
 
त्यहीबीच माधव नेपालले फोन गर्नुभयो। चक्रपथ र भित्रका पनि केहि मूल सडकमा कफर्यु तोड्न दिन आग्रह गर्नुभयो। 
 
त्यसै पनि हामीले लगाउने कफर्यु नाम मात्रको थियो। रेडियो, टिभीमा सूचना दिएर अत्यायो। फिल्डमा नाराजुलुस, आन्दोलन, हिँडडुल सबै छुट। 
 
'हामी सफ्ट नै छौ,' मैले नेपाललाई भने, 'यहाँहरु पनि संयमित हुनुपर्ला।'
 
आन्दोलन दलहरुको नियन्त्रणमा पनि थिएन।
 
'हेर्नोस् न चिफ साप, हामी त बाघमाथि चढेका जस्तो भएका छौं,' माधवजीले आफ्नो बाध्यता व्यक्त गर्नुभयो, 'न ओर्लनु न चढिरहनु।'
 
ठूलो अनिष्टको संकेत देखिँदै थियो। 'अनाहकमा नेपाली ज्यान गुमाउलान्,' महारजाधिराज सरकारलाई पनि पिरलो थियो। 
 
'सरकारबाट हस्तान्तरणकै सोच बनाइबक्सेपछि दलहरुले मागे अनुसार नै प्रतिनिधि सभा पनि बक्सिए हुन्न र,' मैले जाहेरी गरे। 
 
वैशाख १० गतेदेखि नै दलहरुलाई मान्य हुने ड्राफ्टको प्रक्रिया सुरु भयो। राजदरबार प्रशासनका अधिकारीहरुले त्यो काम गरे। राजा र दलहरुबिच एउटा समझदारी वन्यो। 
 
महाराजाधिरजबाट प्रतिनिधिसभा पुनर्स्थापना भयो।
 
वैशाख ११ गते शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गरियो। 
...   
 
शाहवंश र नेपाली सेनाको परम्परा नै हो जनइच्छा अनुसार चल्ने। नेपाली जनतालाई  दमन नगर्ने। 
 
'कोहि पनि जनता नमरुन,' २०४६ सालको आन्दोलनमा पनि राजा वीरेन्द्रबाट हुकुम भएको कुरा हामीले सुनेका थियौं।
 
दुईटा आन्दोलनको तुलना गर्ने हो भने २०६२/६३ मा अति कम वल प्रयोग भयो। मैले भन्नुपर्दैन तथ्यहरु नै बोल्छन्।
 
२०४६ को आन्दोलन तीन दिन उत्कर्षम थियो। पछिल्लो १९ दिन। उतीबेला आन्दोलन लगभग काठमाडौं केन्दि्त थियो। यो देशव्यापी। 
 
२०४६ मा ७१/७२ जाना मरिएका थिए, १९ दिने आन्दोलनमा २० जना। 
 
गिरिजाप्रसाद पटक पटक राजकाजको अनुभव पाएको व्यक्ति नै हो। उहाँले नसुहाउने काम गर्नुभयो, 'जनपद, सशस्त्र प्रहरी र गुप्तचरका प्रमुखको जागिर खोस्नुभयो।'
 
युनिफाइड कमाण्डको नेतृत्व सेनाले गर्थ्यो। सेनाको नेतृत्व मैले। सरकारले अनाहकमा प्रहरीलााई बलीको बोको बनाएर बहादुरी देखाउन खोज्यो। 
 
जनआन्दोलनका नेता कोइरालासँग नेलसन मण्डेला बन्ने अवसर थियो– सबैलाई समेट्ने। सबैको नेता बन्ने। 
 
उहाँले त्यो बाटो रोज्नु चाहनुभएन।
 
'गिरिजाप्रसाद' बन्न नै रुचाउनुभयो।  
...
 
प्रतिनिधि सभा पुनर्स्थापना गर्दाको संझौता थिया, 'लोकतन्त्र र अधिकारबिहिन राजतन्त्र।' महाराजधिराजले संझौता पालना गरेर पुनर्स्थापनाको घोषणा गरिवक्स्यो। 
 
त्यसकै आधारमा सर्वदलिय सरकार बन्यो। सत्ता हातमा आइसकेपछि दलहरुको मति बिग्रियो। उनहिरु आफ्नो बचनबाट पछि हटे। 
 
माओवादीलाई बुँई चढाएर राजाको विरुद्व मात्र केन्द्रित भए। द्वन्द्वरत पक्षलाई निशस्त्र गरेर मात्र शाति प्रक्रियामा प्रवेश गर्नुपर्ने तथ्यको समेत नजरअन्दाज भयो। 
 
सरकारको कब्जामा माओवादीका एक हजार भन्दा बढि वन्दी थिए। माओवादीसँग हतियार लिएर मात्र ती वन्दी मुक्त गर्नुपर्थ्यो। 
 
गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता मुद्दामा मात्र दलहरुको आशक्ति देखियो। जबकी त्यस्ता अति महत्वपूर्ण विषमयमा जनताको अभिमत बुझेर मात्र छिनोफानो हुनुपर्थ्यो। जनमत संग्रह हुनुपर्थ्यो। 
 
यी सबै विषयमा राजाको सदिच्छाले पुनर्स्थापित प्रतिनिधिसभाले नै निर्णय लियो। 
 
जन्म दिने बाबुआमा काट्न पाइन्छ? दलहरुको निर्णय त्यस्तै भएन र?
 
राजालाई प्रक्रिया चित्त बुझेको थिएन। तैपनि राजाले क्रोध गरेको देखिएन। शाहवंशको परम्परा नै त्यही हो। 
 
संसारको कुनै मुलुकको इतिहासमा राजाले यति शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गरेको दृष्टान्त बिरलै होला! 
 
यत्रो ऐतिहासिक परिवर्तन भयो। गणतन्त्र आयो। 
 
तर नेपाली जनताले के पाए?    
 
(तत्कालिन प्रधान सेनापति थापासँग किरण भण्डारी र युवराज घिमिरेले गरेको कुराकानीमा आधारित)
तस्बिरः प्रकाश लामा

Wednesday, April 24, 2013

हिसिलाले प्रचण्डलाई औंल्याउँदै भनिन्, यिनीहरुले सिध्याउने भए - setopati

तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ गतेको कदम चाले । यसअघि माओवादीविरुद्ध पुरै शक्ति नखर्चेको सेनाले साँच्चिकै लडाइँको मनस्थिति बनायो । माओवादीलाई बम वर्षा गर्न थाल्यो । माओवादीको सातो गयो । लडाइँबाट पार लागिँदैन भन्ने निष्कर्ष प्रचण्ड–बाबुरामले निकालेको खबर मैले पाएँ ।

राजा नै सरकार प्रमुख भइसकेपछि पनि सेनाले माओवादी नेताहरूलाई नै सखाप पार्नेगरी आक्रमण भने गरेको थिएन । लडाइँमा खटिएका सेनालाई तीनतिरबाट आक्रमण गर्नू, एकातिर छाडिदिनू भन्ने निर्देशन हुने गर्थ्यो । माओवादी नेताहरू भागून र बाँचून भन्ने अभिप्रायले ।

माओवादीका ठूला नेता भारतका विभिन्न सहरका सेल्टरबाट ‘जनयुद्ध’ सञ्चालन गर्थे । राजाले पेलेको मौका भएकाले एमाले, कांग्रेससहित दल र माओवादीको सहकार्यका लागि वातावरण बन्दै गइरहेको थियो ।

‘राजतन्त्र अन्त्य गर्ने मौका यही हो,’ मैले अठोट गरेँ । त्यसका लागि सबभन्दा पहिला माओवादीलाई विश्वासमा लिनु थियो ।

माओवादी नेताहरूलाई भेट्न भारतका विभिन्न सहर गएँ– दिल्ली, लखनउ, पटना, गोरखपुर आदि । पार्टीका कुनै न कुनै विश्वासिला नेतालाई साथै लगेको हुन्थेँ । प्रत्येक भेटबारे कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई जानकारी गराउँथे ।

यसैक्रममा गोरखपुरमा एउटा महत्वपूर्ण भेट भयो, २०६२ साउनमा । प्रचण्ड–बाबुरामसँगको त्यो भेटमा हिसिला यमि पनि सँगै हुनुहुन्थ्यो ।

दल र माओवादीका साझा एजेण्डा के हुन सक्छ ? भन्ने विषयमा घनिभूत छलफल भयो । प्रचण्ड मसँग बिदा भएर बाथरुमतिर लागे । मैले बाबुराम दम्पतीसँग बिदा मागे ।

निन्याउरो मुख लगाएर झोक्र्याइरहेकी हिसिलाको बोली बल्ल फुट्यो, ‘माधवजी माओवादी नेताहरूले (जनयुद्धबाट) हामी सबलाई मराउने भए ।’

‘त्यस्तो हुँदैन,’ मैले सान्त्वना दिएँ, ‘तपाईंहरू सुरक्षित नै हुनुहुन्छ ।’

हिसिलाले मानिनन् । बाथरुमतिर (प्रचण्डलाई) देखाउँदै हिसिला चिच्याइन्, ‘यिनीहरूको जनयुद्ध कहिँ पार लाग्ने हैन, हामीलाई सिध्याउने भए । बचाउनुहोस् ।’

हिसिला चुप लागिन् । बाबुराम मेचमा टुसुक्क बसिरहेकै छन् । कोठामा सन्नाटा छायो । मैले फेरि बिदा मागेँ । हिसिलाले बिदा दिइन् । बाबुराम जुरुक्क उठेर म भएतिर आए । हात च्याप्प समाए ।

‘माधवजी ! तपाईंले जसरी भए पनि पहल गरिदिनु पर्‍यो,’ बाबुरामले अनुरोध गरे ।

‘तपाईंहरूलाई शान्ति प्रक्रियामा ल्याउनकै लागि त म बरोबर आइरहेको छु,’ मैले सान्त्वना दिए ।

‘तपाईंले गिरिजाप्रसाद र राजासँग कुरा गर्दिनुपर्‍यो,’ बाबुरामले याचना गरे, ‘हाम्रा माग वार्ताबाटै समाधान गर्नुपर्यो ।’

माओवादीको खुट्टी देखिहालेँ । माओवादीले उठाएका जायज माग वार्ताबाटै समाधान गर्न सकिन्छ भन्नेमा विश्वस्त भएर फर्कें । मुलुकमा नेपाली–नेपालीबीचको रक्तपात अन्त्य हुने भयो भनी हर्षित भएँ ।

‘माओवादी गलेका रहेछन्,’ नेपाल फर्किने बित्तिकै गिरिजाबाबुसँग कुरा गरेँ । उहाँले पनि आफ्नो सूत्रबाट माओवादीसँग कुरा गरिररहनु भएकै थियो ।
...

फर्केको केही दिनमा राजा ज्ञानेन्द्रसँग नागार्जुन दरबारमा भेट गरेँ । माओवादीकै विषयमा धेरै कुराकानी भयो ।

‘माओवादीलाई निशस्त्र गरेर शान्तिमार्गमा ल्याउनुपर्छ,’ राजाले आफ्नो लाइनबारे मलाई जानकारी दिए ।

मौका यही हो भनेर मैले गोरखपुर भेटबारे बताएँ । हाम्रो कुराकानी झन्डै तीन घन्टा लामो भयो ।

मैले माओवादी डराएका छन्, वार्ता सुरु गरिहालौं भने । मेरो कुरा सुनेर राजा झन् हौसिएछन् । ‘माओवादी तह लगाउने बेला यही हो,’ ज्ञानेन्द्रलाइ कुबुद्धि चढेछ ।

माओवादी पिल्सिएका रहेछन् । ‘दल र माओवादीलाई एकैचोटी पेल्न सकिन्छ,’ ज्ञानेन्द्रलाई लागेछ ।

जति गर्दा पनि राजा नसुध्रने भए । अब सदाका लागि समस्या समाधान गर्नुपर्यो । मलाई लाग्यो, लोकतन्त्रलाई जोखिममुक्त बनाउनुपर्‍यो । एमालेले राजाबारे नीति लियो, ‘संघर्ष र निषेध’ । अर्थात् गणतन्त्रको लाइन ।

माओवादीसँग समझदारीको सम्भावना बढ्दै गर्दा नै एमालेले सभाहरू राख्न थाल्यो । राजाको सक्रियताविरुद्ध मंसिर ५ गते बुटवलमा सभा भयो ।

दिल्लीबाट दुई/चार दिनका लागि नेपाल आएर मैले भनेँ, ‘अव राजाबिरुद्ध आन्दोलनको सुनामी आउँछ ।’ अमेरिकी राजदूत जेम्स् एफ मोरियार्टीले मलाई फोन गरे । ‘पिपुल आर स्टिल विथ पोलिटिकल पार्टी,’ उनले भने ।

‘कम टु बुटवल । क्लाइम अप द हाइ रेज बिल्डिङ एन्ड लुक,’ मैले जवाफ दिएँ, ‘एन्ड सि दि पिपुल विथ पोलिटिकल पार्टी ।’

१२ बुँदे समझदारीको अन्तिम तयारी गर्नु थियो । म फेरि दिल्ली गएँ । वर्तमान भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि मोरियार्टीजस्तै प्रश्न गरे ।
...


बाह्रबुँदेको मस्यौदा सुरु भयो । पटकपटक दिल्ली ओहोर दोहोर गर्नुपर्‍यो । कांग्रेस गणतन्त्रमा जान हच्किरहेको थियो ।

कांग्रेसको एघारौं महाधिवेशनको उद्घाटन समारोहको मञ्च मैले प्रयोग गरेँ । ‘संवैधानिक राजतन्त्रको २००७ सालको नीति त्याग्नुस्, एमाले जस्तै गणतन्त्रमा आउनुस्,’ कांग्रेसका नेता–कार्यकर्तालाई अनुरोध गरेँ । मेरो प्रस्तावमा तालीको गड्गडाहट आयो ।

कांग्रेसले स्विकार्ने कुरा थिएन । गिरिजाबाबुले मञ्चबाटै उत्तर दिनुभयो, ‘हामीलाई उकास्ने तत्वहरूदेखि सावधान होऊ ।’

राजाविरुद्ध आन्दोलनमा उत्रिएका धेरै दलको हविगत त्यस्तै थियो । सद्भावनाले जनकपुरमा एउटा आमसभा राख्यो । हामीलाई निम्तो आयो । गणतन्त्रको प्रचारको हेतुले म आफै गएँ ।

‘राजाविरुद्ध संघर्षरत सबै दल गणतन्त्रमा जानुको विकल्प छैन,’ मैले जनकपुरवासीको पनि ताली खाएँ ।

कांग्रेसजस्तै सद्भावना नेताहरूले पनि मेरो प्रस्ताव पचाएनन् । हृदयेश त्रिपाठीले जवाफ दिए, ‘एमाले हामीलाई उकास्दैछ ।’

राजाविरुद्ध सडक संघर्ष गरिरहे पनि धेरै दल र नेतालाई ज्ञानेन्द्रबाटै केही ‘निगाह’ हुन्छ भन्ने आस थियो ।

यहीबीच मेरो प्रचण्डसँग बरोबर टेलिफोन सम्पर्क भइरहन्थ्यो । उनी ‘अपडेट’ थिए । एकता केन्द्रका महासचिव नारायणकाजी श्रेष्ठले माओवादी र दलहरूको मोर्चा बनाउने काममा भूमिका खेलिरहेकै थिए ।

अन्ततः गिरिजाबाबुले पनि आँट गर्नुभयो । सबै दल एकमत भएपछि शेरबहादुर देउवा पनि बाध्य हुनुभयो । प्रचण्डसँग अन्तिम सहमति गर्न गिरिजाबाबु दिल्ली पुग्नुभयो । अन्ततः १२ बुँदे समझदारी भयो । ‘सात दलले आन्दोलन गर्ने,’ सात दल–माओवादीबिच कार्यगत सहमति बन्यो, ‘माओवादीले सहयोग गर्ने ।’ आन्दोलनको सफलताको दह्रो जग त्यही हो ।

बाह्रबुँदे थलोमा मैले नै माओवादीलाई भने– अब कुनै फौजी हड्ताल नगर्नुस्, हाम्रा कार्यकर्तालाई आन्दोलनमा सरिक हुनबाट अवरुद्ध नगर्नुस्, सक्नुहुन्छ आन्दोलनमा जाओ भन्दिनुस् ।

हामी काठमाडौं फर्केर आन्दोलनको तयारीमा लाग्य‌ैां । एमालेले मुलुकका विभिन्न सहरमा विशाल आमसभा गरी राजतन्त्र अन्त्यको घोषणा गर्‍यो ।

तर, मलाई जानकारी नदिई गिरिजाबाबुले प्रचण्डसँग एउटा मद्दत माग्नुभयो भन्ने सुनियो– थानकोट आक्रमण गरेर आन्दोलनको वातावरण बनाइदिनुपर्‍यो । पछि प्रचण्डले मैसँग भन्नुभयो । अनाहकमा प्रहरीले ज्यान गुमाए । मैले गिरिजाबाबु र प्रचण्डसँग सख्त विरोध गरेँ ।
...


सात पार्टी र माओवादीले चैतको दोस्रो सातादेखि ‘निर्णायक आन्दोलन’को निर्णय लिइसकेका थिए । बाह्रबुँदेले एमाले, कांग्रेसका कार्यकर्ताले गाउँगाउँमा निर्धक्क राजनीतिक गतिविधि गर्न पाए ।

आन्दोलनको ज्वारभाटा उठिसकेको थियो । मलाई गिरफ्तार गरेर सरकारले ककनी पुर्‍यायो । राजाको शासनबाट वाक्कदिक्क जनता शान्ति र समृद्धि चाहन्थे । त्यसका लागि जनता आन्दोलनमा होमिए । मलाई ६ गते रिहा गर्‍यो । त्यसपछि म पुरापुर आन्दोलनकारी भएँ ।

के–के भयो त त्यसपछि ?

वैशाख ६ गते
भारतीय प्रधानमन्त्रीका दूत बनेर करणसिंह नेपाल आएका थिए । उनले अमृत बोहरालाई भेटे । ‘गिरिजाप्रसाद बेबी किङका पक्षमा हुनुहुन्छ, एमालेको धारणा के हो ?’ सिंहले सोधेछन् ।

अमृत कमरेडले मेरो राय जान्न खोज्नुभयो । ‘वी डन्ट लाइक टु सी एनी टाइप अफ मोनार्की,’ मैले प्रष्ट जवाफ दिए, ‘नो, नो, नो...।’

वैशाख ८ गते
देशभरि आन्दोलनको आँधीबेरी नै आयो । काठमाडौं उपत्यकामा मात्र लाखौं जनता सडकमा उत्रिए । कर्फ्यू तोड्दै पूर्ण लोकतन्त्रको माग गरे ।

राजा गलेछन्– आन्दोलनरत सात दललाई सरकार निर्माणका आह्वान गरे ।

ज्यान हत्केलामा राखेर लाखौं जनता यसै सडकमा उत्रिएका थिएनन् । एमालेले त्यो घोषणा नस्विकार्ने धारणा सार्वजनिक गर्‍यो ।

घन्टौंसम्म गिरिजाबाबु र शेरबहादुरजीको पार्टीको धारणा आएन । गिरिजाबाबुलाई सम्पर्क गरेँ । उहाँले प्रष्ट धारणा राख्नुभएन । मैले कुरा बुझिहालेँ, ‘गिरिजाबाबु लम्पसार परिसक्नुभएको रहेछ ।’

‘शेरबहादुरले के भन्छन्, एकपटक बुझ्नुस् न,’ उहाँले भन्नुभयो ।

शेरबहादुर त पग्लिसकेका रहेछन् । उल्टो मलाई कन्भिन्स गर्न खोजे, ‘ब्रिटिसहरूले यो त ठूलो उपलब्धि हो, पछि बिस्तारबिस्तार राजा हटिहाल्छन् नि भने।’

यत्रो आन्दोलन गरेर फेरि राजाले दिएको प्रधानमन्त्री खाने ? यत्रो आन्दोलन बीचमा तुहाइदिने ? देउवाले आन्दोलन रोक्ने पक्षमा मसँग पैरवी गरे, ‘जनता मार्ने ? मेस्याकर गर्ने ? ब्लड सेड गराउने ?’

‘घुँडा टेक्ने ? समर्पण गर्ने ?’ म पनि कड्किएँ ।

मैले आफ्नै पार्टी र आन्दोलनका अरु सहयात्री दलहरूसँग छलफल गरेँ । गिरिजाबाबु र शेरबहादुरजीहरूलाई आफ्नो निर्णय सुनाएँ, ‘तपाईंहरूले जे गरे पनि एमालेले आन्दोलनको मैदान छाड्दैन । एक्लै भए पनि आन्दोलन अगाडि लगिन्छ ।’

त्यही दिन साँझ भारत, अमेरिका, बेलायत र नर्वेका राजदूतले मलाई फोन गरे । राजाको आह्वान स्वीकार गरिदिन उनीहरूले अनुरोध गरे । मैले एमालेको ‘पोजिसन’ प्रष्ट पारिदिएँ ।

एमालेले मैदान नछाड्ने स्पष्ट सन्देश राजदूतहरूबाट पनि दुवै कांग्रेसले पाइसकेका थिए । तैपनि उहाँहरूले आफ्नो धारणा प्रष्ट पार्नुभएन । दुवै कांग्रेसले न राजाको कदमको समर्थन गरे, न विरोध ।

वैशाख ९ गते
आठ गतेको घोषणाको अर्थ थियो– राजाले आन्दोलनकारीसमक्ष घुँडा टेके । आन्दोलनकारीको संख्या झन् बढी हुने निश्चित थियो । गिरिजाबाबुले मलाई उहाँको निवास डाक्नुभयो । त्यसअघि नै देउवा कांग्रेसका नेता प्रदीप गिरीले मलाई फोन गरिसक्नुभएको थियो ।

‘गिरिजाबाबु र शेरबहादुरको खुट्टा लगलगी कामिसकेको छ,’ गिरीले टेलिफोनमा आग्रह गर्नुभयो, ‘तपार्इं अडान लिनुस्, नत्र आन्दोलन त्यत्तिकै तुहिने भयो।'

म महाराजगन्ज पुगेँ । सात दलका नेताहरू जम्मा हुने क्रम चलिरहेको थियो । राजाको घोषणाले गर्दा धेरै दल र नेता दुविधाग्रस्त । महाराजगन्ज निवासलाई घेरेर बसेको ‘मास’ उत्तेजित थियो ।

नेताहरूले फेरि ‘राजालाई सर पर्ने घोषणा’ शिरोपर गर्लान् भनी जनमानस सावधानी गराइरहेको थियो । अप्रिय स्थिति उत्पन्न हुन नदिन मैले सम्बोधन गर्नुपर्ने भयो । मैले भने, ‘आन्दोलन अघि बढ्छ । कुनै सझौता हुँदैन । आन्दोलन अघि बढ्छ ।’ मेरो आश्वासनले ‘मास’ शान्त भयो ।

सडकभरि त्यो दिन झन् उर्लेको भेलले अरु दललाई पनि दबाब परेको थियो ।

गिरिजाबाबुले फेरि मेरो धारणा सोध्नुभयो । ‘सम्झौताको कुनै गुञ्जायस छैन,’ सबै दलका नेताको अगाडि मेरो धारणा राखिदिएँ, ‘नो, नो, नो...’।

वैशाख १० गते
काठमाडौं उपत्यकाको आन्दोलनको आयतन सुरक्षा निकाय र हामीले चिताएभन्दा ठूलो हुँदै गएको थियो । सरकारले कर्फ्यू लगायो तर आन्दोलनकारीलाई कुनै पर्वाह भएन ।

‘कर्फ्यू तोड्दै अघि बढ्दै,’ आन्दोलनकारीको दिनचर्या यही थियो । सुरुका दिनमा चाबहिल, गोगंबु, कलंकीमा कफ्र्यू तोडेर अघि बढेका आन्दोलनकारी सहरभित्र पनि पसिसके । कर्फ्यू तोड्नमा माओवादी कार्यकर्ताको पनि उल्लेख्य योगदान थियो । तर उनीहरुले पछि दाबी गरेजस्तो हज्जारौं कार्यकर्ता ओरालेका हैनन् ।

कर्फ्यू तोड्दा २०४६ सालमा आन्दोलनकारीले अनाहकमा ज्यान गुमाउनुपरेको सम्झना आयो । कतै अनिष्ट त हुँदैन ? डर पनि लाग्यो । अनि सेना, प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई पालैपालो फोन गरे ।

‘तिम्रो राजाले १-२ दिनमा फेरि घुँडा टेक्दैछन्,’ मैले भनेँ ।

‘आन्दोलनकारीमाथि कुनै बल प्रयोग गर्ने भूल नगर्नू । रिङरोड, कलंकी–कालीमाटी–माइतीघर–कोटेश्वरको कर्फ्यू तोड्ने पूर्व जानकारी उनीहरुलाई दिएँ ।
‘राजदरबार, सिंहदरबारको सुरक्षा गर्नुस्,’ मैले भनेँ, ‘बाँकी ठाउँमा संयमित हुनू, कुनै बल प्रयोग नगर्नू ।’

‘हामी बल प्रयोगको पक्षमा छैनौं,’ प्रधानसेनापति प्यारजंग थापाले जवाफ दिए, ‘फिल्डमा खटिने नेताहरुलाई पनि संयमित हुन भनिदिनुपर्ला ।’

आन्दोलनताका सेनाले हाम्रो समन्वयमै काम गरिरहेको थियो ।
सशस्त्र प्रहरी प्रमुख सहवीर थापाले भने अलि बाङ्गो कुरा गरे, ‘हामी त सिपाही हौं, जे आदेश हुन्छ त्यही पालना गर्ने हो ।’

उनको जवाफ मलाई अजीव लाग्यो । चिनजानकै मानिस हुन् । ककनीमा म थुनामा रहँदा पनि खानपानको राम्रै प्रबन्ध गरिदिएका थिए । अहिले फेरिएछन्। ‘पख्लास् आन्दोलन त सफल होस्, स्वाद चाख्लास्,’ मैले मनमनै सोचेँ ।

फेरि सचेत गराएँ, ‘राजा धेरैदिन टिक्नेवाला छैनन नि ।’ तर उनले नियमकानुनको कुरा झिके ।

आन्दोलन सफल भएपछि मैले नै गृहमन्त्री कृष्ण सिटौलालाई उनलाई खोस्न भनेँ । म सँग गुनासो गर्न आएका थिए । ‘आन्दोलनमा के भनेका थियौ, अब केही गर्न सकिन्न,’ मैले उनलाई कुनै सहयोग गर्न नसक्ने बताएर फर्काइदिएँ ।

आन्दोलनमा आशातीत सहभागिता भयो । मेरो प्रयास फलिभूत पनि भयो । तुलनात्मक रूपमा असाध्यै कम जनधनको क्षति भयो । साँझ राजाको सन्देश लिएर संयुक्त राष्ट्रसंघका प्रतिनिधि म्याथु कहाने मलाई भेट्न आए । ‘ह्वाई नट टल्क टु द किङ,’ उनी राजाको दूत बनेर आएका रहेछन् ।

मैले कूटनीतिक जवाफ दिएँ, ‘आई थिङ्क कोटेश्वर इज नियरर टु द प्यालेस द्यान पुल्चोक अर न्यूयोर्क ।’ आठ गतेको घोषणाको पक्षमा वकालत गर्दै उनले मलाई ‘कन्भिन्स’ गर्ने प्रयास गरे ।

मैले अब प्रष्ट बोल्नै पर्यो, ‘किङ्ग नोज मी बेटर द्यान यू डु । एनिवन फ्रम प्यालेस क्यान कम टु मी इन्स्टेड अफ एनी आउटसाइडर ।’

सायद कहाने मन दुखाएर फर्के । उनले दरबारमा मेरो सन्देश पुर्‍याएछन् । राति पशुपतिभक्त महर्जनले टेलिफोन गरेर भेट्ने समय मागे ।

वैशाख ११ गते  
राजा अब आन्दोलनलाई थेग्न नसक्ने हालतमा पुगिसकेका थिए । बिहानै हाम्रो स्थायी समिति बैठक थियो, बल्खुमा । राजका प्रमुख सचिव पशुपतिभक्तलाई मैले भरतमोहन अधिकारीको कलंकी डेरामा डाकेको थिएँ ।

बैठक सकेर म कलंकी गएँ । पशुपतिभक्त आइसकेका रहेछन् । ‘कुरा गरेर एउटा समझदारीमा पुग्नुपर्‍यो हजुर,’ उनले भने ।

‘टोटल सोभरनिटी,’ मैले आफ्नो बटमलाइन बताइदिएँ । पशुपतिभक्तले कुरा बुझिहाले । राजाबाट फेरि घोषणा हुने जानकारी दिए । एमालेका तर्फबाट बुँदाहरु माग गरे । मैले दिएँ । उनले बोकेर गए ।

उनी गिरिजाबाबु र शेरबहादुरकहाँ पनि पुगेछन् ।

हामीले लेखेको घोषणा राजाले हु–बुह पढ्ने भए । गिरिजाबाबुकहाँ सबै पार्टीका २-३ जना बसियो । तीनवटा मस्यौदा तयार गरियो । ती खेस्रालाई एकीकृत, केरमेट, थपघट गरियो । फाइनल मस्यौदा तयार गरेर पशुपतिभक्त हस्ते राजाकहाँ पठाइदियौं ।

दलहरुले बनाएको मस्यौदामा दरबारले दुई वाक्य थप्न अनुमति माग्यो, ‘प्यारा देशवासी । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।’  
...


यसरी आन्दोलन सकियो । माओवादी जनयुद्धबाट अलग्याएरमात्र यसको ब्याख्या अपूरो हुन्छ ।

माओवादीले बहुदलीय व्यवस्थाप्रति आक्रमण गरेर सशस्त्र आन्दोलन सुरु गरेको थियो । ऊ २०४७ सालको संविधानको खिलाफमा थियो । बहुदलीय व्यवस्था स्वीकार्य थिएन । हामी २०४७ सालको संविधानको पक्षमा । त्यही मान्यता अनुरुप एमालेले राजालाई समेत स्विकारेको थियो । राजतन्त्रसँग ‘संघर्ष, एकता र रुपान्तरणको’ सम्बन्ध थियो हाम्रो ।

माओवादीले आन्दोलन सुरु गर्दा यो आकारसम्म आइपुग्छ भन्ने अनुमान स्वयं प्रचण्डलाई समेत थिएन । राज्यको कमजोरी र शक्ति केन्द्रहरूको स्वार्थले माओवादी आजको स्वरूपमा आइपुग्न सफल भएको हो ।

त्यसको एउटा प्रमुख कारण माओवादीजस्तै राजा वीरेन्द्र र ज्ञानेन्द्रले पनि बहुदलीय व्यवस्थालाई पचाउन नसक्नु हो । भारतले पनि माओवादीलाई प्रयोग गरेर उसको अप्राकृतिक बढाइमा सघाउ पुर्‍याएको हामीलाई थाहा छ ।

जनयुद्धका क्रममा माओवादीले ठूला आक्रमण गर्न थाल्यो । ०५७-५८ सालमा जिल्ला सदरमुकाम नै आक्रमण भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सेना परिचालन गर्न खोज्नुभयो । दरबारले मानेन । अड्को थाप्यो । सेना परिचालनको निर्णयमा सरकार पनि दह्रो भएन । कांग्रेस त्यत्तिकै अलमलियो । माओवादीले आफ्नो गतिविधि लगभग निर्बाध नै चलाउन पायो ।

माओवादीको बढ्दो क्रियाकलापले समाजको शान्ति सुव्यवस्था बिथोलिएको थियो । सर्वसाधारण द्धन्द्धको मारमा परेका थिए । उनीहरूलाई यसबाट छुटकारा दिलाउन मैले माओवादी अध्यक्ष प्रचण्डसँग वार्ता सुरु गरिसकेको थिएँ ।

‘हामीलाई त कल्पनै नगरेको सफलता मिलिरहेको छ,’ प्रचण्ड भन्थे, ‘हामीले जति आक्रमण गरे पनि सेना नै परिचालन हुँदैन ।’
...


दरबार हत्या काण्डपछि कमजोर भइसकेको राजसिंहासनमा राजा ज्ञानेन्द्र बसे । राज्यारोहण गरेदेखि नै ज्ञानेन्द्रमा शासन गर्ने महत्वकांक्षा देखियो । उनले शेरबहादुर देउवाको सरकार अपदस्थ गरेर असोज १८ को कदम चालिहाले ।

२०४७ सालको संविधानले किटिदिएको संवैधानिक सीमाभित्र बस्न ज्ञानेन्द्र मञ्जुर थिएनन् । हामीले उक्त कदमको तत्कालै विरोध गरिहाल्नुपथ्यो । आन्दोलन सुरु गरिहाल्नुपथ्र्यो । विभिन्न कारणले त्यो हुन सकेन । एमाले र कांग्रेस नै अलमलिए ।

म ज्ञानेन्द्रको त्यो प्रतिगामी कदमको सख्त विरोधी थिएँ । तर स्थायी समितिबाट तत्काल निर्णय गराउन सकिएन । केही साथीहरूलाई राजाले बनाउने सरकारमा उपप्रधानमन्त्री खाने रहर थियो ।

राजाको घोषणाबारे मैले गिरिजाप्रसाद कोइरालासँग कुरा गरे । उहाँले पनि मलाई आफ्नै पार्टीका साथीहरूले जस्तै निरास बनाइदिनुभयो, ‘दुई/चार दिन हेरौं न ।’ सूर्यबहादुर थापा, पशुपतिशमशेर राणाहरूबाट विरोधको अपेक्षा गर्ने कुरा पनि भएन ।

राजाको कदम गैरसंवैधानिक भएको घाम झै छर्लङ्ग हुँदा पनि एमाले र कांग्रेसका नेताले पनि दाउ हेरेजस्तो गरे । राजाको निगाहबाटै सही आफूले प्रधानमन्त्री-उपप्रधानमन्त्री पाए चुप लाग्ने, नपाए मात्र विरोधमा उत्रने ।

पार्टीको निर्णय हुनुअघि नै मैले राजाको कदम असंवैधनिक र प्रतिगामी भनेर अभिव्यक्ति दिन थालिसकेको थिएँ । सम्भावित विरोधलाई भुत्ते पार्न दरबार मन्त्री-प्रधानमन्त्रीको प्रस्ताव बाँड्दै हिँडिरहेको थियो ।

‘हजुर प्रधानमन्त्री बन्दिनुपर्यो,’ प्रधानसेनापति प्यारजंग थापाको सन्देशवाहक बनेर वीरेन्द्रबहादुर बस्नेतले भने । एमाले केन्द्रीय सदस्य गोकर्ण बिष्टको साथ लागेर बस्नेत मेरो घर आइपुगेका थिए ।

‘हुन्न,’ मैले प्रष्ट जवाफ दिएँ, ‘राजाको कदम नै असंवैधानिक छ ।’ शेरबहादुरको पजनी गर्दा राजाले निर्वाचन गराउन नसकेको र भ्रष्टाचार व्याप्त भएको आरोप लगाएका थिए । ‘स्वच्छ छवि’ को प्रधानमन्त्रीको खोजीको नाटक जारी नै राखिएको थियो ।

राजाको कदमको समीक्षाभन्दा पनि स्वच्छ छविको मन्त्रिपरिषद्को प्रधानमन्त्री वा मन्त्री बन्ने ध्याउन्नले प्रमुख पार्टीहरूले बाटो बिराइसकेका थिए । एमालेले निर्णय नै गरेर असोज १८ को विरोध गर्‍यो।

‘राजाले यहाँलाई प्रधानमन्त्री दिने निधो गर्नुभएको छ,’ सैनिक सचिव विवेक शाहको सन्देश लिएर दुमन थापा र डिल्लीराज खनाल आए । मैले स्विकार्ने कुरै थिएन ।

तैपनि दरबारले मेरो पिछा छाडेको होइन । संवाद सचिवले पठाएको भनेर पत्रकार पुष्करलाल श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ आए । उनीहरूले पनि सरकारको नेतृत्व लिइदिनुपर्‍यो भनेर खुरुन्धार गरे ।

‘प्रस्तावका लागि धन्यवाद, तर मलाई राजाको पोल्टाको प्रधानमन्त्री हुनु छैन,’ मैले उनीहरूलाई हात जोडेर बिदा गरेँ ।

अन्ततः राजाले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीमा ल्याए । त्यसपछि दलहरूले राजाकोबिरुद्ध आन्दोलन थाल्यो । एमालेले पनि राजतन्त्रसँगको सम्बन्ध पुनर्परिभाषित गर्‍यो– संघर्ष र रुपान्तरण । राजालाई सुधार्न मात्र सकिन्थ्यो, मिलेर सँगै काम गर्ने सम्भावना ज्ञानेन्द्रले समाप्त गरिसकेका थिए।

(अमित ढकाल र किरण भण्डारीसँगको कुराकानीमा आधारित)
तस्बिर- प्रकाश लामा/सेतोपाटी

ह्याण्डसम हुनु पनि अपराध : केटी पट्टाउने डरले सरकारले गर्यो देशनिकाला - onlinekhabar

विभिन्न अपराध गरेको आरोपमा वा कानून उल्लंघन गरेको आरोपमा विभिन्न देशबाट विदेशी नागरिकलाई देश निकाला गरिएको त सुनिएकै हो । तर हुँदाहुँदा सुन्दर हुनु पनि अपराधमै दरिएको छ र साउदी अरेबियामा तिनजना विदेशी युवाले बढि ह्याण्डसम भएको आरोपमा साउदी अरेबियाबाट देशनिकाला सहनुपरेको छ ।
handsome_man_5
साउदी पत्रिका इलाफका अनुसार युएइका ति तिनजना युवा बढि सुन्दर भएकोले उनीहरुप्रति स्थानीय महिलाहरु आकषिर्त हुने डरले उनीहरुलाई साउदीको धार्मिक प्रहरीले घर फर्काएको हो ।
समाचार अनुसार रियादमा आइतबार आयोजित एक सांस्कृतिक समारोहका अवसरमा संयुक्त अरब इमिरेट्स बाट पाहुनाको रुपमा आएका तिनजना लक्का जवान तन्नेरीलाई धार्मिक प्रहरीले अकस्मात त्यहाँबाट निकाला गरी घर फर्काएको हो ।
ती युवाहरुलाई समारोह स्थलमा बस्न दिइएको भए उनीहरुप्रति स्थानीय महिलाहरु आकषिर्त हुने र लहसिने डरमा उनीहरुलाई आयोजकले प्रहरी लगाएर बाहिर पठाएको बताइएको छ । समारोहस्थलबाट बाहिर निकालिएपछि उनीहरुलाई तत्काल युएइ फिर्ता पठाइएको थियो ।

Tuesday, April 23, 2013

गूगलको अध्ययन: मृत्यु पछि ईमेल के गर्ने - souryadaily

अमेरिका । विश्व प्रसिद्ध सफ्वेर कम्पनी गूगलले प्रयोगकर्ता व्यक्तिको मृत्यु पछि उस्ले प्रयोग गर्दै आएका ईमेल र फेसबुकको स्ट्याटस तथा सामाग्रीहरुलाई के गर्ने भनेर अध्ययन सुरु गरेको छ ।
बीबीसीका अनुसार सफ्टवेयर कंपनी गूगलले ईमेल र फेसबुक चलाउने प्रयोगकर्ताको मृत्यु पछि डाटाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन सुरु गरेको जनाएको छ ।
गूगलले डाटालाई नजिकका सम्बन्धित व्यक्ति दिने वा गोप्य राखेर डिलीट गर्ने विषयमा समेत अध्ययन सुरु गरेको जनाएको छ । यद्यपि गूगलले अझै ठोस निर्णय भने लिएको छैन ।
सफ्टवेयर कंपनी गूगलले अब आफ्ना प्रयोगकर्तालाई योजनाका बारेमा जानकारी गराएर मृत्यु पछि के गर्ने भनि जानकारी माग्ने छ । ईमेल र फेसबुकका सन्देशहरु प्रयोगकर्ताको रोजाईमा आफन्त वा डिलीट गर्ने प्रावधान राखिने छ ।
गूगलले मृत्यु पछि मात्रै नभई मृत्यु अघि पनि आफूलाई ईमेल र फेसबुक चलाउन मन नलागे त्यसलाई केही समय रोक्ने गरेर पनि प्रावधान राख्ने तयारी गरेको बीबीसीले जनाएको छ । गूगलले सबै प्रावधानहरु अहिले आफूसँग मात्रै सीमित राखेको छ ।
विश्वभरि इंटरनेट प्रयोगकर्ताले यस विषयमा चिन्ता जनाई रहेका बेला गूगलको सो भनाई सार्वजनिक भएको छ ।
गूगलको मुख्यालय अमेरिकाको कैलीफोनिर्यामा छ । कंपनी यू ट्यूब, फोटो सम्पादित गर्ने वाला सफ्टवेयर पिकासा तथा ब्लॉगस्पॉटलाई पनि चलाउने गर्छ ।
गूगलले प्रयोगकर्ताले आफ्ना सूचना तीन, छ, नौ या १२ महिना पछि डिलीट गर्न सक्ने छन् । यो उनीहरुमा भर पर्ने छ । यस विषयमा ईमेल, फोन वा एसएमएसबाट पनि कुराकानी गरिने छ ।
गूगलका साथै फेसबुकले पनि प्रयोगकर्ताको मृत्यु पछि सो खातामा रहेका सामाग्री यादगार बनाउने विषयमा पनि सोंच बनाएको छ ।

खगेन्द्र दाजु नमर्नूस् प्लिज - nagariknews

राजेन्द्र थापा— गत शनिबारको 'अक्षर'मा खगेन्द्र संग्रौला दाजुले मेरा 'खेलौना' खेल्दा पड्केर हो वा हजारौं हजार पाठकले पढिदिएर, पैसा बर्सियो भनेर हो कि आफू मरेको घोषणा गरेकाले म मर्माहत छु। करिब ३८ वर्षअघि यौटा उपन्यास लेखेर लेख्न छाडे पनि अहिले खेलौना लेखेर खगेन्द्र दाजुलाई आत्महत्या गर्न विवश बनाएछु मैले। दाजु मर्ने थाहा भए, यस्तो जिनिस किन लेख्थें र!
दाजु नमर्नूस्। तपाईं मर्नुभयो भने पत्रकारितामुखी साहित्य एक्लै कसरी बाँच्ने? साहित्यमा पत्रकारिता : पत्रकारितामा साहित्यको अविष्कारक दाजुहरूकै कारण साहित्यिक सृजना बन्न पुगेका छन्- लीलामय कफी गफ, लोकल कुखरा खा' गफ, पसल्नीसित मोबाइल साटिया, कविहरूले रक्सी खा', भुटन चाख्या, घरको बिरालो मर्या , श्रीमतीले अमेरिकाबाट फोन गरेर के तरकारी खानु भो भनेर सोध्या गफ, छोरी सुत्केरी भा' गफहरू।
चार-पाँच वर्षअघि दाजुले मलाई फोनमा भन्नुभएको थियो। बिहानै देवेन्द्रराज पाण्डेजी, दाजुका घरमा हतारहतार आउनुभएछ र भन्नुभएछ, 'आजको अखबार पढ्नुभो? अर्को खगेन्द्र संग्रौला जन्म्यो।' सन्दर्भ राजेन्द्रको लेखको थियो। त्यही स्मरण गरेर दाजुले राजेन्द्र जन्मेपछि खगेन्द्र मर्योर त भन्नु भा'को हैन?
गतांक पढ्दा दाजुका मनका पीडा यो मनुवाको सानु बुद्धिले पक्रयो। प्रकाशकले अग्रिम दिएका चार लाखका कुरा गोप्य नराखेर दाजुलाई पीडा दिएछु, माफ पाऊँ। झन् प्रकाशकले २५ प्रतिशतका दरले चैत १५ सम्मको आठ हजार प्रतिको पाँच लाख २० हजार रोयल्टीको हिसाबकिताब बुझाएको त दाजुलाई भन्दै-भन्दिनँ। हाम्रा किताब एनजिओले छाप्दैनन्। हामीलाई कुनै दल या नेताले पनि पक्षमा लेख लेख्न खुसुक्क 'चपु' दिँदैनन्। अनि 'खेलौना' लेख्नुपरेको हो, दाजुलाई मार्न हैन। न त पत्रिकामार्फत् साहित्यकार बनेकाहरूको चित्त दुखाउनै हो।
बुद्धिजीवीबाट आलोचित भए पनि आमजनता खोजीखोजी पढिरहेका छन् भनेर पुस्तक साहुहरूले भनेका कुरा दाजुकै लेख छापिएको दिनका साप्ताहिकमा पनि छापिएको छ। वास्तवमा यी आमजनता र बुद्धिजीवी को हुन्? बुद्धिजीवी भनेको सायद दाजु, समालोचना र बुक रिभ्युको फरकमै अलमल हरि अधिकारी, अनमोलमणि, रामेश्वर बोहरा र तिनका चेला चपेटा हुन् कि बाँकी लाखौं सचेत-शिक्षित मान्छे, जसलाई आममान्छे भनियो! आममान्छेको अर्थ अशिक्षित, गरिब, दुर्गम क्षेत्रमा बस्ने किसानहरू मानिने हो भने दाजु, तिनीहरू किताबै किन्दैनन्। किताब अर्थात् 'खेलौना' किन्ने ती दस-बाह्र हजार के आममान्छे?
अखबारमा प्रवेश नपाउने प्राडाहरू, शिक्षकहरू, बैंकरहरू, पत्रकारहरू, उद्योगपतिहरू, साहित्यकारहरू, कर्मचारीहरू, डाक्टर, इन्जिनियरहरू, न्यायाधीस र वकिलहरू, राजनीतिक नेता र कार्यकर्ताहरू तथा कलेज युनिभर्सिटीका विद्यार्थीहरूबाट नियमित तारिफ पाउँछु। के आममान्छे भनेका तिनै हुन्? प्रत्यक्ष कल या मेसेज दिनेमा करिब ७० प्रतिशत महिला छन्। हरेकले भन्छन्, 'पुस्तकको नारी आवाजका लागि धन्यवाद।' धेरैले भन्छन्, 'किताब पढ्दा आफूलाई भेटेको र सँगसँगै रोएको पहिलोपटक हो।' के त्यस्तो हुन्छ यौनकथामा?
पुरुष पाठक महिलाको आवाज सायद सुन्दैनन्। तर भन्छन्, 'आफूलाई कतै न कतै इन्द्रको मनोवृतिभित्र पाएँ।' परशु घिमिरेका एक बैंकर मित्रले यो पढेपछि 'पुरुष भएकोमा आफूलाई घिन लाग्न थालेको छ' भनेछन्। ती बैंकरले देखेका कुरा जुन दिन खगेन्द्र दाजुले देख्नुहुनेछ त्यस बेला यो आत्महत्या रोक्नुहुनेछ। तर दाजुका बाहुनवादी, पुरुषवादी, वामपन्थी तथा स्वमहानत्वका चस्माका कारण यो देख्न बु‰न सक्नुहुनेछैन। जब आफूबाहेक अरू सब सानो लाग्छ, तब अरूका गहिराइभित्र पस्न सक्दैन मान्छे। दाजुको समाधान आत्महत्या हैन, आत्मपरिचय हो, अरूलाई हीन ठानेर बहुलाजस्तो झम्टिन छाड्नु हो। आफ्नो मनको खगेन्द्र बुद्धिलाई फेला पार्नु हो। दाजुको उदात्त ज्ञान, निडर लेखन, कलमको नियन्त्रणले दाजुभित्रको सरस्वती-शक्ति स्पष्ट झल्काउँछ। तर राजनीतिक रूपले छोपेको बुझ्छु, म दाजुको साहित्यिक कायालाई। साहित्यिकत्व र राजनीतिकत्व दुवैलाई एकै थालमा मिसाएर खानु भएकाले पेट खराब भएको हो।
पत्रकारी साहित्यमा थिम चाहिन्न। तर साहित्यमा थिम हुने हुँदा साहित्यक चेत भएकाले थिमलाई केन्द्र बनाएर पात्र र घटनाको चक्कर हेरेरमात्रै मूल्यांकन गर्नुपर्छ। दाजुले हरि (अधिकारी) पथमा झैं थिमै नबुझी कभर हेरेर बोलेको सुहाउँदैन। खेलौनाको थिम के हो? थाहा पाउनुभयो त? खेलौनाको थिम यस्तो छ- 'पुरुष नामक मनुवाका गिदीमा महिला योनी नामक जिनिस भएकैले पाँचहजार वर्षदेखि नारीमाथि शोषण हेतु पुराण शास्त्र सामाजिक रितीरिवाज बनाइएका हुन्। यसै कारण आधुनिक युगमा पनि नारीमाथि दानवीय व्यवहार भइरहेकै छ। तर अबका नारी सहँदैनन्। त्यसैले स्मिताले बोलेर विद्रोह देखाइन्।'
स्मिताले नबोले पनि त हुन्थ्यो। किन बोलिन्? उपन्यासको अधार स्मिताको यौन र प्रेम कथा हैन, त्यही विद्रोह हो यसको आधार, चेत भया! मनुवाको गिदीका त्यही जिनिसका बदमासी प्रमाणित गर्न स्मिताका प्रेम र सेक्स एडभेन्चर घरको फर्मा रूपमा उपयोग गरिएका मात्र हुन्। मूल पात्र स्मिता हैन, पुरुष गिदीको प्रतीक इन्द्र हो। स्मिता र इन्द्रलगायत एघार पुरुष पात्र र सात महिला पात्रहरूबाट पुरुष गिदीकै चिरफार गरिएको छ, परिस्थिति अलगअलग भए पनि। स्मिताका पाँच परिच्छेद झिके पनि उपन्यास बन्छ, इन्द्र्र झिके थिम प्रमाणित हुन्न। उपन्यास बन्दैन। यो बुझ्ने साहित्यकार अझै छन्। दादाजी (कमलमणि) ले धेरै वर्षपछि सायद पूरा पढेको यही पुस्तक होला। 'स्मिता पात्र केही पनि हैन, इन्द्र गजबको पात्र बनाउनुभयो' भन्दै दादाजीले इन्द्रका अन्तर्द्वन्द्वबारे गहन प्रतिक्रिया दिनुभयो। सायद खेलौना बुझेका र रुचाएका कारण कमलमणि सर आममान्छे या 'नबुद्धिजीवी' मा पर्नुहुन्छ होला! त्रिविमा पनि सायद साहित्य बुझ्ने नभएरै होला, एमएडको नेपाली विभागले नारीवादी उपन्यास खेलौनाको लैंगिक विभेद सम्बन्धमा र भाषा शैली इत्यादि दुई विषयमा थेसिस तोकेको छ। अब तिनलाई पनि ठोक्नुस्।
आन्द्राको क्यान्सरको शल्यक्रिया गर्दा पेट चिरेर प्वाल बनाइन्छ, आन्द्रा काटिन्छ, रगत बग्छ, छेक्ने अंगहरूलाई पन्छाइन्छ। साहित्यमा पनि त्यही गरिन्छ, जुन गरिन्न पत्रकारी साहित्यमा। हो, यस उपन्यासमा पनि यौन विषयकै शल्यक्रिया गर्दा ती यौनका कुराहरू सबै झिकिएका, चिरिएका, पन्छाइएका र रगत बगाइएका हुन्। शल्यक्रियामा झैं अन्तिममा सिइएर काम सकाइएकै छ। स्मिताकै यौन विषयक अन्तर्वार्तालाई नै कथा बनाइएपछि के भजनका कुराहरू लेखूँ? भोगिनीका कथामा भोगका कुरा हुन्छन्, कुनै दिन जोगिनीका कथा लेखें भने शतप्रतिशत जोग (योग) कै कुरा खोतल्नेछु। उपन्यास यसरी नै बनिन्छ। पशु बधशालामा काटमार नै हुन्छ, पाठशालामा पढाइ अनि गौशालामा गाई र गोबर।
दाजु, यो थिममा लेखिएका कथा नीलो चोली र आगोजस्ता यौन कथा बन्नै सक्दैनन्। महिलाका लागि पहिलो र अन्यका अनुभव एकदम अलगअलग हुने हुँदा स्मिताका पाँच घटनाका बयान एकदम महिलाकै दृष्टिकोणबाट चित्रित गरिएका छन्। त्यसैले पहिलो ओरलवाला मित्रसँगको १८ वर्षे पात्रालाई विस्तृत आनन्दमयी खोजमुखी बनाइएको छ भने त्यो अनुभवपछिको तर पहिलो प्रत्यक्ष संसर्गमा हरेक महिलालाई झैं आनन्दविहीन, पीडादायी, उत्सुक्तापूर्ण सानु कथा बयान गरिएको कलात्मकताको अर्थ बु‰नूस्। स्मिताका मूल प्रेमी पुष्पका हकमा त झन् सेक्सको बयानै छैन। यौन कथामा त यसरी सेक्सलाई महिलाको आँखाबाट मनोवैज्ञानिक प्रस्तुति गरिन्न। पुरुषका आँखाबाट हरेक घटनालाई उत्तेजनाको हदसम्म पुर्या इन्छ। यो गूढ तत्व बुझे काम लाग्ला। यौनमा लेखेर पैसा कमायो भन्नेहरूलाई सुझाव छ, यौनका कथा यसरी बिक्दैनन्। न त यत्रो फराकिलो पाठकवर्गलाई यसले हल्लाउन सक्छ। यौनका मनोविज्ञान लेख्न भने धेरै गाह्रो हुन्छ। वैज्ञानिक तथा मनोवैज्ञानिक अनुसन्धान गर्नुपर्छ। पत्रकारी साहित्यमा जे खकारे पनि जे डकारे पनि सम्पादकले सकार्ने र भोलिपल्टै छापिने हुनाले अध्ययनको चलन नहोला। झन् पछि त्यसैका संकलन निकालेर साहित्यिक कृति नामधारण गर्न पनि सजिलो। एकपटक विमल निभाजीले भनेका थिए, 'आज लेखेको भोलि नै छापिएन भने कस्तो नराम्रो लाग्छ।' पत्रकारी साहित्य र साहित्यमा फरक यही हो। साहित्यमा त सोच्न, लेख्न र छाप्न तथा बिक्न र पढ्न पनि सबैमा समय लाग्छ, मेहनत र अध्ययन चाहिन्छ।
साहित्यलाई दाजुहरूले गर्नुभएको परिभाषामा दाजुहरू रमाएरै बस्दा फरक केही पर्दैन। तर आजभोलि साहित्यको परिभाषा जनता स्वयंले आफैं बनाउँछन्, पुस्तक आफैं छानेर। तपाईं मरे मर्नूस्, तपार्इंका चेलाहरू पनि मरे मरून्, कृतिमा अनेक खोट लाउनूस्; तर जनता आफैं न्यायाधीस हुन्, आफैं फैसला गर्छन्। साहित्य कुन हो कुन हैन? तपार्इंहरूले आममान्छे भने पनि, स्वाद खराब भएका भने पनि, द्यौता तपाईंहरू हैन, तिनै हुन्। तपाईंहरूका आत्मरत्तिभन्दा परै छन्, ती आमपाठक भनी तपार्इंहरूले होच्याएकाहरू। श्लील-अश्लीलको परिभाषा, साहित्यको परिभाषा या आख्यानको एरिस्टोटलीय या शास्त्रीय मान्यता अब एकेडेमिकल बिरालो बँधाईबाट मुक्त भइसक्यो। सेक्स कथामा सेक्सको बयान खेलौनामा भन्दा अझ बढी स्पष्ट गरिएको भए पनि त्यो अश्लीलता हुन्न, अत्यावश्यक हुन्छ, आजको परिभाषामा। आज कथा बोलचालको भाषामा लेखिने हुँदा बयान पनि त्यही भाषामा हुन्छ। एक करोड किताब बेचेर निजी जेट चढ्ने पायलो कोयलोको 'इलेभेन मिनेट' पढ्नूस्। संसर्गको अवधि ११ मिनेट भन्ने थिम भएकाले कहानी यसैमा चक्कर खुवाइएको छ। पत्रकारी साहित्यकारहरूले विदेशी आख्यान पढे भने थिम, भाषाशैली प्रस्तुतिमा निखार आउँछ। बुक रिभ्यु लेख्न पनि ज्ञान आउँछ। सानु कुवाभन्दा बाहिर ठूलो संसार हुन्छ साहित्यको। किनभने साहित्य अब एक देशमा मात्रै बाँधिन्न।

दाजु, यसरी व्यक्तिका बारेमा लेख्नु मेरो नैतिकताभन्दा बाहिर भएकोमा माफ पाऊँ। तर दाजुले व्यक्तिमाथि नै प्रहार गर्नुभएकोले आत्मरक्षा गर्नु मेरो प्राकृतिक धर्म हो। दाजु पुस्तकका बारेमा जे लेख्न पनि स्वतन्त्र हुनुहुन्छ। तर लेखकका बारेमा हैन। मान्छे कालो भनेर डा. रामदयालजीका विरुद्ध लेख्ने हरिपथमा दाजुजस्ता अति आदरणीय व्यक्तित्व नहिँडेको भए यसरी लेख्दा म ग्लानिमय हुने थिइनँ।

अर्काको भनाइको अर्थै नबुझी प्याच्च बोल्नुभएका सिके लालजीका उक्साहटमा वैरागी दाजुको कुलपतित्वको र जगदीश दाजुको मदन पुरस्कारको रिस गरेको देखिने गरी क्रमशः सचिव र सेक्सन अफिसर तोक्नुभयो। किताबलाई बम पड्काए पनि पाइयो, तर भूमिका लेखक या विचार अभिव्यक्त गर्नेलाई स्पर्श पनि गर्नुहुन्न। झन् सम्बन्धै नभएका अभिदाजुलाई नायव सुब्वा र गोविन्दजीलाई खरिदार पद दिएको देख्दा दाजुका अस्तित्वलाई खेलौनाको ख्यातिले पीडा दिएको गलत सन्देश गयो। पियनबाहेक अरू सबै पद बाँडेर सकिएपछि अनि तपार्इंलाई पनि अरूले पद दिन चाहे भने कुन पद दिने?

दाजु अन्तमा विन्ती छ नमर्नूस्। बरु खगेन्द्र पथका पत्रकारी साहित्यकार हरि, अनमोल र रामेश्वरलगायत अरू बीस-पच्चीस जनाका खुसीको लागि मै मर्दिन्छु, खेलौनालाई पनि जलाइदिन्छु। द्रौपदी नामक अर्को त्योभन्दा बढी विवादास्पद कसैको जीवनकथामा लेख्दै गरेको उपन्यास पनि आजैबाट लेख्न बन्द गर्छु। तर तपाईंहरू नमर्नूस्। अखबारका केही पाता कसरी भर्ने चार हजार शब्दहरूको ओभरलोडबाट, समस्या पर्छ पत्रिकाका ब्युरो चिफहरूलाई।

तर समस्या छ दाजु, हामी जो मरे पनि खेलौना मर्दैन। झन्झन् डढेलोझैं आममान्छेका मनमस्तिष्कमा सल्किँदै जान्छ। र, एक दिन पुरुष गिदीको योनीमै आगो लगाइने छ। किनभने खेलौना किताब हैन, नारीलाई 'यौन खेलौना' ठान्ने पुरुषवादविरुद्धको संगठित आवाज हो। गोमा ब्राह्मणीको बाल शोषणविरुद्ध बोल्नेसँग तपाईं जत्ति रिसाए पनि अब बाल बलात्कारीका लिंग काट्ने बेला आउँदैछ दाजु। तपाइंलाई अखबारी गालीगलौजमै छाडेर आममान्छेको संसारमा पुगिसक्यो समाज। आपलोग करें तो लीला, हम करें तो केरेक्टर ढिला? गलत दाजु गलत!

यो पनि पढ्नुस्-

मर्न देऊ, पोर्नोग्राफी बचाऊ

खगेन्द्र संग्रौला— म मृत लेखक बिहान आँखा मिच्दै र हाई काड्दै उठे"। यसो हेर्छु त पि"डीको टेबुलमा एउटा लिखित कागत छ। कागतको शिरमा 'प्रतिक्रिया' लेखिएको छ। म झस्के"। चालु अधोमुखी राजनीतिमा अर्काका वचनमाथि प्रतिक्रिया मात्र गर्ने प्रतिक्रियावादीहरूको बिगबिगी छ। अहो † मेरो टेबुलमा रातिबीच कुन प्रतिक्रियावादी आइलागेछ? तर बुझ्न खोज्दा कुराको भित्री तत्व अर्कै रहेछ। त्यो त जगदीश घिमिरेद्वारा 'क्रान्तिकारी' संज्ञाले विभूषित 'खेलौना'का सृष्टिकर्ता राजेन्द्र थापाको प्रतिक्रिया पो रहेछ।
प्रतिक्रिया शिरदेखि पुछारसम्म सर्सरी पढेँ। राजेन्द्र थापाले आफ्नो अनुपम प्रतिभा, आफ्नो अद्वितीय कृति, आफ्नो सहस्र प्रशंसा र आफ्नो प्रिय पोर्नोग्राफीको सौन्दर्यशास्त्रमा प्रकाश पारेका रहेछन्। झर्झराउँदो प्रकाशले मेरा आँखा तिरिमिरी भए। डर लाग्यो, म मृतकले यी जीवितको प्रतिक्रियामाथि के प्रतिक्रिया गर्नु? तै पनि निम्नस्तरीय थाङ्ने गनगन छाडेर उच्चस्तरीय थाङ्ने गनगनबारे म एकाध प्रतिक्रिया गर्छु। यो प्रतिक्रिया लेख्दा जानअन्जान राजेन्द्र थापाको पोर्नोग्राफी पथ पछ्याउन खोज्ने प्रतिभाहरूलाई म सम्भि्करहेछु।
अचेल एकथरी भुइँफुट्टा लेखक र कतिपय रातारात मालामाल हुन खोज्ने द्रव्यपिचाशी प्रकाशक पाठकगणलाई ठग्ने धन्दामा लिट्टी कसेर लागिपरेका छन्। ती गोप्य दूलोमा खुसुखुसु चोचोमोचो गर्छन्। अनि जाली कथा रच्छन्। जाली कथामा प्रकाशकले लेखकलाई अग्रिम तीन-चार लाख रुपिया" दिन्छ। यो तीन-चार लाखको हल्लाले पाठकगणलाई दिग्भ्रमित तुल्याउँछ। पहिल्यै तीन-चार लाखको थैलो पाउने कृति कस्तो होला? त्यसबाट त अमृतरसको वर्षा पो होला कि? भ्रान्तिकारी सम्मोहनबाट वशीभूत पाठक खाई नखाई चोट्टा अन्तरेको चुत्थो पुस्तक किन्छ। अनि वायु वेगमा यति हजार र उति हजार बिक्यो भन्ने अर्को जाली कथा कथिन्छ। जाली कथामा लेखक अरु लाखौँ रकम कुम्ल्याउँदै जान्छ। कुन्नि, राजेन्द्र थापाको लाख-लाखको कथाको अन्तर्यमा पनि यस्तै छलकारी ठगवृत्ति पो लुकिबसेको छ कि !
बुद्धिजीवी नामक जीवहरू अस्तित्वमा रहनु राजेन्द्र थापाको दुःख हो। तर यो दुःखको सामना गर्न उनी सशक्त छन्। र नै उनी भन्छन्- बुद्धिजीवीले आलोचना गरेर के नापिन्छ? आम जनता खोजीखोजी पढिरहेकै छन्। कुरा ठीक हो। म मृतक पनि भन्छु, बुद्धिजीवी भनिने हरि अधिकरी, अनमोलमणि, रामेश्वर बोहरा आदि इत्यादि नवीन युगको देदीप्यमान् सूर्यसरहका राजेन्द्र थापाका मुखेन्जी मिति गुजि्रएका ओखतीजस्ता लेखक हुन्। ती पाषाण युगका हन्, राजेन्द्र सुवर्ण युगका। 'खेलौना'जस्तो अनमोलको माल पाएर ती नाथेहरू चालै पाउ"दैनन्। पोर्नोग्राफीको रसको महत्ता नबुझ्ने अरसिकहरूले 'खेलौना'जस्तो रसभरि चमचमको तारिफ गर्न कसरी पो जानुन् र?
मुक्त कण्ठले आत्मरति गर्ने धन्दामा राजेन्द्र थापा अति उदार रहेछन्। उनको आत्मरति सुन्दा लाग्छ, सिंगो देशका नरनारीहरू सात काम छाडेर उनको पोर्नोग्राफीमा लिप्त भएका छन्। त्यसैले त उनी धक्कु लाउ"छन्- 'अखबारमा प्रवेश नपाउने प्राडाहरू, शिक्षकहरू, बैंकरहरू, पत्रकारहरू, उद्योगपतिहरू, साहित्यकारहरू, कर्मचारीहरू, डाक्टरहरू, इन्जिनियरहरू, न्यायाधीश र वकिलहरू, नेता र कार्यकर्ताहरू तथा कलेज युनिभर्सिटीका विद्यार्थीहरूबाट म नियमित तारिफ पाउ"छु।' तारिफ गर्नेहरूको यो लामबन्दी देख्दा लाग्छ, मुलुकै राजेन्द्रकृत पोर्नोग्राफीपथका पछि लागिसक्यो। यतिका जन तारिफको लाममा उभिएपछि नाथे हरि अधिकारी, अनमोलमणि, रामेश्वर बोहरा आदि इत्यादिको आलोचनाको के अर्थ? यी त केवल तारिफको महासागरको दूर किनारका पानीका थोपा हुन्। यी नगण्य, स्वत्वशून्य र अर्थहीन जीव हुन्। आत्म-प्रशंसाको अन्तहीन कथा राजेन्द्रले कथ्ने र सुनाउने अनि अरुले चुपचाप पत्याउने हो। नपत्याए अति दुर्लभ मालको मूल्य नबुझ्ने लठ्ठक भनेर तिनले फत्तुर लगाइहाल्छन्। पाठकले 'खेलौना' राजेन्द्र थापाका आ"खाले पढिदिनुपर्छ, उनकै इच्छाअनुरुप बुझिदिनुपर्छ र उनकै तृष्णाअनुरुप तारिफ गरिदिनुपर्छ। जो यसो गर्दैन त्यो मूर्ख हो। उनलाई मनपर्ने चीज प्रशंसा, प्रशंसा र फेरि पनि प्रशंसा हो। त्यसैले उनी आफ्नो शिरमाथि आफै" प्रशंसाको वर्षा गर्छन्। बाफ रे, उनका महिलाहरूको प्रशंसाको ओइरो ! अहो ! त्यो ओइरोसँग चेरापुन्जीको पानीको वर्षाको के दा"जो? मलाई डर छ, महिलाहरूको प्रशंसाको चाङले थिचिएर युगान्तकारी प्रतिभा राजेन्द्र थापाको प्राण पखेरु नै उड्ने पो हो कि !
म मृत लेखक अबुझ हुँ, यो खसोखास सत्य हो। राजेन्द्र थापाका शब्दमा म 'बाहुनवादी, पुरुषवादी, वामपन्थी' रहेछु। मृतक भएपछि बल्ल थाहा पाएँ। यिनै 'वादी' र 'पन्थी'का पर्खालहरूले छेकेर म उनको 'खेलौना'को चमक देख्न सक्दो रहेनछु। सशक्त राजेन्द्रले बबुरो म अशक्तका आँखा खोलिदिए। तर दुर्भाग्यवश, मृत्युपछि खुलेका आ"खाले 'खेलौना'को महत्ता देख्न र बुझ्न म असमर्थ छु। मलाई आफ्नो पूर्व जुनीका आ"खाको झल्झली सम्झना भइरहन्छ। ती बासी आँखाले म राजेन्द्रको 'खेलौना'मा पोर्नोग्राफी सिबाय केही देख्दिनँ। राजेन्द्रजस्तो राजनीतिमुक्त, शुद्ध, चोखो, कञ्चन र फटिक पोर्नोग्राफीकार बन्न नसकेकोमा म अत्यन्तै दुःखी छु।
थिम नचाहिने 'पत्रकारी साहित्य' पनि हु"दो रहेछ। मेरो थिमविहीन र अर्थहीन 'पत्रकारी साहित्य'बारे राजेन्द्रले मलाई बुझाए। उनको अपत्रकारी एवं गहन साहित्यलाई भने थिम चाहि"दो रहेछ। उनले मलाई सिकाए। उनको थिम रहेछ 'पुरुष गिदीमा महिला योनि'को उपस्थिति। हेर्नुस्त दृष्टिको कस्तो तीक्ष्णता, अनुभूतिको क्या सूक्ष्मता, संवेदनाको क्या लचकता ! तब न यस युगका विरल पोर्नोग्राफीकार राजेन्द्र थापा ! तब न उनको अब्बल सिर्जना 'खेलौना' !
मुलुकको जनसंख्या छिट्छिटो बढ्दो छ, नाम भने जत्तिका तत्ति छन्। पुग्दो नाम नहुनाले गर्दा कमलमणि नामका हजारौँ मानव नेपालमा होलान्। कुनै कमलमणिले धेरै वर्षपछि 'खेलौना' पूरा पढेछन्। र, राजेन्द्रका नजरमा यो पठन 'खेलौना'को श्रेष्ठताको दह्रो दसी हुन गएछ। यो जाज्वल्यमान् पोर्नोग्राफी त्यसरी पढिसक्ने रसपारखी कमलमणि को होलान्? कमलमणि दीक्षिति त नहोलान् नै। आफ्नो कृतिको उच्चतम गुणवत्ताको महात्म्य गाउँदै जाँदा 'खेलौना'ले त्रिविमा उच्च दर्जा पाएको कथा सुनाउन पनि राजेन्द्रले भ्याएछन्। म मृत लेखक भन्छु, यो नाथे दर्जा केही होइन। शब्द संसारमा एक्काइसौँ शताब्दी निःसन्देह पोर्नोग्राफीको युग हुनेछ। यस पोर्ने युगमा 'खेलौना' 'गीता', 'बाइबल' र 'कुरान' तीनोटैको सट्टाभर्ना हुन कत्ति बेर छैन !
पोर्नोपन्थी राजेन्द्र थापाको सौन्दर्यशास्त्रीय दृष्टिमा खास्साको नवीनता छ। उनका प्रखर दृष्टिमा साहित्य-कलामा एरिस्टोटलको मान्यता अब थोत्रियो। उसो त क्रोचेदेखि टीएस एलिएटसम्म, फ्रेडरिख एंगेल्सदेखि प्लेखानोभसम्म, क्रिस्टोफर कडबेलदेखि लियोन त्रातस्कीसम्म र गोर्कीदेखि ब्रेख्तसम्मका सबै सौन्दर्य चिन्तकहरू अब पत्रु भए। ओजस्वी र तेजस्वी चिन्तक र अन्वेषक राजेन्द्र थापाका अगाडि अभि सुवेदी र निनु चापाईंका त झन् के कुरा गर्नु ! मानक भञ्जक राजेन्द्र थापाको सौन्दर्य चिन्तनलाई सरल भाषामा यसरी व्यक्त गर्न सकिन्छ। उनी सेफ्टी ट्यांकमा घोचो घुसारेर हुँडल्छन् र वायुमण्डलभरि पोर्नोग्राफीय सुवास फैलाउँछन्। उनी यसैलाई यथार्थको प्रस्टाप्रस्टी प्रतिबिम्बन मान्छन्। उनी यसैलाई नवीन युगको मौलिक आख्यान मान्छन्। उनी यसैमा श्लीलता, शालीनता र मर्यादा देख्छन्।
विनयशीलता साथ म स्वीकार गर्छु, हरि अधिकारी, अनमोलमणि, रामेश्वर बोहरा र मजस्ता मृत लेखकहरूका लागि राजेन्द्र थापा एक महान् गुरु हुन्। उनी हाम्रा प्रवोधित दृष्टिदाता हुन्। उनी हाम्रा ज्ञानका अजस्र मुहान हुन्। उनी हाम्रा उदार मार्गदर्शक हुन्। हामी 'पत्रकारी साहित्यकार'हरूलाई उनले बिदेशी आख्यान पढ्ने सल्लाह दिएका रहेछन्। निःशुल्क सल्लाह ! यस्तो पठनबाट थिम, भाषा र शैलीमा निखार आउँछ रे। सानो कुवाभन्दा बाहिर ठूलो संसार हुन्छ रे साहित्यको। पाउलो कोइलो भन्ने कतैका कोही लेखक रहेछन्। ती पाउलोले 'एलेभेन मिनेट' भन्ने सम्भोग साहित्य रचेका रहेछन्। राजेन्द्रले ज्ञान दान गरेपछि बल्ल मलाई पाउलोबारे थाहा भयो। अहो ! बिदेशी आख्यान प्रचूर मात्रामा पढेरै त होला राजेन्द्र थापाको थिम, भाषा र शैलीमा यति सह्रो निखार आएको !
आयो कुरा अब सीके लालको। राजेन्द्र थापाको दिव्य दृष्टिमा सीके लाल कुरै नबुझी प्याच्च बोल्छन् र म मृतक तिनको उक्साहटबाट बहकिन्छु। यो प्रसङ्गको जायजन्म वैरागी काइ"लाले गरेको तुलनाबाट भएको हो। वैरागीले 'खेलौना'लाई बीपीका मनोविश्लेषणात्मक आख्यानको हाराहारीमा राखेछन्। यहाँनेर म ब्यंग्य र कटाक्षबाट बाहिर निस्केर तर्क गर्छु। के बीपी पोर्नोग्राफीका लेखक हुन्? होइनन् भने वैरागी दाइ, पोर्नोग्राफीका जण्ड सृष्टिकर्ता राजेन्द्र थापा कसरी बीपीसँग तुलनीय भए?
नीलो आकाशमुनिका ज्ञानगुनका सबै कुरा बुझेको अभिनय गर्ने बरा राजेन्द्र थापाको व्यंग्यचेत कति कमजोर ! ती जे पनि अभिधामा बुझ्न खोज्दा रहेछन्। लक्षणा र व्यञ्जनाको बोध र चेत मानौँ तिनमा शून्य छ ! म मृतकले व्यंग्यार्थमा जगदीश घिमिरे र वैरागी काइँलालाई क्रमशः सेक्सन अफिसर र मुख्य सचिवको संज्ञा दिएको थिएँ। र अभि दाइलाई नायब सुब्बा र गोविन्दराज भट्टराईलाई खरिदार। करुणामयी राजेन्द्र थापालाई बडो पीर परेछ- म मृतकका भागमा अब कुन पद पर्ने हो? साहित्यको पियनको? राजेन्द्रको करुणामयी चित्तवृत्तिलाई नमन गर्दै म निवेदन गर्छु- म मृतक साहित्यको पियन भनिन पनि लायक छैन। झुर 'पत्रकारी साहित्य' लेख्ने नाथेलाई के को पियन पदवी?
र अन्त्यमा, पोर्नोग्राफीका सबै तत्वहरू ललित साहित्यका विषय हुन सक्छन्। तर परम् दयालु नारीमुक्ति योद्धा राजेन्द्र थापाले जिद्दी गरेझैँ पोर्नोग्राफी स्वतः साहित्य हुँदैन। ललित साहित्यमा पोर्नोग्राफीका तत्वहरू सौन्दर्यको आवरणभित्र लुकेर आउ"छन्। ललित साहित्यको प्रयोजन केवल पाठकगणको स्थूल अभिरुचिलाई तुष्टि दिनु होइन। प्रयोजन त पाठकगणलाई आनन्द प्रदान गर्र्नुको साथसाथै तिनको रुचि परिष्कार र आत्मिक उन्नयन पनि हो। ललित साहित्यमा जीवनका कुरुप पक्षहरूको थप कुरुपीकरण गरिँदैन। बरु ती कुरुप पक्षहरूलाई समेत सुन्दर ढङ्गले प्रस्तुत गरिन्छ। तब न ललित साहित्य † तर कुरुपका संवाहक र प्रसारक राजेन्द्र थापा भने कुरुपको थप कुरुपीकरणमा गौरव गर्छन्। त्यसैले त यिनलाई पोर्नोग्राफीका उस्ताद भनिएको हो !

 

मृत लेखकको कथन

खगेन्द्र संग्रौला- टारेर नटारिने त्रू्कर नियतिसित सम्झौता गर्दै एकरत्ती पश्चात्ताप नगरी निस्पृह भावले म स्वीकार गर्छु- म एक मृत लेखक हुँ। लेखनमा जिउँदो छँदा वा जिउँदो छु भन्ने व्यर्थको अभिनय गरिरहँदा मेरो सादा नाम खगेन्द्र संग्रौला थियो। त्यो अब मृत खगेन्द्र संग्रौला भयो। मेरो मृत्यु र रोलाँ बार्थका दृष्टिमा लेखकको मृत्युमा ठूलो अन्तर छ। बार्थको लेखक रचना टुङ्गिएपछि मर्छ। र, त्यो मृत लेखक आफ्नो रचनाको व्याख्या र प्रतिरक्षा गर्ने हक र हुतीबाट च्यूत हुन्छ। रचनाको नियतिको निर्धारण पाठकले गर्छ, मृत लेखक केवल मूक दर्शक बन्छ। तथापि रोलाँ बार्थ दयालु छन्। उनी लेखकलाई किस्ताकिस्ता गरेर मर्ने छूट दिन्छन्। एउटा रचनामा मृतक भएको लेखक अर्को रचना गर्न जीवितै रहन्छ। तर मेरो मृत्यु आंशिक होइन। यो थोक मृत्यु हो, यो समग्र मृत्यु हो, यो अन्तिम मृत्यु हो। म मृतकबाट अब केही पनि लेखिने छैन। कदाचित् लेखियो नै भने पनि त्यो स्वर्गीय स्वप्निल स्मृतिको जस्तै स्वर्गीय विप्निल विस्मृतिको नाममा लेखिने छ।

नयाँको जन्म र पुरानोको मृत्यु सततः परिवर्तनशील जगत्को अकाट्य नियम हो। पुरानो मरेर आफूले ओघटेको ठाउँबाट नपन्छिई नयाँलाई उभिने ठाउँ हुँदैन। नयाँ र झर्झराउँदो लेखकले जन्म लियो, म पुरानो र रुग्ण लेखकलाई मार्‍यो र खाली ठाउँमा ऊ सगर्व विराजमान भयो। यो कालातीत सनातनको विस्थापन र कालजयी नूतनको स्थापना हो। ऊ विजयोत्सवको दुन्दुभी बजाउँदै अस्तित्वमा आयो र शंखको एकोहोरो टुँसँगै उसले मलाई अनस्तित्वतिर चलान गर्‍यो। आखिर जीवन भन्नु नै आउनु र जानुको अनन्त कथा न हो।
ऊ जन्मिनुअघि नै मलाई कसोकसो आफ्नो मृत्युको पूर्वाभाष भइसकेको थियो। इन्द्रियहरु शिथिल हुँदै गएका थिए। संवेगहरु शुष्क हुँदै थिए। संवेदन ग्रन्थीमा लय र लचकताको पारो झर्दै थियो। र, स्मृति-शृंखला क्षतविक्षत भइरहेको थियो। न मेरो चिन्तनमा नवीनता बाँकी थियो न त सिर्जनामा स्पन्दन नै। र, म केवल जिउँदो हुनुको वृथा अभिनय गरिरहेको थिएँ। मलाई कतै शून्यमा सुस्ताउन र विस्मृतिको गर्तमा विलीन हुन उत्कट इच्छा थियो। तर आफूमा इच्छा मरणको सामर्थ्य नहुँदा कालातीत लेखकको औतारमा म घिटीघिटी निरर्थक जीवन बाँचिरहेको थिएँ। भाग्यवश ऊ जन्म्यो र मेरो जराजीर्ण लेखकीय जीवनको टन्टै खलास भयो।
ऊ को हो? ऊ कसरी जन्म्यो? उसको अन्वेषण, उसको आविष्कार, उसको कृति र उसको कीर्तिको कथा र गाथा के हो? प्रिय पाठकगण, जीवनको नाटकमा घटित यो चामत्कारिक विषयलाई नाटकीकरणको पोयोमा बुन्दै अब म भन्दै जान्छु।
मृत औतारमा म आफ्नो पूर्व जुनीको पिँडीमा बसिरहेको थिएँ। अगाडि टेबुलमा नयाँ र युगान्तकारी पुस्तक थियो। भनुँ भने न भूतो न भविष्यति खालको अनुपम पुस्तक † पुस्तक हेर्दै म कृतज्ञता प्रकट गरिरहेको थिएँ- हे नवजात पुस्तक † धन्य हो तेरो स्रष्टा जसले मलाई क्लेशपूर्ण र जीर्ण अस्तित्वबाट मुक्त गरिदियो। यस्तैमा एउटा युवक आइलाग्यो। उसले मेरा चरण स्पर्श गर्न खोज्यो। म हत्तपत्त तर्किएँ।
'को हौ र यो मृत लेखककको पिँडीमा के कति कामले आयौ?' युवकलाई विना भलाकुसारी मैले सोधेँ।
'म हजुरको दर्शनार्थी र भिक्षार्थी हुँ।' दासवत् लबजमा युवकले भन्यो।
'युवक, यो मृतकको दर्शन गरेर केको भिक्षा?' म टकटकिएँ।
युवकले कारुणिक स्वरमा दर्शन र भिक्षाको अभिप्राय खुलायो। ऊ रहेछ बरा शिक्षाको डिग्रीधारी एक बेरोजगार युवक। र, सम्पादकद्वारा उपेक्षित र प्रकाशकद्वारा तिरष्कृत एक अप्रकाशित लेखक। उसको कष्टसाध्य यत्नबाट अनेक पाण्डुलिपि तयार भएछन्। तर छापिदिने उदारमना गुणग्राही कोही भएनछ। लेखेर बाँचुन्जेल शानदार नाम र लक्कु दाम अनि मरेपछि अमरत्व प्राप्त गर्ने उसको दुर्दम धोको रहेछ। तसर्थ आफ्ना दमित इच्छाहरु पूरा गर्ने जादूगरी सूत्रको खोजीमा मेरा चरण स्पर्श गर्न आएको रहेछ ऊ।
'तिमी गलत ठाउँमा आयौ, युवक †' मैले सम्झाएँ। 'जो आफैँ मृतक हो उसले भिक्षार्थीलाई के दिनसक्छ?'
'मृतक' शब्द सुनेर ऊ त्यसैत्यसै चकित र विस्मित भयो। उसले ट्वाँ परेर म मृतकलाई अलिबेर अपलक हेर्‍यो। अस्तित्वमा सशरीर उपस्थित छ र खुरुखुरु बोल्दैछ। तैपनि भन्छ- म मृतक हुँ † ऊ झनै जिल् पर्‍यो। म मृतकले भनेँ- 'कुरो साँचो हो। म मर्नु तैपनि सशरीर देखिनु र बोल्नु उत्तरआधुनिक रहस्य हो। मृत आधुनिकहरुबाट यो रहस्यको अर्थ कदापि खुल्दैन।'
युुवकले हडबडाउँदै पुनः मेरा चरण स्पर्श गर्न खोज्यो।
'युवक †' मैले पुनः सम्झाएँ, 'म मृतकका चरण स्पर्श गर्नु व्यर्थ छ।'
'तब म कसका चरण स्पर्श गरुँ त ज्यू?' याचक मुद्रामा युवकले हात मल्यो।
'जिउँदा लेखकका,' मैले भनेँ।
'को हुन् त ती जिउँदा लेखक, दाज्यैज्यू?'
'ती हेरु यी हुन्।' जिउँदा लेखकको नाम मैले देखाएँ। त्यो गरिमामय नाम हो श्री राजेन्द्र थापा। 'सुन युवक †' मैले भनेँ, 'यी जन्मे र म मरेँ।'
'यी केमा जन्मे ज्यू?' युवकले खुल्दुली पोख्यो।
'यी खेलौनामा जन्मे।'
युवकले टेबुलबाट खेलौना टपक्क टिप्यो। उसले बाहिरी गातामा अङ्कित देखाउन र देखिनका लागि स्तन र भगसिवाय केही नभएकी सुभगेको तस्बिर एकाग्र दृष्टिले हेर्‍यो। र, मुग्ध दृष्टिले एक टकले हेरी नै रह्यो। अनि सोध्यो, 'यो खेलौनामा के छ ज्यू?'
'नवीन दृष्टि र उत्तम कृतिको परख गर्ने अद्वितीय प्रतिभा भएका भूमिका लेखक जगदीश घिमिरेले भनेका छन्- यसको सौन्दर्य र मर्म बु‰न यो पढ्नैपर्छ। सुन युवक, तिनको दिव्य कथनमाथि मेरो अगाध विश्वास छ। तैपनि किञ्चित् धृष्टतासाथ म भन्छु- यो खेलौनामा रस छ।'
'कस्तो रस?'
'लिङ्गरस र भगरस।'
'नवरसमध्ये यो कुन रस हो ज्यू?'
'जिज्ञासु युवक, रस जगत्मा यो नवीनतम एवं अनुपम आविष्कार हो। यो दशरस हो। यो जाज्ज्वल्यमान् रसका मुखेन्जी नाथे नवरसहरु मिति गुजि्रएका ओखतीतुल्य हुन्। ती त कालातीत रस हुन्।'
बालकले मनमोहक खेलौना खेलाएझैँ युवकले मुसार्दै र सर्सरी पाता पल्टाउँदै खेलौना खेलायो। र, मुहुनीमय खेलौनामा दृष्टि स्थिर गरेर उसले घुटुक्क थुक निल्यो।
'दाज्यै, यसमा अरु के छ?' युवकले कौतुकमय प्रश्न मतिर तेर्स्यायो।
'यसमा लिङ्गको भयानक नर्तन छ र छ भगको उत्पात चुरिफुरी। र कर्पोरेट बजारमा नै त यो मारामार बिकिरहेछ।'
'अनि यसको प्रयोजन?' खेलौना छातीमा टाँसेर युवक बोल्यो।
'प्रयोजन उदात्त छ।' मैले बुझाउन खोजेँ। 'विरलाकोटी लेखक राजेन्द्र थापामा नारी जीवनप्रति असीम सहानुभूति छ। पितृसत्ताद्वारा खेलौना बनाइएकी नारीको दुरावस्था देखेर लेखकको द्रवीत हृदय सहस्र चिरा परेको छ। र नै त बडो मङ्गलकारी मुद्रामा लेखक भन्छन्- यो खेलौना सेक्सको न्यायोचित एवं मनोवैज्ञानिक व्यवस्थापनको अचुक अस्त्र हो। र हो यो सेक्स शिक्षाको अत्युत्तम पाठ्यसामग्री पनि। लिङ्गको बेलगाम नर्तन र भगको असह्य तृष्णाको उत्पाती चित्र खिचेर लेखक यी सबै प्रयोजनलाई साकार रुप दिन कटिबद्ध छन्। बुझ युवक † नवीन युगको महान् लेखकमा हुनुपर्ने दृढ लेखकीय प्रतिबद्धता त यस्तो पो हो † हेर त, साधन कस्तो अनि साध्य कस्तो †'
युवक म मृत लेखकको मृत कथन सास रोकेर सुनिरहेछ। उसमा श्री थापाजस्तै नवयुगको भव्य लेखक बनेर नाम, दाम र अमरत्व आर्जन गर्ने लालसा बढ्दो छ। ऊ सोध्छ, 'दाज्यै, लिङ्गरस र भगरसको यो अजस्र प्रवाहमा अरु विशिष्टता के छ?'
'युवक † दशौँ रसको विशिष्टताको ज्ञाता म होइन। म त केवल मृतक हुँ, प्रेततुल्य कालातीत र अप्रासङ्गिक। यसका ज्ञाता लिङ्गरस र भगरसका प्रखर एवं मुखर पारखी भूमिका लेखक जगदीश घिमिरे र यी रसद्वयका गुणग्राही अनुमोदक बैरागी काइँला हुन्। जाऊ र तिनलाई सोध।'
'दाज्यै †' खेलौनालाई म्वाइ खान खोज्दै युवकले बिन्ती बिसायो, 'यो खेलौनाको महत्तामाथि यी दुई महारथीले पारेको प्रकाश हेर्न पाए कस्तो हुन्थ्यो †'
'सुन,' बिन्तीको प्रत्युत्तरमा मृत लेखक बोल्यो, 'प्रकाश प्रस्तुत छ। रसपारखी भूमिका लेखकले खेलौनालाई क्रान्तिकारी डकुमेन्ट्री उपन्यास भन्ने अलङ्कारले विभूषित गरेका छन्। अनि उनले यसलाई सेक्स जगत्मा नयाँ मान्यताको क्रान्तिकारी प्रतिपादन भन्न पनि भ्याएका छन्। उता झनै रसपारखी बैरागी काइँलाले यसलाई मनोविश्लेषणात्मक आख्यानमा वीपी कोइरालापछिको भयंकर आँटिलो चेष्टा भन्ने दामी पगरी गुथाइदिएका छन्।'
'ए..' कुरा घत परेर होला, युवकले ल्याप्प ओठ चाट्दै मुन्टो हल्लायो।
यहाँनेर युवकलाई म मृतकले सोधेँ, 'युवक, जगदीश र बैरागीलाई तिनका दुर्लभ उपाधिसहित तिमी चिन्छौ?'
युवकले दुईचोटि सकारसूचक र दुईचोटि नकारसूचक भावले मुन्टो हल्लायो। तसर्थ युवकका चित्तको अन्यौलको कुहिरोलाई पन्छाइदिन मैले फर्माएँ, 'सुन, लेखकको तहगत सोपानमा यी दुई मनीषि उपल्लो दर्जामा पर्छन्।'
'मतलब, दाज्यै?'
'मतलब के भने युवक, मदन पुस्कार विजेता जगदीश लेखकीय सोपानका खुट्किलामा साहित्यिका सेक्सन अफिसर हुन्। र, बैरागी काइँला हुन् समस्त साहित्यिक कुलका कुलपति र लेखकीय सोपानका खुट्किलामा साहित्यका मुख्य सचिव। लेखनाथीय नीति वचनलाई थोरै संशोधन गरेर भन्ने हो भने युवक, बडाले जो दियो वाणी हुन्छ त्यो सर्वसम्मत। उसो त भूमिका लेखकले यो रसदार खेलौना सर्वग्राह्य हुनसक्ने भविष्यवाणी नै गरेका छन्।'
'ए...ए...' कुराको रसमय चुरो बुझेर होला, युवक मुसुक्क हाँस्यो। र, उसले अर्को जिज्ञाषा टेबुल गर्‍यो, 'अनि दाज्यैज्यू, उबेलाका बीपी र अचेलका थापाको दाँजो कसरी सम्भव भयो?'
यहाँनेर म मृत लेखकलाई सीके लालको टिप्पणीको याद आयो। कुलपति बैरागीको मन्तव्य पढेर मुख बिगार्दै तिनले भनेका थिए, 'यी बैरागीले कि त बिपीका मनोविश्लेषणात्मक आख्यान पढेकै छैनन् वा पढेर बुझेका छैनन् वा खेलौना पढ्दै नपढी यिनले कुलपतिको व्यासासनमा बसेर अन्तर्यामी दृष्टिले बिपी र राजेन्द्रका कुम जोडिदिएका हुन्। यो एउटाको उग्र अवमूल्यन र अर्काको उग्र अधिमूल्यन हो।'
लालवाणी सुनेर म मृत लेखक झसङ्ग भएँ। लाग्यो, यिनको टिप्पणीमा केही दम पो छ कि? तर तत्क्षण मलाई ज्ञानोदय भयो, सीके लाल पनि त आखिर मृत लेखकै हुन्। यी मृतक आख्यानलाई आदर्श र मर्यादाको मानकले जोख्न खोज्छन्। त्यो बित्थाको कालातीत मानक हो, उपयोग मूल्य निखि्रएर पत्रु भएको मानक।
लालवाणीबाट म पन्छिन खोजेँ तर त्यसले आफ्नै छायाँले झैँ मलाई पछ्याइरह्यो। र, पूर्व जुनीको स्मृति मलाई गाँज्न आइलाग्यो। त्यो स्मृतिले भन्यो- बिपी लज्जालुु थिए। त्यसैले त तिनले यौन मनोविश्लेषणलाई सामाजिक मर्यादाको आवरणभित्र राख्न खोजे। तिनले यौनप्रधान साहित्यमा सौन्दर्य रसको जलप लगाउन यथाशक्य यत्न गरे। तिनमा रमरम नै भए पनि साहित्यको आत्मिक उन्नयन र रुचि परिष्कारको भूमिकाको आग्रह थियो। तर यी उहिलेका कुरा हुन् जो खुइलिएर गइसके। रस महलका पारखी दृष्टियुक्त जगदीशद्वारा 'क्रान्तिकारी' घोषित राजेन्द्र थापा मानक भञ्जक हुन्। लज्जा र मर्यादा एवं सौन्दर्य र सुवासजस्ता साहित्यका कालातीत मानकको एक्काइसौँ शताब्दीमा के काम? काम छ त केवल ताण्डवकारी लिङ्ग गाथाको र अराजक भग गाथाको। म मृत लेखक भन्छु, मृत बिपीका मनोविश्लेषणात्मक आख्यानहरु स्वयं मृतक हुन्। जे जीवन्त छ त्यो केवल खेलौना हो। खेलौना मानक भञ्जनको गर्भबाट जन्मेको जीवनको कुरुपीकरण, विरुपीकरण र विद्रूपीकरणको उत्कृष्ट नमूना हो। यौन साहित्य सिर्जनाको साधनामा निजामति लेखक बिपी उर्ध्वमुखी थिए, जङ्गी लेखक राजेन्द्र अधोमुखी हुन्। तसर्थ बिपी आफ्ना कृतिसहित सर्वाङ्ग मृतक हुन्, राजेन्द्र खेलौनाको जाज्वल्यमान रसप्रवाहमा चम्किएका युगान्तकारी लेखक हुन्। यसको अकाट् प्रमाण जगदीशद्वारा प्रदत्त शानदार अलङ्कार र बैरागीद्वारा प्रदत्त उदारतायुक्त अनुमोदन हो। भाग्यमानीका भुतै कमारा भनेको यही त होला।
लालवाणीमा झुन्डिएर अतीतको स्मृतिमा म मृतक बहिकिएँछु। यो मौका छोपेर भिक्षार्थी युवक खेलौनामा डुबेछन्। यसो हेर्छु त मेरीबास्सै, युवकको अनुहार खेलौनाको आभाद्वारा एक तमासले आलोकित र पुलकित छ।
'कस्तो लाग्दैछ, युवक?' ठट्ट्याइलो स्वरमा सोधेँ।
'रस अमृततुल्य छ, दाज्यै।' मुख मिठ्याउँदै युवकले भन्यो।
भन्ने र सुन्ने कुरा सकिएझैँ मेरो पूर्व जुनीको पिँडीमा अलिबेर सन्नाटा छायो। अनि निधार मुजा पार्दै युवकले जिज्ञासाको अर्को पत्र पल्टायो। 'खेलौनाबारे अरु केही मीठो-मसिनो कुरा बाँकी छ कि दाज्यैज्यू?'
'युवक, यो दिव्योपदेशको क्रान्तिकारी कथा र अमर गाथा भनेर कहिल्यै सकिँदैन।'
'तथापि थप केही अमूल्य सुन्नपाए हुँदी..' युवकले हात जोड्यो।
'सुन युवक,' म मृतक भन्न थालेँ, 'जेको पनि पृष्ठभूमि इतिहास हुन्छ। खेलौनाको पनि छ।'
'त्यो पृष्ठभूमिमा के छ दाज्यैज्यू?'
'त्यो पृष्ठभूमिमा नीलोचोली छ र आगो छ।'
'यी चोली र आगो के हुन् ज्यू?'
'यी पुराना कालजयी कृति हुन्। यिनका छद्मभेषी रचनाकार हुन् गोर्खाल्याण्डका सुवास घिसिङ। यी घिसिङ लिङ्गरसीय एवं भगरसीय लेखनमा राजेन्द्र थापाका जनक, अग्रज र प्रेरक हुन्। राजेन्द्रको आजको क्रान्ति सुवासले पहिल्यै छेडेका थिए। म सम्झन्छु, त्यो क्रान्तिले नेपाली शब्द संसारमा सानोतिनो उथलपुथल मच्चाएथ्यो। क्रान्तिको यो फाँटमा सुवास शिशु र सिकारु हुन्, राजेन्द्र हुन् बयस्क र पारङ्गत। सुवासले रसक्रान्ति अधुरै छाडेका थिए। सुवासको बिँडो थाम्दै राजेन्द्रले अहिले छलाङ मारे। रस जगत्मा सुवास लिङ्गरस र भगरसको सपाट वर्णनमा सीमित थिए। राजेन्द्रले यसमा नयाँ आयामा थपेका छन् र नौलो क्षितिज उघारेका छन्। राजेन्द्रको लेखनमा नवीन रसचेतनाको नूतन उद्घोष छ, यसमा शानदार शास्त्रार्थ छ, यसमा घतलाग्दो अर्ती-उपदेश छ। र नै त यो खेलौना नीलो चोली र आगोलाई फिका तुल्याउँदै आफ्ना मौलिक विशिष्टताहरुले विपुल छ।'
घडी हेर्दै युवकले आग्रह गर्‍यो, 'दाज्यै, म सभक्ति राजेन्द्रपथमा लाग्न आतुर छु। म नाम, दाम र अमरत्व आर्जन गर्ने तृष्णा तृप्त गर्न चाहन्छु। आज्ञा होस् दाज्यैज्यू, मैले अब के गर्नुपर्ला?'
'गर्नुपर्ने कुरा तीनवटा छन्,' म मृत लेखकका मुखारविन्दबाट आज्ञा फुर्‍यो, 'युवक, तिमी खेलौनाको भाग दुई लेख। त्यसमा यीभन्दा सबल, सशक्त, ऊर्जाशील र क्रियाशील लिङ्ग र भगहरुको निर्माण गर। त्यसमा खेलौना एकलाई माथ गर्ने गरी लिङ्ग नर्तन र भग छम्छम्को जादूगरी छटाको चमत्कार सिर्जना गर। बस्, यो हो पहिलो काम।'
'दाज्यै, अनि दोस्रो?'
'दोस्रो काम हो सुयोग्य पात्रका हातबाट भूमिका लेखाऊ।'
'दाज्यै, भूमिका शिरोमणि प्राडा गोविन्दराज भट्टराईबाट लेखाए कसो होला?'
'हुँदैन, युवक। त्यो काम लाग्दैन। खेलौनाको लिङ्ग एवं भगरसीय चेतनाको डसाइबाट सके यी गोविन्दको उत्तरआधुनिक चेतना मूर्च्छा पर्‍यो होला। यस अर्थमा यी गोविन्द पनि त मृत लेखक हुन्। फेरि, यी गोविन्द न लेखन जगत्का पृरस्कृत सेक्सन अफिसर हन् न त यी साहित्यिक कुलका कुनै पति नै हुन्। तसर्थ यी लेखकीय सोपानका केवल खरिदार हुन्। युवक, खरिदार नाथेको भूमिकाले रसमार्गी कृतिमा केको चमक थप्छ?'
युुवकले लामो सुस्केरा हाल्यो। अनि कन्सिरी कन्याउँदै सोधनी गर्‍यो, 'अनि प्राडा अभि सुवेदीको भूमिका नि ज्यू?'
'त्यो पनि काम लाग्दैन।' जीवन्त लेखक बन्न चाहने युवकलाई म मृत लेखकले सम्झाएँ। 'हेर, अभि साहित्यमा जीवनका दृश्य र अदृश्य, छूटप्राप्त र निषिद्ध, यौन र अर्थ, धर्म र राजनीति सबै क्षेत्र र पत्रको यथार्थ उजागर हुनुपर्ने उदार आग्रह राख्छन्। अभि साहित्यका विषयहरुमा पर्दाप्रथालाई मान्दैनन्। तर अभि पनि बिपीजस्तै लज्जालु छन्। यी साहित्यमा सौन्दर्य र मर्यादाका कुरा गर्छन्। यी पनि आत्मिक उन्नयन र रुचि परिष्कारको जिरह गर्छन्। पुरस्कारविहीन र पदहीन अभि लेखकीय सोपानका हदै भए नायक सुब्बा हुन्। यी पनि मृत लेखकै हुन्। युवक, मृत लेखकले जीवित लेखकका कृतिको भूमिकामा के लेख्छ?'
युवकले झन् लामो सुस्केरा हाल्यो।
'उसोभए दाज्यै, ती सुयोग्य लेखक को हुन् जसको भूमिकाले कृतिलाई शोभा र शान दिन्छ?'
'युवक, ती रसजगत्का क्रान्तिद्रष्टा र लेखकीय सोपानका सेक्सन अफिसर श्री जगदीश घिमिरे हुन्। म मृत लेखक ठोकेर भन्छु युवक, खेलौना एकपछि खेलौना दुईमा भूमिका लेख्ने ल्याकत भएका एकमात्र जीवन्त लेखक श्री घिमिरे नै हुन्।'
'ज्यू ज्यू,' कुरा बुझेर युवकले नाक मुसार्दै मुन्टो हल्लायो। 'अनि तेस्रो कुरा दाज्यैज्यू?'
'तेस्रो कुरा हो, साहित्यिक कुलका कुलपतिको अनुमोदन।'
'बस्, बस्।' युवक हौसियो। 'यति भए चीज बन्छ हैन, दाज्यैज्यू?'
'बन्छ युवक। तीन लाखको थैलो लिएर पाण्डुलिपि लिन ङिच्च हाँस्दै रसपारखी प्रकाशक तिम्रो घरदैलोमा धाउँछ। अनि अरु लाखहरु लुतुलुतु आइरहन्छन्। सञ्चारमा प्रचारबाजीको धूलो उड्छ। प्रोफेसर र प्राडा, कवि र लेखक, नाट्यकर्मी र सिनेकर्मी, आदि र इत्यादि लिङ्गरस र भगरसबाट निर्मित कृतिको महात्म्य गाउन लाम लाग्छन्। ज्वलन्त उदाहरण राजेन्द्र थपाको खेलौना तिम्रा नाकैअगाडि छँदैछ। यो मृतकवाणी ध्यानले सुन युवक, थापाको खेलौनामाथि अव विद्यावारिधीको लहर चल्नेछ। हेरिराख, यसले सत्यनारायण व्रतकथाको ठाउँ लिन कत्ति बेर छैन। भन त युवक, पीडित गोमा ब्राह्मणीहरुको उद्धारकर्ता र मुक्तिदाता इहलोकमा योबाहेक अरु के छ?'
युवक बाटो लाग्न उठ्यो।
'दाज्यै, मेरो भविष्यबारे एक वचन....'
'क्रान्तिकारी राजेन्द्रपथमा समर्पित होऊ, जगदीशका चरण स्पर्श गरेर भूमिका लेखाऊ, कुलपति वैरागीको मूल्यवान् अनुमोदन प्राप्त गर। बस्, युगान्तरको कोशेढुङ्गाका निर्माता राजेन्द्र थापापछि कुनै जीवित लेखकको भविष्य उज्ज्वल छ भने त्यो तिम्रै हो, युवक।'
युवकले कृतकृत्य हुँदै निहुरिएर बिदाइ चरण स्पर्श गर्न खोज्यो। तर्किन खोज्दै म मृत लेखकले भनेँ, 'आशीर्वाद छ युवक, रसमय राजेन्द्रपथको सदा जय होस् †'