Wednesday, March 26, 2014

चिलिमे सेयरमा लुट - annapurnapost


विकास थापा |

जलविद्युत्‌मा स्थानीय वासिन्दाको स्वामित्व रहोस् र त्यसको लाभ विकट आयोजना प्रभावित क्षेत्रका जनताले पाऊन् भन्ने उद्देश्यले स्वदेशी लगानीमा निर्मित चिलिमे जलविद्युत् कम्पनीले तीन वर्षअघि स्थानीय वासिन्दालाई १० प्रतिशत सेयर दियो। कुल १८ गाविसमध्ये आयोजना प्रभावित तीन र बाँकी १५ गाविसलाई प्रिमियम र साधारण गरी कम्पनीले नौ लाख ६० हजार कित्ता सेयर वितरण गरेको थियो।
चिलिमेको अहिलेको प्रतिसेयर बजार मूल्य एक हजार ६ सय ७० रुपैयाँ छ। गत माघ १२ गतेदेखि धितोपत्र बोर्डले स्थानीय वासिन्दाको सेयर कारोबार गर्न अनुमति (लकिङ पिरियड समाप्ति) दिनेबित्तिकै सेयरका दलालहरू गाउँगाउँ पुगेर 'हिमालमा हिउँ सुकिसक्यो, अब चिलिमेको बिजुली उत्पादन घट्छ, नाफा आउँदैन सेयर बेचिहाल' भन्दै सोझा गाउँलेको सेयर उठाएर ल्याए। उनीहरूले प्रतिसेयर ६ सयदेखि नौ सय रुपैयाँमा स्थानीयलाई दिएर १७ सयमा बेचे।
यसरी सोझा गाउँले ठगिएको त्यतिखेर थाहा पाए, जतिखेर चिलिमे कम्पनीले स्थानीय तहमै गएर सेयर नबेच्न अनुरोध, गर्‍यो, विज्ञप्ति सार्वजनिक गरेर सबैलाई सजग गरायो। कम्पनीले थाहा पाउँदा तीन लाख कित्ता सेयर दलालहरूले बेचाउन सफल भइसकेका थिए। यसरी १७ सय पर्ने सेयरलाई ६ सयमा बिक्री गराउने दाउमा रहेका दलाका गिरोहले बोनससहितको स्थानीय वासिन्दाका पूरै २२ लाख ७१ सय तीन सय ६० कित्ता सेयर एवंरीत बिक्री गराउने योजनामा रहेको खुल्न आयो।
स्थानीय वासिन्दाको नाममा रहेको यो सेयरको रकम हालको बजार मूल्यअनुसार तीन अर्ब ७४ करोड ७७ लाख रुपैयाँ हुन आउँछ। चिलिमेकै कारण प्रतिघर अहिले औसतमा २० लाख रुपैयाँ बराबरको सम्पत्ति स्थानीय वासिन्दाको नाममा छ। यसरी आफ्नो गाउँठाउँको जलविद्युत्‌ले समृद्ध पारेको रसुवाका सोझासीधासितको अर्बौं रुपैयाँ लुट्ने योजना केही दलालहरूको मात्र हरकत होइन। यो कृत्यमा रसुवादेखि काठमाडौंसम्मका ठूलो गिरोहको संलग्नता छ। विभिन्न आधारहरूले यो संलग्नतालाई पुष्टि पनि गरेको छ।
स्थानीय वासिन्दालाई जानकारी र सूचनाको अभावमा ठगहरूले ठग्न थालेको थाहा पाएर चिलिमे कम्पनीले गत फागुन ४ गते धुन्चेमा बृहत् कार्यक्रम आयोजना गरेको थियो। हिजो सेयर किन्नुपर्छ, किनेमा यति र यसरी फाइदा हुन्छ भन्ने चेतना चिलिमेले रसुवाका एक सय पाँच विद्यालयका शिक्षकहरूमार्फत दिलाएको थियो। अहिले ठगहरूले ठग्न थालेपछि सचेत गराउन तिनै शिक्षकहरूले स्थानीयलाई सूचित गराइदिन चिलिमे कम्पनीले आग्रह गर्दा उनीहरू भागे।
स्वयं उद्योग वाणिज्य संघ, रसुवाको ब्यानरमा आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी अनुपस्थित रहे। जिल्ला शिक्षा अधिकारी बद्रीनारायण शर्मालाई हरेक विद्यालयका दुईजना, नभए कम्तीमा एकजना शिक्षक उपस्थित गराइदिन चिलिमे कम्पनीले आग्रह गरेको थियो। शर्माले सुरुमा हुन्छ भने, पछि भागे। मोबाइलमा फोन गर्दा काठमाडौं रहेको भनेर बेपत्ता भए। स्थानीय राजनीतिक दलका कुनै नेता, कार्यकर्ता आएनन्।
चिलिमेले आफ्नो कम्पनीका सदस्यहरूको आर्थिक हितरक्षा गर्न र लुट्नबाट जोगाउन खोज्दा कथित नागरिक समाज, स्थानीय राजनीतिक दलका नेता, उद्योग वाणिज्य संघ कतैबाट सहयोग नपाएपछि धितोपत्र बोर्ड, नागरिक लगानी कोषलाई पत्र लेखेर सेयरको प्रमाणीकरण गर्ने, एकान्टपेयी चेकबाट मात्र भुक्तानी गर्नेलगायतका प्रयास भए। दलालहरू कतिसम्म सक्रिय रहे भने स्वयं आफ्नै नाममा ब्यांक खाता खोलेर ब्यांकबाट भुक्तानी लिनसम्म सफल भए।
कुल ४३ हजार जनसंख्या र नौ हजार सात सय ४१ घरधुरी (जनगणना, २०६८) मध्ये ३० हजार जनाले चिलिमेको सेयर पाएका छन्। चिलिमेका जनता यसरी दिनदहाडै लुटिँदा राजनीतिक दलका नेता, निर्वाचित सभासद्को रबैयाले यो लुटमा सबैको प्रत्यक्षपरोक्ष सहमति/संलग्नता रहेको प्रस्ट देखिन्छ। अर्को शब्दमा यो संगठित लुट हो। यो लुटमा जिल्लादेखि केन्द्रका ठूलाबडाको समेत संलग्नता छ। रसुवाबाट प्रतिनिधित्व गर्ने सभासद्हरूले जनता यसरी लुटिँदा चुँसम्म बोलेका छैनन्।
जलविद्युत् आयोजनामा जथाभावी माग राखेर बखेडा झिक्ने राजनीतिक दलका स्थानीय नेताहरू पनि यो प्रकरणमा मौन छन्। लुट प्रकरण रोक्न सक्दो प्रयत्न गर्ने चिलिमेका प्रबन्धनिर्देशक कुलमान घिसिङलाई दिनहुँजसो ज्यान मार्ने धम्की आइरहेको छ। चिलिमे निश्चय पनि आकर्षक कम्पनी हो। यसले अहिले एकसाथ दुई सय ८० मेगावाटका चारवटा आयोजना एकसाथ निर्माण गरिरहेको छ।
साञ्जेन, माथिल्लो साञ्जेन, रसुवागढी र मध्यभोटेकोसीमा चिलिमे कम्पनी आफैं बहुमत संस्थापक लगानीकर्ता हो। यी चार आयोजना भनेका भोलिका दिनमा सुनको अन्डा पार्ने कुखरा हो। सेयरका दलालहरूले यो कुरा राम्ररी बुझेका छन्। सेयर र बोनस सेयरसमेत गरी स्थानीयको मात्र एक अर्ब ६६ करोड रुपैयाँ लगानी हुँदैछ।
अबको चार वर्षपछि चिलिमे, रसुवागढी र साञ्जेनबाट मात्र स्थानीयलाई ४८ करोड ३० लाख रुपैयाँ लाभांश प्राप्त हुँदैछ। यी सहायक कम्पनीसमेत जोड्दा चिलिमेको सेयर सबैभन्दा महँगो हुनेछ। चिलिमेमा रसुवाका आयोजना प्रभावित तीन गाविसले सुरुमा प्रतिपरिवार तीन सय ३५ कित्ता सेयर पाएका थिए। उनीहरूले त्यतिखेरा जम्मा ७२ हजार रुपैयाँको सेयर पाएका थिए। बाँकी १५ गाविसका व्यक्तिले प्रतिपरिवार दुई सय २५ कित्ताका दरले ७२ हजार रुपैयाँ हालेका थिए।
अहिले आएर ती तीन गाविसका वासिन्दाको सेयर प्रतिपरिवार सात सय ९० (बोनस सेयर समेत) पुग्यो भने यसको सेयर मूल्य १३ लाख रह्यो। बाँकी १५ गाविसका प्रतिपरिवारले पाँच सय ३० कित्ता सेयर पाए, मूल्य आठ लाख ७४ हजार रुपैयाँ पुग्यो। यसरी समग्रमा भन्नुपर्दा रसुवाका प्रति परिवारको हातमा न्यूनतम औसतमा १० लाख रुपैयाँ बराबरको सम्पत्ति (सेयर) छ।
यसबाहेक चिलिमेका सहायक कम्पनीहरूबाट बिजुली उत्पादन भइसकेपछि हुने प्रतिफलको लोखाजोखा छैन। त्यसैले प्रतिफलका नेपालको हालसम्म सबैभन्दा आकर्षक रहेको कम्पनी चिलिमेको सेयरमा दलालहरूको आँखा परेको हो।
सेयर बिक्री गर्न खुला भएपछि रसुवाकै दलालहरूले काठमाडौंका ठूला दलालहरूलाई स्थानीयका घरघर गई नागरिकता प्रतिलिपि, नक्कली मञ्जुरीनामा, सेयरधनी प्रमाणपत्रको फोटोकोपी दिलाए। स्थानीय दलालको सहयोगबिना यी काम सम्भव थिएन। स्थानीयले जिल्ला प्रशासनमा उजुरी हाल्दासमेत प्रमाण नपुगेको भनेर कारबाही भएन। अझै पनि यो क्रम रोकिएको छैन। जिल्लाका सबै प्रमुख अंगहरूले सहयोग नगर्दा स्थानीय सोझासीधा लुटिने क्रम नरोकिएको हो।
नियामक निकाय धितोपत्र बोर्डले चिलिमे कम्पनीबाट प्रमाणीकरण गरेर मात्र सेयर किनबेच गर्ने व्यवस्था मिलाएको भए सोझासीधा यसरी ठगिने थिएनन्।
काठमाडौंबाहिरका कुनाकन्दराका जनता पनि सेयरका मालिक छन् भन्ने सायद बोर्डले अनुभव गरेन। काठमाडौंका सुकिलामुकिला र रसुवाको हाकु गाविसका जनताको चेतनाको स्तर एउटै छैन। राज्य संयन्त्रले दलाललाई रोक्न मात्र होइन, यो अपराधमा संलग्नलाई कारबाही गर्न सक्छ। तर राज्यका निकायहरू पनि यो लुटतन्त्रमा उदासीन देखिएका छन्।
रिडी, सानिमा हाइड्रोलगायत सेयर जारी गरिसकेका र गर्ने क्रममा रहेका अरू कम्पनीका सोझासीधा सेयर धनीले यो नियति व्यहोर्न नदिन ब्यांक तथा धितोपत्र बोर्ड र कम्पनीहरू बेलैमा सचेत हुनु जरुरी देखिन्छ। हिजो आफ्नै गाउँठाउँको कम्पनीको मालिक आफैं हुन पाइने, सेयरको अधिकत मूल्यका कारण काम खोजी गर्न बिदेसिनुनपर्ने, स्थानीय तहमै उद्योग, व्यापार गर्न सकिने र आयोजनालाई दीर्घकालसम्म माया गरी यसको दिगोपना जगेर्ना गर्ने उद्देश्यले वितरीत चिलिमेको सेयरमा भएको लुट अझै जारी हुनु अर्को विडम्बना हो।

Monday, March 24, 2014

लिटो र ढुटोको किन बेवास्ता? - annapurnapost


डा. अरुणा उप्रेती |


मरियम क्रान्त्ज नाम गरेकी एक विदेशी महिला ५० वर्षदेखि नेपालमा बसेर पोषण विषयमा काम गरिरहेकी छन्। उनले लेखेका विभिन्न कार्यपत्र अनुसन्धान, लेख पढेर मैले पनि धेरै कुरा सिकेकी छु। २०३२ सालको गोरखापत्रमा उनले ढुटो खुवाएर कसरी ललितपुर चापागाउँका बासिन्दाको भिटामिन बी कमी हुँदा भएको समस्या समाधान गरिन् भनेर पढेको थिएँ। चामलको ढुटोमा भिटामिन बी पनि हुन्छ भन्ने बल्ल थाहा थियो।
२०३२ सालअघि चापागाउँका बासिन्दा, ढिकीमा कुटेको रातो चामल खान्थे। २०३२ सालमा त्यहाँ बिजुलीबाट चल्ने र चामलको ढुटो निकालेर सेतो चामल बनाउने कारखाना खुल्यो। त्यसपछि नै त्यहाँका बासिन्दाको ओठको कुनामा घाउ हुने, जिब्रोमा पनि घाउ भएर रातो हुने समस्या देखापर्‍यो। तर 'सेतो चामल, राम्रो चामल' खाने बासिन्दालाई यो समस्या सेतो चामल खाएर भएको थाहा भएन। मरियमले चामलको ढुटोमा भिटामिन बी जम्मै पखालेर सेतो चामल खाँदा यस्तो समस्या भएको देखिन्।
अनि उनले त्यहाँका बासिन्दालाई ठीक पार्ने एउटा उपाय निकालिन्। मिलबाट ढुटो ल्याएर राम्रोसँग प्याक गरिन् र चापागाउँका बासिन्दालाई ढुटो भातमा छर्नु र केही दिनपछि यस्तो समस्या निको हुन्छ भनिन्। उनले सायद ढुटो खानु भनेको भए उनलाई सबैले गिज्याउँथे होलान्। तर 'औषधि' भनेर चामलबाट निस्केको ढुटो राम्रोसँग प्याक पारेर दिएपछि सबैजनाले खुसी भएर खाए र समस्याबाट मुक्ति पनि पाए।
गोरखापत्रमा मरियमले यस्तो अनुभव लेखेकी थिइन्। अहिले पनि हामी धेरैजना 'भिटामिन, प्रोटिन, क्याल्सियम' भनेर धेरै पैसा तिरेर औषधि किन्छौं, तर हामी वरिपरि, भान्छामा भएका खानेकुरा र रूखमा भएका सहजै र सस्तोमा पाइने फलको किन वास्ता गर्दैनौं? किनभने हामीलाई बाहिरका वस्तु सबै राम्रा भन्ने लाग्छ।
त्यसैले बालबालिकालाई लिटो खुवाउन चाहँदैनौं। बट्टामा राखेको सेरेलेक, जति महँगो भए पनि राम्रो भन्ठानेर खुवाउँछौं तर हामीलाई थाहा छैन कि सेरेलेक, गहुँबाटै बनेको हो र राम्रोसँग बट्टामा राखेपछि त्यसको मूल्य दसौं गुण बढाएर व्यापारीले हामीलाई बेच्छन्।
२०३२ सालमा चापागाउँका बासिन्दालाई मरियमले दिएझैं कसैले प्याकेटमा पोको पारेर लिटो र गहुँ, भटमास, बदाम, मकैको पिठो राखेर दियो भने हामी कति राम्रो भन्छौं। तर हाम्री बज्यै र आमाले सफा गरेर भुटेर घरमा बनाएको लिटोचाहिँ हामी पुरातन खाना भनेर हेलाँ गर्छौं किन होला? अति आधुनिकताको चमकदमकमा परेर हामीले हाम्रा पनि राम्रा हुन्छन्, पोसिला हुन्छन् भन्ने बिर्सेका हौं कि?
हामी आफ्ना बालबालिकालाई जाउलो खुवाउन चाहँदैनौं, तर सुपरमार्केटमा बालबालिकाको खाना भनेर टिनमा राखेको महँगो वस्तु किन्न तयार हुन्छौं। घरको हरियो सागसब्जी पकाएर खुवाउन नचाहने हामी अरू कसैले पोकामा दिएको 'बालभिटा' भातमा हालेर खुवाउन तयार हुन्छौं। तर जब बालभिटाको स्वाद बालबालिकाले मन पराउँदैन भने कतिपय आमाले बालभिटाको प्याकेट कसैले थाहा नपाएर फ्यालिदिन्छन्। अनि जब सहरबाट ठूला डाक्टर र अनुसन्धान गर्ने व्यक्ति आएर गाउँकै आमालाई सोध्नुहुन्छ, 'तपाइँलाई बालभिटा मन पर्‍यो?'
अनि हामी झुटो बोल्छौं, 'अँ एकदम मन पर्‍यो। बालभिटा खुवाएपछि बच्चा तगडा भएको छ। हामीलाई जाउलो पकाएर खुवाउने बानी बसेको छ।' त्यसो भए के जब सरकारले बालभिटा दिन छोड्छ अनि तपाइँले आफ्ना बालबालिकालाई जाउलो खुवाउन छोड्नु हुन्छ?
महिला स्वयंसेविकाले घरको गहुँ, भटमास, मकै, बदामबाट लिटो बनाउन सल्लाह दिइन् भने जाबो खानेकुरा भनेर अमिलो मुख लगाउँछौं तर प्याकेटमा बाहिरबाट औषधिका रूपमा आएर त्यही मात्र खुवाएर बालबालिकालाई भिटामिन पुग्छ भन्ने गलत विचार नगरे राम्रो हुन्थ्यो कि? बच्चा ६ महिनाको भएपछि भान्छामा पाइने दाल, भात, गाजर, साग, आलु, गोलभेंडा जस्ता वस्तु मसिनो पारेर उमालेर खुवाए बच्चालाई चाहिने सबै भिटामिन पुग्छ भन्ने कुरा हामीलाई थाहा छ कि छैन?
बालबालिकालाई बाहिरबाट दिइने क्याल्सियम पनि चाहिन्न, प्रोटिन, भिटामिन केही पनि चाहिन्न आमाको दूध, रोटी, लिटो र हरियो तरकारी खुवाउनु हो भने। दुई वर्षका बालबालिकालाई पोषण पुगेन भने उसलाई स्वास्थ्यको समस्या पर्छ र पछि पनि गएर बच्चा याउटे हुने, नयाँ कुरा सिक्न गाह्रो हुने, फूर्तिलो नहुने, रोइरहने हुन्छ।
यस्तो भएपछि भूत लाग्यो भने अन्डा लिएर भूत मन्छाउन गइन्छ होला। तर अन्डा किन्ने पैसाले बालबालिकालाई आलु, साग, रायो, लट्टे, दाल खुवायो भने कुपोषणको समस्या हुँदैन। मरियमले ढुटो दिँदा चापागाउँका जनतालाई भिटामिन बी पुगेको थियो। हामीले पनि आफ्ना बालबालिकालाई लिटो, जाउलो खुवाए बालभिटा चाहिँदैन। यसरी धेरै पैसा पनि बच्छ, समय पनि बच्छ।

Monday, March 17, 2014

व्यवसायको सुरु चिया पसलबाट, तर नाफा करोड नसोचौं - bizmandu

साना व्यवसायबाटघाटाभन्दा नाफा नै बढी छ । व्यवसायिक जगतको प्रतिश्पर्धा, ग्राहकको रुची र अदृष्य चलखेल समेत थाहा पाउँदै अगाडि बढन पाइने भएकाले विज्ञहरु सानो पुँजी र क्षेत्र समेटेर व्यवसाय सुरु गरेर विस्तारै बढाउँदै लैजना सल्लाह दिन्छन । त्यसैले साना व्यवसाय कसरी सुरु गर्ने भन्ने भन्ने बारेमा साना व्यवसाय क्यानडाको वेवसाइटमा लेखिएको छ, ‘व्यवसाय सानोबाट सुरु गर्नु नै राम्रो ।’
साना व्यवसाय सुरु गर्न कानुनी अडचन पनि कम हुने भएकोले सजिलै सुरु गर्न सकिन्छ । व्यवसाय दर्ता र साधारण योजना र सानो पुँजीबाट व्यवसाय अगाडि बढाउन सकिन्छ । यो काम जो कोहीले पनि गर्न सक्छन् । सन् २०१४ मा तत्काल सुरु गर्न सकिने र नाफा आर्जन हुने दश व्यवसायको सुची साना व्यवसाय क्यानडाले प्रकासित गरेका छ । व्यवसायमा चियापसलदेखि बालबालिका हेर्ने डेकेयर र इकमर्ससम्म समेटिएको छ । यी व्यवसाय गर्दा रातारात करोडपति बन्छु भनेर सोच्नु हुदैन ।

उत्तम सुरुवात चिया पसल
विश्वमा चिया सबै स्थानमा लोकप्रिय छ । चियाको प्रचलन बढदै गएकोले परम्पराभन्द केही फरक किसिमको चिया पसलको व्यवसायको सम्भावना जहाँ पनि छ । विश्वमा चियाको प्रयोग २० प्रतिशतले बढिरहेको छ ।
विभिन्न किसिमको चिया खाँदै गफगाफको थलो पनि उपलव्ध गराउने पसलको खोजीमा नियमित चिया खानेमध्ये ६० प्रतिशत मानिस हुन्छन, तसर्थ चिया पसलको सम्भावना अथाह छ । चियासँगै खानेकुरा पपकर्न, केक र चियाकै ककटेल पनि लोकप्रिय बन्न सक्छन । यो तपाईको र्सिजनशीलतामा र्निभर छ ।

रेस्टुराँ र बेकरी
चिनी र क्यालोरी कम भएका बेकरी तथा कफी सपको बजार विश्वभर नै विस्तार भइरहेको छ । चेन रेस्टुराँ पनि यसतर्फ आर्कषित हुदै गइरहेका छन् । तपाई सानो सहर वा सहरोन्मुख ठाउँमा हुनुहुन्छ भने यो व्यवसाय सुरु गर्न सक्नु हुन्छ ।
सफा र परम्परागत तथा आधुनिक जुन सुकै सेटिङमा यस्ता रेस्टुराँ तथा बेकरी खोल्न सकिन्छ । युवा युवती लक्षित गर्ने हो भने आधुनिक र वयस्क ग्राहक बढी हुन्छन भने परम्परागत सेटिङ फलदायी हुन सक्छ । सफा मिठा खानेकुरा पस्कने हो भने यो व्यवसायमा असफलता हम्मेसी आउँदैन ।

डे–केयर वा धाईआमा
आधुनिक र व्यस्त युगमा फस्टाएको व्यवसाय हो डे–केयर वा धाईआमा । सानो परिवार, सहरी जीवन र रोजगारीको बाध्यताका कारण सहरका धेरै नानीहरु डे–केयर वा धाईआमाको काखमा हुर्किन्छन् । तपाई व्यस्त सहरमा बस्नुहुन्छ र व्यवसाय सुरु गर्ने हो भने डे–केयर राम्रो व्यवसाय हो । तपाई दिउँसो फुर्सद हुने महिलालाई प्रशिक्षित गरेर धाईआमाको रुपमा घरघरमा पठाएर पनि व्यवसाय गर्न सक्नु हुन्छ ।
पश्चिमी विश्वमा छ वर्ष मुनीका अहिले २२ प्रतिशत बालबालिका धाईआमा वा डे–केयरमा हुर्कर्ने गरेका छन् । यस्तै धाईआमा राख्न नसक्नेले डे–केयरमा पनि आफ्ना बालबच्चा राख्ने गरेका छन् । याद राख्नोस, तपाई वैधानिक रुपमा यो व्यवसायमा पस्न सम्वन्धित निकायमा दर्ता हुनैपर्छ ।

बिरामीको वकिल
दिर्घरोगको उपचार वा ठूलो शल्यक्रिया गर्नु पर्दा निकै खर्च हुन्छ । सहरमा सस्ता, मझौला र निकै महंगा अस्पताल वा नर्सिङ होम हुन्छन । कैयन उपचारमा सरकारले अनुदान पनि दिएको हुन्छ, तर यस्तो सुविधा धेरैलाई थाहा हुदैन । बिरामी वा उसको परिवारलाई उचित सल्लाह दिन बिरामीको वकिलको पेसा पश्चिमी विश्वमा फस्टाउदै गएको छ ।
तपाई मेडिकल पृष्ठभुमीको नभए पनि यो व्यवसाय सुरु गर्न सक्नु हुन्छ । बिरामीको खर्चको क्षमता हेरेर सहरमा उपलव्ध सेवामध्ये सबैभन्दा राम्रो सेवा सुनिस्चित गरिदिने दायित्व बिरामीको वकिलको हुन्छ । नेपालमा घरेलु वित्तिय विश्लेषणको परम्परा नभएकोले यो व्यवसायमा तत्काल अगाडि बढन कठिन छ, तर जोखिम र नयाँ व्यवसाय खोजी गर्नेका लागि यो पनि एउटा अवसर हुन सक्छ ।

टाटु (अर्थात शरिरको साजसज्जा)
केही वर्ष अगाडिसम्म समाजमा प्रतिष्ठित व्यक्ति टाटु खोप्न चाहँदैन्थे । यो ग्ल्यामर विश्व र हिप्पीले मात्र मनपराउने गर्थे । अहिलेको परिस्थिती अलग छ । टाटु विश्वव्यापी बनेको छ । केटा वा केटी जो सुकै भए पनि शरिरमा आर्कषक टाटु बनाउन चाहन्छन् ।
कपडाले मात्र होइन टाटुले शरिरको साजसज्जा गर्ने प्रचलन बढेको सन्दर्भमा यो पेसा पनि साना व्यवसायको रुपमा सुरु गर्न सकिन्छ । यो व्यवसायसँग सँगै कपाल काटने वा व्युटिपार्लर जोडन सक्ने सम्भावना पनि रहन्छ ।

विशेष यातायात सेवा
विश्वमा विभिन्न प्रकारका यातायात सेवा छन् । समान ढुवानी गर्नेदेखि मानिससम्म । तर, अहिले सम्म सुरु नभएको वा अप्रयाप्त भएको सेवामा पर्ने सेवा हो बढी मोटा वा विकलांङ्गको लागि यातायात सेवा । सहरमा यस्तो सेवाको आवश्यकता देखिएको छ र व्यवसायिक रुपमै यो सेवा सुरु गर्न सकिन्छ ।
मानिसको आयु बढ्दै गएको छ । वृद्धवृद्धा थपिदै छन् । मोटोपनाका कारण विशेष यातायात अवश्यक हुने पनि छन् । उनीहरुलाई सेवा दिने व्यवसाय सुरु गर्दा कालान्तरमा यो व्यवसाय बढने छ ।

होम केयर
मानिसहरु लामो समयसम्म बाँच्न थालेका छन् । धेरै देशमा लामो समयसम्म बाँच्ने मानिसका लागि सरकारका तर्फबाट विशेष सुविधा छैन । आफ्नो जीवनमा धेरै कमाएका मानिसले आफ्नो हेरचाह गर्न होम केयर राख्ने प्रचलन सुरु भइसकेको छ ।
यो व्यवसाय अबका दिनमा अझ बढने छ । यसका लागि विशेष तालिम दिने र दक्ष कामदार आपुर्ती गर्ने कम्पनी फस्टाउन सक्छ । विकासित देशमा यस्तो व्यवसाय सहरसहरमा छन् । तिनले समेत सेवा पु¥याउन सकेका छैनन् । त्यसकारण यो व्यवसाय आगामी दिनमा फलिभुत हुने देखिन्छ ।

वित्तिय सल्लाहकार
विश्व आर्थिक एवं वित्तियरुपमा जटिल बन्दै गएको छ । घरमै बसेर लगानी गरेर मनग्ये कमाउन सक्ने अवसरहरु बढदै छन् । मानिसहरु बजारका बारेमा धेरै जानकार हुदैनन् । सेयरबजार, म्युचल फण्ड, घरजग्गा आदि आदि क्षेत्रमा लगानी गर्न र वित्तिय व्यवस्थापन गर्न सिकाउने सल्लाहकारको आवश्यकता बजारमा महसुस भइरहेको छ ।
नेपालमा पनि अबका दिनमा लगानीका अनेकन अवसर आउने र त्यस बारेमा मनिसलाई जानकारी दिने । वित्तिय व्यवस्थापन सिकाउने पेसा उदयमान पेसाका रुपमा देखिन सक्ने सम्भावना छ । अहिले यस्तो व्यवसाय सुरु गर्ने उचित समय हो ।

ई–कमर्स
पसल(पसल चाहारेर खरिद गर्ने प्रचलन डिपार्टमेन्ट स्टोर र मलले समापत पारि रहेको छ । अति व्यस्त मानिसहरु अब अनलाइनबाट सपिङ गर्न सुरु गरेका छन् । यही परिप्रेक्षमा ई–कमर्सको सानो व्यवसाय सुरु गर्न अहिले सकिन्छ । सानो स्थानका लागि दैनिक आवश्यकताका वस्तुबाट यस्तो व्यवसाय सुरु गर्नु उपयुक्त हुन्छ ।
सन् २०१२ मा ई–कमर्सबाटको व्यापार विश्वमा १० खर्ब अमेरिकी डलर थियो । यो व्यापार आगामी दिन अझै बढने निस्चित छ । अमेरिका, युरोप र पुर्वी एशियामा ई–कमर्सको वृद्धि निक्कै छ भने विश्वका अन्य देशमा पनि फैलदै गएको छ । नेपालमा पनि यो व्यवसाय विकास भइरहेको छ । सानो व्यवसायको रुपमा यसलाई अहिले नै सुरु गर्न सकिन्छ ।
 

किन बिष्फोट हुन्छन मोबाइल फोन ? कसरी अपनाउने साबधानी ? - onlinekhabar


अचेल मोबाइल फोन ‘हेल्लो यन्त्र’ मा मात्र सीमित छैन । अनेक गेम, संगीत, इन्टरनेट, भिडियो, क्यामरालगायतका सुविधाले मोबाइल फोन सेटको लोकप्रियता बढिरहेको छ । तर, यसको प्रयोगमा सावधानी नअपनाउँदा फोन बिष्फोट हुने लगायतका दूर्घटना हुने गरेका छन् । त्यसैले हरेक मानिसको आवश्यकताको साधन भइरहेको मोबाइल सेट प्रयोगमा अपनाउन सकिने केही सावधानी निम्न छन्ः

(१) सकेसम्म ब्राण्डेड मोबाइल नै किन्नुस् । किन्नुअघि मोबाइल सेटमा आईएमईआई नम्बर छ कि छैन, चेक गर्नुस् । यो नम्बर सेटको खास पहिचान एवं कोड हो । जुन गुणस्तरियताको प्रतीक पनि मानिन्छ ।

साथै, मोबाइल सेटमा आउने अन्य एक्सेसरिजहरु इयरफोन, ब्याट्री, चार्जरहरु पनि परीक्षण गर्नुस् । मोबाइलको क्षमता अनुसार ब्याट्रीको भोल्टेज छ कि छैन विश्लेषण गर्नुस् । हामी मोबाइलमा बढी भोल्टेजको ब्याट्री होस् भन्ने खोज्छौं, तर मोबाइलको आवश्यकता र क्षमता विश्लेषण गर्दैनौं । कम क्षमताको मोबाइलमा बढी क्षमताको ब्याट्री राख्दा पड्किने खतरा रहन्छ ।

(२) मोबाइल चार्जिङ अवस्थामा प्रयोग गर्दा पड्किने खतरा रहन्छ । चार्जिङ अवस्थामा मोबाइलको मदरबोर्डमा चाप परिरहेको हुन्छ । यो बेला फोन गर्दा मदरबोर्डमा परिरहेको चाप असन्तुलित भई पड्किने खतरा रहन्छ । सस्तो खाले मोबाइलमा कमसल पार्टपूर्जा रहने हुँदा यस्तो खतरा बढी हुन्छ ।

त्यसैले मोबाइल चार्ज गरिरहेको अवस्थामा कहिलेपनि फोन गर्नुहुँदैन । यदि फोन गर्नैपर्ने भए चार्ज छुटाएर मात्र गर्नुपर्दछ । ब्याट्री पुरा चार्ज भएपछि चार्जर छुटाउनु पर्दछ । कतिपय ब्याट्री फुलेको पनि हुन्छ । त्यस्ता ब्याट्री यथासक्य छिटो परिवर्तन गरी नयाँ जडान गर्नुपर्दछ ।

(३) खासगरी चार्जिङ अवस्थामा अन्तर्राष्ट्रिय फोन वा मिस्ड कल आउँदा ‘कल बम्बिङ’ हुने गर्दछ । जब ती फोन फर्काइन्छ तब यसले केही समय लिन्छ । यही बेला पड्किने सम्भावना रहन्छ । कतिपय एन्ड्रोइडयुक्त स्मार्ट फोनमा रहने मेलवेरको कारण पनि चार्जिङ अवस्थामा प्रयोग गरिँदा मदरबोर्डमा चाप परी पड्किने गरेको पाइएको छ ।

(४) सस्ता मोबाइल सेट खतरापूर्ण हुन्छ । ती सेटमा गुणस्तरहीन तथा चार्ज, ताप आदि क्षमता धान्न नसक्ने खाले पार्टपूर्जा बढी हुन्छन् । ब्याट्री र इयरफोन पनि गतिलो हुँदैनन् । कामचलाउ गुणस्तरका ती मोबाइल कालान्तरमा घातक हुने गर्छन् । बिग्रिरहने तथा चार्ज, नेटवर्क, साउण्ड आदिको अनिश्चितताले दिर्घकालीन खर्च पनि गराउँछ । त्यसैले सकेसम्म अलि महुँगो नै परेपनि ब्राण्डेड मोबाइल प्रयोग गर्नुपर्दछ ।

(५) मोबाइलमा डाउनलोड गर्ने बानी पनि कतिपयको हुन्छ । यो पनि घातक मानिएको छ । किनकी, मोबाइलमा जडित एन्टिभाइरसको क्षमता कम्प्युटरमा जत्तिको हुँदैन । त्यसैले सम्भव भएसम्म कम्प्युटरबाट डाउनलोड गर्ने र मोबाइलमा सार्नु राम्रो हो ।

(६) स्पष्ट पहिचान नभएका वाई फाईमा मोबाइल नेटवर्क जोड्नु हुँदैन । ह्याकरहरुले पनि वाईफाईमार्फत् चलखेल गर्नसक्ने खतरा हुन्छ । त्यस्तै, सार्वजनिक स्थानमा ब्लुतुथ कनेक्सन अफ गर्नुपर्दछ । नत्र ब्लुतुथ खोलिएका अरुको मोबाइल, तथा ल्यापटपहरुबाट खराब फाइल सर्ने र आफ्नो मोबाइलको अपरेटिङ सिस्टम बिग्रिने खतरा रहन्छ ।

(७) मोबाइल फोन प्रयोग गर्दा सकेसम्म यसलाई आफ्नो शरिरमा प्रत्यक्ष छुवाउनु हुँदैन । प्रत्यक्ष छुवाउँदा शरिरको इलेक्ट्रोम्याग्नेटिक रेडियसन सहनसक्ने क्षमता ह्रास हुन्छ । सम्भव भएसम्म स्पिकर अन तथा वायरलेस ब्लुतुथ टाउकोमा जडान गरी कुरा गर्नुपर्छ । लामो अवधि कुरा गर्नुछ भने ल्याण्डलाइन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

(८) शरिरमा प्रत्यक्ष स्पर्श हुने गरी मोबाइल सेट हरघडी नबोक्नुस् । घर, अफिस आदिमा बस्दा मोबाइल टेबल वा सुरक्षित ठाउँमा राख्नुहोस् । गोजीमा बोक्दा किप्याड आफूतिर फर्काएको अवस्थामा रहनुहुँदैन । अन्यथा, शरिरको इलेक्ट्रोम्याग्नेटिक शक्ति घट्दै जान्छ ।

(९) सुत्दाखेरि मोबाइल सेट सिरानी वा बिछ्यौनामा राख्नु हुँदैन । गर्भवती महिलालाई त मोबाइल नजिक राखेर सुत्न प्रतिबन्धित नै गर्नुपर्छ । सुत्दा फ्लाइट मोड वा अफलाइन मोडमा राख्न सके इलेक्ट्रोम्याग्नेटिक प्रसार नियन्त्रण गर्न सकिन्छ ।

(१०) नेटवर्क कम टिप्ने अवस्थामा वा गाडी, टे«न आदिमा हिंड्दा मोबाइल फोनको प्रयोग हानिकारक हुन्छ ।

(११) यदि मोबाइल सेट पानीमा डुब्यो वा भिज्यो भने सावधानी अपनाउनु पर्दछ । पानीबाट बाहिर निकाल्ने बित्तिक्कै ब्याट्री निकाल्नु पर्छ । सिमकार्ड र मेमोरी कार्ड पनि स्वीच अफ गर्नुपर्दछ । अब यी सबै चीजलाई सावधानीपूर्वक सुख्दा कपडाले पुछ्नुस् । पुरा नसुकेसम्म प्रयोग गर्नुहुँदैन । धेरै भिजेको छ भने सुख्खा हुन १२ देखि २४ घन्टा लाग्न सक्छ ।

तर कतिपयले हतारोमा हेयर ड्रायरमा पनि सेकाउने गर्छन् । तातो ड्रायरले मोबाइलको पार्टपूृर्जा पगाल्ने तथा त्यसको बाफ मोबाइलभित्र प्रवेश गरी झनै बिग्रिने खतरा रहन्छ ।

(१२) मोबाइल सेट मुखमा ‘होल्ड’ गर्ने बानी हानिकारक हो । यो आदत नियमित गरिँदा मुखमा ट्युमर पलाउने र सालिभा ग्ल्याण्ड क्यान्सर रोग फैलिन सक्छ । साथै, माइग्रेन, टाउको दुख्ने तथा अनिद्राको समस्या पनि आउने गर्दछ ।

-टाइम्स अफ इन्डियाबाट

Friday, March 14, 2014

चिनियाँ एप्सः जो ह्वाट्स एपभन्दा मूल्यवान र फेसबुकभन्दा शक्तिशाली छ - onlinekhabar




वीच्याटको बिज्ञापनमा फुटवल स्टार लियोनल मेस्सी

पछिल्ला दिनमा ह्वाट्स एप, स्न्यापच्याट, लाइन, काकाओटक, ट्याङ्गो लगायतका डाइरेक्ट म्यासेजिङ एपको चर्चा चुलिएको छ । ह्वाट्सएपलाई फेसबुकले १९ अर्ब डलरमा किनेसँगै बिश्वका बिभिन्न मुलुकमा करोडौं प्रयोगकर्तामाझ लोकप्रिय यस्ता एप्स ग्लोबल टेक इन्भेष्टरको प्राथमिकतामा पर्न थालेका छन् ।

पश्चिमा संसारका हरेक महत्वपूर्ण उत्पादनलाई अस्वीकार गर्दै आफ्नै मुलुकमा समामानान्तर उत्पादनलाई प्रर्बद्धन गर्ने चीनमा ह्वाट्सएपभन्दा पनि लोकप्रिय डाइरेक्ट म्यासेजिङ एप छ जसले अब बिश्वब्यापी संजाल विस्तार गर्ने तयारी गर्दैछ ।

हालै भारतीय बजारमा समेत सेवा सुरु गरेको ‘वी च्याट’का अहिले झण्डै ३० करोड प्रयोगकर्ता छन् । वीच्याटलाई चिनियाँ नागरिक, कर्पोरेट र सरकारले पनि उत्तिकै प्राथमिकताका साथ प्रयोग गर्छन् ।

यसका लगानीकर्ताले वीच्याटलाई अन्तराष्ट्रियकरणका लागि सवैभन्दा धेरै सम्भावना भएको चिनियाँ उत्पादनको रुपमा लिएका छन र सोहीअनुसार बजार विस्तारको अभियानमा जुटेका छन् ।

वीच्याट ह्वाट्सएपभन्दा भर्सटाइल छ । प्रयोगकर्ताहरु टेक्स्ट, तस्वीर, भिडियो एकअर्काको स्मार्टफोनमा पठाउन पाउँछन, डेटिङका लागि एकअर्कालाई निम्त्याउन सक्छन र त्यसैमार्फत् ट्क्यासी बुक गर्न वा ट्याक्सीभाडा तिर्न पनि सक्छन् ।

‘वीच्याट अत्यन्तै प्रयोगकर्तामैत्री प्याटफर्म हो जसलाई प्रयोगकर्ताले दैनिक कुनै न कुनै कामका लागि प्रयोग गरिरहन्छन’ कण्डोम कम्पनी डुरेक्सका ब्राण्ड म्यानेजर फे झाओ भन्छन । डुरेक्सले हालै आफ्ना २ लाख फलोअरलाई प्रेम कथा लेखेर वीच्याटमा पोष्ट गर्न अपिल गरेको थियो ।

बिश्लेषकहरुका अनुसार चीनमा सवैभन्दा लोकप्रिय रहेको माइक्रोब्लगिङ वीबो, जसलाई चिनियाँ ट्वीटर पनि भनिन्छ, मा सरकारले निगरानी बढाएपछि चिनियाँ प्रयोगकर्ताहरु वीच्याटतिर आर्कर्षित भएका हुन् ।

सन् २०१३ बाट ब्यबसायिक प्रयोगका लागि खुला गरेको वीच्याटको स्वामित्व टेनसेन्ट कम्पनीसँग छ । वीच्याट प्रयोगकर्ताका लागि निःशुल्क छ तर इमोसन, गेम लगायतका सेवाका लागि केही पैसा लिन्छ । हालै फेसबुकले ह्वाट्सएप किनेपछि हङकङ स्टक एक्सचेन्जमा टेनसेन्टको मूल्यमा निकै बृद्धि भएको थियो ।

बिश्वब्यापी बन्ने दाऊ

सन् १९९८ मा सेन्जेनमा स्थापित कम्पनी टेनसेन्ट चीनको सवैभन्दा ठूलो इन्टरनेट कम्पनी हो जसलाई अलिबाबा र सर्च इन्जिन बाइदुको हाराहारीमा राखेर हेरिन्छ ।

फर्मका सिइओ एवं संस्थापक पोनी मा वी च्याटलाई बिश्वबजारमा स्तथापित बनाउने सपना साकार बनाउने दाऊ साच्दै छन् । जसले यो बर्षमात्र बिदेशमा बजार विस्तारका लागि २० करोड डलरको बजेट छुट्टाएका छन र मेस्सीलाई ब्राण्ड एम्बासडर बनाउँदै आक्रामक बिज्ञापन पनि निर्माण गरेका छन् ।


भारतमा वीच्याट लञ्च गर्दै अभिनेता भरुन धावन र अभिनेत्री परिणीति चोपडा

कम्पनीले ठूलै अपेक्षाका साथ ग्लोबल बजारमा आफ्नो हिस्सा बढाउने तयारी गरेको भएपनि चिनियाँ सामाजिक संजालमा हुने सरकारी निगरानी र हस्क्षपेका कारण उसको अपेक्षा पुरा हुन कठिन हुने बिश्लेषण गरिएको छ । अमेरिकी र युरोपेलीहरुले चिनियाँ दुरसंचार उपकरण निर्माताले जासुसी गरेको आरोप लगाइरहेका बेला के चिनियाँ म्यासेजिङ एपलाई ती देशका उपभोक्ताले बिश्वास गर्लान ? आफ्नो ब्यक्तिगत सूचनामाथि चिनियाँ सरकारले निगरानी गररहेको महसुस भएमा प्रयोगकर्ताले वीच्याटलाई अंगाल्न हिच्किचाउने बिश्लेषकहरुको दावी छ ।

–एएफपीको समाचारमा आधारित

- See more at: http://www.onlinekhabar.com/2014/03/175942/#sthash.zaL1adan.dpuf

Thursday, March 13, 2014

९० रुपैयाँमा पत्ता लाग्छ मृगौला रोगको संकेत - onlinekhabar

विज्ञहरुको रगतमा क्रिएटिनिन र पिसावमा प्रोटिन जाँच गरे सुरुकै अवस्थामा मृगौला रोग पत्ता लाग्नुको साथै समयमै उपचार गरे प्रत्यारोपण वा डायलासिस नगराउनुपर्ने बताएका छन् ।
विश्व मृगौला दिवसको अवसरमा बिहीबार टुँडिखेलमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले ९० रुपैयाँ खर्च गरी रगतमा क्रिएटिनिन र पिासबमा प्रोटिनको जाँच गर्दा मृगौला रोग सुरुकै अवस्थामा पत्ता लाग्न सक्ने बताए ।
समयै उपचार भएका रोग निको हुनुको साथै रोगको गतिलाई नियन्त्रणमा राख्न सकिने उल्लेख गर्दै डा. श्रेष्ठले भने, ‘यसका लागि कसैले पनि सरकारको मुख ताक्नु जरुरी छैन् ।’ हाल सरकारले मृगौला फेल भएका प्रत्येक व्यक्तिका लागि ६ लाख ६० हजार लगानी गरिरहेको छ । प्रत्येक १० मध्ये १ जना व्यक्तिलाई मृगौलाको र्दीर्घकालीन रोग लाग्ने गरेको उल्लेख गर्दे डा. श्रेष्ठले उमेरसँगै देखि मधुमेह, उच्च रक्तचाप, मुटुरोग आदि रोगले मृगौलालाई आक्रान्त पार्दै लैजाने बताएको कान्तिपुर दैनिकमा खबर छ ।
उनले विकसित मुलुकमा झै नेपालमा समेत नसर्ने रोगको बाहुल्यता ५२ प्रतिशत भन्दा बढी पुगिसकेकाले यसलाई नियन्त्रण गर्न तत्काल आधुनिक जीवन शैलीलाई परिवर्तन गर्नु आवश्यक रहेको बताए ।
६ अर्ब बिदेसिन्छ
नेपालमा मिर्गौला प्रत्यारोपण कानुन अप्ठ्यारो हुँदा उपचारका क्रममा बर्सेनि ६ अर्ब रुपैयाँ बिदेसिने गरेको छ। रोगीका आफन्त (दिदी, बहिनी, आमाबाबु, बुहारीलगायत हाडनाता) ले मात्रै मिर्गौला दिन मिल्ने कानुन हुँदा बर्सेनि ६ अर्ब रुपैयाँबराबरको धनराशि बिदेसिने गरेको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको तथ्यांक रहेको अन्नपूर्ण पोस्टमा खबर छ।
विश्व मिर्गौला दिवस, २०१४ का अवसरमा केन्द्र र आरोग्य प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरूले खानपान र व्यायाममा ध्यान दिए मिर्गौला तथा अन्य रोगले आक्रमण नगर्ने बताए। मिर्गौला दिवसको नारा ‘उमेरसँगै तपाईंको मिर्गौला पनि बूढो हुनसक्छ’ थियो।
चिकित्सकहरूले ४० वर्षको उमेरपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमतामा प्रत्येकमा एक प्रतिशतका दरले ह्रास हुँदै जाने बताए।

Monday, March 10, 2014

यसरी पनि चलेका छन् ‘बिजनेश’, व्यापारका अनौठा तथ्य - bizmandu

विश्व अनौठो छ । अनौठो विश्वमा व्यापार व्यवसायमा पनि अनौठा घटना हुने सामान्य कुरा हो । लाभ र हानीको हिसावसंगै विश्वका केही अनौठा व्यवसायिक तथ्य ओएमजी फ्याक्टको सूचीबाट यहाँ प्रस्तुत गरिएको छ ।

चीज धितो राख्ने बैंक

तपाई इटालीमा हुनुहुन्छ । सपिङ गर्न पैसा छैन, तर प्रसस्त चीज छ भने चिन्त नगर्नुस बैंकले चीज धितो राखेर तपाईलाई पैसा दिनेछ । अनि गर्नुस मज्जाले सपिङ । इटालीको पर्मिगिनो—रेजियनो चीज धितो राखेर ऋण दिने गरेको छ । यो प्रणालीको विकास विशेष बैंक मार्फत गरिएको हो । वस्तु बिक्री गर्न नसकेर किसानको नोक्सानी नहोस भनेर यस्तो कार्याक्रम ल्याइको हो ।
बैंकमा आजपनि तीन लाख चीजका ह्विल्स छन् र तिनलाई विशेष तरिकाले संरक्षण गरिएको छ । ऋणको धितोको रुपमा राखिएको चीजको सरंक्षणको जिम्मा बैंकलाई भएपछि किसानहरुले मजाले काम गर्न सक्ने गरेका छन् ।

बबल गम बन्यो रिग्ले

विलियम रिग्ले जुनियर सन् १८९१  देखि शिकागोमा बस्न थाले । २९ वर्षका उनी व्यवसाय सुरु गर्न चाहन्थे । उनका बाबुको साबुन उद्योग थियो । शिकागोमा बस्न थालेपछि नै उनले बाबुको साबुन बेच्न थाले । उनले साबुन किन्नेलाई बेकिङ सोडा उपहार दिन थाले । जब बेकिङ सोडा साबुनभन्दा बढी लोकप्रिय भयो उनले बेकिङ सोडा मात्र बेच्न थाले ।
बेकिङ सोडाको व्यापार बढाउन उनले बबल गम उपहार दिन थाले । अन्तत बबल गम नै बढी लोकप्रिय भयो रिग्लेले बबल गम उद्योग खोले । अमेरिका भर बबल गम रिग्लेको नामले प्रख्यात भयो ।

हिटलर पसल

एक भारतीय व्यापारीले आफ्नो स्टोरको नाम भयानक बनाउने नाममा हिटलर स्टोर राखे । यो नाम उनले आफ्नो साझेदारलाई उसका हजुर बुबाले भनेको सुनेका थिए । नाम क्याची लाग्यो र मैले स्टोरको नाम राखे, उनले भने ।
पुरुषका कपडा बेच्ने उक्त पसलको धुमधामले विज्ञापन पनि गरे । बिक्री पनि बढ्यो तर हिटलरको नामको बारेमा ग्राहकले अब्जेक्सन गर्न थाले । नाम र विज्ञापनमा राक्षसको प्रयोग ग्राहकलाई पचेन तर त्यत्ति बेलासम्म उनले स्टोरको साजसज्जा र विज्ञापनमा दुई हजार सात सय अमेरिकी डलर खर्च गरिसकेका थिए । उनी आफैले गुगलमा हिटलर सर्च गरे र हिटलरको यथार्थ थाहा पाएपछि स्टोरको नाम परिर्वतन गरे । सोच विचार नै नगरी नाम राख्दा उनले धेरै गुमाउनु पर्यो ।

कर्मचारी पहिला

प्रवद्र्धकहरुले पहिले सेयर लिएपछि कर्मचारी र सर्वसाधारणका लागि जारी गर्ने विश्वव्यापी प्रचलन छ । तर, एप्पल कम्युटरका सहसंस्थापक तथा कम्प्युटर इन्जिनियर स्टेभ वोज्निकले आफ्नो अंशको सेयर कर्मचारीलाई दिएर आईपियो मार्फत मात्र आफूले सेयर लिएका थिए । सन् १९७० को दशकमा उनले विकास गरेको एप्पल वान र एप्पल टु कम्प्युटरले विश्वमा माईक्रो कम्प्युटरको भविष्य र्सिजना गरेको थियो । यिनकै दुरगामी सोचका कारण एप्पलका कर्मचारीले लगनले काम गरे र एप्पल उत्कृष्ट एवं गुणस्तरीय कम्पनी बन्यो ।

कार्यकारीको तलब

कार्यकारी अधिकृत को तलब कति हुनुपर्छ भन्ने बारेमा अहिले पनि विवाद नै छ, तर आजभन्दा चार दशक अगाडि नै बेन एण्ड जेरी कम्पनीले यो समस्या समाधान गरेको थियो ।
सानो सहर भर्मोन्टमा स्थापना भएको आईसक्रिम बनाउने कम्पनी बेन एण्ड जेरीले सन् १९८० को दशकमै कर्मचारीको औषत तलबको पाँच गुणासम्म कार्यकारीलाई दिन सकिने नियम बनाएको थियो । यस अनुसार तलब लिदा पनि ८१ हजार अमेरिकी डलर हुन्थ्यो । सन् १९९४ मा बेन एण्ड जेरीले प्रमुख कार्यकारीको तलब एकसय गुण बढी र सन् २००३ मा तीनसय गुणा बढायो ।

आकाशमा रित्ता बिमान

फर्चुन पत्रिकाले सन् २०१३ का एकसय टप फर्ममा राखेको फेडएक्स अर्थात फेडरल एक्सप्रेस विश्वमै सबैभन्दा धैरै सामान एक ठाउँबाट अर्को ठाउमा लैजाने विमान सेवा हो । यसले प्रत्येक दिन विश्वका प्रायः सबै तीन सय ७५ स्थानमा उडान भर्ने गर्दछ ।
फेडएक्ससँग दजनौं विमान छन् र ती मध्ये कैयन विमान आकाशमा रित्तै उडाउने गर्छ । माल सामान पु¥याउन विभिन्न स्थानमा पुग्नका लागि आकाशमै ती बिमान उडिरहेका हुन्छन र नजिकैको बिमानस्थलमा ओर्लेर सामान लिएर गन्तव्य तर्फ लाग्छन् । छिटो र छरितो सेवा दिने नारा प्रतिको समपर्णको रुपमा फेडएक्सका खाली बिमान पनि सधै सक्रिय हुन्छन् ।

वाइन टु वाटर

अफ्रिकाको सुख्खाग्रस्त क्षेत्रमा खानेपानीको सुविधा पु¥याउन गैर सरकारी संस्था वाइन टु वाटरले नयाँ जुक्ति निकाल्यो । सन् २००४ मा निकालिएको यो जुक्ति अनुसार, इनार खनाउन वाइन चाख्न दिने गरिन्थ्यो ।
फ्रान्स र विश्वका अन्य देशबाट वाइन जम्मा गरि अफ्रिका पु¥याइन्थ्यो र त्यहाँका मानिसलाई चाख्न दिइन्थ्यो । एकपटक वाइन चाखे वापत त्यो व्यक्तिले तीन फुट गहिराईसम्म इनार खन्नु पथ्यो । यसरी हजारौ इनार बनाइए । पछि यो कार्यक्रम भारत, कम्बोडिया, सुडान र हैटीमा पनि लागू भयो । विश्वमा अहिले पनि एक अर्ब मानिस सुख्खाबाट पिडित छन् । यस्तै दुई अर्ब ५० करोडसम्म स्वच्छ खानेपानी पुगेको छैन ।

नेस्लेले दिएन मुद्दा

इथियोपिया सरकारले सन् १९७० को दशकमा नेस्लेको सम्पत्ति जफत ग¥यो । कम्पनीले करिव ६ अर्ब अमेरिकी डलर क्षतीपुर्तिमाग गर्दै मुद्दा दयार गर्ने तयारी थियो । त्यसबेला इथियोपियाको कुल ग्राहस्थ उत्पादन नै त्यत्ति थिएन । कम्पनीको निर्णयविरुद्ध करिव ४० हजार इथियोपियन नागरिकले नेस्लेलाई पत्र लेखि मुद्दा दायर नगर्न अनुरोध गरे । नेस्लेले यो अनुरोध स्विकार गर्दै मुद्दा दायर गरेन ।
यो घटनापछि नेस्लेको नाम अझ लोकप्रिय भयो । नेस्लेले विश्व विख्यात चकलेट जस्तै किटकाट, स्माटीज र कफी क्रिप्स बनाउदै आएको छ । इथियोपिया अहिले पनि विश्वकै गरिब मुलुक हो । त्यहाँ विगत दुई दशकदेखि सुख्खा चलिरहेको छ । त्यहाँका मानिसको औषत दैनिक आम्दानी दुई अमेरिकी डलरभन्दा कम छ ।